अर्बुद (क्यान्सर) रोगबाट पीडित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ।
पेटको क्यान्सरबाट पीडित विनोदीको उपचार खर्च जुटाउने उद्देश्यले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान र कलावती आर्ट काउन्सिलले संयुक्त रूपमा यही माघ १५ गतेदेखि चित्रकला प्रदर्शनी गरिएको हो।
विनोदीका ४५ कवितामा निर्माण गरिएको चित्रकलाबाट सङ्कलन भएको रकम उनलाई हस्तान्तरण गरिने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कलाकार भीम शर्माले बताए। “सुरूमा हामीले विनोदीका २५ कवितामा चित्र बनाउने भनेका थियौं,” उनले भने, “पछि ४५ कलाकारलाई चित्र कोर्न आग्रह गरेपछि उहाँहरूले चित्र कोरेर पठाउनुभएको छ, चित्र बिक्रीबाट आउने सम्पूर्ण आम्दानी विनोदी सरको उपचारका लागि प्रदान गर्छौ।”
वरिष्ठ चित्रकार दुर्गा बराल ‘वात्सायन’, ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व उपकूलपति केके कर्माचार्य, वर्तमान कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, कलाकारहरू सुनील सिग्देल लगायतका कलाकारहरूले विनोदीको कवितामा आधारित भएर चित्र कोरेको शर्माले बताए।
प्रदर्शनीमा ५५ चित्र राखिएका शर्माको भनाइ छ। “प्रदर्शनीमा राखिएका चित्रमध्ये गैँडाकोट नगरपालिकाले २२ चित्र तथा अन्य व्यक्ति र संस्थाले समेत चित्र खरिद गर्नुभएको छ,” उनले भने, “प्रदर्शनीमा राखिएका करिब ९० प्रतिशत चित्र बिक्री भइसकेका छन्, बाँकी चित्र पनि बिक्री हुने सम्भावना छ।”
गैँडाकोट नगरपालिका–५ स्थित प्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा आयोजित चित्रकला प्रदर्शनीलाई सहसम्बन्ध नाम दिइएको छ । चित्र र कविताको सम्बन्ध जनाउने उद्देश्यले प्रदर्शनीको नाम सहसम्बन्ध राखिएको चित्रकार शर्माले बताए।
“चित्र र कविताको सम्बन्धले गर्दा चित्रकार र कविको बीचको सम्बन्ध हो र यो मानवीय सम्बन्धको कुरा हो” उनले भने, “विनोदीले लेखेको कविता चित्रकारलाई पठाएपछि उहाँहरूले कवितालाई अगाडि राखेर आफूमा आएको भाव चित्रमा उतार्न भनेका थियौं, त्यहीअनुसार चित्र प्रदर्शनी गरिएको हो।”
चित्रकला प्रदर्शनीमा क्यान्सर पीडित कवि एवम् चित्रकार विनोदीले कोरेको चित्रसमेत राखिएका छन्। चित्रकलामा प्रदर्शन गरिएका तस्बिर र तस्बिर कोरिएका कविताहरूको सङ्ग्रहको रूपमा पुस्तक समेत प्रकाशन गर्ने तयारी गरिएको शर्माको भनाइ छ।
कवि तथा चित्रकार विनोदीले उपचार खर्चबापत सिधै रकम लिन नमानेपछि उनीसँगको सहमतिमा चित्रकला प्रदर्शनी आयोजना गरिएको शर्माले बताए।
प्रदर्शनीमा राखिएका चित्रहरू न्यूनतम २० हजारदेखि ४० हजार रूपैयाँ मूल्यका छन्। वरिष्ठ कलाकार र नाम चलेका कलाकारहरूले कोरेको चित्रको मूल्य धेरै राखिएको उनको भनाइ छ। चित्रको बारेमा बुझेका र कवि एवम् चित्रकार विनोदीप्रति सद्भाव राख्ने व्यक्ति एवम् संस्थाहरूले खरिद गरेको चित्रहरू प्रदर्शनी सकिएपछि हस्तान्तरण गरिने शर्माले बताए।