ढुंगेललाई 'मुक्तकसागर' सम्मान
०३ चैत्र २०७७
•
१ मिनेट पाठ
ढुंगेललाई 'मुक्तकसागर' सम्मान
अग्रज मुक्तककार भूषण ढुंगेललाई विराटनगरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । विगत तीन दशकभन्दा लामो समयदेखि मुक्तक र समालोचना विधामा सक्रिय रहेका ढुंगेललाई मुक्तकसागर सम्मानबाट सम्मानित गरिएको हो । 




पूर्वाञ्चल साहित्य प्रतिष्ठान र मुक्तक सागर त्रैमासिक पत्रिकाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कवि एवं पत्रकार प्रमोद प्रधान, वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, मुक्तकसागर पत्रिकाकी सम्पादक निशा केसीलगायतले मुक्तककार ढुंगेललाई दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गरे । ढुंगेलको ‘तिमीले लगेको मुटु’ मुक्तकसंग्रह प्रकाशित छ ।  

त्यस्तै सोही अवसरमा स्याङ्जाका साहित्यकार अनन्त अर्याल, मिलन समीर, मकवानपुरका बिर्खे अञ्जान, सिक्किमकी जीविका अश्रु, सुनसरीका बद्री भिखारी, राधा भट्टराई, परिक्रमा श्रेष्ठ, मोरङका गोकुल अधिकारी, प्रयाग न्यौपाने, भरत गुरागाईं तारानाथ पोखरेल, लक्ष्मी स्मृति, चूडामणि नेपाल ‘अकिञ्चन’, लक्ष्मी आचार्य, सरिता तुलाधर, लक्ष्मी रायमाझी, अम्बिका खरेल उप्रेती, ममता मृदुललगायतले तीन दर्जनभन्दा बढी स्रष्टाहरूले मुक्तक वाचन गरे । त्यस्तै प्राज्ञ विवश पोखरेल, लक्ष्मी श्रेष्ठ, बाबुराम पोखरेल, जीविका अश्रु, राधा भट्टराई, रीता ताम्राकारलगायतलाई मुक्तकसागर पत्रिकाले आजीवन सदस्यको सम्मान प्रदान गरेको थियो ।  

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रमोद प्रधान, समालोचक दधिराज सुवेदी, प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, गोकुल अधिकारी, मीनकुमार नवोदितलगायतले नेपाली साहित्यमा मुक्तकको अवस्थालगायतका विषयमा प्रकाश पारेका थिए ।
अर्को समाचार
भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!
०८ माघ २०८०
•
२ मिनेट पाठ
भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!
१) मुक्तक




हान्नै नपर्नेलाई तिमीले खुबै हानेका छौ,

मान्नै नपर्नेलाई पनि देखें खुबै मानेका छौ।

हुने/नहुने सबै काम गरेर साथी तिमी,

आफ्नो लागि मात्रै बाँच्न खुबै जानेका छौ।

२) मुक्तक

देखे पनि नदेखेझैं गर्छौ किन?

छिनछिनमै डेरा सर्छौ किन?

आफ्नो स्वार्थ पूरा गर्नलाई,

मान्छेको नजरबाट झर्छौ किन?

३) मुक्तक

आफ्ना मान्छे पर सार्छौ,

परका मान्छे नजिक पार्छौ

अवश्य आउनेछ त्यो दिन,

आफ्ना सम्झेर आँसु झार्छौ।

४) मुक्तक

बोलाउँदा पाइला अन्तै मोड्यौ,

पैसा फल्ने खेत मात्रै गोड्यौ।

बल्ल बुझ्दैछु तिम्रो चालामाला ,

जहिले पनि प्रयोग गर्दै छोड्यौ।

५) मुक्तक

प्रेम एकोहोरो होइन दोहोरो हुनुपर्छ,

एकोहोरो मात्र मायाले धेरै रूनुपर्छ।

सम्बन्धलाई फूलजस्तै फुलाउन त,

एकको आत्माले अर्कोलाई छुनुपर्छ।

६) मुक्तक

जहाँ म जान चाहन्न थें त्यहाँ तिमीले लग्यौ,

कहिले सुल्टो नदी बन्यौ कहिले उल्टो बग्यौ।

भरोसामा परें म थाहा थिएन चाल तिम्रो,

विश्वासघात गरी मलाई ठग्नसम्म ठग्यौ।

७) मुक्तक

मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,

मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ।

भित्रभित्रै कैची चलाई बस्छन् मान्छे किन,

मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।

८) मुक्तक

आफू चौटा खान सदैव कनिका छर्नेहरू,

सानो स्वार्थ पूरा गर्न नि पवित्र मन हर्नेहरू।

अवश्य नाङ्गिने छन् समाजमा एक दिन,

अरूलाई दुख दिएर अफ्नो सौख पूरा गर्नेहरू।

९) मुक्तक

भएसम्म हाँस्दै मेरै खल्ती लुट्यौ,

भएनभएको कुराले दिमाग भुट्यौ।

आज जब म रित्तो भएँ, केही भएन,

तिमीले नै वचनको लठ्ठीले कुट्यौ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस