निफको छलफलमा अनुराग कश्यपदेखि करिश्मा मानन्धरसम्म
२२ वैशाख २०७८
•
१ मिनेट पाठ
निफको छलफलमा अनुराग कश्यपदेखि करिश्मा मानन्धरसम्म
कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाका बीच भर्चुअल माध्यमबाट आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) ले महोत्सवका दौरान हुने छलफल र वक्ताहरूबारे जानकारी गराएको छ। 




मंगलबार महोत्सवको आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष तथा महोत्सव निर्देशक केपी पाठकले महोत्सव अवधिभर नेपाली फिल्मसम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाएका छन्। आगामी वैशाख २३ देखि २७ सम्म चल्ने महोत्सवमा नियमित फिल्म प्रदर्शनसँगै समानान्तर रूपमा छलफल पनि चल्नेछन्। आयोजकका अनुसार महोत्सवको उद्घाटनमा बलिउड निर्देशक अनुराग कश्यपले फिल्मबारे बोल्नेछन्। 

त्यस्तै वैशाख २४ मा विजय सुब्बा, विश्वप्रकाश शर्मा, सत्या पहाडी, गंगा नारायण श्रेष्ठ ‘राजनीतिज्ञको दृष्टिमा चलचित्र’ बारे बोल्नेछन्। वैशाख २५ गते ‘नेपाली चलचित्रमा महिलाको सहभागिता’ शीर्षकमा करिश्मा मानन्धर, दीपाश्री निरौला र रक्षा सिंह रानासँग सम्झना उप्रेति रौनियारले छलफल चलाउनेछिन् भने निर्देशक प्रताप सुब्बा जोडिनेछन्। 

वैशाख २६ गते यादव भट्टराईले ‘कोरोनापछिको चलचित्र बजार’ शीर्षकमा रेखा थापा, अशोक शर्मा, अर्जुन कुमार र मनोज अग्रवालसँग बहस गर्नेछन्। महोत्सवको अन्तिम दिन दीपेन्द्र लामाले ‘कहाँ छ नेपाली चलचित्र’ शीर्षकमा कृष्ण धरावासी, बबिता बस्नेत, युग पाठक, अनुभव अजित र प्रकाश भट्टराईसँग छलफल गर्नेछन्।
अर्को समाचार
गाउँ फर्किएको नेपाली चलचित्र
०३ फागुन २०८०
•
४ मिनेट पाठ
गाउँ फर्किएको नेपाली चलचित्र
फाइल तस्बिर
नेपाली फिल्ममा पछिल्लो समय गाउँका कथाहरूले प्राथमिकता पाइरहेका छन्। दीपेन्द्र लामाको ‘नांगो गाउँ’ देखि रामबाबु गुरुङको ‘डिग्री माइला’ सम्मले गाउँको कथालाई सम्बोधन गरेका छन्।




‘नुमाफुङ’, ‘खांग्री’, ‘दलन’, ‘गुडबाई काठमाडौं’ जस्ता फिल्म तथा टेलिसिरियल निर्देशन गरिसकेका निर्देशक नवीन सुब्बाले फेरि गाउँकै कथालाई विषयवस्तु बनाई निर्माण गरेको ‘गाउँ आएको बाटो’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भइरहेको छ।

एक दशकपछि ‘गाउँ आएको बाटो’ बाट निर्देशनमा फर्किएका सुब्बाले सामुदायिक लगानीमा बनाएको यो फिल्मको प्रदर्शन टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव, मुम्बई फिल्म महोत्सव र गोटेबर्ग फिल्म महोत्सवमा भइसकेको छ।

‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गते देशभर रिलिज हुँदै छ। ‘नुमाफुङ’देखि ‘गाउँ आएको बाटो’सम्म आइपुग्दा निर्देशक सुब्बाले गाउँको कथालाई नै प्राथमिकता दिएका हुन्। ‘नेपाली समाज गाउँ नै गाउँले भरिएको छ,’ उनले भने, ‘विभिन्न गाउँबाट राजधानी केन्द्रित भएका हामीले एउटा कालखण्डको कथा उठाउने हो। त्यो कथा बनाउन ५–७ वर्ष लागिहाल्छ। हामीले बनाएको फिल्म हेरेका दर्शकले पूर्व–प्रतिबिम्ब (प्रो–रिफ्लेक्ट) गर्छन् भन्ने अनुमान मात्र गर्न सक्छौं। कारण, नेपाली फिल्मले उठाउने कथामाथि समाजसँग अन्तक्र्रिया सिर्जना हुन सकेको छैन।’

पछिल्लो समय देशभरका फिल्म हलहरूमा रिलिज भएका अधिकांश फिल्मका कथा गाउँमा आधारित हुनु संयोग नभएको तर्क उनले गरे। ‘धेरै फिल्ममेकर गाउँबाट आएका छन्,’ उनले भने, ‘नोस्टाल्जिया गाउँ नै हुने भएकाले उनीहरूले बुझेको समाज, अनुभव गरिराखेको र देखिराखेको चरित्र गाउँकै हो।

त्यस्तै सहरको वास्तविक जनसंख्याको तुलनामा सहर (काठमाडौं) मा बस्ने अधिकांश मानिस गाउँबाटै आएका छन्। सहरकै खास जनसंख्या नेपाली फिल्म हेर्न हलसम्म जाने भन्ने मलाई लाग्दैन।’ उनले अगाडि थपे, ‘अहिले फिल्ममेकरहरूले गाउँका मानिसको नोस्टाल्जियासँग नै खेलिरहेका छन्। पछिल्लो समय रिलिज भएको गाउँका कथामा आधारित फिल्महरू नोस्टाल्जियासँग जोडिएर आइरहेका छन्। गाउँको कथामा बनेका केही फिल्म सफल भएपछि त्यसको फलोअपका रूपमा अन्य फिल्म आइरहेका छन्। गाउँको कथामाथि बनेका फिल्म चलेपछि त्यस्तै कथा खोज्ने ‘ट्रेन्ड’ पनि बढेको छ। गाउँको कथाका विधा फरक हुन सक्छन्। हामीले त्यसमा काम गर्न सकेनौं। जसकारण हामीले पछिल्लो समय रिजिल भएका नेपाली फिल्म हेर्दा उस्तै लागिरहेको छ। त्यसबारे निर्माता, निर्देशक र कलाकारले गम्भीर भएर सोच्नु जरुरी छ।’

नयाँ फिल्ममेकरहरूले फिल्ममार्फत व्यक्तिगत कथा प्रस्तुत गरिरहेको उनले बताए। ‘हामी हुर्किएको परिवेशमा देखिएको चरित्रलाई फिल्ममा देखाउने प्रवृत्ति हाबी हुँदा उस्तै खालका पात्र दोहोरिएको जस्तो लाग्छ। लामो समय फिल्ममा काम गरिरहेका फिल्ममेकरहरूले भिन्न कथावस्तुलाई प्राथमिकता दिइरहेका छन्।

गाउँबाट आएका दर्शक सहरमा धेरै भएका कारण गाउँको कथाहरू धेरै चले। मेरो विश्लेषणमा फिल्ममेकरहरूले कथा र दर्शकलाई जोड्न त्यहीअनुसारको फिल्म बनाएको जस्तो देखिन्छ। तर कथामा विविधता हुनु जरुरी छ। 

फिल्ममा गाउँ आउँछ भने सुदूरपश्चिमको गाउँ किन नआउने ? महिलाहरूले आफ्नो कथा आफैं किन नभन्ने ? त्यस प्रकारको जनशक्ति निर्माण हुन सकेको छैन। त्यो कुरा कर्पोरेट कल्चरमा आउँदा सेक्रेटरी महिला हुनुपर्ने भन्ने मान्यता हाबी छ। महिला निर्देशकले पुरुषले सोचेजस्तो गरेर फिल्म निर्माण गरिरहेका छन्। महिलाहरूलाई पुरुषजस्तो सोच्न अभ्यस्त बनाइएको छ। त्यस्तो कुरा फिल्म क्षेत्रमा व्याप्त छ।’

उनका अनुसार ‘गाउँ हिँडेको बाटो’ फिल्मले गाउँमा भइरहेको विकास प्रक्रियाले भुइँमान्छेहरूलाई सम्बोधन गर्दैन भनेर देखाएको छ।

‘टोरोन्टो, बुसान, गोटेबर्ग र मुम्बईलगायतका दर्शकले यो फिल्म हेर्दा सम्पन्नता र समृद्धिको यात्राका क्रममा समाजले छाडेका मान्छेहरूको कथा भनेको छ,’ उनले भने, ‘हामीले भनिरहेको विकासमाथि यो फिल्मले प्रश्न गरेको छ। विकासमा सबैको पहुँच पुगेन। फेरि पनि हुनेखानेको हातमा मात्र त्यो गयो, सुविधा एफोर्ड गर्न सक्नेकोमा मात्र त्यो पुग्यो। एफोर्ड गर्न नसक्नेसँग पनि केही ज्ञान त छ तर हाम्रो अहिलेको विकासले त्यसलाई प्राथमिकता नै दिएन। खासमा सबै खालका ज्ञान भएका मानिसलाई बजारसँग जोडिदिनुपथ्र्यो। मैले विकासको विरोध गरेको होइन। जसको हेराइमा केही समस्या छ, उसलाई प्रश्न गरेको हुँ। जीवन सहज बनाउन शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुविधालगायत निष्पक्ष रूपमा वितरण भयो वा भएन भनेर हेरिनुपर्छ। एउटा फिल्मले गाउँको कथालाई न्याय गर्न सम्भव छैन।’

नेपाली फिल्म क्षेत्र समावेशी हुन नसक्नु दुर्भाग्यको विषय भएको गुनासो पनि उनले गरे। ‘हामी विविधताको कुरा गरिरहेका छौं,’ उनले भने, ‘तर सुदूरपश्चिम, कर्णाली, कैलाली र जनकपुरको कथालाई कहाँ समेट्यौं ? यौनिक अल्पसंख्यकको कथा कहाँ ल्यायौं ? नीति बनाउनेहरू ‘पत्रु’ भएका कारण सही दिशानिर्देश हुन सकेको छैन। एकातिर हामी समाजलाई खुला र उदार भनिरहेको छौं, अर्कातिर सेन्सर पनि गरिरहेका छौं। कथामा विविधता ल्याउन नीति बनाएर लागु  गर्न सकिन्छ।’
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस