अन्तिम भेट
०५ साउन २०७८
•
७ मिनेट पाठ
अन्तिम भेट
त्यस दिनको क्लास निकै पट्यारलाग्दो भयो। बालकृष्ण समको मुटुको व्यथा पढाउँदा मैले धेरै ठाउँमा आफूलाई रोक्न सकिनँ। म कताकता आफ्नै विगतमा भासिन पुगेँ। जिन्दगीमा आफूले गरेको निर्णय आफैँमाथि प्रहार भयो। 




घर फर्किदा बाटामा अनेकथरि तर्कना आए। मैले मेरो प्रेमलाई सम्मान गर्न सकेको भए आफन्त र परिवारभन्दा माथि उठेर आफ्नो पक्षमा उभिएर अडान लिएर निर्णय गरेको भए मेरो दुनियाँ र जीवनका रंग नै बेग्लै हुने थियो। 

जिन्दगीले मलाई नयाँ पाठ सिकाएको छ। आफू खुसी भए मात्रै परिवार, आफन्त र दुनियाँलाई खुसी बनाउन सकिने रहेछ।

घरमा पुगेँ। चिसो पानी घटघट पिएर खाटमा पल्टिएँ। पल्लो कोठामा छोरी रुँदै थिई। घरमा काम गर्ने दिदीले छोरीलाई फुल्याउँदै हुनुहुन्थ्यो। किनकिन मलाई छोरीको कोठामा पनि पस्न  मन लागेन । 

एउटा आर्टिकल इडिट गर्नु थियो। ल्यापटप खोलेर इमेल हेर्दै थिएँ। प्रकाशको नाममा नयाँ इमेल आएको रहेछ। 

म कलेजको सबैभन्दा स्ट्रोङ नारीमा गनिन्छु तर प्रकाशको नाम सुन्नेबित्तिकै म सबैभन्दा कमजोर किन भए ? आफैंले पत्तो पाउन सकिनँ। जिन्दगी आफ्नै लयमा चलिरहेको बेला। मलाई उसको मेलले फेरि एकपटक सोच्न बाध्य बनायो।

के लेखेको होला उसले मेलमा ?  आफ्नो जिन्दगीको व्यथा होला कि हाम्रो प्रेमकथा ? खुसीको कहानी कि दुःखको सन्देश ? हे भगवान् उसले मेलमा लेखेको होस् कि मैले विगतका सबै कुरा भुलिसकेँ गुन्जन। मलाई केही कुरा याद छैन। धेरै पटक विचलित भएर उसको इमेल पढ्न थालेँ ।

डियर गुन्जन,

म हिजो साँझ काठमाडौँ आइपुगेँ । तिमीलाई जुन रुपमा छोडेर जापान गएको थिएँ। पक्कै त्यही रूपमा छ्यौ होली ? उता जानुअघिको वाचा पनि पक्कै भुलेकी छैनौँ हाेला ? मलाई अझै तिम्रा थोपाथोपा आँसुको सम्झना छ। म उड्ने साँझ तिमी खुब रोएकी थियौ। मलाई थाहा थिएन। तिमी यति भावुक हुन्छौ। 

मैले मन पराएकी गुन्जन त्यति कमजोरी होली भनेर मैले त कल्पनै गरेको थिइनँ। त्यसबेला मेरो मनले सोचेकी तिमी र वास्तविक तिमीमा मैले निकै अन्तर पाएको थिएँ। तिम्रो आँसु देख्दा मलाई लागेको थियो, यो पासपोर्ट र टिकट तुरुन्तै च्यातिदिम् र तिम्रो अँगालोमा बेरिएर बसूँ। तिमीसँग विवाह गरूँ। तर मेरो अगाडि परिवारको भविष्य जोडिएको थियो। तिमीलाई पनि सुख दिनु थियो। सम्पन्न बनेर छिट्टै नेपाल आउँछु र तिमीसँग रमाउँछु, सोचेथेँ। 

व्यस्त दिनचर्याले तिमीसँग नियमित कुरा हुन पाएन। जसको कारण मैले तिमीलाई जिन्दगीभरिको लागि गुमाउनुपर्‍यो। पछि साथीबाट सुनेँ, तिमीले त विवाह पो गरेछौ हैन ? आफ्नो मान्छेको सुखद समाचार अरूबाट सुन्दा निकै दुखेँ। केही हप्ता नरमाइलो लाग्यो। मेरो सेकेन्ड सेमेस्टरको इक्जामै बिग्रियो। 

एक मनमा लाग्यो, नेपाल जाऊँ। अर्को मनले भन्यो, कसैको खुसीमा हस्तक्षेप गर्नु उचित हुँदैन। तिमी बेहुली भएको हेर्ने ठुलो रहर थियो। फेसबुकमा तिम्रो फोटो सर्च गरेर हेरेँ। तिमी फोटोमा निकै खुसी थियौ। तिम्रो मनमा के थियो म जान्दिनँ। फोटो देखेर अनुमान लगाएँ, तिमी निकै खुसी छ्यौ। तिमी खुसी छ्यौ भने मैले मन सानो बनाउनु हुँदैन भनेर आफैँलाई धेरै पटक सम्झाएँ। तिमीलाई सफलताको कामना गर्दै म करिअर फोकस हुन थालेँ।’

कति निश्छल मुटु ! प्रकाशको मेल पढ्दापढ्दै भक्कानो फुट्यो। मैले पनि उसको खुसीका लागि आफ्ना बाध्यताहरू सुनाउन नचाहेकी थिएँ। मभित्रको म कति दुखी छ भनेर म उसलाई आभाससमेत हुन दिने छैन।

डियर गुन्जन, प्रेम र विवाह अलग पाटा हुन्। यस्तै सोचेर म तिमीलाई भुल्न विवश भएकी थिएँ । यसपटक तिम्रो र घरको निकै याद आयो। त्यसकारण केही नसोची म नेपाल आएँ। चार वर्षपछि आफ्नै देश टेक्न पाउँदा खुसी लाग्यो। फेरि अर्को मनले तिमीलाई सम्झियो, पराईको आँगन टेकेकी तिमी कस्ती भयौ हौली ? तिमीलाई एक झलक देख्न पाए हुन्थ्यो भन्ने रहरले दिमागलाई जित्यो । त्यसकारण यो इमेल लेख्ने निर्णय गरेँ। 

साँझमा राजधानीका झलमल्ल उज्यालो तर मेरो मनको अँध्यारो बस्तीमा लुकेकी तिमीलाई धेरैपटक फोन गर्ने कोसिस गरेँ। किनकिन नम्बर डायल गर्नुभन्दा अगाडि निकै पटक हात काम्यो। हुनसक्छ यो पनि मैले तिमीलाई गरेको अथाह प्रेम हो। तिमीले प्रेमबारे बेग्लै तर्क गर्न सक्छ्यौ। अँ साँच्चि, तिमी त लेक्चर मान्छे। तिमीले आफ्ना विद्यार्थीलाई बुझाउने तरिका अलि फरक पनि होला ? मैले तिम्रा हरेक आँसुलाई मुटुमा राखेर तिम्रै सपना पूरा गर्न निरन्तर काम गरेको थिएँ तर अहिले समानान्तर रेखाका दुई लाइन हुन विवश भयौँ। भो छोडिदेऊ यी विगतका कहालीलाग्दा दिनहरू। अब हाम्रो मिलन सम्भव छैन। 

तिम्रो वैवाहिक जिन्दगीलाई म कुनै पनि असर पुर्‍याउन चाहन्नँ। एकपटक तिमीलाई भेट्ने मात्र इच्छा छ। अर्को महिना म जापन फर्कन्छु होला। फर्कनु अगाडि तिमीसँग अन्तिम पटक भेट्ने रहर छ। भोलि दिउँसो दुई बजे नयाँ वानेश्वरको आराधना क्याफेमा तिम्रो प्रतीक्षामा हुनेछु। 

उसको मेलको आशयले नर्भस भएँ। जिन्दगीले कस्तो मोडमा ल्याएर छोडिदियो। त्यसपछि मेरा हातगोडा चिसा भए। केही केही सोच्न सकिनँ। पारिवारिक जञ्जालमा बाँधिएकी थिए। त्यसकारण आफ्नो कर्तव्यका लागि मात्र मैले आफूलाई सम्हालिरहेँ। 

श्रीमान् आएर बेलुका खान खाने खाएर कोठामा जानुभयो। मलाई टाउको नै फुट्ला जस्तो ज्वरो आयो तर उहाँले मेरो स्वाथ्यबारे एक शब्द पनि सोध्नुभए। हुन त हाम्रो ओछ्यान एउटै छ। हजारपटक शरीर पनि साटिएको छ तर अफसोच चार वर्षको अवधिमा हाम्रो मन साटिएको छैन। म यो विवाहलाई सम्झौताभन्दा माथि राखेर हेर्न सक्दिनँ। 

म हरेक रात यसैगरी तड्पन्छु, छट्पन्छु तर उहाँले के भयो भनेर एकपटक पनि सोधेको याद छैन। यदि उहाँको ठाउँमा प्रकाश भैदिएको भए म उसको छातीमा टाँसिएर कति रुन्थेँ होला ? एकपटक पाउने जिन्दगी पनि किन म मरीमरी बाँचेकी छु। मनमा आँधी चले पनि समय उही गतिमा चलेको छ। म यो पीडाको आभास कसैलाई पनि हुन दिन्नँ। मैले यसलाई छातीभित्र नै लुकाउनुपर्ने छ। दुनियाँका लागि मुस्कुराउनुपर्नेछ।

मलाई रातभर निद्रा लाग्दैन। विगतका सम्झना आँखाभरि आउँछन्। कस्तो भयो होला प्रकाश ? निकै समय भयो उसलाई नदेखेको। उसलाई लाग्दो होला मैले उसलाई धोका दिएँ तर उसलाई मैले कसरी विश्वास दिलाऊँ, यो धोका नियतिले दिएको हो। म घर र समाजको मर्यादाभित्र हराएर उसलाई बिर्सेजस्तो गर्न पुगेकी हुँ तर कुनै पनि रात नहोला मैले उसलाई बिर्सेर निदाएको। कुनै सपना छैन उसलाई नदेखेको। कुनै पल छैन उसलाई बेवास्ता गरेको तर मैले उसलाई यी कुनै पनि कुराको आभास कहाँ होला र ? 

जिन्दगीभरि उसलाई मेरो बाध्यताको आभास नहोस् भन्ने चाहन्छु म पनि। मलाई त्यो बिहान छटपटी मात्रै भइरह्यो। कति बेला दुई बज्ला र प्रकाशसँग भेट होला भनेर छटपटाइरहेँ। 

कोटेश्वरबाट नेपाल यतायात चढेँ। बानेश्वर चोकमा पुगेर उसले मेलमा छोडिदिएको नम्बरमा फोन लगाएँ। 

ऊ त अघि नै आएर मलाई पर्खिरहेको रहेछ। उसको अगाडि पुग्नुपहिले म निकै नर्मस भइसकेकी थिएँ। मनमा धेरै तर्कना आए। कस्तो भयो होला प्रकाश ? कसरी बितायो होला विदेशमा चार वर्ष । म कसरी सम्हालिन्छु होला, उसलाई भेटेपछि। हे भगवान् ! यो कस्तो परीक्षा लिँदै छ मेरो जिन्दगीले । 

किन धोका दियौ भनेर सोध्यो भने म के जवाफ दिउँला ? मैले जानेर उसलाई धोका दिएकी हैन। म परिबन्दमा परेकी हुँ तर मैले उसलाई मेरो दुख नसुनाउने र सुखको मात्रै कुरा गर्ने निर्णय गरेँ। उसको अगाडि पुगेर म मूर्ति जसरी उभिएँ। उसको अनुहार र कपाल देखेपछि आँखाबाट ताता आँसुका थोपा बगे। मैले मुस्किलले रोकेँ। 

झुस्स पारेको दारी। वर्षौदेखि नकाटेजस्तो कपाल चैत मासको खडेरी जस्तो उदास जिन्दगी। उसले मलाई एकनास हेरी मात्रै रह्यो। उसले मलाई केही कुरा सोधेन। मैले सोधेको प्रश्नको जवाफ दिइरह्यो । उसलाई नसोधीकन कफी अर्डर गरेँ। 

हामी दुवै मौनतासँगै कफीको प्रतिक्षामा बसिरह्यौँ। मलाई उसँग धेरै बोल्न मन थियो। मन भरिने गरी हेर्ने रहर थियो। उसको काखमा घोप्टिएर रुने रहर जिउँदो भएर उभियो। 

टेबुलमा आइपुगेको कफी पिउँदै आफ्नो हातबाट ब्रासलेट झिकेर मेरो हातमा राखिदिदैँ वैवाहिक जीवनको शुभकामना दियो। 

म जिन्दगीमा अन्तिम पटक प्रकाशसँग पोखिन चाहान्थेँ। अपसोच श्रीमानको फोनले तुरुन्तै घर फर्कन आदेश आयो। बाफ आइहेको कफी छोडेर हिँड्दा नरमाइलो लाग्यो।

म निस्कन लाग्दा उसका आँखाको वर्षात् देखेँ। आफूलाई सम्हाल्नुको विकल्प थिएन। यति मैले समयमा नै आफ्नो जिन्दगीको सही निर्णय गर्न सकेको भए..
अर्को समाचार
मोदीसँगको भेट अन्तिम समयमा रोकियो, कारण पत्ता लागेन: दाहाल
०१ साउन २०७९
•
२ मिनेट पाठ
मोदीसँगको भेट अन्तिम समयमा रोकियो, कारण पत्ता लागेन: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताएका छन्।




तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताए। अध्यक्ष दाहालले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरुसँग भेट भएको बताए। भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट गरेको बताए।

भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको बताए। अध्यक्ष दाहालले अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलयितमा दिने बारेमा पनि चर्चा भएको बताए। उनले भारत भ्रमणपछि अब नेपाललाई विभिन्न खाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको बताए। 

भाजपा अध्यक्ष नड्डाले नेपालको माओवादी र भाजपाबीच अब संयुक्त बैठक डाक्ने, भेटघाट गर्ने र पार्टीका बारेमा छलफल गरी सम्बन्ध बिस्तार गर्ने बारेमा प्रश्ताव राखेको र आफूले उक्त प्रश्ताव स्वीकारेको बताए। उनले यो भेटले तत्कालका समस्या समाधान गर्ने र नेपालको केही न केही प्रगति हुनेमा आशावादी रहेको बताए।

अध्यक्ष दाहाल तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका हुन्। भारतमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली काँग्रेस नेतृ आरजु राणासँगको भेट स्वास्थ्य उपचारको कामना गर्न दुतावासमा भएको अध्यक्ष दाहालले बताए। 

त्यस्तै अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको र त्यसको कारण पत्ता नलागेको बताए। उनले मोदीको कार्य व्यस्तता एवं आफूसँग गर्नुपर्ने कुरा पार्टी अध्यक्ष नड्डासँग भइसकेको कारण पनि भेट नभएको हुनसक्ने बताए। अध्यक्ष दाहाललाई स्वागत गर्न विमानस्थलमा उर्जा, जलश्रोत तथा, सिंचाईमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस