बलिउड अभिनेता शाहरुख खानले वर्षको सबैभन्दा ठूलो फेसन नाइट, मेट गाला २०२५ मा आफ्नो डेब्यू गरेका छन्।
मिडिया रिपोर्टका अनुसार शाहरुख मेट गालामा भाग लिने पहिलो भारतीय पुरुष अभिनेता बनेका छन्।
कार्यक्रममा शाहरुखका अलावा कियारा आडवाणी र दिलजीत दोसांझ पनि सहभागी थिए।
कियारा आडवाणी भारतीय डिजाइनर गौरव गुप्ताले लगाएको गाउनमा देखिएकी थिइन्। जहाँ मेट गालामा दिलजीत दोसांझ महाराजा लुकमा पुगेका थिए।
फेसन जगतको सबैभन्दा ठूलो कार्यक्रम मध्ये एक मेट गाला न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजना हुँदैछ। यस कार्यक्रममा प्रियंका चोपडा र निक जोनस पनि सहभागी थिए।
यो कार्यक्रम संग्रहालयको पोशाक संस्थानको लागि कोष जुटाउन आयोजना गरिएको हो।
यस वर्षको मेट गालाको विषयवस्तु 'सुपरफाइन: टेलरिङ ब्ल्याक स्टाइल' रहेको छ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आज आफ्नो ३८औं जन्मदिन मनाउँदै छिन्। पारिवारिक पृष्ठभूमि (बुवा शत्रुघ्न सिन्हा) चलचित्रको भए पनि सुरुवातमा बलिउड उनका लागि सहज थिएन।
फेसन डिजाइनर हुँदै अभिनेत्री बनेकी सोनाक्षीले आफ्नो मोटोपनका कारण आलोचना मात्रै सहनु परेन, काम समेत नपाउने समस्याको सामना गर्नुपरेको थियो।
र्याम्प वाकमा एक सेलिब्रेटी मोडेलले उनलाई ‘गाई’ भन्दै मजाक उडाएकी थिइन्। एक निर्माताले तौलका कारण फिल्ममा मुख्य भूमिका दिन अस्वीकार गरेका थिए।
यी आलोचनाले विचलित भएकी सोनाक्षीले ३० किलो तौल घटाएर सलमान खानको फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यु गरिन्। उनको डेब्यु फिल्म नै २०१० को सर्वाधिक कमाउने फिल्म बन्यो। उनले आफ्नो पहिलो कमाइ सलमानको ‘बिइङ ह्युमन’ फाउन्डेसनलाई दान गरिन्।
विवाहको कुरा गर्दा सोनाक्षीले जहीर इकबालसँग सात वर्ष डेट गरेपछि २०२४ मा विवाह गरेकी हुन्। विवाहपछि धर्म परिवर्तनको चर्चा भए पनि दबाब नभएको उनले बताएकी छन्।
उनको आगामी फिल्महरू ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’ र ‘जटाधारा’ मा उनी देखिनेछिन्। सोनाक्षीले आफ्नो इन्स्टाग्राममा ट्रोलरहरूलाई जवाफ दिँदै भनेकी छन्, ‘सोनाक्षी सिन्हा कहिल्यै चुप लागेर बस्ने छैनन्।’ एजेन्सी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...