टिकटकमा भाइरल बन्यो ‘मनरुन्छ धुरुक्क’
२१ फागुन २०७७
•
२ मिनेट पाठ
टिकटकमा भाइरल बन्यो ‘मनरुन्छ धुरुक्क’
कर्णाली तुरुक्क, सेतीको बगन्या पानी




मन रुन्छ धुरुक्क, गए दिनका कुरा सम्झी...  

तीन दिनदेखि यो गीतमा अभिनय गरेर भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल)मा भिडियो अपलोड गर्नेको संख्या बढेको छ। यही गीतमा मात्रै अभिनय गरेर टिकटकमा अपलोड हुन थालेपछि टिकटक प्रेमीका लागि गीत लोकप्रिय बनेको छ। सुदूरपश्चिमको ‘टिपिकल’ डेउडा गीतमा अभिनय गरेर भिडियो अपलोड गर्दा धेरै ‘भ्यूज’ बढ्न थालेपछि सामाजिक सञ्जालमा ‘मन रुन्छ धुरुक्क’ एल्बमका आठवटा टुक्का भाइरल बनेका हुन्।  

डोटीको शिखर नगरपालिका–९ सुण्ड गाउँका भरत भट्टले संकलन गरेर स्वर दिएको ‘मन रुन्छ धुरुक्क’ गीतमा अभिनय गरेर पछिल्ला तीन दिन यता सामाजिक सञ्जाल भरिएको डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन्। ‘लोक लयमा आधारित र सुन्दा मिठासपूर्ण शब्द रहेकाले पनि यो गीत छोटो समयमै सामाजिक सञ्जालमार्फत् भाइरल भएको छ,’ गायक रावत भन्छन्,‘सुदूरपश्चिमका अधिकांश मानिस रोजगारीका लागि भारत जाने र त्यहाँ घर परिवार सम्झँदा लाग्ने बेदनालाई शब्दमा उतारिएका कारण पनि गीत बढी भाइरल बनेको हो।’ 

गायक भट्टले भारतमा रोजगारी गर्नेहरुका पीडा र बेदनालाई शब्द संकलन गरेका छन्। ‘यो गीतमा मैले बाल्यकालका झल्को दिने शब्द राख्नुका साथै परदेशीका बेदनालाई ल्याएको छु,’ उनले भने,‘त्यसैले पनि गीत छोटो समयमा भाइरल बनेको हुन सक्छ।’ गीतमा मादलको तालभन्दा पनि डेउडा गाउँदा बजाइने ढोलको तरंगलाई ‘व्याकराउण्ड’ उतारेका कारणले मीठास भएको हुन सक्ने उनी आँकलन गर्छन्। ‘प्रायः डेउडा गीतमा मादल, हारमोनी, तबला, सारंगी र बाँसुरीको धुन दिइन्छ, तर मैले भने ढोलको तरंगलाई ल्याएको छु,’ उनले भने,‘त्यसले पनि संगीतमा मीठास भरिएको हुन सक्छ।’ पुरानो लयलाई फ्युजन गरेर टिपिकल कल्चरलाई संगीतको बजारमा ल्याएको उनी बताउँछन्।

लकडाउनको समयमा फुर्सदिलो हुँदा पुराना लयलाई संकलन गरेर सांगितिक बजारमा नयाँ खालको गीत ल्याउँदा राम्रै भ्युज पाएको उनी बताउँछन्। भट्टले ६ दिनअघि आफ्नै युट्युव च्यानल ‘एल के प्रोडक्सन’मार्फत् गीत बजारमा ल्याएका हुन्। बजारमा ल्याएको ६ दिनमै ७२ हजारले युट्युवमार्फत् हेरिसकेका छन् भने १ लाख बढीले टिकटकमा अभिनय गरेर अपलोड गरिसकेका छन्।
अर्को समाचार
टिकटकबाट समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे गृहले कारबाही गर्ने
१९ कार्तिक २०८०
•
१ मिनेट पाठ
टिकटकबाट समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे गृहले कारबाही गर्ने
गृह मन्त्रालयले टिकटकमार्फता समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे कारबाही गर्ने बताएको छ।




आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले टिकटकमार्फता समाजमा नकारात्मक प्रभाव पार्ने गतिविधि गरे कारबाही गर्ने बताएको हो।

टिकटकमार्फत सामाजिक सदभाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाउन टिकटको कार्यालय, सिंगापुरसंग सहकार्य गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस