तिमी आएनौ
१७ माघ २०७७
•
२० मिनेट पाठ
तिमी आएनौ
आज आमाको मनमा डढेलो लागेको छ । आँधीहुरी आएको छ । बाढीपहिरोले सबै मनै बगाए जस्तो भएको छ । रुनुबाहेक अरू केही छैन । रोएको सुन्ने अरू कोही छैन । डढेको मनलाई निभाउने कोहीछैन । यस्तो पीडा बोकेर फोन सुनेर धर्मराउदै घरतर्फ लागेँ । घर जान मन छैन । अन्त जाने ठाँउ छैन । आफन्त भने कोही छैन । पीडा सुनाउने ठाउँ छैन । यस्तै सोच्दै लठ्ठीको सहारामा हिँडिरहेकी छु । बुढाले मलाई पीर मान्छे भनेर ढाँट्नु भएछ ।   रमेशले रकम पठाइदिएको भनेर मलाई कति ठिक पार्नुभएको रहेछ । होला त नि  भन्ठानेको थिएँ । पापी छोरा जन्माएँछु । के गर्नु त्यस्तो होला भन्ने कतैबाट हेर्दा पनि देखिदैनथ्यो । आज कसरी यस्तो भयो होला ! सबैका छोराछोरी विदेश गएकै छन् । घरको समस्या बुझेकै छन् । बुवाआमा आफन्तलाई खुशी पारेका छन् । हाम्रो भने कसरी यस्तो भयो ? यो हुनै नसक्ने जस्तो लाग्छ । अब कसो गरूँ ? बुढा पल्लो फाल पुगेका छन् । उठ्छन् कि उठ्दैनन् ठेगाना छैन , उनी पनि गइहाले भने त म कसरी बाँच्नु होला !




यसरी मनमा कुरा खेलाउदै चौतारीमा आइपुगेँ । एकछिन शीतलमा बस्नुपरयो । हपहपी गर्मी भए जस्तो भएको छ । घरमा के भन्ने ? बुढालाई के भनेर सुनाउनु ? हे भगवान किन यति ठुलो सजाय हामीलाई दिनुभयो ? त्यो पारिका जीवन बावु कस्तो दयालु ? कति कोमल हृदय ?  जसरी बर्णन गरे पनि कमै हुने । हामीमाथि त्यत्रो दया माया राख्नुभएको छ । त्यत्रो रकम सहयोग गर्नुभएको छ । अझै पठाइदिन्छु फलफूm दुध तथा अन्य ताजा चिजहरू खानु औषधि समयमै खानु , डाक्टरको मा गएर चेक गर्दै गर्नुृ , आमा म पनि हजुरकै छोरा नै हो, छोरा नै सम्झनु , हजुरहरूको दुःख मेरो पनि दुःख हो , हजुरहरूको खुशीमा म पनि रमाउने हो नि आमा ∕ यसरी हौसला दिनुभयो । छोरो भनेको त यस्तोे पो हुनुपर्छ त , तर के गर्नु आफूले सोचेजस्तो भएन । अबको सहारा जीवन बावु नै हो हाम्रा लागि । अब हाम्रो मन पनि जीवन बावु तिरै ढलाउनुपर्छ । त्यस्तो भगवान् जस्तो मानिस हामीलाई यस्तो अवस्थामा सहारा दिनुभएको छ । मनले कर्मले उहाँको मनलाई हामीले पनि खुशी पार्नुपर्छ । म यस्तै सम्झिदै चौतारीमै बसेको छु । अघि बढ्न मन छैन । घर जान मन छैन । झोक्राएर बसेको छु । अब त्यो पापीको सम्झनामा मनमा डढेलो लाउने छुइनँ । बिस्तारै – बिस्तारै बुढालाई पनि सम्झाउँछु । हामीलाई जसले माया गर्छ हेरविचार गर्छ , हाम्रो लागि त्यहीँ नै आफ्नो हो । अब हाम्रो भनेको जीवन बावु नै हो । अब फोनमा पनि सबै कुरा राख्छु । यस्तो दुःखमा साथ दिनुभएको छ । अघि केही बोल्नै सकिन , बोल्ने अवस्था पनि थिएन। अब बुढासँग पनि बिस्तारै –बिस्तारै कुरा गर्नुपर्ला । 

म रोएको देखेर फोन गर्न आउने मानिस पनि हेरेको हेरै हुनुभयो । के भो  भनेर सोध्न पनि सकेनन् । राम्रै भयो सोधेको भए के जवाफ दिने ? जवाफै थिएन । घरको पीडा अरूलाई सुनाएर पनि के गर्नु ? सबैका आआफ्नै समस्या हुन्छन् । सबै जीवन बावु जस्ता हुदैनन् । अब घर जानु परयो ।

बुढालाई आज दस बर्षमा रमेशसँग भेटभयो । धेरैबेर गफ गरेँ । धरै वर्ष टाढा भएकोमा धेरै दुःखी छु आमा भन्यो । यहाँ व्यवस्था  मिलाउँदा –मिलाउँदै धरै समय बितिसकेछ । घरको सम्झना नआएको त होइन , तर समय मिलाउन सकिनँ जीवनबाट घरतर्फको सबै कुरा सुनँे । अब चाँडै आउँछु।  चिन्ता नलिनु । पैसा पनि पठाउँछु । सरसापटी गरेर चलाउँदै गर्नु ।  अब बुहारी नाति सहित छोरो आउँदै छ भनेर बुवालाई पनि सुनाउनु है आमा भन्यो । यस्तै भन्छु  भन्ने सम्झदै घर आइपुगेँछु । अलिक हँसिलो मुहार बनाएर आँगनबाटसुन्नुभयो  रमेशले फोन गरेको रहेछ भनेर कराउँदै घरभित्र पसेँ ।  

बुढा पनि मेरो आवाज सुनेपछि  धर्मराउँदै उठे के भो अरे ? कसले फोन गरयो अरे । मैले त पत्याइन नि भन्दै के भन्यो त लु भनन भन्न थाले । मैले बेलिविस्तार लगाएँ । बुढाले विश्वास गरेजस्तो लाग्यो ।  अलिक उज्यालो अनुहार भयो । आयो भने हाम्रा दुःखका दिन हराउने थिए । गाउँका मानिसको मुखमा बुझो लाग्ने थियो । कतिले हाम्रो धेरै कुरा गर्थे । जेहोस् आयो भने राम्रो हुने भयो । जीवन बावुले धेरै सम्झाउनुभयो होला । घरको अवस्था बुझेपछि त्यसले  पनि अहिले पछुुतो मान्यो होला यत्रा वर्षसम्म बेखबर भएर बस्दा ।

बुढा , निकै उज्यालिसकेका छन् । पहिला मलाई हँसाएका थियौ । आज मैले पनि पालाको पैंचो तिरे भन्दै मनमनमा गुनिरहेँ । साँच्चै रमेश आएकै थियो त पनि भनिरहन्छन् । हो नि कसरी झूटो बोल्छु ? छोरा आएछ भनेर झन् खुशी होलान् भन्छु । नपत्याए जस्तो पो गर्छन् है बाबैले त भन्दै जिक्याँउदै गएँ ।  अब भने पूरै पत्याए । विवाह गरेको हो रहेछ । नाति पनि जन्मेको रहेछ । ठुलो भयो अरे । वर्ष दिनको हुनै लागेछ । विवाहबन्धन, जागीरको दौडधूप लगायत विभिन्न समस्याले त्यताको समस्या बुझ्दाबुझ्दै पनि सम्पर्क गर्न सकिनँ । अब त्यस्तो हुन्न । बुवाममी ढुक्कले बस्नु है म फोन पनि गरिराख्छु  भनेको छ रमेशले । यी सबै कुराले बुवालाई विश्वास दिलाउन सफल भए पनि मेरो मन त डढेको डढ्यै छ । कसरी निभाउनु ? निभ्नै सक्दैन ।

यता बुढासँग सधँै भलाकुसारी गरी राम्राराम्रा कुरा गरेर समयमै औषधि खानपान भएपछि आजकल अलिक तङ्िग्रनुभएको छ । फलफूल, दुध, घिउ, माछामासु , अण्डा समयसमयमा खुवाउँदैं छु । खान नमाने पनि कर गरीगरी खुवाउँछु । निकै राम्रो हुँदै जानुभाछ । अब छोराले पैसा पठाइहाल्छ। अलिक तागतिला खानेकुरा खाने गर्नुपर्छ भनेरसम्झाउँछु । जहिल्यै उहाँको अगाडि हँसिलो भएर देखिने गरेकी छु ।  रमेशसँग भेट भएर नै यति खुशी भाकी रछिन् भन्ने परोस् भनेर मैले पनि नाटक गरिराखेको छु । अचेल बुढाको अगाडि ।

आजकल बुवाको स्वास्थ्य पनि धेरै सुधार भएको छ । खाना , फलफूल घिउ , माछामासु समय मिलाएर दुवै जना खान्छुम् । मैले पनि चिन्ता धेरै कम गरिसकेँ । चिन्ताले आफैलाई खाने रहेछ । त्यसैले चिन्ता लिने काम छैन । अब जे होलाहोला । रमेशले नहेरे के भो त ? जीवन बावुले हेरिहाल्नुहुन्छ  । हामीलाई अलेली रकम पठाए त पुगिहाल्छ । धेरै कमाउँला।  धनसम्पत्ति धेरै थुपारुँला भन्ने छैन । स्वस्थ रहेर बिहानबेलुकीको छाक टर्याे भने त हामीलाई भयोे । अचेल म त यस्तै सोच्न थालेको छु । नजानिदो तरीकाले बुवालाई पनि सम्झाउँछु । आउँदा एक्लै आइयो।  जाँदा पनि त एक्लै जानुपर्छ, केको चिन्ता ? हाम्रो चिन्ताले केही काम गर्दैन । उल्टै हामीलाई खाने रहेछ  भन्छु बुवालाई । आजकल मैले  भनेका धेरै सुन्ने बुझ्ने गर्नुहुन्छ । ठिक भन्यौ भन्नुहुन्छ उहाँले पनि ।

हामी आजकल पूरै जाति भइसकेका छुम् । दुईचार महिना पुग्ने खानेको जोहो पनि भएको छ । करेसाबारीमा सागसव्जी लगाएका छौँ । सव्जी किन्नुपर्दैन । दुध आधा लिटर ठेक्का गरेको छुम् । अहिले खास त्यस्तो आवश्यकता छैन । लाउने लुगाफाटा दुवै जनाका लागि लिइसकेको छुम् । घर दुईतीन वर्ष चल्ने गरी मर्मत गरेको छुम् । जीवन बावुले दिनुभएको रकम अझै बाँकी नै छ । जतन गरेर चलाउँदा पाँचछ  महिनासम्म पुग्छ  होला । औषधि अचेल कम खान थालेको छुम्  डाक्टरको सल्लाह बमोजिम । हाम्रो परिवर्तन देख्दा गाउँघरकाले पनि रमेशले सहयोग गर्न थालेछ । बुढाबुढी खुशी छन् भन्न थालेका छन् । भन्ने हल्ला सुन्छौँ । तर, बुढालाई अगाडि जीवनसँग बोलेको कुराचाँहि भनेको छुइनँ । धेरै चिन्ता गर्न छाडिसक्नुभएको छ उहाँले पनि अचेल ।

आज हल्का घाम लागेको छ । आँगनमा गुन्द्री ओछ्याएर बसेका छुम् । महाभारतको कथा सुनाउनुहुन्छ । कहिले रामायण , कहिले कोमल गीता पढेर सुनाउनुहुन्छ । पाँच पाण्डव बनवास जाँदा द्रौपदी अपहरणका कथा सुन्दै बस्दाबस्दै गैराघरे जेठाले फोन आको छ जानु अरे भने । यो खबरले को जाने भन्नेमा एकछिन होडबाजीने चल्यो। म जाने कि  तँ जाने भन्नेमा । बल्लबल्ल सम्झाएर पढ्दै गर्नु । म पुगेर आउँछु भनी लौरो टेकेर उकालो लागेँ । फोनमा बोल्नलाई पक्कै जीवन बावुले नै गर्नुभयो होला भन्दै दस मिनेटमा केही छिनमै फोन आइहाल्यो ।

हेल्लो को बोल्नुभयो भनेँ ।  उही जीवन बावुले गर्नुभएको रहेछ । म आमा बोलेँ भनेँ, चिनिहाल्नुभयो । दण्डवत् आमा, हजुरलाई सन्चोसुविस्ता कस्तो छ अहिले भनेर सोध्नुभयो । यताको सबै कुरा सुनाएँ । अब चिन्ता नलिनु आमा तपार्इँले मैले तपार्इँहरूका लागि मोबाइल पठाइसकेको छु। टिभीको पनि बन्दोबस्त मिलाको छु ।  वाइफाई समेतको सुविधा अब हुनेछ । अब तपार्इँहामी हेराहेर गरेर बोल्न मिल्छ । पारि घरमा पनि मैले पहिले नै राखिसकेको थिएँ । अब त्यहाँ पनि भयो ढुक्कसँगले बोल्न पाइन्छ । दुईतीन दिनमै सामान लिएर आउँछन् । चलाउन सिकाउँछन् । आमा , केही खर्च पठाएको छु । अस्तिको सकिनै लाग्यो होला । मजाले आफूलाई मन परेको तागतिला चिजहरू खाने गर्नु है  आमा भन्नुभयो । खुशीको सिमा रहेन । संसारमा सज्जन छोराहरू पनि जन्मदा रहेछन्  भन्ने सम्झिदै बोलेँ । केही छिन बोलेर जीवन बावु बिदा भए।

घर पुगेर कतिखेर बुवालाई सुनाउनु भन्दै हतारहतार गर्दै घरतिर लागेँ । बुवा पढिरहनुभएको रहेछ । कस्ले गरेको रहेछ त फोन ? आज जीवनले गरेको रहेछ  । कति खुसीको कुरा सुनाउनुभयो ।  त्यो सुनाउन हतारहतार गरेर आउँदै छु नि । जीवन बावुले एउटा मोवाइल , कलर टिभी धेरै च्यानल हेर्नलाई डिसहोम अनि वाइफाई समेत राखिदिने अरे । दुईतीन दिनमै आउँदै छ अरे। सामान लिएर दुईचार दिन बसेर सिकाइदिनुहुन्छ अरे । अब सिरक, डसना र तन्ना धुन्छु म।  तपाईँ भित्र सरसफाइमा लाग्नु । यी कुरा सुनेपछि बुवाको पनि खुशीको सीमा रहेन । म भने गुनगुनाउँदै लुगा धुन थालेँ ।

अब दुईचार दिनका लागि दुध एक लिटर भनेर आउनुपरयो भनेर गाउँतिर लागेँ नजिकै सधैँ ल्याइदिने ठाँउमा । घर लिपपोत गरेर गाउँको घरठाउँ अनुसार चटक्कै नै देखिन्छ । बाहिर घाम तापेर बसेका छुम आज पनि । दुई जना मानिस आउँदै गरेको देख्छुम् । एक जना भरिया र एक जना व्याग बोकेको मानिस घरछेउमा आएर रमेशजीको घर यही हो  भनेर सोधेपछि पक्कै जीवन बावुले पठाउनुभएको मानिस भन्ने लाग्यो । यही हो । आउनुस् न भनेँ । मोवाइल, टिभी लगायत अन्य सामान जीवन बावुले पठाएको थाहा थियो । एकछिनको कुराकानीपछि चिसो पानी चियाको व्यवस्था मिलाएँ । डिसहोम राख्ने कहाँ हो ?  आउने भाइले बुवासँग सोधखोज गर्दै बरण्डामा डिस् राख्ने तरखर गर्न थाल्नुभयो । मैले मकै –भटमासको खाजा तयार गरेँ । खाजा खाएर भरिया भाइ घरतिर फिर्नुभयो ।

आज घरमा टिभी जडान भएको छ । डिस राखेकाले धरै च्यानल आउँछन् रे नेपाली , हिन्दी अरू केके हो केके । जे हेर्न मन लाग्यो त्यहीँ हेर्दा हुने । अचम्म मानिसले केके बनाउन सकेका होलान् भन्ने मनमनमा गुनिरहन्छु । यो उमेरमा केके देख्न लेख्या छ । सबै देखिने भैयो । मोवाइल महँगो खालको पठाउनुभएको रहेछ । वाइफाई कि के पो भन्नुभयो त्यो राखेपछि जीवन बावुलाई यहीँ बसीबसी देखिन्छ अरे ।  बातचित हुन्छ अरे भनेर भित्र बावुसँग बोलेको सुन्छु । सिकाउँदै पनि हुनुहुन्छ । मोवाइल र टिभी चलाउन पाउँदा जीवनमा फेरि खुसीयालीको बर्साद हुने भयो । गाउँका मान्छे पनि छक्कै पर्ने भए । छोराले सहयोग गर्न थालेछ भनेर । तर के गर्नु पापिष्ट कता लुक्योलुक्यो ।

आज झुपडी पुरै उज्यालो छ । कति दिनदेखि अँध्यारोमा लुकेको झुपडी आज हाँसेको छ । कसरी वर्णन  गरूँ ? वर्णन गरेर नसकिने आनन्द छाएको छ आज यो झुपडीमा । बुवा भित्र विभिन्न च्यानलमा रमाएको देख्छु । म बेलुकाको खाना बनाउन सव्जीको व्यवस्था मिलाउँदै छु । समय सधैँ एकैनास नहुने , कहिले घाम कहिले पानी भनेझै अहिले हाम्रो झुपडीमा घाम झुल्केको छ । उज्यालो छाएको छ । हिजोको त्यो पीडा आज यसरी सुखमा बद्लिएको छ । हिजो गाउँगाउँ गएर मजदुरी गर्ने यो शरीर आज घरमै बसेर सबै कुराको सुखसुविधा भोग्ने भएको छ । कति छिट्टै परिवर्तन आयो हाम्रो जीवनमा । पातलो टिभी छ यो एल इ डि अरे नाम पनि केके हुँदो रहेछ कहिल्यै नसुनेको बत्तीस इन्चको भन्ने सुन्छु । रङ्गीन टिभी गाउँमा कमै छन् । प्राय हुनेको घरमा पनि साधा टिभी देखेको थिएँ । आज आफ्नै घरमा यसरी रमाउने भयौँ । उमेरले डाँढा काटी सक्यो। तर, मनले भने काटेको छैन । अझै केके देख्न पाउने हो  यो जिन्दगीमा ।

आज जीवन बावुसँग कुरा गराउँछु भन्नुभको छ दिपक बावुले । यताको दुई बजिसकेको छ । उता अहिले बिहानको सातआठ भयो अरे । शनिबार उताको विदाको दिन हुनाले कुरा गर्न पाइने भएको छ । आफूलाई कतिखेर देख्न पाइन्छ भनेर कहिले दिपक बावु तर हेर्छु , कहिले बुढा तर मोवाइल लगाउनुभयो यताबाट हेल्लो बुवाआमा भन्दै जीवन बावु टुप्लुक्कै घरमै आइपुगेको जस्तो भयो । छक्कै परियो बुवा र म सँगै बसेका छुम् । मोबाइल अलि पर राखिदिनु भएको छ । हेर्दै बोल्दै छुम् । सन्चोविसन्चो सबै कुराकानी भयो । मोवाइल बोकेर घर वरपर सबै देखाइदिनुभो दिपकले जीवन बावुलाई । हाम्रो झुपडी पनि देख्नुभयो । अब कुनै दिन घर पनि चिटिक्क परेको बनाउनुपर्छ आमाबुवा खुसी भएर रहनु , चिन्ता नलिनु , म यस्तै कोेठामा बसेको छु भनेर देखाउनुभयो । बाहिर पनि अलिक परसम्म हेर्न पाइयो । कति सुन्दर कति सफा हुँदो रहेछ विदेश त भन्ने लाग्यो । निकैबेरको कुराकानीपछि जीवन बावुसँग बिदा भइयो । हिजोआज गर्दै दिनहरू एकपछि अर्काे सुविधा भोग्न थालिएको छ । नदेखिएका सपनाहरू पूरा भएका छन् । गाउँटोलमा हाम्रो एकजनाको घरमा मात्र वाइफाई जोडेको रहेछ । अहिले पो थाहा पाइयो । यसरी हेराहेर गरेर मोवाइलमा कुरा हुन्छन् भन्ने त सोचेकै थिइनँ । कस्तो अचम्म ? केके देख्न पाइने हो ? हामी त छक्क मात्र होइन तीन छक्कनै परिसकेका छुम् यो के हुदै छ भनेर ।

म हल्याण्ड आएको एघार बर्ष भइसकेछ। समय बितेको पत्तै नपाइने । यताउता काममा व्यस्त श्रीमती छोरा भन्यो भुलियो।  सासुससुरा पनि घर फर्किसक्नुभयो। जम्मा तीन महिना बस्नुभयो हामीसँग । रमिला होल्याण्ड आउँदा यताउता गर्दा एघार लाख ऋण लिएको थियो अरे । सामान्य परिवारका मानिस दुई दाजुभाइ दुई दिदीबहिनी आमाबुवा समेत छ जनाको परिवार दुखै गरेर जीवन धान्दै आएका रहेछन् । रमिला होल्याण्ड आएपछि हाम्रो कलेज एउटै हुनाले चिनजान भयो । म उनीभन्दा चार वर्ष अगाडि नै आएको रहेछु । मेरो त सानोतिनो जब थियो त्यतिखेर । उनी नयाँ भएकीले मैले निक्कै सहयोग गरँे । सानोतिनो जागिर कलेजअघि र कलेजपछि गर्ने गरी काम मिलाइदिएँ । यसरी उनको र मेरो चिनजान भएको थियो । घरको अवस्था दुवैको उस्तै भए पनि बुवाआमासँग उनको त भाइबहिनी हुनाले चिन्ता थिएन । हाम्रो जस्तो थिएन । म उनकै पछि उनी मेरै पछि हुँदै जाँदा हाम्रो माया धेरै नजिक भएछ । आखिर हामी विवाह बन्धनमा बाँधियाँै  । मैले मेरो घरको कुरा सबै भनेको थिएँ । बुढा बुवाआमा हुनुहुन्छ , यता आउँदा ऋण  लिएरै आएको ऋण तिर्नु छ। घरखर्च पनि पठाउनुपर्ने हुन्छ । यस्ता सबै समस्या जानकारी थियो । तर, उनीले हामी एक भएपछि आफ्नै बुवाआमाको समस्या देखाउँदै हामी दुवैको कमाइ उनको माइतीमा पठाउन थालियो । उनी आउँदाको साँवाव्याज पन्द्र लाख तिरियो । ठुलो भाइ कतार जाने भयो । घरखर्च अन्यका लागि सात लाख पठाइयो।  यसरी पठाउँदै बहिनीको विवाह हुनेभयो  भनेर दस लाख पनि पठाइयो।  यसरी जम्मा बत्तीस लाख त पठाइसकियो ।

अझै समस्या सुनाइरहन्छिन् । भाइलाई काठमाडाँैमा पठाउने व्यबस्था मिलाउनुपर्छ । अबको केही कमाइ भाइका लागि छुट्टाउनुपर्छ। तपाईँको पनि त सालो नै हो । भेनाले धेरै माया गर्नुहुन्छ भन्छ अरे गाउँमा । बुवाआमाले सुनाउनुहुन्छ । यस्ता थपमाथि थप समस्या देखाउँछिन् । तर, मेरो घरतिरको कुरै छैन। अस्ति भनेको थिएँ बुवाआमाको धेरै बिजोग छ अरे भनेँ तर त्यति ध्यान दिइनन्।

अब यो महिनाको तलब थापेर आमाबुवाको लागि  पाँच लाख रुपैयाँ पठाउन मन लागेको छ । ऋण त्यत्रो थियो त्यो बुझ्छु । एकचोटि जीवनसँग भेटेर माफ माग्नुपर्ला मैले ठुलै गल्ती गरेको छु । आमाबुवाको त्यत्रो समस्यामा धेरै सहयोग गर्नुभयो । पचास हजार त नगद नै दिनुभएछ । मेरो बुद्घि कस्तो सुनेको नसुनेझै गरेर हिडेँ। धन्यवाद सहयोगकोे लागि भन्न सम्म कन्जुस्याइ गरेँ । कत्रोकत्रो गल्ती गर्दै आएँ। अहिले ती गल्तीको पछुतो लाग्छ । घरको याद झल्झली आउँछ । त्याो झुपडीको अवस्था र बुवाआमाको अवस्था चाँडँ बुझ्छु। यो आउने शनिबार जीवनलाई भेट्न अनुरोध गर्छु गल्तीको प्रायश्चित गर्छु । जीवनको धेरै मन दुखाएँ मैले । ऊसँग भेटेपछि गाउँको फोन नम्बर पनि थाहा हुन्छ। यसरी नै कल्पनामा डुब्दै बेडमा लडिराखेको छु । आजकल रमिला र मेरोे सम्बन्ध अलिक उत्तरचढाब आएजस्तो हुन्छ।  त्यत्ति बोलचाल पनि हुन्न। आफ्नो आफ्नो काम छ । आफ्नै आउनेजाने समय खाने समय छुट्टीको दिनबाहेक फरक नै समय हुन्छ। मभन्दा अलिक छिटो जान्छिन् । बिहान नानी लिएर बच्चालाई नानी हेर्ने ठाउँमा राखेको छ । नानी त्यहीँ छाडेर उनी आफ्नो काममा जान्छिन् । बेलुका आउँदा नानी लिएर आउँछिन् । मभन्दा त उनि निकै व्यस्त नै हुन्छिन । खाना जो फुर्सद छ उसैले पकाउने सरसफाइमा पनि त्यसरी नै हुन्छ ।  विदेशमा प्राय सबैको यसरी नै चलेको हुन्छ । हामी यसरी नै रमाइलो मान्दै अगाडि बढिरहेका थियौँ । तर, आजकल कमाएको सम्पत्ति एकोहोरो एकातिर मात्र पठाउनु पर्दा हाम्रो मधुर सम्बन्ध अलिअलि गर्दै टाढा हुँदै गएको छ ।

अब जे भए पनि भोलि जीवनसँग सम्पर्क गरेर समय मिलाउने प्रयास गर्ने छु । अब जे हुने हो भोलिको भेटले बताउला । यस्तै सम्झिदै खाना खाएर अफिरतिर लागेँे । उनी अघि नै नानी पुरयाउदै अफिस गइसकेकी छिन् । अफिसबाट बेलुका कोठामा आएँ।  सँधै जस्तो खुसीयाली नभए पनि मलाई देख्नेबित्तिकै छोरा कुदेर आउँछ । एकछिन बोक्छु , डुलाउँछु र ऊसँगै रमाउँछु।  एकछिन भए पनि मन शान्त हुन्छ। सबै कुरा भुलिँदो रहेछ  छोराछारीको माया कस्तो हुन्छ भन्ने बुझ्दैछु । मलाई मेरो बुवाआमाले यस्तै प्यार गरेर हुर्काउनुभएको थियो।  कति माया गर्नुहुन्थ्यो  अझै पनि थाहा छ आफू खाईनखाई मलाई खुवाउनुहुन्थ्यो।  मेरो बावुको लागि भनेर दुःख गरीकन लुगाकपडा किनिदिनुहुन्थ्यो ।  त्यसरी माया गर्ने आमाबुवालाई चटक्कै भुलेर यता माया जालमा फसेँ । सबै कुरा कसरी मिलाउने अब ? यसरी रमेशको बुद्धिमा लागेको बिर्को खुल्न थाल्यो ।

आजकल हाम्रा दिनहरू रमाइलोसँग बितिरहेका छन् । एकजना सहयोगी पनि जीवन बावुले पठाउनुभएको छ । एक जना बहिनी आउनुभएको छ । घरको सबै काम गरिहाल्नुहुन्छ । हामी कामबाट  पार भइसकेका छौँ । दिनभर भलाकुसारी , रामायण , माहाभारत , गीता पढेर , टिभी हेरेर दिन बितेका छन् । दुईतीन दिनमा जीवन बावुसँग कुराकानी भइरहन्छ । सन्चो–विसन्चो बारेमा , खर्चको बारेमा र कुनै कुराको कमी छैन । आजकल हाम्रो झुपडीमा जिन्दगी नसोचेको हिसाबले चल्न थालेको छ । गाउँघर छरछिमेकीहरू दिउँसो टिभी हेर्न आउँछन्।  कोही विदेशमा भएका छोराछोरीसँग कुरा  गर्न आउँछन् मोवाइलमा । पैसा लिने गरेको छैन। हाम्रो यो सुख देखेर गाउँ नै चकित परेको छ । छोरा भनेको त रमेशजस्तो हुनुपर्छ भन्छन् अरे गाउँमा । यो सुखसयल कसरी कहाँबाट आयो ? विचरा गाउँलेलाई के थाहा ?

आज जीवन भाइसँग टेलिफोन गरेँ । उठाउनुभयो । सन्चोविसन्चो सोधेँ सबै राम्रै सुनाउनुभयो । भोलि शनिबार भेट गर्न मन लागेको छ। उही अस्तिकै  पार्कमा भनेँ।  भाइले सजिलै हुन्छ नि भन्नुभयो । यस्तो मानिससँग मैले कति नराम्रो चरित्र देखाएँ । आजकल आफूदेखि आफैलाई घृणा लाग्छ । मेरो व्यवहार सम्झेर जीवन भाइले  भेट गर्न मान्नु हुन्न कि जस्तो लागिरहेको थियो। तर, त्यस्तो भगवान् जस्तो मान्छे किन रिसाउनुहुन्थ्यो । आज मनमा धेरै खुशी छाएको छ । अब भोलि भेट गर्ने भन्ने सल्लाह भयो ।

आज अचानक रमेशमा किन यस्तो विचार आएछ । अनौठो मान्छे , उसलाई त आफ्नो श्रीमती, छोरा सासुससुराबाहेक त अरूसँगको सम्बन्ध नाता त्यति भएजस्तो लाग्दैन थ्यो । के विचारले भेट्ने मन गरेछन्।  भोलि त थाहा भइहाल्छ नि । म एक बजेतिर पार्कतिर हिडेँ । रमेश दाइसँग भेटघाटका लागि, रमेश दाइ त अघि नै आइसक्नुभएको रहेछ । वरैबाट देखेँ। भेटघाट भयो।  आज अस्तिको जस्तो मुहारमा हँसिलोपन छैन। एकदमै निराश देख्छु । सायद बिरामी भएर होला भन्ने लाग्दै छ । के छ त रमेश दाइ  खबर ? आज कसरी भेट्ने मन गर्नुभयो ? देख्दा पनि अर्कोतिर फर्केर हिँड्नुहुन्थ्यो । एउटा दुश्मनले हेरेजस्तो मेरो अनुहार नै हेर्न मन नलागेको जस्तो हिँड्नुहुन्थ्यो। म अचम्म पर्थेँ । बिराएको केही थिएन। केही भनेको थिएन। एउटै देश त्यो पनि वारिपारि गाउँको बसाइ। घरपरिवारमा चिनजान भइसकेको किन  तपाईँले  मप्रति यस्तो व्यबहार देखाउनुभयो ? मैले पनि मनको भारी रमेशतिरै तेस्र्याइदिएँ ।

सरी जीवन भाइ, पहिलो कुरा त म तपार्इँसँग माफ माग्न आएको छु।  मेरो जुन व्यवहारले तपार्इँ जस्तो एक सज्जन  व्यक्तिको मनमा चोट पु¥याएँ।  त्यो मबाट ठुलै गल्ती भयो । यस्तो अपराघी  व्यक्तिलाई आज तपाईँले एउटा दाजु हो गल्ती त गरिहाल्यो  भनेर माफ दिनुपरयो । म एउटा मुर्खमध्येको पनि एक महामुर्ख भएँ । मेरो मुर्खताले जन्म दिने आमाबुवाको र तपार्इँजस्तो भगवानको मन दुखाएको छु । यसको पाप मैले कति जुनीमा काटिसक्नुपर्छ । यो मैले सहनै पर्छ । धेरै ठुलो भूल गरिसकेँ । पहिलो क्षमा तपार्इँबाट पाउने आशा गर्छु । अनि  मेरा पूजनीय आमाबुवाप्रति गरेको अपराधप्रति क्षमा माग्छु । यसमा मुख्य सहयोग तपार्इँको चाहिन्छ  भन्दै घुँक्कघुँक्क रुन थाल्नुभयो । रमेश दाइ यो अवस्था हेर्दा अहिले आएर  साच्चै ठुलै पश्चाताप  भएछ भन्ने जोसुकैले बुझ्न सकिन्थ्यो ।

रमेश दाइको यो पश्चाताप देखेपछि मैले पनि अगाडिका कुरा छाडेर अब आगामी दिनका कुरा गरौँ दाइ भनेँ । घरतिर सबै राम्रो छ।  दुईदुई दिनमा बुवाआमासँग कुरा भइरहेको छ मेरो । घरमा टिभी , वाइफाई , मोवाइल डिसहोमको व्यबस्था मिलाइदिएको  छु । घरमा काम गर्ने एकजना सहयोगी बैनी राखिदिएको छु। आमाबुवा बडो रमाइलोसँग दिन बिताइरहनुभएको छ । कुनै कुराको कमी हुन दिएको छैन। बुवाआमाको त्यो प्रसन्न उज्यालो अनुहारले मलाई सधैँ सेवा गर्ने प्रेरणा मिलिरहेको छ । म त यसरी नै रमाउँदै दिनहरू बिताइरहेको छुुु । गाउँघर वरपर सबै यो देखेर छक्क परेका छन् । रमेशले बुवाआमाको लागि सबै व्यवस्था मिलाइदिएको छ । कति सुखसुविधामा राखेको छ भन्छन् अरे गाउँमा । मैले गरेको भन्ने त कसैलाई थाहा नै छैन , नभन्नु पनि भनेको थिएँ मैले ।  पछि  समाजले तपाईको हेराइ नराम्रो नहोस् भनेर । रमेश दाइलाई वृतान्त सुनाएँ ।

जीवनको कुरा सुनेपछि रमेश छाँगाबाट खसेजस्तै भयो । घरमा सुखसुविधा सबै बुवाआमाले प्रयोग गरिरहनुभएको ।  घरमा कुुनै कुराको कमी छैन । यस्तो सुन्दा म एउटा बावुआमाको छोरो भएर पनि केही गरिन । म जस्तो छोराको के काम यो धर्तीमा ? बुवाआमालाई रुवाउने धिक्कार मेरो जीवनलाई आफूदेखि आफैलाई घृणा लाग्छ । कसरी के भनुम्, सारै नै नहुने काम पो मबाट भयो जीवन भाइ । जे जति गल्ती गरेँ ।  अब गल्ती हुनेछैन । म यता अनेकौ सङ्कटबाट भित्रभित्रै फसेछु । बाहिर संसारलाई नियाल्न सकिनँ । भित्रकै समस्या, भित्रकै समाधान कताकता अल्मलिएँ केही पत्तै पाइनछु । यस्तै बितेका कुराहरू सबै जीवन भाइलाई सुनाएर मन अलिक हलुँगो  बनाएँ । आँसु रोकिसकेको छैन । ती वृद्घ बाआमालाई सम्झन्छु , आफूले पहिले गरेको बाचा सम्झन्छु । दुःख लागेर आउँछ । त्यत्रो ऋण के गर्नुभयो होला ? कसरी तिर्नुभयो होला ? केले खानु भयो होला ? अब पछुताएर रुनुबाहेक मलाई केही भएन । के गरुम् भाइ अब मेरो पनि तपाईँ नै हो बुवाआमा जस्तो भगवान् । अब सल्लाहसुझाव दिनु बुवाआमासँग मैले के भन्ने ? कसरी माफी माग्नु ? के मलाई माफी दिनुहुन्छ होला ? म जस्तो अपराधीलाई !

अब बितेका दिनमा जे भयो भयो त्यता फर्कनु हुन्न ।  यता श्रीमती छोरा र उता बुवाआमा सँगका टुटेको सम्बन्ध अब जोड्नु पर्छ । यसमा म पहल गरिहाल्छु नि ।  भोलि तपार्इँ मेरो कोठामा आउनु , बाआमासँग कुरा गरौँला । चिन्ता नलिनु म सबै मिलाउँछु । पल्लो बारी बेचेर ऋण तिरिसक्नु भएको छ । त्यताको कुनै चिन्तै छैन । खानाबस्नको प्रबन्ध सबै मैले मिलाइसकेको छु ।  अब अगाडि बढ्नुपर्छ । आमाबुवाको मन जित्न सक्नुपर्छ । विश्वास दिलाउनुपर्छ । त्यसका लागि मबाट हुने सबै सहयोग गर्छु । अब छुटौँ भोलि बिहान आठ बजेतिर आउनु भन्दै बिदा भइयो ।

म बिहान प्राय छ बजे नै उठ्छु । बेलुका पनि दस बजेतिर सुत्ने बानी छ । एक्लै बस्दा समयमै खाने समयमै सुत्ने बानी बस्यो । समयमै काममा जान्छु । अफिसको जागिर राम्रो छ । मैले मास्टर सक्नेबित्तिकै नै राम्रो जागिर पाएको छु । कुनै चिन्ता छैन । नेपालमा बुवाआमा खुसी हुनुहुन्छ सबै सुविधामै राखेको छु । अब एउटा मन मिल्ने साथी हेरेर विवाह गर्नु छ । यता पिआर भइसकेको छ । नेपालमै गएर बिहे गर्न मन छ ।  यस्तै कल्पना गर्दै चिया बनाउँदै थिएँ । रमेश दाइ पनि आइपुग्नुभयो । दुवै भाइ भएर चिया पियौँ । आजको खाना बल्लबल्ल दाजुभाइको भेट भएकाले सँगै खाने मौका मिलेको छ । दुवैको सल्लाहले सादा खाना खाने सहमति भयो । त्यही अनुसार तयारी गर्दैछु ।

अब तपाईँ पनि तयारीमा रहनु है खानापछि कुरा गरौँला । आज त भेट गर्ने दिनै हो कतिखेर जीवन आउने हो भनेर बुवाआमा पखाईमा बस्नुभएको छ । बुवाआमासँग कुरा गर्न घरमै मोवाइल छ । त्यसैमा  कुरा भइरहन्छ । गाउँका मानिसहरू पनि विदेशमा भएका आफ्ना छोराछोरीसँग कुरा गर्न आउछन् अरे । देख्न पाइने हेर्दै बोल्न पाइने भनेर आइराख्छन् अरे । पैसा लिनु हुन्न अरे । राम्रो हो बुवा समय मिलाएर दिनुहुन्छ भने भन्ने सल्लाह दिएको थिएँ भन्दै फोन लगाएँ । आमाले उठाउनुभयो । के छ जीवन बावु भन्नुभयो । दण्डवत प्रणाम गरेँ । बुवासँगै बस्नुभएको छ । आशिर्बाद दिनुभयो ।

रमेशदाइ सँगै बस्नुभएको छ क्याप लगाउनु भएको छ । चिन्नु हुन्छ की हुन्न ? एघार बर्ष बिते के चिन्नु हुन्थ्यो ? चिन्नु भएन ? हामी मात्र कुराकानी गरिराखेका छौँ । बुवाले बाहिर करेसाबारीमा लगाएका सागसब्जी देखाउनुभयो । मजाले साग टमाटर देखिन्छ । आफ्नै बारीको सब्जी राम्रो सप्रिएर आएछ । पारि हाम्रो गाउँतिर पनि देखाउनुभयो । हरियाली डाँडाहरू देख्न पाइयो ।  वारिपारि सबै हेरेँ । आफ्नो गाउँ हेरेँ ।

आज एउटा खुसीको कुरा सुनाउन मन छ आमाबुवालाई । के गरुम होला ? आज्ञा भयो भने सुनाउने  छु ।  के खुशीको कुरा बावु ? हाम्रो जीवनमा योभन्दा अर्काे खुशी के देख्नु छ र ? सबै खुशीहरू देखाइसक्नुभयो । हामी यसैमा रमाइरहेका छौँ । जीवनको अन्तिम घडीमा पुगेको हाम्रो अवस्थालाई बावुले बचाउनुभयो । संसार हेर्न पाइयो । रोगशोक सबै टाढा भयो । योभन्दा अरू कस्तो खुशी हुन्छ र बावु  भन्दै आमा बोलिरहनुभएको छ । बुवा सुनिरहनुभएको छ । काम गर्ने बहिनी वरपर हिँडिरहेको देख्छु । यो अवस्थामा तीनै जनालाई देख्न पाउँदा मेरो पनि मन अति नै प्रशन्न भएको  छ । यो सबै रमेश दाइले हेरिरहनुभएको छ । के सोच्दै हुनुहुन्छ ? मन कता पुगेको छ ? गम्भीर मुद्रामा देख्छु । अब रमेश दाइलाई दिनुप¥यो भनेर आमाबुवा  एक जना मेरो दाइ हुनुहुन्छ । उहाँ तपाईहरूसँग बोल्न मन गरिरहनुभएको छ दिन्छु है भने ।

को हो बावु ? के भन्नुहुन्छ ? हामीले चिनेका छैनम् भन्दै हुनुहुन्थ्यो । मैले मोवाइल रमेश दाइलाई दिएँ ।

आमा........भनेर रमेश दाइे डाँको नै छाडेर रुन थाल्नुभयो । उता हेरेको हेरै बोल्नुभएको छैन।  को बोल्नुभयो भन्दै बुवाले आमाको हातबाट मोवाइल समाउनुभयो । म रमेश हजुरहरूको छोरा मलाई माफ गरिदिनुहोस् । धेरै ठुलो गल्ती गरेँ । धरै बर्ष भुलेँ । जीवन भाइले मलाई सद्बुद्धि दिनुभयो र आज दर्शन गर्ने मौका पाएँ । दुवै जनामा दण्दवत ढोग गरेँ । माफ दिनु भन्दै रोइरहनुभयो । तर न आँसुु  न रोदन केही देखेको छुइन । आमाबुवा एक आपसमा मुखामुख गरेको देख्छु । कालो बादलले घेरेकोजस्तै अध्याँरो , मलिन अनुहार देखियो आमाबुवाको बोल्न सक्नुभएन । फोन काटियो ।             
अर्को समाचार
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
२० भदौ २०८३
•
८ मिनेट पाठ
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
म त पर्खेको पर्खै छु




बतास बनी छुन आइदेऊ न

फेरि मेरै हुन आइदेऊ न

बतास बनी छुन आइदेऊ न

फेरि मेरै हुन आइदेऊ न

म त पर्खेको पर्खै छु

म त पर्खेको पर्खै छु

मत पर्खेको पर्खै छु ...

उक्त हरफहरू नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको विरह रसले भरिएको गीत ‘म त पर्खेको पर्खै छु’ बाट साभार गरिएको हो।  

यस गीतमा प्रेमको गहिरो अनुभूति, बिछोडको अनन्त पीडा र आफ्नो प्रियतम (प्रियसी) लाई पुनः आफ्नो जीवनमा फिर्ता पाउनका लागि गरिएको आत्मिक पुकारलाई व्यक्त गरिएको छ। छोडेर जानेहरूको यादमा पर्खनेहरुको एउटा पीडा बोकेको उक्त गीतको भाव ठ्याक्यै मिल्न गएको छ, काठमाडौं गोङ्गबुका परिवेश चिलुवालका लागि।

मायालु र असल श्रीमती अनुष्का पाण्डे। काखमा दुई वर्षको छोरा। गर्भमा हुर्किरहेको अर्को सन्तान। परिवार पूर्ण बन्दै थियो। घरमा खुसीको वातावरण थियो। केही समयपछि परिवारमा नयाँ सदस्य थपिँदै थियो। दोस्रोपटक अभिभावक बन्ने उत्साहले परिवेश र अनुष्काको मनमा अनेकौँ सपना सजिएका थिए। छोराले भाइ वा बहिनी पाउने दिन गन्दै थिए। गर्भमा हुर्किरहेको शिशुको आगमनका लागि परिवार आतुर थियो।

अब एक महिना मात्र बाँकी थियो। 'अब त त्यो दिन पनि चाँडै आए हुन्थ्यो,' दम्पतीबीच यस्तै कुरा हुन्थे। तर यही भदौ १० गते बिहान कसैले कल्पना नगरेको एउटा विपत्ति आयो। सबै सपना एकाएक चकनाचुर पारिदियो।

जुन घरमा अर्को सदस्यको आगमनको तयारी भइरहेको थियो, त्यही घरबाट अहिले गर्भवती अनुष्का र उनको दुई वर्षे छोरा हराइरहेका छन्। प्रतीक्षा पहिलेको जस्तो छैन। पहिलेको प्रतीक्षा खुसीको थियो। अहिलेको प्रतीक्षा पीडाको छ। पहिले पेटमा हुर्किरहेको सन्तानलाई काखमा लिने दिनको प्रतीक्षा थियो। अहिले हराएकी जीवनसङ्गिनी र छोरा फर्केर आउने आशाको प्रतीक्षा छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीले अनुष्कालाई परिवारबाट टाढा बनाइदियो। एकैछिनमा परिवेशको संसार फेरियो। श्रीमतीसँगै सजाएका सपना नदीको भेलसँगै बगेझैँ भए। दुई वर्षको छोरा पनि अनुष्कासँगै बगेँ। संसार राम्रोसँग चिन्न बाँकी नै थियो। अझ पेटमा हुर्किरहेको शिशुले संसार देख्नै पाएको थिएन। रसुवाको टिमुरे स्वास्थ्यचौकीमा कार्यरत थिइन् अनुष्का। श्रीमान् परिवेश भने केही दिनअघि मात्रै काठमाडौं फर्किएका थिए। अनुष्काको पनि केही दिनपछि काठमाडौं आउने तयारी थियो।

बाढी आएको दिनदेखि नाबालक छोरासहित सम्पर्कविहीन छिन्। दुर्गममा अरुको स्वास्थ्यमा खटिएर जीवन जोगाउन लाग्ने अनुष्काको जीवन जोगिएको छ कि छैन पत्तो छैन। कतै घाइते भएर बसेकि पो छिन् भन्ने झल्को परिवारलाई आउँछ। घटना भएको अघिल्लो रात परिवेश र अनुष्काबीच कुराकानी भएको थियो। त्यो दिन बिहान भने कुरा हुन पाएन।

भदौ १० गते बिहानीपख रसुवामा ठूलो बाढी आयो भन्ने खबर पाए परिवेशले। मोबाइलमा भिडियोहरू पनि आउन थाले। दर्दनाक दृश्यले मन झस्कायो। श्रीमती र बच्चाको के हालत होला भाग्न सके कि सकेनन् होला ? मन भतभती पोल्यो। पटकपटक श्रीमतीलाई फोन गर्दा सम्पर्क भएन। कता होलिन् ? यत्रो विपत्तिमा भाग्न भ्याएकी होलिन् कि भ्याइनन् होलिन् ? विचरा आठ महिनाको गर्भको शिशु दुई वर्षे बच्चा बोकेर कसरी दौडिन् होलिन् ? आफ्नो प्राणभन्दा प्यारो बच्चालाई जोगाउन कति प्रयास गरेकी होलिन् ? यी र यस्तै प्रश्नको घेरामा थियो उनको मन पनि।  

घण्टा बित्तै गयो। दिन पनि बित्न लाग्यो। घाम अस्ताएर साँझ पर्ने तर्खर गर्‍यो। रात पर्‍यो। बाहिर अँध्यारो बढ्दै थियो तर परिवेशको मनमा अनिश्चितताको अँध्यारो झन बाक्लिँदै गयो। न श्रीमतीको फोन आउँछ न उनको खबर।

मनमा झन चिसो पस्यो। परिवेश भने श्रीमती अनुष्काको एक कल म ठीक छु भन्ने आवाज सुन्न आतुर थिए। घरिघरि मोबाइल हेर्थिए। कसैको फोन आए पनि अनुष्काकै हो कि भन्ने झल्को लाग्थ्यो। रात पनि बित्यो। भोलिपल्टको बिहानी सुरू भयो। अझै खबर आएन। मन अतालिन थाल्यो।  

आमा, छोरा कतै कुनै अस्पतालमा उपचारत छन् कि भन्दै खोजी हुन थाल्यो। पत्तो पाइएन। दिन बित्दै गए। साता दिन नाग्यो। न फोन आयो। न अनुष्का आइन्। न सास भेटियो न लास भेटियो। न फर्कने पूर्ण आश छ। न पूर्ण रूपमा आश मार्न सकिएको छ। 'छोरा डोहोराउँदै अनुष्का अझै आउछिन् होला। छोराले बाबा भनी बोलाउँछ होला भन्ने अझ आशा लागेर कुरिरहेकै छु। फर्केर उनी आएकी छैनन्,' परिवेश भन्छन्, 'घटना हुनु अघिल्लो रातको जस्तै हरेक रातमा लाग्छ-अनुष्काको फोन आउँछ र भन्छिन्, समयमा नै सुत्नु बुढा भोलि कुरा गरौँला। ‘गुड नाइट। टेक केयर।’ झल्को लाग्छ। तर फोन आउँदैन।' एकैछिन फोन नउठ्दा के भयो होला ? भनेर अत्तालिने परिवेश। अहिले त साता दिनसम्म कुरा नहुँदा छटपटीमै समय बितिरहेको छ। यस्सो लड्दा अइया बाबा... बाबा भन्ने छोरा। ढुङ्गा माटो, चट्यानसहित भेलमा बग्दै गर्दा कति ठोक्कियो होला। अइया बाबा... पनि भन्न पाएन होला।  

अग्निलाई साक्षी राखेर जुनीजुनीसँगै जीउने मर्ने कसम खाएर बिहे बन्धनमा बाधिएको यो जोडी अब सधैँका लागि छुट्टिएका हुन् या कुनै आश्चर्य भएर अनुष्का फर्केर आउने छिन् त्यो भने पत्ता छैन।

परिवेशको घरमा अनुष्काको सम्झना ताजा छ। उनले लगाएका कपडा, प्रयोग गरेका सामान र घरका कुनाकाप्चामा रहेका उनका सम्झनाले हरेक क्षण परिवेशलाई झस्काइरहन्छन्। परिवेश अझै आशावादी छन्, सायद कुनै दिन ढोकामा अनुष्का उभिएर भन्नेछिन्ः 'म आएँ नि।' त्यही एउटा आशाले परिवेशलाई पर्खाइरहेको छ। परिवेशको प्रतीक्षा रोकिएको छैन। उनको मनमा अझै एउटा विश्वास बाँकी छ-अनुष्का फर्केर आउन सक्छिन्।

बतास बनी छुन आइदेऊ न,

फेरि मेरै हुन आइदेऊ न...

गीतकारले 'यस हरफमा प्रेमीको निस्वार्थ र पवित्र पर्खाइ बसिरहेको कुरालाई स्पष्ट पारेका छन्। गीतमा मायालुले छोडेर गए पनि प्रेमीको मनमा उसको उपस्थितिको तिर्सना मेटिएको छैन। यस्तै भएको छ परिवेशका लागि पनि। गीतकारले भनेझैँ परिवेशलाई पनि लाग्दो हो– अनुष्का तिमी आफ्नै रूपमा आउन सक्दैनौँ भने पनि कमसेकम ‘बतास’ (हावाको झोक्का) बनेर भए पनि आउ र मलाई स्पर्श गरेर जाउ, ताकि म तिम्रो सामीप्यता महसुस गर्न सकूँ। समय बित्दै जाँदा मधुरो बन्दै गएको आशाको दियो, निम्न लागिसक्यो। पत्तो छैन अझै।  

जब जब मलाई उज्यालोको आश लाग्छ

आमा यो टुकीमा किन बतास लाग्छ ?

गजलकार प्रदीप रोदनले बहिनी अनुष्का र अन्य बाढीमा बेपत्ता भएर सासको आशामा बस्नेहरुलाई इङ्गित गरेजस्तै भएको छ।

'अनुष्का नानु, दुई वर्षको बच्चा काखमा र आठ महिनाको शिशु कोखमा लिएर कसरी दौडियौँ होला। कहाँ छौँ तिमी ? बा हरू खोज्न निस्कनुभएको छ। एक आवाज देउ ल ?' गजलकार प्रदीपले अनुष्कालाई इङ्कित गर्दै केही दिनअघि लेखेका यो ‘स्टाटस’ले जो कोहीलाई पनि भावुक बनाउँछ।

भोटेकोशी बाढीजस्ता विपद्मा गर्भवती महिलाजस्ता अन्य अशक्त व्यक्ति बढी प्रभावित हुने गरेका छन्। बाढीको सूचना पाएपछि त्यस दिन नुवाकोटको त्रिशूलीकी २७ वर्षीया सिर्जना नगरकोटीले पनि सात महिनाको गर्व बोकेर बल्लतल्ल भागेर ज्यान जोगाइन्। तर गर्भमा रहेको बच्चाको अवस्थाबारे थाहा पाउन र नियमित स्वास्थ्य परीक्षण गर्न तथा चिकित्सकले सुझाएअनुसारको पोसिलो खानेकुरा खान पाएकी छैनन्।

विपद्बाट सबैभन्दा बढी गर्भवती महिला जोखिममाः चिकित्सक

भोटेकोशी बाढीजस्ता प्राकृतिक विपद्का समयमा गर्भवती महिला र गर्भमा रहेको शिशु बढी जोखिममा पर्ने बताउँछन् निजामती कर्मचारी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा अरुणप्रसाद जोशी। 'विपद्का बेला अरु साधारण व्यक्तिजस्तै गर्भवती महिला सुरक्षित स्थानतर्फ भाग्न सक्दैनन्। भोटेकोशी बाढीको समयमा पनि तत्काल भाग्न नसक्दा कतिपय गर्भवती आमालाई भेलले बगायो। कतिपय अझै बेपत्ता त कति अझै घाइते हुनुहुन्छ,' उनले भने, 'बाढीबाट जोगिन भाग्ने क्रममा अत्यधिक शारीरिक परिश्रम र चोटपटकका कारण रक्तस्राव हुने तथा गर्भ खेर जाने समस्या पनि देखिन सक्छ।'

डा जोशीले बाढी गएको एक साताभन्दा बढी भइसकेको र कतिपय शव अझै व्यवस्थापन हुन नसक्दा प्रभावित क्षेत्रमा सङ्क्रमण तथा महामारीको जोखिमसमेत बढाउनसक्ने समेत बताए। यस्तो अवस्थामा गर्भवती महिलामा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

'भोटेकोशी बाढीबाट बाच्न सफल हुने गर्भवतीका लागि नियमित खाना खान, आराम गर्न र स्वास्थ्य परीक्षण गराउन कठिन भइरहेको छ। यस्तो अवस्थामा घटनाले मानसिक तनावसमेत बढाउन सक्छ,' उनले भने, 'सडक तथा यातायात प्रभावित हुँदा प्रभावित क्षेत्रका कतिपय गर्भवती महिला समयमै स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गराउन पाइरहेका हुँदैनन्।'

यस्तो अवस्थामा गर्भवती महिलाको योनीबाट रक्तस्राव भएमा, पानी गएमा वा बच्चा नचलेमा तत्काल स्वास्थ्य संस्था वा अस्पताल पुर्‍याउनुपर्नेमा जोड दिन्छन्, डा जोशी। 'यस्तो अवस्थामा राज्यले पनि प्रभावित गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न आवश्यक सहजीकरण गर्नुपर्छ,' उनले भने। डा जोशीले विपद्पछि गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, पोषण, आराम र मानसिक स्वास्थ्यमा समेत विशेष ध्यान दिँदै आमा र बच्चाको सुरक्षाका लागि राज्यले पहल गर्नुपर्ने सुझाव दिए।

विपद्मा गर्भवती तथा अन्य असहायलाई बढी प्रथामिकता  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा अन्य असहाय नागरिकलाई भोटेकोशी बाढीजस्ता विपद्का समयमा उच्च प्राथमिकता दिइएको बताएकी छिन्।

उनले विपद्को पूर्वसूचना सम्प्रेषणदेखि खोज तथा उद्धार, राहत, स्वास्थ्य उपचारलगायत सेवामा जोखिममा रहेका तथा विशेष सहयोग आवश्यक पर्ने नागरिकलाई प्राथमिकता दिइएको जानकारी दिइन्। 'विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी रणनीतिक कार्ययोजना, २०८१ अनुसार असहाय, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकता दिएका छौँ। अपाङ्गतामैत्री विपद् पूर्वसूचना सम्प्रेषण पनि गरिरहेका छौँ,' उनले भनिन्।

प्रवक्ता महतले भोटेकोशी बाढीप्रभावित गर्भवती तथा अन्य असहाय व्यक्तिलाई स्वास्थ्य सेवा तथा आवश्यक सहजीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताइन्। 'अझै थप छलफल गरेर प्रभावितलाई कसरी सहज रूपमा सेवा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ,' उनले भनिन्। 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस