अँध्यारो जङ्गलभित्र
२० असोज २०७७
•
३ मिनेट पाठ
अँध्यारो जङ्गलभित्र

भाग्यशाली अधिकारी

ओ हो ! हेर त कस्तो अँध्यारो कालो झ्याम्म परेको रूख पनि कत्राकत्रा ह्यामानका रहेका निमीले देख्यौ? धने ! भनेर मनेले भन्यो । ओ हो यो त सारै बडेमानको जङ्गल रहेछ धनेले भन्यो ।




तिमी एक्लै त्यो जङ्गलभित्र जान सक्छौँ धनेले सोध्यो । ओ हो ! बाफ्रे बा ! त्यत्रो ठूलो जङ्गलभित्र को जान सक्छ ! म त सक्दिनँ बा । तिमी जान सक्छौँ र ! धनेको जवफ आयो । 

त्यहाँभित्र त केके छन् केके । त्यस्तो त्यो डरलाग्दो जङ्गलभित्र को छिर्न सक्छ ! हेर त त्यहाँ साल, सिसौँका रूख पनि कत्राकत्रा रहेछन् भन्दै थियो । त्यतिबेलै त्यहाँबाट एउटा ठूलो बाघ पो निस्कियो कताकता धनेका आँखा त्यही बाघ माथि परे । लम ! लम ! यतै पो आउँदै छ कि क्या हो ? ओ हो हेर त मने धनेले भन्यो । हँ ! होर ! हो ! हो । भाग ! भाग ! दुवै जना बेतोडले कुलेलम ठोके । पर पुगेर फर्किएर हेरेका त बाघ अर्कै बाटो लागेको देखे । पर्खीपर्खी ! बाघ अर्कै बाटो लाग्यो । अब हामी एकैछिन यहीँ बसौँ मनेले भन्यो र दुवै जना त्यहीँ बसेर थकै मारे । 

मनेले निकै सोच्न थाल्यो पक्का पनि यो जङ्गलभित्र निकै रमाइलारमाइला ठाउँछन्, कति तलाउ होलान् त्यहाँ अवश्य खरायो मयूर पनि हुन सक्छन् । त्यहाँ कति खोलीका कलकल ध्वनि नानाथरीका चराचुरुङ्गीका चिरविरचिरविर आवज सुन्न पाइन्छ होला । तलाउमा हाँस पौडिएको हेर्न मलाई असाध्यै मन पर्छ मनेको मनमा खेल्न थाल्यो । अनि मनेले धनेलाई हेर भाइ त्यो बाघ निस्केर अन्तै गइहाल्यो अब हामी यो नजिकै आएको जङ्गल घुमेरै फर्काँै । जङ्गल घुम्ने धोको पु¥याउँ भन्न थाल्यो ।  

धनेको पालो –ओ हो, त्यत्रो त्यो डरलाग्दो जङ्गलभित्र पनि हामी एक्लैदुक्लै जान सकिन्छ ? भो म त जाँदै जान्न बा ! तँ जेसुकै भन् भन्यो । के भनेको होला यसले त्यो एउटा बाघ गयो भनेर हुन्छ त्यत्रो जङ्गलभित्र हात्ती गैँडा भालु चितुवा जस्ता जङ्गली जनावर त्यहाँ कति छन् कति त्यस्तो जङ्गलभित्र तिनले हामीलाई झम्टिन आए भने त्यतिबेला हामी कहाँ जाने के गर्ने अनि तिनले हामीलाई मार्दैनन् ! धनेले फेरि थप्यो ।  

मनेको पालो –या, तँ त सारै डरछेरुवा रहेछस बाबु ! यस्ता कुरामा पनि कोही डराएर बस्छ । त्यसो भए त हामीले केही पनि गर्न सक्दैनौँ ह्यात् !

ल आइज खाएखान्छ म अघि अघि लाग्छु त पछि पछि लाग खाए मलाई नै खान्छ तँ भाग्लास् भयो भनेर मने अघिअघि गयो धने मनेको पछिपछि लाग्दै गयो दुवै जना घुम्दै गए आहा ! जङ्गल त सारै रमणीय मजा रहेछ । एकातिर कोइलाका को हो ! को हो ! कराएको सुनियो अर्कोतिर काफल पाक्यो काफल पाक्यो कराएको आवाज आइरहेको छ कतै पोखरा जाउँ पोखरा जाउँ भनेको सुनिएका छन । आहा ! अनन्त चराचुरुङ्गीका आवाजले सबै जङ्गल कस्तो गुञ्जायमान भएको कस्तो रमाइलो । उता सुन न, उता हेर त ! खोलीका कलकल ध्वनि कस्तो मजा आहा ! थाहा पाइस् ! मनेले धनेलाई भन्दै लगी राखेका थिए । तै पनि धनेलाई डर लागि राखेको थियो । 

धने–भयो अब जाउँ भन्यो । मने–पर्खिन पर्खी ? दुईजना भएपछि केको डर एकैछिन हेरौँ भन्यो । धने– उ । कता छस्क्क गरेजस्तो छ । फेरि बाघ आयो कि क्या हो मने –या !!! आए छु भने हामीले जान्या छ । त्यतिवेला एउटा उपाय निकाली हालिन्छ नि ?। धने–भो निकालिस ह्वाङ्गै झम्टिन आयो भने अनि  त्यतिवेला तैँले के उपाय निकाल्छस ।  

मने–उः हेर त आहा ! कस्तो मजाको तलाउ रहेछ हावा खाँदै एकैछिन यो तलाउका छेउमा बसौँ अनि जाउँला मनेले भनेर दुवैजना त्यहीँ तलाउका छेउमा मक्ख परेर बसिरहेका थिए त्यो त सर्बै जङ्गली जनावरहरूले पानी खाने ठाउँ पो रहेछ । अनि त त्यतिबेलै हात्ती, गैँडा, बाघ, भालु, चितुवा, सबै एक्कासि त्यहाँ पानी खान आए । जम्काभेट भयो ओ हो लौन नि अब के गर्ने होसहवासै हरायो धने त जोरले च्याँठ्ठिएर करायो मनेको पालो ए चुप ! चुप ! नकरा बरु छिटो यता आइज भनेर हत्तन पत्त मनेले रूखमा चढने उपाय निकाल्यो र दुवैजना रूखमा चढेर चूपचाप लागेर बसेका थिए । एकछिनपछि सबै जनावरहरू पानी खाएर फर्किए अनि उनको पालो बिस्तारै रूखबाट ओर्लिएर ओ हो धन्न मनेले रुखमा चढ्ने उपाय निकाल्यो र पो बाँचियो नत्र त त्यहीँ मरिने रहेछ धन्न बाँचियो भनेर दुवैजना छाती ढुकढुक गर्दै घर फर्किए ।
अर्को समाचार
बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै!
०२ माघ २०८०
•
१ मिनेट पाठ
बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै!
(१) मुक्तक




देश छोडेर विदेशतिर, पाइलाहरू चाल्दैछु म,

पसिना बेचेर परदेशमा, घरको चुल्हो बाल्दैछु म।

चर्को घाम जोखिम काम, साहुको गाली खाँदै,

वर्षौं देखि यसैगरी, जहान बच्चा पाल्दैछु म।

(२) मुक्तक

सालैपिच्छे यतिउति, भन्दै उमेर गन्दा गन्दै,

आफ्नै आयु घटिराछ, आज भोलि भन्दा भन्दै।

पत्तो छैन कहाँ अनि, कतिबेला प्राण जाने,

बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै।

(३) मुक्तक

जिउदो हुँदा नहेर्ने सन्तान, मरेको दिन हेर्न आउने छन्,

सबै जना भेला भई वरिपरि, मलाई घेर्न आउने छन्।

बाँचुञ्जेल एकैसरो टालोसम्म नदिने सन्तानहरू,

जनैको साँचो खोज्ने निहुँमा, कात्रोले बेर्न आउनेछन्।

(४) मुक्तक

भोक लाग्दा खाना छैन, छैन बस्ने घर,

घाम अस्ताउँछ राति हुन्छ, लाग्न थाल्छ डर।

बाबुआमा छैनन् मेरा, माया गरी पाल्ने,

मेरा लागि सडकबाहेक, छैन केही भर।

(५) मुक्तक

निष्पट्ट यो जिन्दगीमा, तिम्ले प्रेमदीप बालेपछि,

मेरो साथमा सँगै जिउन, तिम्ले पाइला चालेपछि।

क्ति खुशी भयो जीवन, भनी साध्य कहाँ छ र,

मेरो घरमा तिम्रा  हातका, चुरा बज्न थालेपछि।

 -निर्मलरमण पराजुली
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
परिवर्तन
परिवर्तन
नागरिक नागरिक • · १६ मंसिर २०७९ · ४ मिनेट पाठ
अभियान
नागरिक नागरिक • · ०४ पौष २०७७ · ८ मिनेट पाठ
नेपाल
नागरिक नागरिक • · ०४ कार्तिक २०७७ · १ मिनेट पाठ
असल साथीको संगत
असल साथीको संगत
नागरिक नागरिक • · २२ माघ २०७७ · ३ मिनेट पाठ
युनिकन हाम्रो साथी
नागरिक नागरिक • · १८ कार्तिक २०७७ · २ मिनेट पाठ
रातो कलम
नागरिक नागरिक • · ०२ कार्तिक २०७७ · ५ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस