सीमान्त सम्झना
०५ माघ २०८१
•
४ मिनेट पाठ
सीमान्त सम्झना
राणाकालको दुरावस्थामा मधेसको दुर्गम गाउँमा जन्मिएको बालक उचित शिक्षादीक्षाबाट वञ्चित हुन्छ। र पनि सक्दो स्वअध्ययन गर्छ। किशोर अवस्था पार नलाग्दै उसको आँखाको ज्योति धमिलिन थाल्छ। धामीझाँक्रीदेखि ज्योतिषीसम्म, आयुर्वेदका वैद्य–कविराजदेखि त्यतिबेलाका नामुद चिकित्सकसम्म धाउँदा पनि गुमेको आँखाको ज्योति फर्कन्न। उमेरले २० नलाग्दै आँखालाई अन्धकारले लपेट्छ।  




त्यसपछि ती युवकको बाँकी जीवन के भयो होला? उसले आफूलाई सम्हाल्न सक्यो कि सकेन होला? उसको जीवनलाई परिवार र समाजले कसरी लियो होला? एउटा अशिक्षित युवा, त्यसमा पनि नेत्रहीन ! कत्तिको बोझिलो भयो होला उसको जीवन?

झट्ट, पहिलो अनुमानमा आउने उत्तर पक्कै पनि निकै कठिन छ। उनको जीवन बन्द आँखाजस्तै अन्धकारमय नै गुज्रियो होला भन्ने कल्पनामा आउँछ। परिवार र समाजसँग पनि दयाभावबाहेक ऊसँग सम्झनलायक अथवा प्रेरणा लिनलायक त्यतिधेरै स्मृति नभएकै होलान् भन्ने लाग्छ। यस्तै कथासहित अपवाद बनेर अमर जीवन बिताएका एक पात्र हुन्, स्व. सदानन्द झा।

सदानन्द झा एक भुइँमान्छे हुन्, कुनै विशिष्ट व्यक्ति होइनन्। तर, उनले जुन समाज, परिवेश, अवस्थाबाट आफ्नो जीवन गुजारे, मिहीन ढंगले हेर्दा त्यो विशिष्ट छ। युवा उमेरमा दृष्टि गुमाउँदा पनि उनी जीवन हारेनन्, बरु परिवार र समाजका दृष्टि बने, स्वप्नद्रष्टा बने र एक उज्यालो भविष्यतर्फ डोरिइरहे।

तीनै दृष्टिविहीन सदानन्द झाले उज्यालो जीवनतर्फ डो¥याएका एक पात्र इन्जिनियर सुनीलकुमार झा पनि हुन्। सुनील सदानन्दका भाइका छोरा हुन्। उनी सिस्को सर्टिफाइड नेटवर्किङ इन्जिनियर हुन्। जो विश्वकै कठिन परीक्षा मानिने सिस्को सर्टिफाइड इन्टरनेटवर्क एक्सपर्टको प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली हुन्। हाल अमेरिका मेरिल्यान्डमा आइटी विशेषज्ञका रूपमा कार्यरत छन्।

सुनीलले आफ्नो सफलताको श्रेय उनै दृष्टिविहीन ठुलोबुबा सदानन्दलाई मानेका छन्। उनकै स्मृतिमा सुनीलद्वारा लिखित ‘देशको पीडा, विदेशको पीर’ पुस्तक हालै प्रकाशित भएको छ।

जीवनको भयानक दलदलबाट उठेर सदानन्द परिवारको बोझ होइन, प्रेरक बने। समाजको नायक बने। सुनीलकुमारले किताबमा उल्लेख गरेअनुसार आफूलाई सुदृढ बनाउने क्रममा रेडियो सुनेरै बढी शिक्षा लिएका थिए।

किताबअनुसार २००५÷६ सालतिर गाउँकै एक जमिनदारको घरमा रेडियो रहेछ। ती जमिनदारका छोरासँगको संगतकै कारण सदानन्द दिनहुँ रेडियो सुन्न उनको घरमा गइरहन्थे। त्यही रेडियो सुनेर देशविदेशका खबरबारे जानकारी लिने, धर्म दर्शन, समाज र राजनीतिबारे ज्ञान लिने काम गरे। रेडियोबाटै रामायण, महाभारतबारे शिक्षा लिए।

रेडियोबाट पाएको शिक्षाले सदानन्दमा जीवन दर्शन, ज्ञान, विद्या र चेतनाको विकास भइसकेको थियो। उनी त्यसपछि एक कवि, कुशल वक्ता, नीतिज्ञ र गुरुका रूपमा गाउँघरमा स्थापित भइसकेका थिए। उनी मौखिक रूपमै कविता रचना गर्न सक्थे, उनका कविता संग्रह पनि प्रकाशन भएका छन्। उनका कैयौं फुटकर कविता पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। सदानन्दले जीवनभर करिब तीन हजार कविता कोरेको विषय पनि पुस्तकमा छ। चेतनाको विकास भइसकेपछि दृष्टिविहीन सदानन्दले परिवारलाई सही बाटोमा डो¥याउन थालेको प्रसंग पनि सुनीलकुमारले लेखेका छन्।

सुनीलका अनुसार सदानन्द रामभक्त थिए। उनलाई रामायण कण्ठस्थ थियो। रामायण, महाभारतजस्ता धर्मशास्त्र र दर्शनबारे उनी लामो प्रवचन दिनसक्थे। विभिन्न किसिमका दन्त्यकथा, साहित्य र अनुभवमा जीवनको अर्थ खोजेर विश्लेषण गर्नसक्थे। त्यसबाट मानवले लिनुपर्ने शिक्षा र नैतिक आदर्शबारे परिवार र समाजलाई सिकाइरहन्थे। एक दृष्टिविहीन व्यक्ति आफ्नो परिवारको नायक र जग रहेको सुनीलकुमारले उल्लेख गरेका छन्।

७९ वर्षको उमेरमा २०६६  माघ १९ मा सदानन्दको निधन भयो। झन्डै ६ दशक दृष्टिविहीन अन्धकारमा बिताएका सदानन्दले कहिल्यै आफ्नो जीवन बाँचेनन्, न कसैको बोझ बनेर बाँचे। बरु अर्काको जीवनमा उज्यालो दिने काममा तल्लीन रहेको कुरा सुनीलको किताबभरि उल्लेख छ।

‘खोला तर्ने, लौरो बिर्सने’ नेपाली समाजमा चर्चित उखान हो। यो उखानले भनेजस्तै आफू सफल भएपछि त्यो सफलताका सारथीहरू बिर्सने प्रवृत्ति नेपाली समाजको विडम्बना पनि हो। ‘देशको पीडा, विदेशको पीर’ कृतिमा इन्जिनियर सुनीलले भने त्यो उखानलाई बलियोसँग खण्डन गरेका छन्। उनले यो किताबमा आंशिक रूपमा आफ्नो जीवन संघर्ष र सफलताका पाटाहरू केलाएका छन्। जसमा अधिकांश पाटामा ठुलोबुबा सदानन्दको प्रेरणालाई छचल्काएका छन्। आधारभूत शिक्षादेखि, नैतिक शिक्षा, विद्यालय डो¥याउनेदेखि इन्जिनियरिङ पढाउनेसम्मका निर्णयमा सदानन्दकै भूमिका उनले उल्लेख गरेका छन्।  

सीताभूमिमा जन्मिएका सुनीलको किताबभर रामायण पनि भेटिन्छ। जुन उनकै कविचेत भएका ठुलाबुबा सदानन्दको प्रेरणाका अंश पनि हुन्। उनले हरेक खण्डमा रामायणकै श्लोक राखेर सुरु गरेका छन्। किताबमा रामायणबाहेक महाभारतजस्ता धर्मशास्त्रदेखि मिथिला संस्कृतिका अनेकौं कथाको उपस्थिति पनि भेटिन्छ। जसमा गोनु झाका कथा र ती कथाले दिने सन्देश पनि छुटेका छैनन्।

एक सफल व्यक्ति हुनका लागि के के चाहिन्छ ? परिवारको साथ, नैतिक शिक्षा, प्रेरणादायी पात्र, सही मार्गमा डो¥याउने अभिभावक, समाजको सहयोग र आफ्नो प्रचुर संघर्ष। यिनै कुराको संयोजनबाट आफू सफल आइटी एक्सपर्ट बनेको कुरा सुनीलले यो किताबमा भन्न खोजेका छन्।

विज्ञानको मात्रै पछि दौडिरहेको पुस्ताका लागि पनि महŒवपूर्ण खुराक यो किताबमा दिएका छन्। स्वयं आधुनिक विज्ञानको खोजमा दौडिरहेको एक इन्जिनियरले आफ्नो जीवन संघर्ष र सिकाइमा रामायण, महाभारत कथाको अर्थले दिने सहयोग, जीवनमा धर्मको भूमिका, ईश्वरको देन र मेहनतबाट कसरी सफल हुन सकिन्छ ? भन्ने उदाहरण पनि दिएका छन्।  
अर्को समाचार
गणेश लाठको ‘सीमान्त सम्झना’ विमोचन
२९ चैत्र २०८१
•
१ मिनेट पाठ
गणेश लाठको ‘सीमान्त सम्झना’ विमोचन
लेखक एवं व्यवसायी गणेशप्रसाद लाठले ‘सीमान्त सम्झना’ नामक पुस्तक सार्वजनिक गरेका छन्। नेपालयले प्रकाशन गरेको संस्मरणात्मक पुस्तक शनिवार काठमाडौंमा सार्वजनिक गरिएको हो। 




वीरगन्जमा जन्मे-हुर्केका लाठले आफूले त्यस ठाउँका विषयमा देखेको, भोगेको विषय पछिल्लो पुस्तालाई जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताएका छन् । उनले सीमान्त सम्झना एउटा उत्सुक बालक, किशोरले देखेको आफ्नो घर समाजको रूपान्तरणको संस्मरण भएको बताएका छन् । 

लाठले समाजका विसङ्गतिलाई साहित्यमार्फत पोख्ने गरेका छन् । उनले छिटपुट कविता मात्रै होइन आर्थिक विषयमा पनि लेख्छन् । उनको यो पाँचौँ कृति भएको बताएका छन् । यस अघि तराइका पृष्ठभूमिमा लेखिएका व्यङ्ग्यात्मक कथा ‘छमियाँ’ प्रकाशन गरेका थिए । त्यसै गरी ‘अघटित’, ‘क्षमादान’ लगायतका पुस्तक प्रकाशित छन्। 

तीन वर्ष लगाएर सीमान्त सम्झना प्रकाशन गरेको बताएका छन् । उनले पुस्तकमा वीरगन्जका पुराना जानकार व्यक्तिसँग कुरा गरेर उल्लेख गरेका छन्।

कार्यक्रममा लेखक यादव देवकोटाले वीरगन्जबारे लेखिएको पुस्तकको समीक्षा गरेका थिए । लाठ एक व्यापारी भएर पनि अनुसन्धानात्मक रूपमा पुस्तक प्रकाशन गर्नु निकै सकारात्मक भएको बताए।

‘विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ’, पुस्तकमा भनिएको छ । ‘रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोक इतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पूरा हुँदैन नि, हैन र !’
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस