दिनचर्या
११ पौष २०८१
•
१ मिनेट पाठ
दिनचर्या
‘ल म आज छिटो आएँ भनेको त दिदी पनि आइसक्नुभएछ।’ उषाले भनिन्।




निशाले जिम्मेवार हुँदाकाे खुसी पाेखिन्, ‘हामी जस्ताे गरी खाने मान्छेले अल्छी गर्न भएन नि!’

‘हेर्नु त पूर्वतिर।’ उषाले पूर्वतर्फ उदाउनुअघिको लालीमा देखाउँदै भनिन्।

उनीहरूसँगै थुप्रै मान्छे डाँडातर्फ उक्लदै थिए। बस्तीबाट नजिक भएकाले यो डाँडामा प्रात भ्रमण गर्नेहरूका लागि निकै राम्रो ठाउँ थियो। माथि पुगेपछि चाक्लो चौर पनि थियो। बिहानै शहरका बस्ती र उत्तरतर्फ हिमालको सुन्दर दृश्य देख्दा सबैको मन नै प्रफुल्ल हुन्थ्यो।

निशाले भनिन्, ‘हो त है, तृप्तिहरूको योगा टोली त फर्कन पनि लाग्यो क्यार।’ 

लामोलामो स्वास फेर्दै उनीहरू छिटोछिटो पाइला चाल्न थाले उकालोमा। केहीबेरमा उनीहरूमाथि डाँडाको थाप्लोमा पुगेपछि उषाले सोधिन्, ‘हजूर, यता बस्नुहुन्छ कि म बसूँ?’

निशाले भनिन्, ‘तिमी यतै बस बरु पर म जाउँला।’

उषाले झोला बिसाइन्।

‘ल एक्सर्साइज सकिएको भए यता आउनुस्’ भन्दै झोलाबाट थर्मस र गिलासहरू निकाल्दै चिया बेच्न बसिन्।
अर्को समाचार
दशैंको खानपानमा सावधानी : दीर्घ रोगीले औषधि र दिनचर्या नबिर्सौं
०१ कार्तिक २०८३
•
३ मिनेट पाठ
दशैंको खानपानमा सावधानी : दीर्घ रोगीले औषधि र दिनचर्या नबिर्सौं
तस्बिर क्रिएसन AI
दशैंलाई नेपाली समाजमा मिठो खाने, राम्रो लगाउने र आफन्तसँग रमाइलो गर्ने पर्वका रूपमा लिइन्छ।




वर्षभरि खानपानमा अपनाइने नियमितता दशैंमा केही खुकुलो बनाउने र मासु, मिठाई, चिल्लो तथा गुलियो परिकार बिन्दास खाने चलन पनि छ। तर मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिर्गौलासम्बन्धी दीर्घ रोग भएका व्यक्तिका लागि चाडपर्वको यही खानपान स्वास्थ्य चुनौती बन्न सक्छ।

औषधि सेवनमा अनियमितता, शारीरिक गतिविधिमा कमी र पर्याप्त निद्रा नपुग्दा स्वास्थ्य समस्या बल्झिन सक्ने भएकाले दशैंको रमाइलोसँगै स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ।

मधुमेहका बिरामीले गुलियो र कार्बोहाइड्रेटमा ध्यान दिनुपर्ने

दशैंमा चामल, चिउरा, सेलरोटी, मिठाई, फलफूल तथा गुलिया पेय पदार्थको सेवन बढ्न सक्छ। यस्ता खानेकुरा एकैपटक धेरै खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ।

त्यसैले मधुमेह भएका व्यक्तिले खानाको मात्रा नियन्त्रण गर्ने, नियमित समयमा खाने र चिकित्सकको सल्लाहअनुसार रगतमा चिनीको मात्रा जाँच गर्ने गर्नुपर्छ। खाना छाडेर पछि एकैपटक धेरै खाने बानी पनि उपयुक्त हुँदैन। विशेषगरी इन्सुलिन वा रगतमा चिनीको मात्रा घटाउन सक्ने औषधि लिनेले खाना खाने समय र औषधिबीचको तालमेल मिलाउनुपर्छ।  

उच्च रक्तचाप र मुटुका बिरामीले नुन र चिल्लो घटाउने

दशैंमा मासुका परिकार, अचार, चिप्स, प्रशोधित खाद्यवस्तु र बढी नुन प्रयोग गरिएका खानेकुरा बढी खाइन्छन्। उच्च रक्तचाप भएका व्यक्तिले नुनको मात्रा घटाउनुका साथै धेरै चिल्लो, विशेषगरी संतृप्त तथा ट्रान्स फ्याट भएका खानेकुरा सीमित गर्नुपर्छ।

मुटुसम्बन्धी समस्या भएका व्यक्तिले अत्यधिक बोसोयुक्त मासु, धेरै तेलमा तारेका परिकार र एकैपटक पेटभरि खाने बानीबाट जोगिनु उचित हुन्छ। मदिरा सेवन नगर्नु र चिकित्सकले दिएको औषधि नियमित लिनु पनि महत्त्वपूर्ण छ।  

मिर्गौलाका बिरामीले खानपान व्यक्तिगत सल्लाहअनुसार मिलाउने

मिर्गौलासम्बन्धी रोग भएका सबै व्यक्तिका लागि एउटै खानपानको नियम लागू हुँदैन। रोगको अवस्था र मिर्गौलाको कार्यक्षमताअनुसार नुन, पानी, पोटासियम, फस्फोरस तथा प्रोटिनको मात्रा फरक हुन सक्छ। त्यसैले चिकित्सकले तोकेको आहार योजना पालना गर्नुपर्छ।

अत्यधिक नुनिलो खाना, प्रशोधित खाद्यवस्तु र आफूखुसी धेरै पानी पिउने बानीले केही बिरामीको अवस्था बिगार्न सक्छ। पानी कति पिउने भन्ने निर्णय पनि चिकित्सकीय सल्लाहअनुसार गर्नुपर्छ।

औषधि, निद्रा र हिँडडुलमा नियमितता

दशैं मनाउन घरबाहिर जाँदा वा आफन्तकहाँ बस्दा नियमित औषधि बोक्न र खाने समय मिलाउन बिर्सनु हुँदैन।

चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्ने, मात्रा घटाउने वा बढाउने गर्नु हुँदैन। मधुमेह, उच्च रक्तचाप र मुटुका बिरामीले आफ्नो अवस्था अनुकूल हल्का हिँडडुल गर्ने, पर्याप्त निद्रा लिने र तनाव कम गर्ने प्रयास गर्नुपर्छ। खानपान र दैनिक तालिकामा परिवर्तन हुने भएकाले औषधिको समयसमेत मिलाउनुपर्ने अवस्था भए चिकित्सकसँग परामर्श लिनुपर्छ।  

दशैंमा दीर्घ रोग भएका व्यक्तिले मनपर्ने परिकार पूर्ण रूपमा त्याग्नैपर्छ भन्ने होइन। तर मात्रा, बनाउने तरिका र आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्छ। परिवारका सदस्यले पनि बिरामीलाई धेरै खान आग्रह गर्नुभन्दा उनीहरूको स्वास्थ्यअनुकूल परिकार तयार पार्न सहयोग गर्नु उचित हुन्छ।

छाती दुख्ने, सास फेर्न गाह्रो हुने, बेहोस हुने वा अत्यधिक कमजोरीजस्ता असामान्य लक्षण देखिएमा चाडपर्व भन्दै उपचारमा ढिलाइ गर्नु हुँदैन। नियमित औषधि, सन्तुलित खानपान र सक्रिय दिनचर्या अपनाउन सके दशैंको खुसीसँगै स्वास्थ्य पनि सुरक्षित राख्न सकिन्छ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस