घिमिरेका ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ लाेकार्पण
०३ वैशाख २०८२
•
३ मिनेट पाठ
घिमिरेका ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ लाेकार्पण
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ लाेकार्पण भएको छ।




हालै अमेरिकाको रिचमन्ड, भर्जिनियामा सिनेटर स्कायलर टी. भ्यान भाल्केनवर्ग, लेखक घिमिरे, रिचमन्ड, भर्जिनियाका नेपाली समुदायका अध्यक्ष चन्द्र मल्ल, उपाध्यक्ष असीम राजभण्डारी, कोषाध्यक्ष रूकेश पोख्रेल, न्याकका सदस्य घनेन्द्र लामिछाने र समाजसेवी रोशन घिमिरेले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरेका थिए।

लेखक घिमिरेकाे अनुसार ‘वाण्डरिङ वर्डस’ १८ यात्रानिबन्धको संग्रह हो। जसले पाठकहरूलाई एसिया, युरोप र उत्तर अमेरिकाका दश विविध देशको यात्रामा लैजान्छ। ‘पुस्तकमा रहेको ‘तीन महादेशका केही तरङ्गहरू’ उपशीर्षकले पाठकलाई लगभग आधा संसारको भूगोलको यात्राको रूपमा वर्णन गराउँछ। यो भौगोलिक अन्वेषण मात्र होइन, यसले इतिहास, परम्पराहरू, भाषाहरू, धर्महरू, संस्कृतिहरू, सभ्यताहरू, कला र साहित्यको समृद्ध तानाबाना बुनेको छ,’ घिमिरे भन्छन्।

पुस्तकमा देवकोटा र घिमिरेदेखि सोफोक्लिस, सुकरात र शेक्सपियरसम्मका प्रसंगहरू छन्। ‘पाठकहरूले मोनालिसाको रहस्यमय मुस्कान भेट्न सक्छन्। ट्याक्सी चालकका पीडा महसुस गर्न सक्छन्’, घिमिरे थप्छन्। ‘वाण्डरिङ वर्डस’ एमाजोन मार्फत विश्वभर उपलब्ध छ।

नेपालमा झन्डै एक दशकसम्म लेखनको काम गरेका पत्रकार घिमिरेले सन् २०१३ मा पहिलो पुस्तक ‘बुद्धवादका तीन आयाम’ प्रकाशन गरेपछि यो दोस्रो पुस्तक हो। घिमिरेकाे अनुसार ‘थ्री डाइमेन्सन्स अफ बुद्धिज्म’ सन् २०१३ को नेपाली प्रकाशन ‘बुद्धवादका तीन आयाम’ को अंग्रेजी अनुवाद हो।

उनकाे अनुसार यो पुस्तकले बौद्ध धर्म, दर्शन, इतिहास र साहित्यमा विस्तृत रूपमा गहिरो अन्वेषण गरेको छ। यसले बुद्ध दर्शन, साहित्य, इतिहास र धर्मको व्यापक अध्ययन प्रस्तुत गरेको छ। जसमा यसको दार्शनिक आधारहरू, ऐतिहासिक पृष्ठभूमि र एसियाभर बुद्ध धर्मको प्रसार समावेश छ।

पुस्तकले बुद्ध धर्मको उत्पत्ति र आधारभूत सिद्धान्तहरू, बुद्धको समयअघिकाे दार्शनिकबारे चर्चा गर्दै चार आर्य सत्यहरू, अष्टाङ्गिक मार्ग र प्रतीत्य समुत्पादको सिद्धान्त प्रष्ट पारेको छ।

त्यस्तै विभिन्न ध्यान विधिहरू, जस्तै समथा, विपश्यना, चार ब्रह्मविहारहरू, दश अनुस्मृतिहरू र आरुप्यको अवधारणा पनि अन्वेषण गरेको छ। ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ ले विभिन्न बौद्ध दार्शनिक विद्यालयहरूको विस्तृत विश्लेषण प्रदान गरेको छ, जसमा वैभाषिक, सौत्रान्तिक, माध्यमिक (शून्यवाद) र योगाचार (विज्ञानवाद) समावेश छन्।

पुस्तकले महायान बौद्ध धर्मको बोधिसत्व आदर्श र वज्रयान बौद्ध धर्मका शिक्षाहरूमा गहिरो अध्ययन प्रस्तुत गरेको छ। यसले बौद्ध साहित्य खण्डमा पाली त्रिपिटक र महत्त्वपूर्ण महायान सूत्रहरूसहित बौद्ध साहित्यको व्यापक सिंहावलोकन पनि प्रस्तुत गरेको छ।

बौद्ध इतिहास खण्डले बौद्ध धर्मको ऐतिहासिक विकासको विस्तृत विश्लेषण प्रदान गर्दछ, चार प्राथमिक बौद्ध सम्मेलनहरूको अभिलेख प्रस्तुत गर्दै ऐतिहासिक तथ्यहरू मार्फत विभिन्न एसियाली देशहरूमा बौद्ध धर्मको प्रसारको इतिहास र वर्तमान प्रस्तुत गरिएको छ।

पुस्तकले नालन्दा, वल्लभी, विक्रमशिला, जगदला, र ओदन्तपुरी जस्ता प्रमुख ऐतिहासिक बौद्ध विश्वविद्यालयहरूको बारेमा उल्लेख गरेको छ।

अतिथि सिनेटर भाल्केनबर्गले यस्ता गहन र विचारोत्तेजक विषयहरूमा पुस्तकहरू प्रकाशित गरेकामा लागि लेखक घिमिरेलाई धन्यवाद दिएका थिए।

उक्त कार्यक्रममा सिनेटर भ्याकेनवर्गले नेपाली कम्यूनिटी अफ रिचमन्ड, भर्जिनियालाई संस्थाको सक्रियता र योगदानको सम्मान स्वरूप राज्य सरकारका तर्फबाट कदरपत्र प्रदान गरेका थिए।
अर्को समाचार
देउरालीका प्रधानाध्यापकले गाए आफ्नै शब्द र संगीतमा ‘विद्यालय गान’
०२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
देउरालीका प्रधानाध्यापकले गाए आफ्नै शब्द र संगीतमा ‘विद्यालय गान’
खाेटाङकाे देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक किशाेर केसीले आफ्नै शब्द र संगीतमा विद्यालय गान गाएका छन्। जिन्दगीको लामो हिस्सा देउराली विद्यालयमै बिताएका उनले सम्झनास्वरूप विद्यालयलाई उक्त गीत समर्पण गरेका हुन्।




विसं २०२५ सालमा जन्मिएका केसीले उक्त विद्यालयमा ४ कक्षादेखि पढेर २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका हुन्। २०५३ सालदेखि माध्यमिक शिक्षककाे रूपमा प्रवेश गरेका उनी विद्यालयकाे हुन्।

उनलाई गीत रेकर्डका लागि राम घिमिरे, डा. रामकृष्ण बाला, युवराज भट्टराई, ज्ञानबहादुर तामाङ र दिपेन्द्रकुमार अधिकारीले आर्थिक सहयाेग पुर्‍याएका छन्। उनकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे उक्त गीत स्टुडियाे किंग अनामनगरमा रेकर्ड भएको हाे।

उक्त गीत रेकर्डका लागि गीतकार राजा मावाे र म्युजिक एरेन्जरकाे रूपमा मनाेज स्याङ्साेन राईकाे भूमिका छ।

समाजसेवामा समर्पित गीतकार केसी कथा, कविता, गजल जस्ता साहित्यका विविधमा उत्तिकै कलम चलाउँछन्।

खाेटाङ, रावाबेंसी गाउँपालिकामा क्याम्पस १, मावि ७, आधारभूत (१-८) ५ र आधारभूत (१-५) १५ छन्। जसमध्ये देउराली माध्यमिक विद्यालयका   प्रधानाध्यापक हुन् गीतकार केसी।

द्वन्द्वकालमा दुवै पक्षको चेपारोमा परेर उनले आफूलाई 'बन्दी' उपनामकाे रूपमा चिनाएका छन्। शैक्षिक आन्दोलन उधारोमा स्थगन भएकाे र आंशिक उपलब्धि हुनेमा आशावादी उनले  शैक्षिक आन्दोलनकै क्रममा गीत रेकर्ड गराएका हुन्।

प्रधानाध्यापक / स्रष्टा किशाेर केसी
प्रधानाध्यापक केसीकाे विद्यालय गान यस्ताे रहेकाे छ,

देउराली तिमी ज्ञानकुञ्ज हौ तिमी आशापुञ्ज हौ

हाम्रो शुभकामना तिमीलाई लाख वन्दना तिमीलाई

लामो आयु होस् तिम्रो होहोहो।  (गीतकाे स्थायी)

मुटुभरि तिम्रो माया सँगालेर राखेका छौं,

तिम्रै शीतल छहारीमा रमाएर हाँसेका छौं।

कहिल्यै पनि छुट्ने छैन तिम्रो हाम्रो माया,

कहिल्यै पनि भुल्ने छैन तिम्रो शीतल छायाँ। (प्रथम अन्तरा)

जून जस्तो शीतल तिमी तिमी न्यानो घामजस्तो,

कति प्यारो तिमी हाम्रो भक्तजनको धामजस्तो।

कहिल्यै पनि टुट्ने छैन तिम्रो हाम्रो नाता,

हामी छोराछोरी तिमी सरस्वती माता। (द्वितीय अन्तरा)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस