नन्द हाङ्खिम र खगेन्द्र गिरी कोपिला पुरस्कृत
१९ माघ २०८१
•
३ मिनेट पाठ
नन्द हाङ्खिम र खगेन्द्र गिरी कोपिला पुरस्कृत
नेपाल मुक्तक प्रतिष्ठानको बाह्रौं वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा मन्त्रीपरिषद्का पूर्व अध्यक्ष एवं सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले दार्जिलिङका स्रष्टा नन्द हाङ्खिमलाई एकाउन्न हजार रुपैयाँसहितको भीमदर्शन मुक्तक पुरस्कार र नेपालगञ्जका स्रष्टा खगेन्द्र गिरी कोपिलालाई एकतीस हजार रुपैयाँसहितको कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार समर्पण गरेका छन्।




उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि रेग्मीले नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजले संयुक्त रूपमा प्रकाशन गरेकाे 'मुक्तक मुहिम' कृतिको लोकार्पण गरेका थिए। थोरै लेखेर पनि स्थापित हुन सकिन्छ भन्दै उनले नेपाल मुक्तक प्रतिष्ठानले गरेको कामको प्रशंसा गरे।

प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कृत स्रष्टाद्वय नन्द हाङ्खिम र खगेन्द्र गिरी कोपिलाले स्थापित स्रष्टाका नाउँमा स्थापित पुरस्कारबाट पुरस्कृत भएकामा खुसी व्यक्त गरे।

अध्यक्ष रामकाजी कोनेले विश्वभरि नै मुक्तक लेखिन थालेकामा खुसी व्यक्त गरे। उनले अमेरिका, बेलायत, दक्षिण कोरिया, कोशी प्रदेश शाखाहरूका साथै मुक्तकको विकास र विस्तारमा लागि सक्रिय अन्य संघसंस्थाको पनि योगदान रहेको बताए।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाल मुक्तक प्रतिष्ठानको आयोजना र मुक्तक मञ्च पोखराको सहआयोजनामा २०७० सालमा पोखरामा सम्पन्न तीन दिवसीय कार्यशाला गोष्ठी सम्झिंदै मुक्तकको विश्वव्यापी रूपमै विकास र विस्तारमा प्रतिष्ठानको भूमिकाको सराहना गरे।

उनले कहिल्यै मुक्तक नलेखेका नेपाली साहित्यका स्थापित स्रष्टाहरूलाई मुक्तक लेख्न अभिप्रेरित गरी प्रकाशन गरिएको 'मुक्तक मुहिम' नेपाली साहित्यमा गरिएको नवीन प्रयोग भएको बताए।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू ज्ञानुवाकर पौडेल र प्राडा लक्ष्मणप्रसाद गौतमले मुक्तक लेखनमा प्रतिभाशाली स्रष्टाहरू सक्रिय रहेको चर्चा गरे।

उक्त अवसरमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले नेपाली मुक्तकको विकासमा नेपाल मुक्तक प्रतिष्ठानको योगदानको चर्चा गर्दै कोशी प्रदेशका स्रष्टाहरू पनि मुक्तक लेखनमा सक्रिय रहेको बताए।

प्रतिष्ठानका महासचिव यादव भट्टराईले सञ्चालन गरेकाे उक्त कार्यक्रममा प्राडा गोविन्दमानसिंह कार्कीले 'मुक्तक मुहिम' काे समीक्षात्मक टिप्पणी गरेका थिए। नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा भीमदर्शन रोका, कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीको स्मरण गर्दै उनीहरूले नेपाली मुक्तकको विकासमा पुयाएको योगदानको चर्चा गरिएको थियो।

"नेपाली स्रष्टाहरूको योगदान, मुक्तकको उन्नयनमा साझा अभियान "मूल नारासहित प्रकाशित रामकाजी कोने तथा श्रीओम श्रेष्ठ रोदन प्रधान सम्पादक र यादव भट्टराई कार्यकारी सम्पादक रहेको 'मुक्तक मुहिम' कृतिमा विभिन्न देशमा रहेका नेपाली स्रष्टाहरूका समेत गरी २२३ मुक्तककारका ३/३ मुक्तक समेटिएका छन्।

उक्त कृतिमा प्राडा लक्ष्मणप्रसाद गौतमको मुक्तक सम्बन्धी आलेखका साथै यादव खरेल, तेजेश्वरबाबु ग्वंग, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, ज्ञान उदास लगायत स्रष्टाहरूका मुक्तक समेटिएका छन्।
अर्को समाचार
हजुरआमाको क्याटवाक
०३ साउन २०८२
•
२ मिनेट पाठ
हजुरआमाको क्याटवाक
बिहानको हिँडाइको क्रममा स्थानीय एकजना वृद्धासँग मेराे चिनाजानी भयो। मेरो र उनको संस्कार, संस्कृति र भाषा सबै भिन्न थियो। उनी पाकी र हाईप्रोफाइलकी थिइन्।




म पढेर केही जान्नेसुन्ने बन्न गोराहरूको देश पुगेको थिएँ। बिहान मलाई हतार गरेर कतै जान नपर्ने भएकाले स्वास्थ्य तन्दुरुस्त राख्न हिँड्न थालेको थिएँ। त्यही क्रममा मैले उनलाई भेटेको हुँ। बिहान वाकिङ आउटफिट लगाएर, मगमग अत्तरको वास्ना छर्दै, कुकुर डोर्‍याएर हिँडेको देखेँ। उनीहरू नचिनेका मान्छेहरूसँग हतपती बोल्दैनन् भन्ने मैले सुनेको थिएँ। तिनको सम्भ्रान्तता देख्दा असाध्य बोल्न मन लागेको थियो।

करिब एक हप्ता जति देखादेखी गरेपछि उनी बोलिन्। आफ्ना धेरै कुरा भनिन्। मेरो बारेमा पनि केही कुरा सोधिन्।

"हाइ, तिमी त फुर्तिलो केटा देखिन्छौ। स्वास्थ्य ठिक राख्नुपर्छ भन्ने चेतना पनि रहेछ। त्यसैले म तिमीसँग बोलेको। म न्युयोर्कबाट यता मुभ भएको हुँ। मेरो भूतपूर्व पति त्यहाँको असाध्य धनी व्यापारी छ। मभन्दा बढी उसलाई आफ्नो व्यापारको माया भएकाले मैले मेरो हकको आधा सम्पत्ति लिएर डिभोर्स गरें र बेग्लै स्टेटमा रमाएर एक्लै बसेकी छु।

म पचहत्तर वर्षकी मिलेनियर हुँ। फेसन सोहरूमा भाग लिने, बुटिक र पार्लरहरूमा जाने गर्छु। म ब्रान्डेड कम्पनीका सामान मात्र प्रयोग गर्छु। लञ्च, डिनर पनि म बाहिर नाम चलेका रेस्टुरेन्टहरूमा खान्छु। मेरा दुई छोरा बेग्लै स्टेटतिर छन्। मदर्स डेको दिन फोन गर्छन् बस्। उनीहरू पनि खुसी, म पनि खुसी! तिमी अर्कैदेशका हौ? यहाँ के गर्दै छौ?"

- म तपाईंको विकसित देशमा ज्ञान हासिल गर्न आएको हुँ।

- शनिवार साँझ खाली छौ?

किन सोध्छे यो बुढीले भनेर विचार गर्दै मैले जवाफ दिएँ, "खाली छु।"

उनले आफ्नो ब्यागबाट टिकट झिकेर मेरो हातमा राखिदिइन् र भनिन्, "राति आठ बजे फेसन सोको क्याटवाक छ। मैले पनि भाग लिएको छु। हेर्न आऊ है। डिनर पनि फ्री छ।"  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस