दैनिकी
११ पौष २०८१
•
१ मिनेट पाठ
दैनिकी
" ल म आज छिटो आएँ भनेको त दिदी पनि  आईसक्नु भएछ । " उषाले भनिन् ।




" अल्छी गर्न भएन नि । " निशाले जवाफ दिइन् ।

" हेर्नु त पूर्व तिर " । उषाले पूर्व तर्फ सूर्य उदाउनु अघिको लालिमा  देखाउँदै भनिन् ।

उनीहरुसँगै थुप्रै मान्छेहरु डाँडा तर्फ उक्लदै थिए । बस्तीबाट  नजिक भएकोले यो डांडामा प्रात भ्रमण गर्नेहरुको लागि  निकै राम्रो ठाउँ थियो । माथि पुगे पछि चाक्लो चौर पनि थियो । बिहानै शहरका बस्ती र उत्तर तर्फ हिमालको सुन्दर दृश्य देख्दा  सबैको मन नै प्रफुल्ल हुन्थ्यो ।

" हो त है , तृप्तीहरुको योगा टोली त फर्कन पनि लाग्यो क्यार ।" निशाले भनिन् ।  

लामो लामो स्वास फेर्दै उनीहरु छिटो छिटो पाइला चाल्न थाले उकालोमा । केही बेरमा उनीहरु माथी डांडाको थाप्लोमा पुगेपछि उषाले " हजूर यता बस्नुहुन्छ  कि म बसुँ ? " भनेर सोधिन् ।  

" तिमी यतै बस बरु  पर म जाउँला । " निशाले भनिन् ।

उषाले झोला बिसाइन् ।  

" ल एक्सर्साइज सकिएको भए यता आउनुहोस् । " भन्दै झोलाबाट थर्मश र गिलासहरु निकाल्दै चिया बेच्न बसिन् ।

पोखरा ७ मासबार , कास्की ।
अर्को समाचार
किसानको बारीमा कुहिँदै तरकारी
०६ जेष्ठ २०७७
•
१० मिनेट पाठ
किसानको बारीमा कुहिँदै तरकारी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९, हासिवाङकी डिलकुमारी ओलीको दैनिकी पछिल्लो समय फेरिएको छ । उनी चैत ११ गतेदेखि नै घरभन्दा टाढा जान पाएकी छैनन् । घर वरपर घाँसपात काटेर दैनिकी टार्दैछिन् । लकडाउन अघि र लकडाउनपछिको उनको दैनिकी फरक छ ।




लकडाउनअघि घरदेखि झन्डै १४ किलोमिटर टाढा जिल्ला सदरमुकाम खलंगामा तरकारी बेच्ने उनको मुख्य काम थियो । बिहान ३ बजे उठेर तरकारीको डोको बोकेर उज्यालो नहुँदै सदरमुकाम तरकारी पु¥याउने उनको मुख्य काम हो । कोरोना भाइरस फैलने त्रासका कारण सरकारले लकडाउन गरेपछि उनको तरकारी बारीमै छ । न उनले उक्त तरकारी टिप्न पाएकी छिन्, न टिपेको बेच्न नै ।  

ओली मात्रै होइन, हासिवाङका साथै मुसीकोट नगरपालिका वडा नं ३, १२, १३ र १४ का किसानको दैनिकी पनि फेरिएको छ । उनीहरुको अरु बजार छैन । गाउँघरमा तरकारी बिक्री हुँदैन । तरकरी बिक्री गरेर दैनिकी चलाउने तथा आयआर्जन गर्नेहरुका लागि लकडाउनले असजिलो बनाइदिएको छ । महामारी नफैलियोस् भनेर गरिएको लकडाउनले केही सहज भए पनि आफूहरुको तरकारी भने बारीमै रहेको किसानले गुनासो गरेका छन् ।  

बारीको तरकारी छिप्पिने, छिप्पिएको कुहिने तथा खानका लागि अयोग्य हुँदै गएको ओलीले बताइन् । ‘तयार भइसकेको तरकारी बिक्री नहुँदा त्यो बिग्रने भइहाल्यो,’ उनले भनिन्, ‘लकडाउन भएपछि जिल्लाका पसल पनि बन्द भए र तरकारी बिक्री गर्न पाइएको छैन ।’  

यी क्षेत्रका अधिकांश किसानको आम्दानीको स्रोत ताजा तरकारी नै हो । हाल किसानको बारीमा काउली, बन्दा, केराउ, मुला, टमाटर, लसुन, प्याज, रायोलगायत ताजा तरकारी छ ।  

कति किसानले चैत ११ का लागि भनेर १० गते नै बिक्री गर्ने तयारी गरिसकेका थिए । तर ११ गते तरकारी बिक्री नभएपछि त्यो खेर गएको छ । ‘टिपेको मात्रै होइन, टिप्नुपर्ने तरकारी पनि अब काम नलाग्ने हो कि भन्ने चिन्ता बढेको छ,’ मुसीकोट नगरपालिका–३ का भीमबहादुर खड्काले भने, ‘लकडाउन लम्बिएसम्म बजार खुल्ने र तरकारी बेच्ने अवस्था देखिन्न ।’  

खड्काले यस बीचमा बारीमा थप काम गर्न पाइए पनि बारीको तरकारी बजार पु¥याउन नपाउँदा भने अफ्ठ्यारो भइरहेको बताए । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सतर्क आफू पनि रहनुपर्ने बाध्यतालाई पनि बुझेको किसानको भनाइ छ ।  

जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार भनेको सदरमुकाम खलंगा नै हो । खलंगा बजार पूर्ण लकडाउन छ । अत्यावश्यकीय पसल खोल्ने भनिए पनि पहिलाको सबै तरकारी पसल खुल्दैनन् । तरकारी  बोकेर सबै किसान लहरै लागेर बजार पुग्न पनि मिल्दैन ।  

लकडाउनले सबैतिर समस्या भएको मुसीकेट नगरपालिका प्रमुख देविलाल गौतमले बताए । ‘यो समयमा भाइरसबाट बच्नु मुख्य भएको छ, अरु सहायक भएका छन्,’ नगरप्रमुख गौतमले भने, ‘यसको जोखिम कम भएपछि फेरि दैनिकी उसैगरी फर्कने आशामा बस्न अनुरोध गरिएको छ ।’ कोरोना भाइरसका कारण समस्या बेहोर्नुपर्नेहरुका लागि केही राहतको व्यवस्था गर्न सकिन्छ कि भनेर पनि छलफल भइरहेको गौतमले बताए  ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस