सधैँ व्यस्त रहने कृष्णकुमार हप्ता दिनको बिदा लिएर वैवाहिक वर्षगाँठको उपलक्ष्यमा आफ्नी पत्नी कृपा र छोराका साथ घुमघामका लागि काठमाडौँ गए। काठमाडौँ पुगेपछि सबैभन्दा सुरुमा उनीहरू नारायणहिटी संग्रहालय घुमे। अनि क्रमशः भक्तपुर दरबार र पाटन दरबार घुमे। त्यसपछि चिडियाखाना घुमे। घन्टाघर हेरे। हनुमानढोका दरबार घुमिसकेर धरहरा चढे।
माथि पुगेर कौसीबाट के बाहिर नियाल्दै थिए, त्यति नै खेर भुइँचालो आयो। धरहरा बेस्सरी हल्लियो र जमिनमा बजारिएर टुक्राटुक्रा भयो। कृष्णकुमार र छोरा खण्डहरभित्र पुरिए। कृपा भने उछिट्टिएर भुइँमा बजारिइन्। धरहरा वरिपरि धुलोमैलोले कुहिरीमण्डल भयो।
नजिकैको दृश्य पनि देख्न नसकिने भयो। अघि भागाभाग गरेका मान्छेहरू एकछिनपछि सम्हालिए। तत्कालै देखिएका घाइते तथा मृतकलाई नजिकैको हस्पिटलमा पठाइयो। घाइते कृपा अस्पतालको लामो बसाइपछि निको भएर घर फर्किई। भुइँचालो गएको पनि धेरै वर्ष भइसकेको छ। ढलेको धरहरा अहिले ठडिइसकेको छ। तर कृपाको मन भने अझै खण्डहर नै छ।
२) अशुभ
उसलाई कालो रब पटक्कै मन पर्दैन। त्यसमाथि ज्योतिषीले कालो रब उसलाई अशुभ हुन्छ भनेदेखि कालो रबप्रति उसलाई चरम घृणा जागेको छ। जानेबुझेदेखि कालो ज्याकेट, कालो टीसर्ट, कालो पाइन्ट, कालो टोपी, कालो चस्मा, काला जुत्ता उसले कहिल्यै लगाएन। मोजा किन्दा पनि कालो पर्छ कि भनेर ऊ सचेत हुने गर्छ रबकै कारणले आफन्तले उपहार दिएको कालो ओभरकोट उसले नजिकको साथीलाई दियो।
त्यसैगरी चिट्टामा परेको कालो रबको कार एकपटक पनि नचढी बेच्यो। उसको घरमा कालो रबका टेबल, कुर्ची, दराज, सोफा, बाकस, माटे कराई, छाता लगायतका दैनिक जीवनमा प्रयोग हुने सरसामान प्रयोगमा रोक छ। यतिसम्म कि दाउरा बलिसकेपछि कालो अँगार बन्छ भनेर उसको भान्छामा कहिल्यै दाउराको प्रयोग गरिएन।
पूजापाठमा पनि कालो तिल प्रयोग गरिएन। भाकल गर्दा कालो बोको भाकिएन। कालो रब नरुचाउने उसको कामचाहिँ कालोबजारी गरेर कालो धन थुपार्ने छ। फाटेको लुगा र ढाँटेको कुरा लुकाएर लुक्दैन भन्थे।
एक दिन उसको कालो कर्तुत बाहिर निस्कियो। उसको कालो धन्दा थाहा पाएपछि भिडले उसलाई समातेर कालोमोसो लगाइदियो। त्यसपछि उसको कालो कोटवाला कहाँ मुद्दा चल्यो। कालो कोटवालाले उसलाई आजीवन अँध्यारो कालो कोठामा थुन्ने फैसला गर्यो।
३) अरूचि
बिहान सबेरै घरआँगन सरसफाइ, लिपपोतदेखि पानीपँधेरो, घरको चुलाचौकादेखि भैँसीगोठ र घाँसदाउरादेखि खेतबारीसम्मको काम एक्लै भ्याउने आमा अचानक एकदिन थला पर्नुभयो। अलिअलि बिरामी हुँदा बिरामी भएको पनि भानै नलाग्ने गरी यताउता गर्नुहुने आमा यसपटक भने ओछ्यान छाड्न नसक्ने गरी लडिरहनुभयो। बिरामी भएको केही दिनपछि त उहाँले अन्न खान पनि छाड्नुभयो। बेलाबेला तातोपानी मात्र माग्नुहुन्थ्यो।
छोराछोरीले सम्झाए, “बिरामी हुँदैमा खाना खानै छोड्नुपर्छ र आमा! जति रुच्छ त्यति खानुस्। नत्र झन् बिमारले गाल्छ। उठ्नुस् आमा! थोरै जाउलो खानुस्।”
आमाले भकारी सम्झनुभयो र नाइँ भन्ने आशयमा मुन्टो हल्लाइरहनुभयो। ठीक त्यसैबेला, वर्षौंदेखि हराउनुभएका बा दुई जना भरिया लिएर टुप्लुक्क आइपुग्नुभयो। त्यसपछि आमा चङ्गा भएर भान्छातिर लाग्नुभयो।
४) विकास
गाउँको खोलामा पक्की पुलको माग भयो। यो माग पहिलोपटक उठेको भने थिएन। पटकपटक गरिएको मागको निरन्तरता थियो। यसपालि कसोकसो संघीय सरकारले सुन्यो र बजेट पास गरिदियो।
पास गरेको बजेटबाट संघीय सरकारले नै केही रकम झिकेर प्रदेश सरकारमा पठायो। प्रदेश सरकारले त्यहाँबाट केही रकम झिकेर गाउँपालिकामा पठायो। सो रकममध्येबाट केही आफैँसँग राखेर गाउँपालिकाले बाँकी रकम वडामा निकासा गर्यो। वडाले केही रकम आफूसँग राखेर बाँकी उपभोक्ता समितिलाई हस्तान्तरण गर्यो। सो रकमबाट उपभोक्ता समितिले खोलामाथि काठको फड्के हाल्यो।
५) सालिक
देशमा जनताको शासन हुनुपर्छ र निरब्कुश सत्ता ढलाउनुपर्छ भनेर आन्दोलन भयो। सुरुमा फाट्टफुट्ट संख्यामा देखिएका आन्दोलनकारीहरू क्रमशः बढ्दै गएर भिडले जनसागरको रूप लियो। गाउँदेखि सहरसम्म जताततै नाराजुलुस घन्किए। सरकारले आन्दोलन दबाउन सडकमा सेना उतार्यो। सेना उतार्दैमा जनता के डराउँथे र? जनआन्दोलन रोकिएन, बरू अझै तीव्र गतिमा बढ्दै गयो। सरकार कर्फ्यू लगाउँथ्यो। आन्दोलनकारीहरू त्यसलाई तोडेर जुलुस निकाल्थे ।
एकदिन बजारको मुख्य चोकमा सेना र आन्दोलनकारीबीच घम्साघम्सी भयो। सेनाले गोली चलायो। एक जना आन्दोलनकारी ठहरै भयो। अरू थुप्रै घाइते भए। यो घटनाले आन्दोलन झन् पेट्रोल हालेको आगोमा झैं राँक्किँदै गयो। जनताको अदम्य साहसले आखिर सत्ता पल्टिएरै छोड्यो।
देशमा गणतन्त्र आयो। जनताको सरकार बन्यो। आन्दोलनमा सहिद भएको व्यक्तिको सम्मानमा बजारको मुख्य चोकमा सालिक राखियो।
आज चोकतिर एउटा कामले हिँडिरहेको थिएँ। अकस्मात् पानी पर्यो। छाता नलिईकन निस्केको म चोकको एउटा कुनामा ओत लगाएर बसिरहेको थिएँ। झमझम पानीमा उताबाट मेरी भाउजू छाता ओढेर आइरहनुभएको देखेँ।
सरासर आउनुभएको भाउजू सालिकको अघि रोकिनुभयाे। एकटकले सालिकलाई हेरिरहनुभयो। के सोचेर कुन्नि आफूले ओढिरहेको छाता सालिकलाई ओढाइदिनुभयो। त्यो सालिक जनआन्दोलनमा गोली खानुभएका मेरा दाजुको थियो।
(कथाकार दीपक समीपको नदीको राजमार्ग लघुकथासंग्रहमा सङ्गृहीत।)
ठिक एक वर्षअघि जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगो लगाएर क्षतविक्षत पारिएको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) अहिले पनि खण्डहर अवस्थामा छ। एक वर्ष बित्दा पनि भवन मर्मतसम्भार गरिएको छैन बरु त्यहाँ आन्दोलनका क्रममा जलाइएका गाडी लगेर थुपारिएको छ। किन पुरानो संसद् भवन मर्मत गरिएन भन्ने विषय सबैको चासो र जिज्ञासाको विषय बनेको छ। चीन सरकारले बनाइदिएको यो भवनलाई २०६५ सालदेखि जेनजी आन्दोलनअघिसम्म संविधानसभा/संसद्का बैठक प्रयोजनमा प्रयोग गरिएको थियो।
पूर्वधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागका उपपमहानिर्देशक तथा पूर्वााधार महाशाखा प्रमुख प्रकाश अर्यालका अनुसार पुरानो संसद् भवनको निर्माण संरचनागत नक्सा (स्ट्रक्चरल डिजाइन ) भेटिएको छैन। आन्दोलनका क्रममा भवनसँगै नक्सा पनि जलेको छ। त्यो नक्सा चीन सरकारले तयार गरेको थियो। भवन पनि चीन सरकारले नै बनाएको थियो। यो भवन पुनर्निर्माण गर्न नसक्नुको खास कारण यही भएको उनी बताउँछन्। अर्को कारण पनि छ– त्यो भवन पुनर्निर्मााण गर्न नसक्ने गरी क्षति भएको छ।
‘याे भवनलाई अब जगबाटै बनाउनुपर्छ। अहिले देखिएको सबै संरचना भत्काउनुपर्छ। जेनजी आन्दोलनका क्रममा त्यो भवनका प्रायः सबै संरचना ध्वस्त भएका छन्। अहिले देखिएको संरचना पनि निकै कमजोर छन्,’ अर्यालले भने, ‘अगाडिपट्टिको केही थोरै भाग मात्र काम लाग्न सक्ने अवस्था छ। अन्य सबै भाग भत्काएर पुनः जगबाट बनाउनुपर्छ भनेर प्राविधिकहरूले हामीलाई रिपोर्ट बुझाएका छन।’
अर्यालका अनुसार पुरानो संसद् भवनलाई जगैबाट बनाउनुपर्ने भएपछि नक्सा चाहिन्छ। पुरानो नक्साबिना पुरानै अवस्थामा निर्माण गर्न सकिन्न। ‘पुरानो नक्सा खोज्न हामीले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौंस्थित चिनियाँ दूतावासमा पत्राचार ग¥यौं। दूतावासबाट जवाफ आएको छैन,’ अर्यालले भने, ‘यसको नक्सा चीन सरकारसँग पनि छैन कि?’ पुरानो नक्सा नभेटिए कसरी अघि बढ्ने भन्ने विषयमा टुंगो नलागेको अर्यालले बताए।
विभागका अर्का एक कर्मचारी भन्छन्, ‘चीन सरकारले यो भवन निर्माण गरेको हो। यसलाई जगैबाट भत्काएर नयाँ डिजाइनअनुसार निर्माण गर्दा चीन सरकारसँग सल्लाह/छलफल गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा पनि सरकारले निर्णय गर्न सकेको छैन।’चालु आर्थिक वर्षमा यो भवन पुनर्निर्माण सुरु हुने सम्भावना छैन। किनभने सरकारले यो भवन पुनर्निर्माण गर्न चालु आवमा एक रुपैयाँ पनि छुट्टयाएको छैन।
पुरानो संसद् भवनलगायत देशका विभिन्न ६ विशिष्ट संरचना सञ्चालन गर्न ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन समिति’ बनाइएको छ। यो समिति जेनजी आन्दोलनअघि नै बनेको हो। समिति क्रियाशील छ। पुरानो संसद् भवन सञ्चालन तथा व्यवस्थापनका लागि भर्ना गरिएका कर्मचारी अहिले पनि छन्। अहिले उनीहरु कार्यालय आउने, हाजिरी गर्ने र फर्कने मात्र गर्छन्।
यो भवन २०५० सालमा बनेको हो। त्यतिबेला यो देशकै गौरवको संरचना थियो। संविधानसभा निर्वाचनपछि २०६५ सालमा संसद् सचिवालयले वार्षिक १८ करोड रुपैयाँ भाडामा यो भवन प्रयोग गर्न थालेको थियो। त्यसपछि यही भवनमा संविधानसभा र संसद्का बैठक बसेका थिए। जेनजी आन्दोलनकारी भवन जलाएपछि संसद् सचिवालयले वार्षिक भाडा बुझाउने सम्झौता रद्द गरिसकेको छ।
पुरानो संसद् भवनलाई जेनजी आन्दोलन झल्कने गरी संग्रहालय बनाउनुपर्ने भन्ने विषयमा पनि चर्चा हुने गरेको छ। तर यस विषयमा कुनै निर्णय नभएको भवन विभागका अर्का एक उच्च कर्मचारीले बताए।
नयाँबानेश्वर चोकस्थित १५३ रोपनी जग्गा यो भवनले चर्चेको छ। यो भवनको मूल हल २ हजार मान्छे अट्ने क्षमताको थियो। अन्य हलमा भने २ सय देखि २५०सम्म मान्छे अट्थे।भवनको अगाडिपट्टिको केही भाग सग्लो जस्तो देखिए पनि भित्री भाग क्षतविक्षत अवस्थामा छ। भवनका कोठा, काठ, भ¥याङसमेत जलेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...