‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार
२८ माघ २०८१
•
७ मिनेट पाठ
‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार
साहित्यकार डा. ऋषि बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई ‘हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०८०’ प्रदान गरिएकाे छ।




नर्थ क्यारोलाइना, अमेरिकामा स्थानीय ५० पचासभन्दा बढी लब्ध प्रतिष्ठित तथा सहित्यप्रेमीहरूको भौतिक उपस्थिति र जुम प्रविधि  मार्फत काठमाडाैं, गोरखा, चितवन, क्यानाडा र अमेरिकाका विभिन्न शहरबाट हरि सांस्कृतिक केन्द्रका पदाधिकारी सहितका साहित्यानुरागीहरूको सहभागिता भएको समारोहमा डा. ऋषि बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई ‘हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०८०’  प्रदान गरिएकाे छ।

कार्यक्रमको सुरुवातमा सहभागीहरूलाई स्वागत गर्दै राजेश्वर देवकोटाका पनातिनी केरी देवकोटा र पनाति नील देवकोटाले आफ्ना पिता पुर्खाको नेपाली साहित्य, संस्कृति सम्वर्द्धनमा भएको योगदान नजिकबाट बुझ्न पाएको र हजरबुवा ईश्वर देवकोटाको परिकल्पनाअनुसार हरि साँस्कृतिक केन्द्रका कामहरूमा सहभागी हुन पाउँदा गौरव महसुस भएको बताए।

केन्द्रका संरक्षक ईश्वर देवकोटाले आफ्ना पिताजी राजेश्वर देवकोटाले आफूले प्राप्त गरेको मदन पुरस्कार र साझा पुरस्कारको राशिबाट २०४६ सालमा हजुरबुबा हरिभक्त देवकोटाको नाममा सांस्कृतिक केन्द्रको स्थापना गरी बर्सेनि श्रीपञ्चमीमा गोरखा जिल्लामा जन्मेका या गोरखा सम्बन्धी साहित्यिक काम गर्ने स्रष्टालाई हरि उत्कृष्ट प्रतिभा पुरस्कारले सम्मान गर्दै आएको बताए।

त्यस्तै यस वर्ष गोरखाको लिगलिग पाथिभरामा जन्मेर ३ दशकदेखि नेपाली साहित्यमा योगदान गर्दै आएका साहित्यकार डा. ऋषि बस्ताकोटीलाई संजोगले प्रवासमा उपलब्ध प्रविधि प्रयोग गरी सम्मान गर्न सम्भव भएकोमा हर्ष व्यक्त गरे।

कवि नारायणप्रसाद पोखरेललाई राजेश्वर देवकोटा विद्वतवृत्ति पनि प्रदान पनि गरिएकाे थियाे। केन्द्रका अध्यक्ष डा. प्रभा कैनीले जुम मार्फत काठमाडौंबाट सम्बोधन गर्दै संस्थाका गतिविधिबारे प्रस्टयाउँदै यस वर्ष पुरस्कृत कृति ‘विसंगत बस्ती’ र यसका स्रष्टा डा. बस्ताकोटीको साहित्यिक योगदानबारे उल्लेख गरे।

बस्ताकोटीका मुक्तकहरू पुरस्कार पाउन योग्य भएकैले छनोट भएको भन्दै ‘विसंगत बस्ती’ कृतिमा समय सापेक्षित अनि अत्यन्तै गहकिला र सशक्त मुक्तकहरू रहेका बताउँदै आफूलाई मन परेका २ मुक्तक वाचन गरेका थिए।

नर्थ क्यरोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले पुरस्कृत कृति समाजको ऐनाजस्तै भएको र यसमा भएका मुक्तकहरूले बेथिति, कुसंस्कार र अव्यवस्थाविरुद्ध शब्दको आन्दोलन सुरु गरेका छन् र अग्रगामी सोचका साथ सकारात्मक पथमा अघि बढ्न आह्वान गरेकाे बताए।

‘विसंगत बस्ती’ युग सचेत पाठकले पढ्नपर्ने खालको कृति हो भन्ने थप जिकिर गरे।  

पुरस्कृत स्रष्टालाई बधाई दिंदै साहित्यकारहरू नम्रता गुरागाई, पेशल पोखरेल, भूमि नेपाली, प्रभा पोखरेल र पारु तिमल्सिनाले संग्रहका मुक्तकहरू वाचन गर्दै यस विसङ्गत बस्तीका केही मुक्तक पर्यावरण पाठ्यक्रममा पनि समावेश भएकोमा लेखकलाई बधाई पनि दिएका थिए।

अघिल्लो वर्ष यसै पुरस्कारबाट सम्मानित गोर्खाली लोककवि सुरेशकुमार भट्टले नेपाली साहित्य र संस्कृतिको प्रवर्धन र गोरखाली प्रतिभाको सम्मानमा हरि संस्कृतिक केन्द्रको योगदानको चर्चा गर्दै यो सम्मान पाउने आफू ३३औं स्रष्टा भएको र अहिले लिगलिगमा जन्मेका वातावरण विज्ञानमा आफ्नो विशेषज्ञता आर्जन गरेका युग सचेत साहित्यकार ऋषि बस्ताकोटीलाई ३४ औं पुरस्कृत गरी अमेरिकाको प्रवासी भूमिमा सम्मान गर्ने समारोहको साक्षी बस्न पाउँदा खुशी लागेको बताए।

कार्यक्रमकी प्रमुख अतिथि चर्चित साहित्यकार डा. नीलम कार्की निहारिकाले प्रमाणपत्रको व्यहोरा पढेर सुनाउँदै डा. बस्ताकोटीजस्तो अब्बल साधकलाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार समर्पण गर्न पाउँदा खुसी मिलेको बताइन्।

पुरस्कार चयनमा हरि सांस्कृतिक केन्द्रले न्याय गरेको बताउँदै यो सम्मानले साहित्यकार बस्ताकोटीलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। आगामी दिनमा नेपाली साहित्यले बस्ताकोटीका विविध विधाका अन्य पुस्तक पनि पाओस् भन्ने शुभकामना दिए।

उनले साहित्यमा राजनीति घुसाएर संकुचन ल्याउन नहुने विचार व्यक्त गर्दै नेपाली समाजले राजेश्वर देवकोटाको साहित्यिक योगदान मूल्यांकन गर्न नसकेको र उनको साहित्यिक व्यक्तित्वलाई राजनीतिक रंग दिएर हेर्न नहुने धरणा राखे।

उनले नेपाली साहित्यfकाशका विश्वेश्वरप्रसाद कोइराला, पारिजात र राजेश्वर देवकोटाका कृतिलाई उनीहरूकाे राजनीतिक पक्षधरताभन्दा धेरै माथि राखेर साहित्यिक नजरबाट हेरिनुपर्ने विचार राखे।

कार्यक्रमको सहआयोजक संस्था नर्थ क्यारोलाइना नेपाली साहित्य समाजबारे चर्चा गर्दै पूर्व अध्यक्ष मनोज प्रधानले यस संस्थाले मासिक घरदैलो साहित्य कार्यक्रम   निरन्तर चलाइरहेको र यस संस्थामा आबद्ध हुने धेरै साहित्यानुरागी मित्रहरू साहित्य लेखनमा सफल हुँदै आइरहेको थुप्रै उदाहरण भएको बताउँदै सभाको गहकिलो संयोजन गरेका थिए।

पुरस्कृत स्रष्टा बस्ताकोटीकी जीवनसंगिनी कल्पना घिमिरेले यो सम्मानले आफ्नो परिवारलाई गौरव अनुभूति भएको बताउँदै ऋषिजीका सिर्जनाले सामान्यतया मानिसले ख्याल नगरेका कुरा सूक्ष्म दृष्टिकोण प्रदान गर्ने गरेको मूल्यांकन प्रस्तुत गरिन्।

सम्मानित स्रष्टा बस्ताकोटीले हरि उत्कृष्ट प्रतिभा पुरस्कारलाई आफ्नो साहित्यिक जीवनमा प्राप्त महत्त्वपूर्ण सम्मानको रूपमा लिएको बताउँदै आफू बाल्यकालमा हरिभक्त देवकोटा र राजेश्वर देवकोटाका सामाजिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक योगदानहरू अघिल्लो पुस्ताबाट सुन्दै हुर्केको, विद्यालयमा राजेश्वर देवकोटाका निवन्ध पाठ्यक्रममा पढ्न पाउँदा भोलि आफू पनि यस्तै साहित्यकार बन्न पाए हुने भन्ने सपना सजाएको, विभिन्न जिल्लास्तरीय प्रतियोगिताहरूमा राजेश्वर देवकोटाका पुस्तकहरू पुरस्कारस्वरूप पाएको, २०४६ सालमा गोरखाली स्रष्टाहरूलाई नेपाली साहित्यमा उत्प्रेरित गर्ने हेतु हरि सांस्कृतिक केन्द्र स्थापना भएको खवरले भविष्यमा आफू पनि संस्थाको आँखामा पर्ने लेख्न सकूँला कि भन्ने इरादा बढेको बाल्यकालका स्मरणहरू सुनाए।

आफू गोरखा लिगलिगमा जन्मेर हाल प्रवासमा रहे पनि आफ्नो लेखाइमा उतैको माटो रंग र गोरखाकै सामाजिक, सांस्कृतिक ढंग बिम्बको रूपमा आइरहने बताउँदै आफूले स्कूले जीवनदेखि चासोका साथ हेरेको संस्थाद्वारा उत्कृष्ट प्रतिभा पुरस्कारद्वारा सम्मानित ३४ औं स्रष्टा हुन पाएको र प्रविधिको प्रयोग गरी हरि साँस्कृतिक केन्द्रसँग सम्बद्ध सदस्यहरूको सहभागितामा पुरस्कार आज अमेरिकाको नर्थ क्यारोलाइनामा ग्रहण गर्न पाउँदा आफू रोमान्चित भएको बताए।

पुरस्कारका लागि आफूलाई  योग्य ठानेर सम्मानित गरेकोमा हरि संस्कृतिक केन्द्रप्रति कृतज्ञता प्रकट गर्दै डा. बस्ताकोटीले साहित्यिक र सामाजिक रूपमा यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको समेत उल्लेख गरे।

हरि संस्कृतिक केन्द्रका पुरस्कार संरक्षक ईश्वर देवकोटाले पुरस्कृत स्रष्टा  बस्ताकोटीलाई मायाको चिनोसहित नगद रु पच्चीस हजार छयालिसको चेक हस्तान्तरण गर्दै गोर्खाको माटोमा जन्मेका ऋषि बस्ताकोटी जस्ता नेपाली साहित्यका सशक्त स्रष्टालाई  सम्मान गर्न पाउँदा र नयाँ पुस्तालाई साहित्यको बाटोमा उत्प्रेरित गर्न पाउँदा आफ्ना पितापितामहको सपना साकार गर्ने बाटोमा आफू हिंडेको महसुस हुने बताए।

कार्यक्रममा  हरिभक्त देवकोटाका कान्छा सुपुत्र तथा केन्द्रका संस्थापक राजेश्वर देवकोटाका भाइ जगदिश्वर देवकोटाले जुमबाट सम्बोधन गर्दै आफ्ना पिताजीको अग्रगामी दार्शनिक आस्था  “एक शक्ति सर्वशक्ति  सर्वोच्च शक्ति  सृष्टिकर्ता देवाशय नमः  त्रिलोक त्रिभुवन त्रिपुवर त्रिदेवं आकारं विश्वबन्धु कुटुम्बकम् ज्ञानम् कर्मम् मोक्षम्  त्रि धर्मम्  सनातनम् सधैं स्तुति गर्ने र आफ्ना शिष्यहरूलाई यसको महिमाबोध गराउने गर्नुहुन्थ्यो” भने।

संस्थाद्वारा प्रकाशित वार्षिक प्रकाशन “आवर्तन” को पाँचौं अंकको चितवनबाट विमोचन गर्दै केन्द्रका सल्लाहकार तथा प्रकाशनका प्रधानसम्पादक केदार खनालले यस अंकमा समेटिएका सामग्रीबारे प्रकाश पारे।

“आवर्तन” लाई विश्वभरिबाट हेर्न मिल्ने गरी संस्थाको वेवपेजमा समेत राखिएको पनि उनले बताए।

हरि सांस्कृतिक केन्द्रले स्थापना दिवसको अवसरमा हरेक वर्ष आयोजना गर्ने अन्तर माध्यमिक विद्यालय निबन्ध प्रतियोगिता यस वर्ष पनि “सपनाको मेरो नयाँ गाउँ” शीर्षकमा आयोजना गरी विद्यार्थीहरूलाई पुरस्कृत गरिसकिएको र उत्कृष्ट निबन्धहरू “आवर्तन” मा प्रकाशित गरिएको कुरा कार्यक्रम संयोजक विजयराज न्यौपानेले बताए।
अर्को समाचार
हजुरआमाको क्याटवाक
०३ साउन २०८२
•
२ मिनेट पाठ
हजुरआमाको क्याटवाक
बिहानको हिँडाइको क्रममा स्थानीय एकजना वृद्धासँग मेराे चिनाजानी भयो। मेरो र उनको संस्कार, संस्कृति र भाषा सबै भिन्न थियो। उनी पाकी र हाईप्रोफाइलकी थिइन्।




म पढेर केही जान्नेसुन्ने बन्न गोराहरूको देश पुगेको थिएँ। बिहान मलाई हतार गरेर कतै जान नपर्ने भएकाले स्वास्थ्य तन्दुरुस्त राख्न हिँड्न थालेको थिएँ। त्यही क्रममा मैले उनलाई भेटेको हुँ। बिहान वाकिङ आउटफिट लगाएर, मगमग अत्तरको वास्ना छर्दै, कुकुर डोर्‍याएर हिँडेको देखेँ। उनीहरू नचिनेका मान्छेहरूसँग हतपती बोल्दैनन् भन्ने मैले सुनेको थिएँ। तिनको सम्भ्रान्तता देख्दा असाध्य बोल्न मन लागेको थियो।

करिब एक हप्ता जति देखादेखी गरेपछि उनी बोलिन्। आफ्ना धेरै कुरा भनिन्। मेरो बारेमा पनि केही कुरा सोधिन्।

"हाइ, तिमी त फुर्तिलो केटा देखिन्छौ। स्वास्थ्य ठिक राख्नुपर्छ भन्ने चेतना पनि रहेछ। त्यसैले म तिमीसँग बोलेको। म न्युयोर्कबाट यता मुभ भएको हुँ। मेरो भूतपूर्व पति त्यहाँको असाध्य धनी व्यापारी छ। मभन्दा बढी उसलाई आफ्नो व्यापारको माया भएकाले मैले मेरो हकको आधा सम्पत्ति लिएर डिभोर्स गरें र बेग्लै स्टेटमा रमाएर एक्लै बसेकी छु।

म पचहत्तर वर्षकी मिलेनियर हुँ। फेसन सोहरूमा भाग लिने, बुटिक र पार्लरहरूमा जाने गर्छु। म ब्रान्डेड कम्पनीका सामान मात्र प्रयोग गर्छु। लञ्च, डिनर पनि म बाहिर नाम चलेका रेस्टुरेन्टहरूमा खान्छु। मेरा दुई छोरा बेग्लै स्टेटतिर छन्। मदर्स डेको दिन फोन गर्छन् बस्। उनीहरू पनि खुसी, म पनि खुसी! तिमी अर्कैदेशका हौ? यहाँ के गर्दै छौ?"

- म तपाईंको विकसित देशमा ज्ञान हासिल गर्न आएको हुँ।

- शनिवार साँझ खाली छौ?

किन सोध्छे यो बुढीले भनेर विचार गर्दै मैले जवाफ दिएँ, "खाली छु।"

उनले आफ्नो ब्यागबाट टिकट झिकेर मेरो हातमा राखिदिइन् र भनिन्, "राति आठ बजे फेसन सोको क्याटवाक छ। मैले पनि भाग लिएको छु। हेर्न आऊ है। डिनर पनि फ्री छ।"  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस