चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित ‘बालचलचित्र महोत्सव’, इलाम जेठ ५ देखि सुरू भएको थियो भने विविध कार्यक्रमकाे साथ समापन भएको छ।
सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयमा केन्द्रित यो महोत्सवले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्ने दिशामा भूमिका खेलेको छ।
महोत्सवमा बालचलचित्र निर्माण प्रशिक्षण कार्यशाला मार्फत ३७ विद्यार्थीलाई चलचित्र लेखन, निर्देशन र अभिनयको व्यावहारिक प्रशिक्षण दिइएकाे थियाे भने विशिष्ट कलाकार बद्री अधिकारीको निर्देशनमा उनीहरूको लेखन र अभिनयमा तयार भएको लघुचलचित्र ‘हजार सपनाहरू’ को प्रभावशाली प्रदर्शनले सिर्जनशीलता र आत्मविश्वासको सन्देश दिएको छ।
यसैगरी सिनेमा साक्षरता अभियान अन्तर्गत घुम्ती सिनेमा इलाम बजार र श्रीअन्तु विद्यालयहरूमा सडकमा प्रदर्शन गरिएकाे थियाे। जसमा सर्वसाधारणदेखि विद्यार्थी र अभिभावकहरूले चलचित्र हेर्ने नयाँ अनुभव गरेका थिए।
इलामकी फुटबलर एन्जिला तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘एन्जिला’ सो चलचित्रका निर्माता तथा निर्देशकको उपस्थितिमा इलाम बजार चोकको एलईडी स्क्रिनमा प्रदर्शन गरिएको थियो।
महोत्सवमा बालचलचित्र प्रदर्शनी अन्तर्गत ‘शिलावाला’, ‘घुर्रा’, ‘द स्कुल वाल’ र ‘पाउलो’ चलचित्रहरू गौतम बुद्ध हलमा प्रस्तुत गरिएकाे थियाे। सेलिब्रेटीसँग बालबालिका अन्तर्गत वसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, श्रीदेव भट्टराई, बालकृष्ण निरौला, दिनेश डिसी, जनकदिप पराजुली, पुनम क्षेत्री लगायतले बालबालिकासँग खुला संवाद गरेका थिए।
समापन समारोह इलाम नगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित इलाम नगरपालिकाका मेयर केदार थापा, उपमेयर विष्णुकुमारी लिम्बू, वडाध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा विशिष्ट कलाकार र चलचित्रकर्मीहरूसहित नायिकाहरू वसुन्धरा भुसाल, गौरी मल्ल, कलाकार मोहन निरौला, साहित्यकार राधेश्याम लेकाली, निर्देशकहरू जनकदीप पराजुली, पुनम क्षेत्री, श्रीदेव भट्टराई आदिको सहभागिता रहेकाे थियाे।
इलाम नगरपालिका परिसरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन दुई चलचित्र घरको प्रवर्द्धनमा समेत यस कार्यक्रमले भूमिका खेल्ने विश्वास गरिएको छ। समापन समारोहमा बोल्दै मेयर थापाले भने, ‘इलामको सांस्कृतिक र प्राकृतिक सुन्दरता चलचित्र मार्फत देशविदेशमा चिनाउन यस्ता महोत्सव प्रभावकारी हुन्छन्। यहाँ छायांकन गर्न चाहने फिल्मकर्मीलाई नगरपालिकाले पूर्ण सहजीकरण गर्छ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले भने, ‘सिनेमाले सिर्जना मात्रै होइन, शिक्षा र पर्यटन पनि समेट्न सक्छ भन्ने उदाहरण इलामको महोत्सवले प्रस्तुत गर्यो। यो महोत्सव कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचारप्रसारमा पनि सहयोगी हुने विश्वास लिएका छौं।’
पर्यटन प्रवर्द्धनमा सेलीब्रेटीहरूले ‘चलचित्र छायांकनको लागि इलाम’ लेखिएको टिसर्ट लगाएर इलामको भ्रमण गरे, जसले छायांकनका लागि इलाम उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गरेकाे थियाे। चलचित्र विकास बोर्डको नेतृत्वमा सम्पन्न यो महोत्सवले बालबालिकाहरूको सिर्जनात्मक क्षमता विकास, स्थानीय स्तरमा सिनेमा चेतना अभिवृद्धि, र इलामको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएकाे छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ। फिल्मले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो। ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ।
अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित छ। फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रियाप्रति निर्माण समूह खुशी छ। प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए।
आउँदाे फागुन २ गते रिलिज हुने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ। फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।
फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...