‘ह्यारी पोटर’ उपन्यासकी लेखक जेके रोलिङले घरेलु दुव्र्यवहार र यौन उत्पीडनको व्यक्तिगत अनुभवका आधारमा एलजीबीटी (समलिंगी) समुदायको मुद्दाहरूकाबारेमा अभिव्यक्ति दिएको जानकारी गराएकी छिन् ।
गत महिना प्रकाशित ‘महिनावारी हुने व्यक्तिहरूका लागि कोभिड–१९ पछि समान विश्व सिर्जना गर्दै’ शीर्षकको ओपेड लेखलाई व्यंग्यात्मक शैलीमा ट्वीट गरेकी उनी आलोचित भएकी थिइन् । एक ब्लगमार्फत उनले दुव्र्यवहारको सिकार भएको हुँदा एलजीबीटी (समलिंगी) समुदायको मुद्दाहरूमारुचि राखेको लेखेको र उनीहरूको स्पेसबारे चिन्तित भएको जनाएकी थिइन् ।
उनको अभिव्यक्तिको आलोचना गर्नेहरूमध्ये एक ‘ह्यारी पोटर’का अभिनेता डानियल रेडक्लिफ पनि हुन् । बुधबार प्रकाशित ब्लगमा उनले ट्वीटमार्फत दिएको अभिव्यक्ति पाँच कारणहरू उल्लेख गर्दै यस मुद्दाका बारेमा विस्तृत कुरा गर्नुपर्ने आवश्यकता रहेका जनाएकी थिइन् । जसमा उनको ‘शिक्षा र सुरक्षा’ र ‘अभिव्यक्ति स्वतन्त्रता’का बारे चासो समावेश गरेकी थिइन् ।
‘२० वर्षभन्दा बढी समयदेखि मलाई मनिसहरूले देखिरहेका छन् र घरेलु दुव्र्यवहार र यौन उत्पीडनबाट बचेको कुरा मैले सार्वजनिक रूपमा कहिले भनेकी छैन्,’उनले लेखिन्, ‘ममाथि भएका दुव्र्यवहारका कुराहरूप्रति मलाई लाज लागेर नभनेकी भन्ने होइन । कारण ती घटनाहरू स्मरण गर्दा पीडा महसुस गर्दछु ।’
लेखक रोलिङले पहिलो विवाहबाट छोरीलाई सुरक्षित महसुस गराएपनि उनको कथाको स्वामित्वको दावी आफूले नगर्ने तर्क गरिन् । ‘केही समयअघि मैले छोरीलाई मेरो जीवनको त्यो भागको बारेमा सार्वजनिक रूपमा इमानदार भए भने कस्तो महसुस गर्छौं भनेर सोध्दा उनले मलाई अगाडि बढ्न प्रोत्साहित गरिन्,’ उनले लेखेकी थिइन्,‘मैले त्यो कुरा गरेर सहानुभूति जगाउने प्रयासमा गर्न खोजेकी होइन । बरु मेरोजस्तो अनुभव भएको महिलाहरूएकजुट भएर यसविरुद्ध आवाज बुलन्द पार्नुपर्छ ।’समाजमा बढ्दो दुव्र्यवहार र उत्पीडनका कारण उनी ट्वीटरबाट एलजीबीटी समुदायका मुद्दाहरूलाई सम्बोधन गर्न प्रेरित भएको उल्लेख गरेकी थिइन् ।
‘ह्यारी पोटर’ की अभिनेत्री एमा वाटसनले एलजीबीटी समुदायका व्यक्तिहरूले चाहेअनुसारको जीवन बिताउन पाउनुपर्ने तर्क गरिन् । ‘एलजीबीटी समुदायको व्यक्तिहरूले चाहेअनुसारको जीवन कुनै प्रश्नबिना बिताउनु पाउनुपर्छ,’ उनले भनिन् । लेखक रोलिङले ट्वीटरमार्फत दिएको अभिव्यक्तिका कारण एलजीबीटी (समलिंगी) समुदाय आक्रोशित भएको थियो ।
सो लेखले कोरोना भाइरस महामारीको अवस्थामा प्राथमिक हेरचाहकर्मीमहिलाहरूले सामना गर्ने जोखिमहरूको बारेमा प्रकाश पारेको थियो । यस लेखलाई केन्द्रित गरेको व्यंग्यात्मक शैलीमा उनले ट्वीट गरेकी थिइन् । सो लेखले कोरोना भाइरस महामारीको अवस्थामा महिलाहरूलाई महिनावारी हुँदा आवश्यक पर्ने सामग्री, सुरक्षित शौचालयको पहुँच, साबुन, पानी र निजी ठाउँहरू चाहिन्छ भन्ने कुरामा केन्द्रित रहेको थियो ।
‘महिनावारी हुने व्यक्तिहरू । त्यहाँ ती व्यक्तिहरूका लागि एक शब्द रहेकोमा म पक्का छु,’ उनले ट्वीट गरेकी थिइन्, ‘कसैले मलाई मद्दत गर्छ ?’उनको ट्वीटले ‘महिनावारी अवस्था र महिनावारी हुने व्यक्तिहरूको स्वास्थ्य तथा सरसफाइ’ लाई बयान गरेको थियो । ‘म समलिंगी व्यक्तिहरू चिन्दछु र माया गर्दछ । तर सेक्सको अवधारणालाई मेटाउँदा धेरैले जीवनको अर्थपूर्ण रूपमा छलफल गर्ने क्षमतालाई हटाउँदछ । सत्य बोल्नु भनेको घृणाको कुरा होइन,’ उनले अर्को ट्वीट गरेकी थिइन् ।