दुई लघुकथा
१४ फागुन २०७७
•
१ मिनेट पाठ
दुई लघुकथा

         १) सुख 

ऊ अभावसँग लडिरहेको थियो ।  




ऊ रोगसँग लडिरहेको थियो । 

ऊ ऋणसँग लडिरहेको थियो । 

एक दिन तिन जनाको भेट भयो ।  

अभावले रोगसँग भन्यो– तिमी त प्रसन्न छौँ । सारा सुखहरू तिम्रो पोल्टाभित्र होलान् है।

रोगले अभावलाई भन्यो– तिमी यति धेरै तन्दुरुस्त छौँ । सुन्दर निरोगी शरीर छ । तिमीजस्तो सुखी मान्छे यो संसारमा को होलान् र ! ऋणको भार बोक्नेले दुवैको कुरा सुनिरहेको थियो र आफ्नै पीडा ओकल्न थाल्यो –  बरु जस्तोसुकै रोग र अभाव सहेर पनि यो ऋणको गरौं भारी बिसाएर चैनको श्वास फेर्न पाए कति सुख हुन्थ्यो होला।

      २) खुसी

पत्थरले भन्यो– तिमी मलाई कुनै मन्दिरभित्र लगेर राखिदेऊ । म भगवान् बनेर तिमीलाई वरदान दिनेछु।

मान्छेले त्यो पत्थरलाई मन्दिरभित्र लगेर राख्यो र वरदान माग्यो– हे भगवान् , मेरा सारा दुखकष्टहरू निवारण गरिदिनुस्। 

पत्थरले भन्यो– हे मनुवा ,  म आफैं अत्यन्तै दुखित भएको छु ।

म बगरमा स्वतन्त्र थिएँ । हावा, पानी र माटोहरूसँग जुन आत्मीयता र खुसी थियो त्यो अहिले गुमेको छ ।

सक्छौ भने फेरि मलाई पुनः त्यहीँ ठाउँमा लगेर राखिदेऊ ।  

मान्छे नतमस्तक भएर फर्कियो ।
अर्को समाचार
पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानबाट लघुकथाकार लता केसी सम्मानित
०५ भदौ २०८०
•
२ मिनेट पाठ
पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानबाट लघुकथाकार लता केसी सम्मानित
लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८० बाट हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीको सम्मान गरेको छ।




सर्वनाम नाट्य कालिकास्थानमा आयोजित उक्त कार्यक्रममा लघुकथाकार केसीलाई एक्काइस हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ, लघुकथा समाजका संस्थापक अध्यक्ष एवं स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लगायतले केसीलाई सम्मान तथा पुरस्कार अर्पण गरे। 

लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सदस्य एवं पत्रकार राजेश खनालले सम्मानित स्रष्टाको परिचय प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा समाजका सल्लाहकार, समीक्षक प्राडा लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा, वरिष्ठ नाटककार अशेष मल्ल, ब्राह्मणका सुपुत्र मनोज शर्मा, मुरारि सिग्देल,समालोचक डा. शेखरकुमार श्रेष्ठ लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो।

श्रीबाबु कार्कीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सत्तरीको दशकपछि मुहार पुस्तिकाको माध्यमबाट लता केसीले लघुकथाको प्रचारप्रसार गर्नुका साथै नारी लघुकथाकारमध्ये सबैभन्दा धेरै लघुकथा कृति निकालेर लघुकथाको विकासमा योगदान गरेका कारण समाजले सम्मान गरेको बताए।

कार्यक्रममा अशेष मल्लले लघुकथा लेखन मात्र ठूलो नभई पाठक महत्त्वपूर्ण रहेको बताउँदै पाठकले लघुकथाका कृति खोजेर पढ्न लालायित बनाउने कृतिको अपेक्षा रहेको बताए।

त्यसै गरी कार्यक्रममा प्राडा गौतमले सम्मानित स्रष्टाको कार्यलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै लता केसीको कार्य प्रशंसनीय रहेको बताए।

कार्यक्रममा प्रमुख अतिथि भागीरथि श्रेष्ठले श्रीओम रोदनको व्यक्तिगत लगानीबाट स्थापित पूर्णप्रसाद ब्राह्मण पुरस्कारले लघुकथाकारलाई प्रोत्साहित गरेर लघुकथा समाज नेपालले स्तुत्य कार्य गरेको बताइन्।

सोही कार्यक्रममा लघुकथा समाज, कोसी प्रदेशले पाक्षिक रूपमा सञ्चालन गरेको लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारहरूलाई सम्मान गरिएको थियो।

उक्त सम्मान कार्यक्रम लघुकथा समाज कोसी प्रदेशका अध्यक्ष ममता मृदुलको संयोजकत्वमा भएको थियो। लघुकथा समाज नेपालले आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए।

सम्मान ग्रहणपछि बोल्दै लता केसीले आफूले निरन्तर गरेको कामको मूल्यांकन हुँदा खुसी लागेको बताइन्। उनले सम्मान पाउँदा खुसी लागेको उल्लेख गर्दै खुसीभन्दा धेरै जिम्मेवारी बढेको पनि बताइन्।

यो पुरस्कार समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठले पूर्णप्रसाद ब्राह्मणको नाममा स्थापना गरेका हुन्। ब्राह्मणले २००७ सालमा नै लघुकथाको पहिलो कृति प्रकाशित गरेकाले उनलाई लघुकथाका संस्थापक मानिन्छ।

उक्त पुरस्कार यसअघि सर्वनाम नाटक घर र वरिष्ठ आख्यानकार अनिता तुलाधरलाई प्रदान गरिएको थियो।

दोस्रो चरणमा लघुकथाकार लता केसीको दुई लघुकथा ’दृश्य’ र ’विधवा’ मन्चन पनि गरिएको थियो।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस