‘झ्याउरे छन्दलय कविता लेखन’ विमर्श
२० मंसिर २०८१
•
३ मिनेट पाठ
‘झ्याउरे छन्दलय कविता लेखन’ विमर्श
नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञाप्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा ‘झ्याउरे छन्दलय कविता लेखन’ विषयक विमर्श भएको छ।




नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले झ्याउरे छन्द नेपालको मौलिक छन्द हो।जुन मानव सभ्यता सुरु भएदेखि नै झ्याउरे छन्दलय पुस्तान्तरण हुँदै आएको हो। हाम्रा वेद, ऋचा र मुन्धुम लगायतका कैयौँ ग्रन्थ लयबद्द भएकाले नै सहज रूपमा पुस्तान्तरण हुन सकेको चर्चा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचेको मुनामदनले झ्याउरे छन्द स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।

झ्याउरे छन्दलयमा लेखिएको ‘मञ्जरी’ गीतिकविताको लोर्कापण गर्दै आफ्नो मन्तव्यका क्रममा उनले नेपाली मौलिक झ्याउरे छन्दलयकी अभियन्ता कवियत्री रेणुका भट्टराईले झ्याउरे छन्द पुनर्जागृत गर्न खेलेको भूमिका स्तुति रहेको बताउँदै झ्याउरे छन्दको संवर्द्धन गर्नु भनेको नेपाली मौलिकता बचाउनु हो भनेका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानको देवकोटा सभाकक्षमा भएकाे कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा पद्य काव्य विभाग प्रमुख बाबा बस्नेतलेमौलिक नेपाली झ्याउरे छन्दलयको जगेर्ना गर्न प्रज्ञाप्रतिष्ठान प्रतिबद्ध रहेको बताउँदै आफूले पनि झ्याउरे छन्दलयमा लोकगीत र झ्याउरे गीत गाएको बताइन्।

शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा स्रष्टा हरि मञ्जुश्रीले पौराणिक ग्रन्थ यजुर्वेद र सामवेद लगायतमा झ्याउरे छन्दलय रहेको चर्चा गर्दै झ्याउरे विधासँग सम्बन्धित सङ्गिनी, ख्याली, खैंजडी, भजन र मारुनी भाकाको संवर्द्धन गर्नेबारे जोड दिएका थिए।

प्राडा राजाराम सुवेदीले नेपाली इतिहासका कतिपय कुराको खोजी गर्ने हो भने झ्याउरे भाकामा गाएको पाइन्छ। मूलत: गाउँघरका मौखिक गीतहरू पुस्तान्तरण हुँदै आएका छन् र तिनमा पनि झ्याउरे छन्दलय रहेको बताए।

यसैगरी जनगायक जीवन शर्मा, अब हामीले देशको झ्याउरे लेखौं र यसलाई विश्वमा लैजाऔं भन्ने धारणा राखेका थिए। शब्द, स्वर र सङ्गीतका माध्यमबाट सफल हुन सकिने कुरामा जोड दिए।

यसैगरी संस्कृतविद् प्राडा बीणा पौड्यालले हाम्रो धर्म संस्कृति र परम्परामा पनि झ्याउरे प्रचलनमा रहेका तर झ्याउरे नै हो भनी इतिहासमा समेत प्रष्ट नभएकाले अब यस विषयमा बहस जरुरी रहेको बताइन्।

त्यस्तै अर्का वक्ता लोकसाहित्यविद् प्राडा ध्रुव भट्टराईले हामीले लोक साहित्यमा पढ्दै आयौँ र पढाउँदै आयौँ तर कुन लोकसाहित्यको कुन लोकगीत कुन झ्याउरे के हो भनेर नछुट्टिएको अवस्थामा बास्तवमा झ्याउरे जनबोली लोकसाहित्य हो।

यसको मूल जरो भनेको झ्याउरे नै हो भन्दै अब झ्यााउरेका विषयमा खोजी अनुसन्धान गर्न जरुरी रहेको बताउँदै मुनामदनको झ्याउरे लय लोकप्रिय लय भएकाले नै झ्याउरेको महत्त्व झनै बढाएकोबारे चर्चा गरेका थिए।

भाषाविद् चूणामणि गौतम लगायतले मौलिक नेपाली झ्याउरे छन्दलयकबारे आआफ्नो धारणा राखेका थिए।

काव्य घर नेपाल मिडिया प्रालिका अध्यक्ष, झ्याउरे छन्दलय अभियन्ता तथा कवियत्री रेणुका भट्टराई मञ्जरी ले स्वागत मन्तव्यसँगै कार्यक्रमको ओैचित्यबारे प्रकाश पारेकी थिइन्।

उनले नेपाली शब्दकोशमा झ्याउरे शब्दलाई हेपेर लेखेको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा राखेकी थिइन्। भट्टराईले नेपालीको मौलिक लय झ्याउरे विधाको प्रभाव र छाप धर्म, संस्कृति,संस्कार र परम्परामा पनि रहेको उल्लेख गर्दै झ्याउरे लय र समग्र झ्याउरेको विषयमा खोजी गर्नु पर्ने हामीबिच प्रश्न खडा भएको छ भन्दै नेपालीको पहिचन भनेकै झ्याउरे हो। यसलाई विश्वमा लिएर जान र प्रवर्द्धनका लागि आवाज उठाउन प्रतिष्ठानसँग सहकार्य गरिएको प्रष्ट पारेकी थिइन्।

यसैबिच भट्टराईको शब्द, सङ्गीत र स्वरमा मञ्जरी झ्याउरे गीतिकविताको अडियो समेत सार्वजनिक भएको थियो।

कवियत्री भैरवी भूगोलको उद्घोषण रहेको उक्त कार्यक्रममा इन्दिरा ढकाल, पवित्रा दाहालको झ्याउरे कविता, शान्ति पौडेलले ढुण्डीराज पोखेल,नरहरि प्रेमी र डाक्टर जनपाली लगायतले ‘झ्याउरे छन्दलयका कविता वाचन गरेका थिए।

अन्तिममा दस मिनेट प्रश्नोत्तरको तथा विमर्श कार्यक्रम राखिएको थियो। यस विमर्शमा वरिष्ठ पत्रकार तथा गीतकार गोपाल थपलिया लगायतका प्रश्नको उत्तर वक्ताहरूले दिएका थिए।

इतिहासमा नै यस किसिमको कार्यक्रम हुनु भनेको आफैँमा ऐतिहासिकता झल्किएको सहभागी रहेका स्रष्टा द्रष्टा व्यक्तित्वहरूको भनाइ रहेको थियो। कार्यक्रममा करिब एक सय जति सर्जक र विधागत विशेषज्ञहरूको उपस्थिति रहेको थियो।
अर्को समाचार
विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित
३० कार्तिक २०८१
•
४ मिनेट पाठ
विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित
साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित भएकी छन्।




अनलाइन अभिलेखको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा राईलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि वैरागी काँइला (तिलविक्रम नेम्बाङ), प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा राना, नेपाल स्रष्टा समाजका अध्यक्ष, वरिष्ठ साहित्यकार एवं सम्मान छनोट समितिका संयोजक श्रीओम श्रेष्ठ ‘रोदन’, मौलाशोभा राई लगायतले नगद पचास हजार राशि, ताम्रापत्र र दोसल्लासहित राईलाई सम्मान अर्पिएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति वैरागी काँइला र विशिष्ट अतिथि माननीय उपसभामुख इन्दिरा रानाले मैनबत्ती बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

प्रमुख अतिथि पूर्व कुलपति काँइलाले साहित्य लगायतका विविध क्षेत्रमा नयाँ खालको पुरस्कार र सम्मानको थालनी भएकोमा खुशी व्यक्त गरे। “यो सम्मान उत्तर आधुनिक खालको सम्मान हाे। भइरहेकाे भन्दा छुट्टै खाले काम गरेर डा. पुरण राईले विनिर्माण शैली अपनाउनुभएकाे छ। यसरी आमाको नाउँमा सम्मान गरेर डा. राई धन्यवादको पात्र हुनुभएकाे छ।” 

प्रमुख अतिथि पूर्व कुलपति काँइलाले जन्म दिने आमाको नाउँमा आमालाई सम्मान गर्नु सराहनीय कार्य भएको र आमाको दुखको कहानी धेरै गहिरिएर कुनै पनि साहित्यकारले आजसम्म नलेखेको बताउँदै आमाको भूमिकाबारे धेरै लेखिन बाँकी रहेको बताए।

विशिष्ट अतिथि उपसभामुख इन्दिरा रानाले सम्मानित व्यक्तित्व आमा विमला राईसँग बाल्यकालमा बिताएको सम्झना र सिकेका अनुशासनबारे स्मरण गर्दै आमाहरूको सम्मान राज्यले मात्र नभएर हरेक व्यक्तिले गर्नुपर्नेमा जोड दिइन्। साहित्यकार पारिजातसँग भेट्दाका अनुभूतिहरू पनि उनले सुनाइन्।

कार्यक्रमका अर्का वक्ता प्राडा खगेन्द्रप्रसाद लुँइटेलले विश्वविद्यालयमा पुरण आफ्नो विद्यार्थी भएको चर्चा गर्दै आमाको नाममा इमान्दार भएर सम्मान राखेकोमा बधाई दिए। उनले सम्मानित व्यक्तित्वकी छोरी साहित्यकार दीपा राई पुनसँगको पहिलेदेखि नै चिनापर्चीको भएकाे बताए।

उनले नेपाली साहित्य लगायतका क्षेत्रमा पुरस्कार र सम्मानमा विकृति बढिरहेकाे बेला आफ्नो विद्यार्थीले उल्लेख्य काम गरेकाे भन्दै खुसी व्यक्त गरेका थिए।

कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्मानको थालनी गरेका डा. पुरण राई र सम्मानित आमा विमला दुवै बधाईको पात्र भएको बताए। उनले आमाले जन्माएको छोराले आमाको नाममा पुरस्कार राख्ने काम पहिलो र उदाहरणीय भएको बताए।

उनले भने,“आमाको नाउँमा कमाइको केही अंश छुट्टयाएर अर्की आमालाई सम्मान गर्नु आदर्शवादी छोराको उत्कृष्ट नमूना हो। आजको कार्यक्रममा सहभागी सबैले यो सकारात्मक सन्देशलाई फैलाउनुपर्छ। सम्मानित व्यक्तित्त्व संघर्षले खारिएर सार्थक जीवन बिताएकी महिला हुन्।”

डा. पुरण राईले स्वागत मन्तव्यकाे क्रममा बुढेसकालीन जीवन व्यतीत गरिरहेकी आमाहरू सामाजिक सुरक्षाका दृष्टिले असुरक्षित, अपहेलित र एक्लो हुँदै गएको दुखद् परिस्थीतिमा यस्ताे कार्यले सार्थक सन्देश प्रवाह गर्न आफूले उक्त सम्मानकाे स्थापना गरेकाे बताए।

डा. राईले भाषा, साहित्य, कला, संस्कृति,आर्थिक, राजनैतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने बताए। उनले अरू धेरै क्षेत्रका लागि पुरस्कार र सम्मान स्थापना भएको तर आमाको नाममा नभएको, आमालाई सम्मान गर्नुपर्छ भन्ने सोच र आमाको सामाजिक सुरक्षाका लागि उक्त सम्मानको स्थापना गरेको बताए।

कार्यक्रममा वक्ताहरूले बाबुको नाउँमा जताततै काम भइरहेको बेला आमाको नाउँमा सम्मानको स्थापना गरेर डा. राईले प्रंशसनीय काम गरेको बताए।

स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक रहेको छनोट समितिमा डा.चमा थुलुङ, विमला तुम्खेवा, कमल ज्ञवाली र सिद्धराज राई सदस्यकाे रूपमा रहेका थिए।

नेपाली साहित्यमा दीपा राई पुनले पुरयाएको योगदानस्वरूप उनकी आमालाई सम्मान गरिएको हो। दीपा राई पुनको जन्म दिनको अवसर पारेर उनकी आमा विमला साङपाङ राईलाई सम्मानले गरिएकाे हाे।

साहित्यकार डा राईको केही समयअघि  वसन्त ऋतु उपन्यास, लाशमाथिको मानव नाटक, अस्तु कथासंग्रह, कोभिड डायरी डरका बिम्बहरू, सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता अलङ्कारविधानको जस्ता कृति प्रकाशित छन्।

सम्मानित व्यक्तित्वकी छोरी साहित्यकार,गीतकार एवं समाजसेवी दीपा राई पुनले आफ्नो आमाको सम्मानले आफू सम्मानित भएको महसुस गर्दै आफ्ना बाल्यकालका भोगाइ पस्किन्। यसैगरी उनले आमाप्रतिका मार्मिक उद्गार समेत राखिन्।

त्यसैगरी कार्यक्रममा विजया सुब्बा, नारायणप्रसाद शर्मा समेतले सम्मानित व्यक्तिको व्यक्तित्वको चर्चा गरे।

साहित्यकार प्रदीप सापकोटाको सञ्चालनमा गरेको उक्त कार्यक्रममा कोशी प्रदेश साँसद मिना श्रेष्ठ, अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसी, निर्णायकहरू रासस महाप्रबन्धक सिद्धराज राई, कमल ज्ञवाली, योगेन्द्रकुमार राई, कार्यविधि संयोजक देविलाल दाहाल, नेपाल एयरलाइन्सका उपनिर्देशक मुकेशमान प्रधान, साहित्यकार र समाजका विभिन्न क्षेत्रका महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस