दाेधार !
२६ साउन २०७७
•
८ मिनेट पाठ
दाेधार !


  प्रकाश आचार्य भावुक               




माघको महिना छ। जाडोले दाँत किटकिटाइरहेका छन्। अफिसको कोठा सुनसान छ। उर्फ, सबै आआफ्नो काममा व्यस्त छन्। बाहिर बादल र कुहिरोले धुम्म  परेको छ।  कोठाको ढोकै अगाडि बसेकी म कोठा छिर्नेहरू सबैकी आकर्षक हुँ, राम्री, भर्खरकी, सुकुमार यौवना ,  अझ त्यसमाथि राम्री भनिदेवस् भन्ने  आत्मश्लाघा,  यो उमेरमा सबै केटीहरूलाई यस्तै हुँदो हो। अझ आज हिटरको उज्यालोले म चम्किरहेकी छु।

एक्कासि कोठाको सुनसान सन्नाटालाई चिर्दै एउटा युवकको प्रवेश हुन्छ,  हेर्दा  चम्किलो, अग्लो, सर्लक्क जिउडाल मिलेको, देख्दै वाउ हुन्छ, मनमा , ऊ निजामती कर्मचारी नै रहेछ । निलो कोट प्यान्टमा हेन्सम देखिएको छ । मुस्कुराउँदै नमस्कार गर्छ । आहा, कति हिस्सी परेको। नमस्कार फर्काउँदै म यौवनले धपक्क बलेकी उनलाई हेरेर  कल्पनाको सागरमा पौडिन्छु ।

यत्तिकै केटो भेटे त मेरो पनि बिहे हुन्थ्यो । अफिसर भएको नि चाररचार वर्ष भइसक्यो । जागिर खानु अनि अफिसरसँग बिहे हुन्छ भनेर घरमा सम्झाएको सम्झन्छु । इज्जत बढ्छस भनेको पनि याद आउँछ । अब उमेर नि घर्कदै गाछ। खोई त मेरो बिहे, पक्कै यो कुनै अफिसर हुनुपर्छ। भगवानले मेरै लागि पठाएको त हैन र ।

यत्तिकैमा ऊ बोल्छ , मेम, म सरुवा भएर आएको।  मलाई यो शाखामा काम गर्न तोकिएको छ । यो पत्र कहाँ बुझाऊँ ? एकैचोटि  उसले यति भनिसकेपछि म झस्कन्छु । कागज मागेर हेर्छु । उसको नाम रहेछ ज्योति ।  हाम्रो शाखामा रिक्त नासु पदमा सरुवा भएर आएको । म एक हिसाबले खुसी हुन्छु । अब सँगै हुने भएर मनमा एकप्रकारको उमङ्ग सञ्चार हुन्छ ।

म उसलाई उपसचिवतर्फ जान सङ्केत गर्छु । यता आफू भने कल्पनामा डुबुल्की मार्न । हेर्दा यति हेन्सम छ । यति गोरो छ । यति मिलेको जिउडाल, यति लायकी । मानौँ सिधा काँक्राको चिराजस्तो  तर ... ।

सुब्बा भएर के भाे त ? यत्तिकाे केटाे छ; मेराे बुवाकाे ज्वाइँ बन्न लाएक छैन र ! यस्तै यस्तै कल्पनामा म हराइरहन्छु।
ऊ फेरि ताेक लागेकाे पत्र लिएर म छेउ अाउँछ । म उसलाई हेर्दै टाेलाउँछु ।अाकर्षण पनि कति हाे ? म छक्क पर्छु । मुस्कुराउँछु ।

उसले बाेलाउँछ - मेम् ! पत्र हातमा दिन्छ । दर्ता गरेर फाइलिङ गर्छु । मुस्कुराउँदै उसलाई स्वागत गर्छु । भन्न त मन थियाे  -   दिलमा स्वागत छ तर याे कार्यालय हाे । उसले थ्याङ्क्यु भन्छ र कुर्सीमा बस्छ ।

ऊ  बसिरहन्छ । म अब बसिरहनेवाला छैन। मेराे छुनुमुनुपन बढेकाे छ ।मेराे चञ्चलतामा उर्जा बनेर अायाे त ऊ ! के गराैँ म ! म लुकिलुकी उसलाई हेर्छु। ऊ कम्प्युटरमा केही गरिरहन्छ । म उसकै वरिपरि हराइरहन्छु ।

भगवान्मा खासै विश्वास नगर्ने म !अाजकाल बारबार एउटा नाम जपिरहेकी हुन्छु । मानाैँ कि मेराे जिब्राेमा एउटा नाम झुन्डिएकाे छ । त्याे पनि गलाकाे परिचय कार्डझैँ । त्याे हाे ज्याेती ! नझुण्डियाेस् पनि कसरी ? म उसैमा अाफूलाई पाउँछु । उसकाे वरिपरि नै हराउँछु ।

घरमा पनि म एकाेहाेराे टाेलाइरहन्छु । उसकै कल्पनामा !  लाग्छ मलाई- ऊविना मेराे जीवन छैन । तर पनि म डिसिजन गर्न सक्दिनँ । किनकी म अफिसर; ऊ सुब्बा !

केही दिनपछि अफिसमा कुरै कुरामा प्रसङ्ग उठ्छ। मलाई सरहरूले जिस्काउँनु हुन्छ।  बिहेकाे कुरा झिक्नु हुन्छ । अनि साेध्नुहुन्छ - कतै लव परेकाे छ कि ? सूर्यतनया मिस ! म हाँसिदिन्छु । यत्ति राम्री मान्छेकाे हुनुपर्छ । भनेर थप्नुहुन्छ । त्यसमाथि अफिसर !

मलाई भन्न त मन थियाे । म कसैलाई मन पराउँछु ।  तर, मलाई राम्री मात्र भनिँदैन । युवती मात्र देखिँदैन । सँगै जाेडेर अफिसर भनिन्छ । यही भएर मेराे मन गुम्सिन्छ; अनि म भन्न सक्दिनँ ।

प्रसङ्ग अझै अगाडि बढ्छ । कि कुरा मिलाऊँ  हाम्रो  राम्रो सुब्बा नि खाली छन् जस्तो छ । कोठामा हाँसो मडारिन्छ ।  ऊ काममा व्यस्त भए पनि पिलिक्क हेर्छ र मुस्कुराउँछ । फेरि काममै तल्लीन हुन्छ । सायद उसले यो कुरा सुनेन । तर ऊसँग मलाई जोडिएकोले  मेरो हृदय औधी खुसी हुन्छ । मन गदगद हुन्छ । छिट्टै  भनिदिए हुन्थ्यो जस्तो लाग्छ । ओठहरू चलबलाउँछन् । उसलाई भनिदिनू न भन्नलाई तर आवाज आउँदैन ।मनले मागिरहन्छ ऊ  सिर्फ ज्योति ।

मलाई त लाग्छ । झन् कुराहरू बगिरहून जस्तो । नदीहरुझैँ मलाई जात सोधिन्छ । तपाईं छेत्री कि ब्राह्मण ?  यसरी जात सोधेपछि मलाई मनमा घोच्छ । मलाई किन जात नै सोधिन्छ । सोध्ने भए मन सोधियोस् न  भन्न मन थियो तर मिलेन । म बाध्य भएर भन्छु । म छेत्री हो । अनि म कामना पनि गर्न थाल्छु । मलाई जस्तै उसलाई जात नसोधियोस् । सोधिन्छ त मन सोधियोस् ।तर उसलाई पनि सोधिन्छ ,  फेरि उहीँ जात, ज्योति, तिमी छेत्री कि ब्राह्मण , ऊ काममै व्यास्त थियो। पिलिक्क हेर्छ र मुस्कुराउँदै भन्छ , म ब्राह्मण ।

अनायासै मलाई अप्ठ्याराे महसुस हुन्छ । म सम्हालिन काेसिस गर्छु । कुरा अघी बढिरहन्छ । सर भन्नुहुन्छ- तर अाजकल छेत्री बाह्मणमा खासै विभेद छैनहै ! म मुन्टाे हल्लाउँछु । मन अलिक शान्त हुन्छ तर मान्दैन।  मनले मनलाई प्रश्न गर्छ । ऊ ब्राह्मण रहेछ ।  के उसले मलाई बिहे गर्छ त !

कमसेकम पद मिलेन ; जात त मिलाेस् ! तर मिल्दैन,नमिलाेस् ! मन त मिलेकाे छ नि ! म अाफैँले अाफैँलाई सम्झाउँछु ।
 म चाहन्थेँ - कुरा अगाडि बढिरहाेस् । साेचेजस्ताे हुँदैन । सबै अर्काकाे मनकाे भावना बुझ्ने कहाँ हुन्छन् र ! कुरा काेट्याइदिन्छन् तर लम्ब्याइदिदैनन् । जे हाेस् - कुरा काेट्याइदिएकाेमा उनीहरूलाई मनमनै धन्यवाद दिन्छु।

अनि मलाई साहसको जरुरत भएको महसुस गर्छु । म आफैं औला टोकेर टोलाउँछु । अनि सोच्छु  मुटु दह्रो बनाउँछु । अरूको भर परेर हुन्न । म आफै भन्छु । मेरो मनको प्यारो ज्योतिलाई ।  म योजना बुन्न थाल्छु ।

आज शुक्रवार १ तीन बजे सबै बाहिर निस्कन्छन् । म धेरै काम भएको बहाना गर्छु । छट्पटाइरहेकी हुन्छु । ज्योति मोबाइलमा खेलिरहेको हुन्छ । म उसको छेउमै जान्छु र भन्छु , खाजा खानु भो । उसले सुस्तरी मुन्टो हल्लाउँछ। अनि फेरि भन्छु, आज कति काम छ । सबै जानुभो । अब हजुर नि जाने होला ।  उसले फेरि मुन्टो हल्लाउँछ । अनि म थप्छु, औला टोकेर मुस्कुराउँदै मलाई दुख हुन्छ जस्तो लाग्छ भने बस्नू ।  ऊ मतिर छड्के आँखाले हेर्छ र मुस्कुराउँछ ।  मुस्कानको बदला के देओस् बिचरा  मुस्कान नै फर्काउँछ । म फेरि भन्छु, बस्नू ल । मुन्टो हल्लाउँछ र मुस्कुराउँदै स्वीकृति दिन्छ । म कामको बहाना बनाउँदै फाइल पल्टाउँछु । शून्यतालाई चिर्दै प्रसङ्ग कोट्याउँछु । ब्राह्मणहरु कति राम्रा हुन्छन् है । उतिर हेर्छु र मुस्कुराउँछु । ऊ पनि मुस्कुराउँदै भन्छ,  किन र ? म उसको उत्तर नदिई प्रश्न गर्छु, ‘तपाईं ब्राम्हण हैन र ? तपाईं कति राम्रो  र गोरो के ।

मेरो कुरा काट्दै उसले भन्छ, नाइँ तपाईं नि राम्री हुनुहुन्छ ।  मलाई क्युट लाग्छ । हिस्सी परेकी हुनुहुन्छ । ऊ भनिरहन्छ । म फुरुङ्ङ  हुन्छु । अझ थप्छ, म नि क्षेत्री नै हो । अस्ति सरहरूले जिस्काउनुहुन्छ भनेर मैले । म ऊसँग आँखा जुधाउँदै भन्छु ,छिट्टै अफिसर हुनु है ।

उसले मुन्टो हल्लाउँछ ।हामी दुवै घरका आन्तरिक कुराहरू सोज्छौँ । बाबा, आमा, दिदीभाइ आदिआदि ।

उसको दिलले पनि यस्तै अवसर खोजिरहेको महसुस हुन्छ । जस्तो म खोजिरहेकी थिएँ । उसलाई मैले पटकपटक अफिसर बन्न जोड  दिँदै कुरा बङ्ग्याउन खोज्छु । ऊ मलाई जिन्दगीबारे बुझाउँछ ।  अफिसर सबै होइन । खुसी खै त  भनेर मलाई औल्याउँछ । मलाई उसले झस्काउँछ । मलाई भन्न मन लागेको त थियो, तिमी नै हौ मेरो खुसी  तर म भन्न सक्दिनथेँ  उसले मतिर आँखाको  इशाराले भन्छ ( बिहे गर्ने बेला भएन रु मनको कुरा खोलिदिएकोमा म दङ्ग १ उसले मलाई विश्वास पनि दिलाउँछ । म अफिसर बन्छु । त्यो नि लेखेर बन्छु । कुरै कुरामा सात बज्छ। हामी छुट्छौँ । बेलुका म्यासेजको घण्टी बज्छ । म हेर्छु लवको साइन राखेर क्युट  खाना खायौँ । खाएँ  रिप्लाई दिन्छु । सामान्य कुरा हुन्छ । ऊ मलाई खोल्न खोज्छ तर म खुल्दिन । मलाई पदले खुल्न दिएन । म सम्झन्छु, म कस्ती है ।  जातले नदिएको उसले सजिलै दिने बनायो । तर म पदमा अड्डी  जमाएर बसेकी छु ।  म आफैंसँग रिसाउँछु । मलाई लाग्छ , मेरो मनको शत्रु नै मै हो ।

दिनदिनै उसले कुरा अगाडि बढाउँछ। कहिले गजल त कहिले सायरी । म उसका लेखहरू पढेर दङ्ग पर्छु । मलाई लाग्छ, मलाई उसले यत्ति माया गर्छ कि मानौँ उसले  आफूलाई पनि  बिर्सिसकेकाे छ। तर म अझै खुल्न सकेकी छैन । छन त चाहना उसलाई भन्दा मलाई बढी हाेला । तर के गर्नु ?

दिनदिनै उसकाे मप्रति श्रद्धा, प्रेम देखेर मेराे पनि झुकाव बढेकाे छ ।  ऊ मलाई सम्झाउँछ । हुन त तिमी सचिव बन्छाै । तर जिन्दगीबारे साेच ! सचिव बन्नु मात्र जिन्दगी हैन । तिम्राे सृष्टिकाे लागि घर चाहिन्छ । घर भनेकाे महल हैन; साथ चाहिन्छ। झुपडीमा 'नि खुसी छन्, मान्छेहरु ! याे साथले हाे । प्रेमले हाे ।

हाे हुन त ! तर म अाजकल वैरी भएकी छु । उसकाे कुरा सुन्छु तर जवाफ फर्काउँदिनँ । यस्तैलाई बहिराे भन्छन् हाेला सायद !  सुन्दै नसुन्नु र सुनेर पनि जवाफ नफर्काउनु त बराबर भएन र !  तर पनि मलाई हतार छैन ।  हतार किन हाेस् - मेराे माया दिनदिनै अफिसमा भेट भैहाल्छ ।

आज ऊ अफिस आएन । एघार बजिसक्यो । मेरा आँखा ऊ आउने बाटो पर्खिरहेका छन् । कुरिरहेका छन् ।  एघार तीस बजेतिर लरक लरक गर्दै हिरो आइपुग्यो । त्यही क्या मेरो ज्योति  सदाझैँ मुस्कुराएर स्वागत गरेँ । म अरू के गर्न सक्थेँ र । यदि डेटिङ जानलाई हामी कहीँ भेट्ने सल्लाह गरेर उसले यति ढिलो गरेको भए म कति कराउँथेँ होला । कति रिसाउँथेँ होला ? खुल्दै नखुल्ने मलाई उसले डेटिङ पनि कसरी लगोस् । उसले चिया मगायो ।  अघिसम्म निराश भएकी म एक्कासि चञ्चले भएकी छु । ऊसँग बोल्न खोज्छु। ऊ चियाको सुर्को पिउँदै मन्द मुस्कुराइरहन्छ । तर अनौठो लाग्छ, यो मान्छे अजीवको छ । खासै बोल्दैन तर पाकेको अँगुरजस्तो , जसरी खडेरीले तिर्खाएको मानिसको मुखमा अङ्गुर पस्दा आनन्द आउँछ । उसैगरी यो मान्छे दिलमा बस्दा मलाई  आनन्द आइरहेको छ ।

चिया पिइसकेपछि पनि काममा चासो दिदैन ।  खासै चासो पनि कहाँ दिने हो र । कामभन्दा मोबाइलमा बढी ध्यान छ  तर केही त गर्थ्यो । किन यस्तो आज म छक्क पर्छु । ऊ उपसचिवको कक्षतर्फ जान्छ ।  म आाखा तिखा बनाएर हेर्छु। मेरा कान झन् उफ्रिन लागेको हरिणका झैँ सामान्य भलाकुसारी हुन्छ। अन्त्यमा सरसँग भन्छ, सर मेरो सरुवा भएछ । बिदा हुन आएको । यस्तो सुनेपछि मलाई एक्कासि मध्यदिउँसो औं सीको रातजस्तो लाग्छ।एक्कासि आँखामा बादलले ढाकेजस्तो हुन्छ । शरीरमा चिटचिट चिसो पसीना आ उँछ  ।टाउको दुख्न थाल्छ । भारी हुन्छ । टाउको टेबुलमा अड्याउँछु र घोप्टे पर्छु । आँखाहरू रारा  र गोसाईँकुण्ड बन्छन् । म त रुन पो थालेछु, सुकसुकाउँछु । पाकेको अङ्गुरजस्तो मेरो ज्योति मलाई भीर मौरीको महझैँ लाग्छ। झन् गुलियो तर १ म अहिले पनि उसलाई हात समातेर मेरो राजा भन्न सक्दिनँ । आई लव यु भन्न सक्दिनँ । उसको हात समाएर म पनि सँगै जान्छु । तपाइ नै हो मेरो जिन्दगी , भन्न सक्दिनँ । ऊ भने उदाउँदा जसरी उदायो, सूर्यझैँ १  बिदाइको हात हल्लाउँदै उसैगरी बाहिरिन्छ ।  म भने दोधारमै हुन्छु । ऊ गइसक्यो म दोधारको शून्यतामै रुमलिन्छु । आँखाबाट आँसु बग्न थाल्छन् ।         
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
५३ मिनेट अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५१ सेकेन्ड अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस