नियात्राकार भवानी खतिवडाको चौथो नियात्रासंग्रह ‘प्रणाम सगरमाथा’ लाेकार्पण भएको छ।
काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, नियात्राकार इल्या भट्टराई, पेज टर्नरका अध्यक्ष वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल, वरिष्ठ कवि तथा नाटककार अशेष मल्ल, समालोचकहरू डा. अशोक थापा, महेश पौड्याल र नियात्राकार खतिवडाले कृतिको सामुहिक लोकार्पण गरेका हुन्।
यस अवसरमा आयोजित अन्तरक्रियामा सहभागी नियात्राकार इल्या भट्टराईले भवानीको यस कृतिले उच्च हिमाली भेगको एक विशिष्ट अनुभूति पाठकसँग बाँड्न सफल भएको बताइन्। उनले भनिन्, ‘अन्यत्र पाइने सूचना शुष्क हुन्छ। यस कृतिले बाँड्ने अनुभूति सरस र विशिष्ट छ।’
समालोचक पौड्यालले नियात्राबाट निजात्मकता हराउँदै गएको वर्तमान सन्दर्भमा भवानी खतिवडाले सरसता र निजात्मकताको सम्यक मिश्रण प्रस्तुत गरेको टिप्पणी गरे। उनले भने, ‘खतिवडाको लेखनमा उच्च हिमाली जनजीवन र हिमाली भव्यताका झिल्का पाइन्छन्। एक आम नेपाली नारीका लागि एक्लै यति दुष्कर भूगोलको यात्रा गर्नु र त्यसलाई कृतिको आकार दिनु आफैंमा एक विशिष्ट प्राप्ति हो।’
परिचर्चाको मध्यस्थता समालोचक थापाले गरेको कार्यक्रममा सर्वनाम थिएटरले लाेकार्पित कृतिकाे केही प्रसङ्ग समेटर नाटकको प्रदर्शन पनि गरिएकाे थियाे। सर्वनामको एक्काइसौं ब्याचका विद्यार्थीले अभिनय गरेको उक्त नाटकमा उच्च हिमाली भेगमा भेटिने मौसमको अनिश्चितता, जीवनको जोखिम र त्यहाँ जीविका चलाउनकै लागि पर्यटकका भारी बोक्ने श्रमिक वर्गको कथा समेटिएको थियो।
कार्यक्रमलाई सम्बाेधन गर्दै नियात्राकार खतिवडाले भनिन्, ‘लेखन मेरो साधना हो। मैले परिवार र छोराछोरीप्रतिको जिम्मेवारी एउटा मुकामसम्म पुर्याइसकेकी छु। मेरो बचेको समय भनेको साहित्य साधनाकै लागि हो।’
उनले आफू एक श्रद्धालु बनेर हिमाली भेगको यात्रामा जाने र आफू स्पर्शित भएका प्रसङ्ग टिपेर त्यसलाई नियात्राको रूप दिने गरेको बताइन्।
कृतिलाई पेज टर्नरले बजारमा ल्याएको हो। यसअघि खतिवडाका ‘घामभन्दा पहिले’, ‘चारखोलाको आँगनीमा’ र ‘आकाश ओढेको डोल्पो’ प्रकाशित छन्।
यसै कार्यक्रममा खतिवडाकै नेतृत्वमा प्रकाशन संस्था पेज टर्नरले क्यान्सरसँग लडिरहेका कवि गोविन्दराज विनोदीको उपचारार्थ चलाएको सहयोग अभियानमा जुटेको ४ लाख, ५५ हजार, ३ सय ५६ रुपैया कवि विनोदीकी छोरीलाई हस्तान्तरण गर्यो। रकमलाई वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले कवि विनोदीकी छोरीलाई हस्तान्तरण गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...