नीता लेख्छिन्- नेपाल बस्दा करिअर ध्वस्त हुन्छ भन्ने मेन्टालिटी हरेक नेपालीको छ
०९ फागुन २०८१
•
१ मिनेट पाठ
नीता लेख्छिन्- नेपाल बस्दा करिअर ध्वस्त हुन्छ भन्ने मेन्टालिटी हरेक नेपालीको छ
अभिनेत्री नीता ढुङ्गानाले आफ्नो देशमा जति अन्त कहीँ सुरक्षित नभइने महसुस गरेको उल्लेख गरेकी छन्। 'अहिले आएर महसुस गर्दैछु, आफू जुन देशमा जन्मियो, त्यो देशमा जति सुरक्षा अन्त कतै पनि पाउँदैन एउटा नागरिकले,' अभिनेत्री ढुङ्गानाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्।




उनी थप लेख्छिन्, 'आज अमेरिकाले लखट्दैछ, भोलि अर्को देशले लखट्ला, पर्सि अर्को देशले लखट्ला, लखट्दै लखट्दै हामी जम्मा हुने ठाउँ कहाँ हो ?'

तर, नेपालमै पनि सुरक्षित नरहने अवस्था आएको उनले औँल्याएकी छन्। 'तर, नेपालमा पनि हामी सुरक्षित कहाँ छौँ र ? देशमा भएको असुविधाको कारण पढ्नलाई पनि हामी विदेश जानुपर्छ, आफ्नो परिवारको पेट पाल्नको लागि भएपनि हामी विदेशिनुपर्छ।'

उनले हरेक नेपालीको दिमागमा 'नेपालमा बसेँ भने करिअर ध्वस्त हुन्छ' भन्ने मेन्टालिटी रहेको बताएकी छन्। 'यतिसम्म कि नेपाल बसेर मेरो करिअर ध्वस्त हुन्छ, खत्तम हुन्छ भन्ने मेन्टालिटी हरेक नेपालीको दिमागमा छ। परिवार भएर पनि घर नभएको महसुस भइरहेको छ,' उनले लेखेकी छन्।
अर्को समाचार
प्रधानमन्त्रीलाई अभिनेत्री ढुङ्गानाको आग्रह- नेपालको इज्जत जोगाइदिनुस्
०६ फागुन २०८१
•
१ मिनेट पाठ
प्रधानमन्त्रीलाई अभिनेत्री ढुङ्गानाको आग्रह- नेपालको इज्जत जोगाइदिनुस्
अभिनेत्री नीता ढुङ्गानाले देशको इज्जत जोगाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्।




'बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस्। बिन्ती छ, नेपाली जनताको भावना बुझिदिनुस्,' अभिनेत्री ढुङ्गानाले मङ्गलबार आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेकी छन्।

उनले नेपालको आजको हालत कसले बनायो भनेर पनि प्रश्न गरेकी छन्। 'विग केही वर्षदेखि नेपालको शासक तपाईंहरू कांग्रेस, एमालेमा, माओवादी। अब यो बेइज्जतको जिम्मेवारी तपाईंहरूले लिनुपर्ने कि नपर्ने ?,' उनले सोधेकी छन्।

उनले केही समययता प्रधानमन्त्रीको फोटो खिच्ने/फोटो खिचाउने बाहेक अरु काम नदेखिएको पनि बताएकी छन्। 'उन्नति, प्रगति र देशमा के भइरहेको छ ? हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौँ। कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म कलाकार आज कन्फ्यूजमा छु,' उनले लेखेकी छन्।

अभिनेत्री ढुङ्गानाले सपना र विश्वास सपना र विश्वासमै सीमित रहेको पनि बताएकी छन्। 'नेपाली जनताका लागि तपाईंले बोलेका शब्दहरूमा विश्वास गर्ने हो, तपाईंले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो। तर, विश्वास विश्वासमा मात्र सीमित रह्यो, सपना सपनामा मात्र सीमित रह्यो, दुःख लाग्छ,' उनले भनेकी छन्।

भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल मृत्युको प्रसङ्ग जोड्दै उनले त्यहाँका कर्मचारीहरूले हेपेर बोलेकोप्रति चित्त दुखाएकी छिन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस