फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर सार्वजनिक
२६ पौष २०८१
•
२ मिनेट पाठ
फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर सार्वजनिक
आउँदाे माघ ११ गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ।




५ मिनेट १६ सेकेण्डको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ। सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किंदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ।

विशेषत ट्रेलरले फिल्मले पहाडी-मधेशी मेलमिलापको खोजी गरेको देखाएको छ। फिल्ममा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन्। ट्रेलरमा केही दिनअघि सार्वजनिक गरिएको नयाँ गीत ‘सपनीमा’ का फुटेजलाई पनि स्थान दिइएको छ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। फिल्ममा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ। उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन्।

अर्को समाचार
उमेर मेरो लिएर बाँच बरु, म त त्यसै मरिहालें!
२२ फागुन २०८१
•
२ मिनेट पाठ
उमेर मेरो लिएर बाँच बरु, म त त्यसै मरिहालें!
१) गीत




म एक्लै बाँच्न चाहने मान्छे, साथ लिएर बाँच्न सिकायौ।

म एक्लै हिंड्न सक्ने मान्छे, सहारा दिएर हिंड्न सिकायौ।

मलाई कस्तो माया दिएको, मुटु छियाछिया पारी छोडयौ।

मलाई कस्तो खुसी दिएको, मन बहिकिने गरी छोडयौ।

२) गीत

म माया गर्न नजान्ने मान्छे, मुटु जोडेर माया गर्न सिकायौ।

म आँखा हेर्न नजान्ने मान्छे, आँखा कर्काएर हेर्न सिकायौ।

मेरो आँखाको आँसुलाई तिमीले, सबैसबै रित्याइदियौ।

मेरो जिन्दगीको लक्ष्यलाई तिमीले, सबैसबै लत्याइसक्यौ।

३) गीत

यो मनको खहरे उर्लेर गयो अर्काको आँगनमा।

परन्तुसम्म बदनामी भयो यो मेरो जीवनमा।।

सम्हाल्न खोज्छु आफ्नो कथा, कोही आई पोख्दछ।

बढाउन खोज्छु आफ्नो पाइला, कोही आई रोक्दछ।।

चाहना सधैं बढी नै रहन्छ, कसैको साथ नपाउँदा।

जिन्दगी सधैं बगी नै रहन्छ, कसैको याद नआउँदा।।

गाह्राे मान्छ्यौ सधैं तिमी, बजार आउनलाई।

तिम्रो घरमा आउँथे म त, गाह्रो लाग्छ धाउनलाई।

४) गीत

मनभित्र फूल फूल्यो माया झल्काएर।

आँखाभित्र तृष्णा फुट्यो आँसु छल्काएर।

फोरिन्छ्न् चाहनाहरू हृदयभित्र, अतीतलाई घचेटेर।

कोरिन्छ्न् विश्वासहरू उनीभित्र, पत्थरलाई चिमोटेर।

देखिसकें दिनरात यहाँ सबै मैले, अधिर भई बसिदिँदा।

भोगिसकेँ मिलनबिछोड सबै मैले,आफ्नो भई बाँचिदिँदा।

५) गीत

कति मिठो दुख्छ मेरो जिन्दगी, औषधिले केही काम गर्दैन।

कति राम्रो लाग्छ तिम्रो नाम, समयले अर्को नाम फेर्दैन।

फूल जस्तै मनपर्छ जोवन तिम्रो, स्पर्शमा कोमल लाग्ने।

रङ्गको तरेलीमा जीवन हाम्रो, संयोगमा आफ्नै लाग्ने ।।

तिम्रोबारे सुनिरहँदा, व्यथा आफ्नै जस्तो लाग्ने।

आफ्नोबारे भनिरहँदा, वसन्त चैं पालुवा फेर्ने।।

६) गीत

एउटा खामभित्रको खाली कागज, तिमीले भरिदेउ।

एउटा कात्रोभित्रको लास हुँ म, तिमीले नै बेरिदेउ।

सबै दोषहरू मलाई देउ बरु, निर्दोषी तिमी बन।

गाउँघरमा विश्वास दिलाई, मलाई नै फटाहा भन।

सम्झिरहन्छु अधर त्यो तिम्रो, म टाढा रहेर पनि।

बदलिएनौ कहिले तिमी, भगवान् भै बाँचे पनि।

उमेर मेरो लिएर बाँच बरु, म त त्यसै मरिहालें।

खुसी मेरो लिएर हाँस न, म त भुइँमा झरिहालें।

- एनबी दाहाल

(म भित्रका गीतहरू गीतसंग्रहमा सङ्गृहीत।)
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस