एक्ले बाँदर
२६ असार २०७७
•
२ मिनेट पाठ
एक्ले बाँदर
टंकबहादुर आले मगर

टंकबहादुर आले मगर

गाउँमा जस्तै अनिकाल लागेको छ वनमा पनि । लामो खडेरी र डढेलोले गर्दा दयनीय छ बनेचरका दिनचर्या । फलफूल, घाँसपात छैन । पानीका मुहानहरू सुकेका छन् । त्यसले गर्दा घुमन्ते वने परिवारलाइै झनै घुम्न विवश छन् । आहारको खोजीमा यो खोपन त्यो दमार त्यो बाँझिएको भस्मे चाहारिहिँड्दै थिए अन्यसँगै बाँदरको एक हूल । त्यस हूलको अघुवाले आपद्विपद्सँग सामना गर्न एक हाँच भएर हिँडौं । भेटेको खाने कुरा बाँडेर खाऊँ भन्ने उर्दी गरेको थियो ।  




सबैले अघुवाको उर्दीलाई शिरोधार्थ गरेका थिए । त्यो रातो बन्करको जत्था पल्लो खोप गहिरीतिर जान थाले । एउटा डाँगे बन्करको मनमा भने नराम्रो विचार आयो, ‘यसरी यो हाँचसँग हिँडिरह्यो भने अकालमै मृत्युवरण गर्नुपर्छ । किन यो हूललाई बाई गरेर आफ्नै इलममा नलाग्ने ?’

फलत  ती बाँदरका जत्था उकालो लाग्दै गर्दा डाँगे भने पल्ले खोल्सीको तेस्रो लाग्यो । लुक्दै अघुवाको उपदेश बिर्सियो डाँगे बाँदरले । एक्लै बस्ने एक्लै खाने साँघुरो सोचमा फस्यो त्यो । समूहमा बसेर फजित न बेहोर्ने भो ।

बास स्थानमा आफ्नो एक जना साथी नभेट्दा सबै शोकाकुल भए । उनीहरूले काजक्रिया पनि गर्दिए मरेको ठहर गरी ।

यता हाँचबाट एक्लिएको डाँगे बाँदर एक्ले बाँदर भएर गाउँको छेउछाउमा बसेर थाक्राको मकै, झाँक्रोको काँक्रो चोरेर मोटाउन थाल्यो । एक्लैमा उसलाई मस्ती भयो तर जब हिउँद लाग्यो तब एक्ले बाँदरलाई हाँचको याद आयो । जस्तै ठिही पनि सबै एकै ठाउँमा अँगालो मारेर कटाउथे । यसपालिको ठिही फ्याक्न फलामको चिउरा चपाउनुजस्तै भयो । उसले सोच्यो विहे गरेर सानो समूहको निर्मण गरौं । तर ऊसँग विहे गर्न कुनै पनि पोथी बाँदर भेटेन । जुनैलाई फकाए पनि समाज छोड्नेसँग म विहे गर्दिन भन्यो ।
आफ्नो हाँचमा फर्केर जाने सपना नदेखेको पनि होइन  तर हाँचबाट बहिर्गमन सदस्यलाई पुनरागमनको मौका हुँदैन हाम्रो समाज भन्दै उल्टै खेदाइदिए ।

अर्काे वर्ष फेरि त्यस्तै जाडो आयो । लेकतिर हिउँ परयो । पोहोरभन्दा यसपालिको जाडो झनै असहय छ । मधेसतिर शीतलहरले मान्छे पनि मर्न थालेको थियो । उसले बर्खाभरि चोर्दै मोटाको शरीर जाडोले खिनौटो बनाउँदै थियो । फेरि उही आफन्तहरूको सम्झना आयो । फलाँटको रूखमुनि बसेर एक्ले बाँदर रातभरि रोइरह्यो हुँहुुँहुँ गर्दै ।

यसरी एक्ले बाँदर तातो छउन्जेल खुशीले आफन्तलाई बिर्सेर बस्छ । जब जाडो आउँछ आफन्तलाई सम्झेर दुःखी हुँदै रोइरहन्छ । यो क्रम जारी छ युगौयुगदेखि ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस