कथाकार भट्टराईको ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण
०२ मंसिर २०८१
•
१ मिनेट पाठ
कथाकार भट्टराईको ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण
नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण भएकाे छ।




कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा, रोचक घिमिरे, स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन ’, प्राडा महेशकुमार आचार्य, वरिष्ठ साहित्यकार पवन आलोक, प्राडा गोविन्दप्रसाद पौडेल, डा. दिनबन्धु शर्मा र कृतिकार जीवराज भट्टराई लगायतले लोकार्पण गरे।

वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा कथाहरू उत्कृष्ट भएको अनुमान गर्न कठिन नहुने बताए।

वरिष्ठ साहित्यकार रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिंदै साहित्यका क्षेत्रमा देखिएका विकृतिहरू चिर्नुपर्ने औंल्याए।

समालोचक डा. शान्तिमाया गिरी र प्राडा गोविन्दप्रसाद पौडेलले कथासङ्ग्रहमाथि टिप्पणी गरे।

स्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले कृति प्रकाशनको अवसर दिएकोमा भट्टराईलाई धन्यवाद दिंदै नयाँ कृतिको लागि बधाई ज्ञापन गरे। उनले साहित्यिक क्षेत्रमा देखिएका विकृति र विसंगतिविरुद्ध सबै लाग्नुपर्ने खाँचो औल्याए।

स्रष्टा जीवराज भट्टराईको कृति सफलताको निम्ति प्राडा महेशकुमार आचार्य तथा डा. दीनबन्धु शर्माले शुभकामना मन्तव्य राखे। कार्यक्रमको स्वागत समाजका सचिव प्रकाश घायल तथा सञ्चालन उपाध्यक्ष डा. सदानन्द कडेलले गरेका थिए।
अर्को समाचार
नेपाल स्रष्टा समाजले अर्पियाे तिवारी आमालाई ‘दमन्ता खनाल स्मृति स्रष्टा सम्मान’
१० वैशाख २०८२
•
२ मिनेट पाठ
नेपाल स्रष्टा समाजले अर्पियाे तिवारी आमालाई 
‘दमन्ता खनाल स्मृति स्रष्टा सम्मान’
नेपाल स्रष्टा समाजले लोकगीत सर्जक, गायिका लक्ष्मी तिवारी (तिवारी आमा) लाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान-२०८१’ अर्पिएको छ।




नेपाल स्रष्टा समाजले आयोजना गरेकाे कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, संरक्षक पवन आलोक लगायतले तिवारी आमालाई उक्त सम्मान अर्पिएका हुन्।

नगद २० हजार एक सय एघार नगद राशि, सम्मानपत्र र दोसल्ला सहितको उक्त सम्मान लोकगीत सर्जक, गायिका पाल्पा, रामपुर निवासी तिवारीलाई सम्मान अर्पिएको हो।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले ‘आमाप्रति माया र सम्मानभाव प्रकट गरेर आमाको जन्मदिनकै दिन सम्मान समर्पण गर्ने व्यवस्था मिलाउने पुष्पा खनाल धन्यवादको पात्र हुन्।

उनले अगाडि भनिन्, ‘गाउँघरका दिदीबहिनीहरू पनि प्रतिभावान् हुन्छन् भन्ने ज्वलन्त उदाहरण लक्ष्मी तिवारी हुन्।’

समाजका संरक्षक पवन आलोकले सम्मान प्राप्त गर्ने र सम्मान स्थापना गर्ने दुवैलाई धन्यवाद दिए।

यसअघि पुरस्कृत व्यक्तित्व तिवारी आमाको व्यक्तित्वबारे डा. शान्तिमाया गिरिले प्रकाश पार्दै पाल्पा रामपुर निवासी लक्ष्मी तिवारी तिवारी आमाको नाउँले प्रख्यात भएकी बताइन्।

डा. गिरिले समाजका विकृति र विसंगतिमाथि सिलोक, तीज गीत, रोइला रत्यौली गीतको माध्यमबाट पस्कने गरेको बताइन्। दुई कक्षा मात्र पढेकी तिवारी नाच्न पनि उत्तिकै निपुण रहेको पनि गिरिले बताइन्।

‘तिवारी मौलिक लोकगीत गायन र सिर्जनामा सक्रिय छिन्। सामान्य लेखपढ गरेकी भए पनि समाजका विकृति र विसंगतिविरुद्ध जुध्ने स्वभावकी उनी यस्ता कुराहरूलाई गीत, कविता तथा सिलोक मार्फत प्रस्तुत गर्ने गर्दछिन्। तीज गीतहरूमा परदेशिएका नेपालीका पीडाहरू उनले उजागर गरेकी छन्।’ 

पुरस्कृत स्रष्टा तिवारीले उतिबेला छोरीले पढ्नु हुन्न भन्ने मान्यताले पढ्न नपाएको बताइन्। उनले राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनाइन्। उतिबेलाको छोरीको पीडा पनि गीतमा प्रस्तुत गरिन्। रामपुरको महिमा झल्कने सिलोक पनि सुनाइन्।

कार्यक्रममा अध्यक्षता गरेका समाजका अध्यक्ष रोदनले जहिल्यै राजधानीका मात्र स्रष्टाहरू सम्मानित र पुरस्कृत हुन्छन् भन्ने आम सोचाइ नेपाल स्रष्टा समाजले तोडेको बताए। उनले भने, ‘नेपाल स्रष्टा समाज काठमाडौंमा मात्र सीमित छैन्। यसको ज्वलन्त उदाहरण आजको सम्मान हो।’

उनले पुरस्कार स्थापना गर्ने पुष्पा खनालप्रति आभार व्यक्त गर्दै पुरस्कृत व्यक्तित्वलाई बधाई दिए।

रञ्जना निरौलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समाजका सचिव प्रकाश घायलले स्वागत मन्तव्य व्यक्त गरे।

गीतकार पुष्पा खनालले विसं २०७५ मा आफ्नी आमाको नाममा यो सम्मानको स्थापना गरेकी हुन्। ओझेलमा परेका नारी स्रष्टालाई उक्त सम्मान प्रदान गरिदै आएको आयोजकले बताएका छन्। 
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस