दस्तुर
०८ माघ २०८१
•
२ मिनेट पाठ
दस्तुर
‘सर नमस्कार!’ घनश्यामले हाकिमको दैलोमा पुगेर भन्यो।




‘ख्यारर।’ हाकिमले नमस्तेको उत्तर दिएन एउटा बेल बजायो। एकजनाले उठेर दैलो बन्द गर्यो।

‘हजुर एकछिन भित्र मान्छे छन्।  उनीहरू आएपछि हजुर जानुहोला है।’ त्यो व्यक्तिले घनश्यामलाई भन्यो।

‘जानुस्’ एकछिनपछि उसले हाकिमको कोठातिर इसारा गर्दै भन्यो।

‘सर नमस्कार!’

‘भन्नुस्’, हाकिमले काम सोध्यो।

‘सर, हामीले घर भत्काएर अन्तै सार्दै छौं। त्यसको लागि के गर्नुपर्छ?’ घनश्यामले भन्यो।

‘यही सोध्नु थियो? एउटा निवेदन लेखेर दिनुस्।’ हाकिमले भन्यो। ऊ बाहिर गयो र एउटा निवेदनमा विवरण लेखेर ल्यायो।

‘सर!’

‘अलि व्यहोरा मिलाएर लेख्नुपर्छ। बाहिर कसै अरूसँग लेखाउनुस्।’ हाकिमले निवेदन फर्काउँदै भन्यो। घनश्याम बाहिर आएर पचास रूपैयाँ दिएर अरूलाई लेखाए।

‘लिनुस् सर।’

हाकिमले निवेदन खुब हेरे आेल्टाइपल्टाई अनि कसैको नाममा फार्वड गरेर दिए।

‘सर नमस्कार!’ घनश्याम अर्को कोठामा पुगेर दुवै हात जोडे।

नास्ता खाने समय भयो। एकछिनपछि आउनुस्।’ ऊ उठ्यो र बाहिर निस्किंदै भन्यो। घनश्याम घडीतिर हेर्दै बसे। आधा घन्टापछि आयो।

‘त्यहाँ मौका हेर्नुपर्छ।’ ऊ अन्कनायो।

‘सर म टाढाबाट आएको रात पर्छ सर मलाई।’ घनश्यामले भन्यो।

‘हजुरकाे भन्दा पहिलेका छन् दर्खास्त। चिया पनि दिन्छु भन्दा पनि सकेको छैन्।’ उसले प्याच मुख खोल्यो।

‘सर लिनुस्।’ हजुर बुढा मानिस भएर दया जाग्यो मलाई।’ उसले रूपियाँसँगै कागज छोप्यो।

‘यो पैसा जम्मा गराइदिनुस् र हाकिम साहेब कहाँ जानुस्।’ उसले दर्खास्तलाई अगाडि बढायो। केसियर चिया पिउन जानुभाको छ। ऊ खिड्कीमा उभियो ३ बजे केसियर आयो।

‘दिनुस्।’ उसले मुख बिगार्दै दर्खास्त छोप्यो। पैसा लग्यो।

‘हाकिम साहिव मिटिङमा जानुभयो।’ त्यहाँ आउँदा हाकिम थिएनन्।

‘हाकिम साहिब कतिबेला आउनुहुन्छ?’ घनश्यामले सोध्यो।

‘हाकिम साहिबको थाहा छैन, नआउन पनि सक्नुहुन्छ।’ उसले घडी हेर्दै भन्यो।

‘हजुरले आजै सही गराउने हो?’ मलाई दस्तुर दिए म मिटिङमै गएर गराउने प्रयास गर्छु तर खर्च अलि बढी लाग्छ।’ उसले भन्यो।

- सुरेशकुमार पाण्डे
अर्को समाचार
आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको कर र नवीकरण दस्तुर छुट गरिने छ : मुख्यमन्त्री बानियाँ
२७ पौष २०८२
•
२ मिनेट पाठ
आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको कर र नवीकरण दस्तुर छुट गरिने छ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधनको कर र नवीकरण दस्तुर मिनाहा गरिने बताएका छन्।




नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको उद्घाटन गर्दै उनले आफ्नो प्रदेशअन्तर्गत पूर्ण रूपमा नष्ट भएका सवारीको चालु आर्थिक वर्ष २०८२/८३ को कर तथा नवीकरण दस्तुर छुटसहित निःशुल्क दर्ता खारेजी गरिने जानकारी दिए। उनले आंशिक क्षति भएका सवारीसाधन प्रयोग नहुन्जेलसम्म कर छुट दिने प्रक्रिया अघि बढाइएको बताए।

सेवा लिन नसकेर जरिवानामा परेका सेवाग्राहीका लागि जरिवाना मिनाहा गर्ने प्रक्रियासमेत सुरु गरिएको बताउँदै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका यातायात कार्यालयमा सेवा विस्तार र डिजिटलाइजेसनका केही काम भइरहेकाले आफ्ना सेवाप्रवाहलाई थप डिजिटल, पारदर्शी र सहज बनाइने उल्लेख गरे। अनलाइन र डिजिटल प्रविधिमार्फत घरैबाट सेवा लिने वातावरण बनाइने उनले प्रतिबद्धता व्यक्त गरे।

उनले नागरिकले सेवा लिनका लागि लाइन बस्नुपर्ने अवस्था अन्त्य गरिने बताए। उनले यातायात व्यवसायीलाई थप व्यवस्थित बनाउन तथा सवारी दुर्घटनामा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सवारीसाधन नवीकरण गर्दा बिमाको प्रिमियमसमेत असुल गरिने व्यवस्था गर्न लागिएको जानकारी दिए।

यातायात कार्यालयमा बिचौलियालाई निषेध गरी सेवा पारदर्शी बनाउने अभियानस्वरूप ‘बिचौलिया निषेध क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको जनाउँदै मुख्यमन्त्री बानियाँले अनलाइन भुक्तानी प्रणालीमा सेवाग्राहीलाई जोडेर घरमै बसेर सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइने बताए।

मालसामान ढुवानी, ओसारपसारमा ट्रक व्यवसायीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले स्वदेशी व्यवसायीले भारतीय सवारीसाधनसँग प्रतिस्पर्धा गर्न कठिन रहेकाले संरक्षणका लागि तीन तहका सरकारसँग समन्वय गरी आवश्यक योजना निर्माण गरिने धारणा राखे।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस