वय पुगेपछि
१७ कार्तिक २०८१
•
५ मिनेट पाठ
वय पुगेपछि
घामको एक धर्सो छैन। तीन दिन भो कोदेझरी लागेको। अझै कति दिन लाग्ने हो टुङ्गो छैन। असोजको पहिलो हप्ता बितिसकेको छ। खेतको धान पोटाउने तरखरमा देखिन्छ। निस्कन थालेका छन् गोदावरीका कोपिला। एकहुल केटाकेटी दसैं आउन लाग्यो भन्दै रमाएर खेलिरहेका छन्। कोही हाम्रो बाबा काठमाडौँबाट आउँदै हुनुहुन्छ भन्दै साथीहरूलाई सुनाएर मज्जा लिँदैछन्।




थपिनी काकीलाई चिन्ता लाग्न थालेको छ। वर्षाको समयले धेरैको ज्यान लियो। बाढीपहिरोमा मर्नु दुःखद् कुरा हो भन्दै फतफताइरहेकी छिन्। अब रहे त हुने हो, यो सिमसिमे झरी। चिन्ता सबैको यस्तै छ। तर, यो हामीले भनेर कहाँ रहन्छ र अझै कति बिगार गर्नुपरेको छ? त्यो नगरी यस्को चित्त बुझ्दैन जस्तो छ। थपिनी काकीको रोष पनि छ। यसको मुख्य कारण तीन वर्ष विदेश बसेको छोरो घर फर्कंदै गर्नु पनि हो।

गाउँमा खसीबोकाको मोलतोल हुन थाल्यो। धान, चामलको जोहो भइरहेको छ। परदेश गएकाहरूको घर आउने खबर सुनिन थालेको छ। केटाकेटीहरू मेरा बाबा, मेरा काका फलानो दिन आउने भनेर उत्साहमा छन्। विद्यालय बन्द हुनै लागेको छ। नयाँ लुगा र नयाँ नोटको चर्चा हुँदैछ घरघरमा। जमरे औँसी आउन केही बाँकी छ तर पनि लाग्छ दसैं आइनै सक्यो जस्तो।

झरीले गर्दा जङ्गलका जुका घरमै आइसकेका छन्। ओभानो कुनै ठाउँ छैन। मुसाहरूले घर खनेर चाल्नो पारेका छन्। मकैका घोगा र खोया लगेर मुसाले प्वाल भरिसकेका छन्। यस्तो झरीमा पनि खत्रिनी आमाको मनमा आगो बलेको छ। शान्त छैन मन। खत्रिनी आमाले बा केही लागो पो छ कि भनेर धामी बलवीरलाई जोखाना हेर्न लगाइन्। धामीले कुनै दोष नरहेको बतायो। उनले फेरि अहेवलाई आफ्नो विवरण सुनाइन्। अहेवले सबै राम्रो छ, तपाईंले चिन्ता लिए जस्तो छ, कम गर्नु भने। बाबू दूध उम्लिएझैँ उम्लिएर आउँछ, मेरो भित्र के छ? कसैले पत्ता लगाउन सकेन, म के गरौँ भनेर सुँक्कसुँक्क रोइन्। विचरा अहेवसँग यस्तो कुनै उपाय थिएन, जुन कुराले उनको मन शान्त होस्।

बाहिर जाडो भएको अनुभव भएर न्याना कपडा लाइरहेकी छु। तर, भित्र यति जलन छ, सबै भिजेका ठाउँ सुकाइसक्यो। मलाई किन यस्तो भएरहेको छ? चिन्ताग्निले जलेको धेरै भो, अझै निभ्ने छाँट छैन। खत्रिनी आमा बर्बराइरहेकी छिन्। पानीले पूरा धर्ती जलमग्न भएको बेला खत्रिनी आमाभित्र यो ज्वालामुखी कसरी विस्फोटनको तयारी गर्दैछ, त्यो कसैले बुझ्न सकेनन्।

गलेको भुइँ भत्कनु नौलो कुरो भएन। वर्षौं पहिला लगाएको पर्खाल, खत्रिनी आमा विवाह गरेर आएको साठी वर्ष पुग्यो र पनि उस्तै थियो। त्यो आज बीच भागबाट भत्कियो। पानीले गरेर भत्केको ठानियो। त्यसबारे कसैले कुनै चासो र शङ्का लिएनन्। तर, खत्रिनी आमा भने यसरी कहिल्यै नभत्केको पर्खाल कसरी भत्क्यो भन्ने चिन्तामा परिन्।

उनको मनले भन्छ–यो अनिष्टको सङ्केत हो। परिवारका सदस्य भने यस कुरालाई मान्न तयार छैनन्। यो पानीले गलेर हो भन्ने सम्झाउनमा तल्लीन छन्।

परदेश गएकाहरू आए। चौतारामा पिङ हल्लिन थाल्यो। नयाँ लुगामा पुतली जस्ता देखिए नानीहरू। कस्को खसी कत्रो र कस्तो छ भनी नानीहरू तर्क गर्न थाले। अब टीकाको दिन आउन यति बाँकी छ, सबैजना हातका औँला गन्न थाले। खत्रिनी आमामा भने कुनै उत्साह र परिवर्तन छैन। सबै उस्तै छ, चैतको उराठी दसैंको रौनकले छोएको छैन।

बादलको एक हूल कोसीबाट उठेर माथि जुरेको टाउकोमा पुग्न लागेको छ। विश्वास छ- जुरेले फेटा बाँध्यो भने अझै पानी पार्छ। परापूर्वकालमा किराँतीहरूले यसलाई लिब्जु उपो मानेर माले गोरुको भोग दिन्थे रे। अहिले भने सेतो हाँस चढाउने चलन छ। यहाँ सेतो फूल, अक्षता र सेता पक्षी मात्र चढाइन्छ। यसको आफ्नै धार्मिक अस्तित्व छ।

सप्तमीको तयारी हुँदैछ। फूलपाती भित्र्याउन सबै तयारी पूरा भएको छ। त्यसै त केटाकेटी, त्यहाँमाथि दसैं, रमाउने नै भए। आज पानी अलि रोकिएको जस्तो भएको छ। तर, हावाहुरी र चट्याङ भने पर्दैछ। वर्षा केही कम भयो तर खत्रिनी आमाको मुहार उस्तै छ। बुहारीले नयाँ लुगाका लागि कर गरिन्। अहँ उनले मानिनन्। यो सफा छ, मैलो भएको छैन। लुगा मैलो नभई अर्को फेर्नु हुन्न। यस्तै भनेर पञ्छन खोजिन्। बुहारी पनि कर गर्नुको फाइदा नहुने देखेर चुप लागिन्।

बिस्तारै दसैंको नयाँ श्रृङ्खला सुरु भयो। भोलि त घरघरमा खसी काट्ने दिन। नानीहरू खुब रमाएका छन्। कस्कोमा पहिला काट्ने? कोको हेर्न जाने? कस्ले कसरी काट्छ? त्यसको रमितामा रमाउने दिन। (बलीप्रथा राम्रो होइन तर परम्परादेखि मानिआएको भएर मान्ने चलन छ।) यही चर्चा छ उनीहरूबीच। भोलि कतिबेला उठ्ने र केके गर्ने? तालिका पनि बन्दैछ। जुठो परेको भैरव काकाको घरमा काटमार हुँदैन। बिसन र शान्तालाई ककस्कोमा निम्ता गर्ने? पूरा तयारी केटाकेटीको हुँदैछ। आनन्द मानेर धर्म बा चोटाबाट केटाकेटीका संवाद सुनिरहेका छन्।

पुराना मान्छेमा एउटा विशेषता हुन्छ। उनीहरू सपनामा देखेको कुरा सार्थक हुन्छ भन्छन्। माइला बा आफैँ सधैँ गोठमा बस्ने मान्छे। उनको परिवार भनेको नै घरका जहान र वस्तुभाउ थिए। उनको देश परदेश भनेको यही खेती थियो। उनी यसैमा रमाएका थिए। केही वर्ष पहिला उनले एउटा कुराको उजागर गरे। गोठबाट हतारहतारमा बिहानका राति घर आए। उनी घर आउँदा जहान केटाकेटी सुतिरहेका थिए। हैन तिमीहरूले थाहा पाएनाैं कि क्या हो? कान्छाको छोरो जन्मेको? बाउले त मलाई गोठमा भन्नुभएको हुनाले म त गोठधन्दा सकेर आएको। माइला बाको कुराले घरका सबै छक्क परे। गोठ घरभन्दा धेरै टाढा छ। त्यहाँ कसैले बोलाएको पनि सुनिदैन। यो राति यो सन्देश कसरी पाए? घरका सबै छक्क परे।

माइला बाले अझ सुनाए-छोरोको शरीरमा प्रष्ट दाग छ भन्ने। त्यो कुराको अड्कल कसैले अन्धकारमा गरेका थिएनन्। भोलिपल्ट हेर्दा छोराको छातीमा दाग देखियो। बितेका बाले यसरी सपनामा भनेको कुरा कसरी मेलखान आयो? अहिले पनि यो कुराको चर्चा हुने गरेको छ।

धुम्मिएको मौसमजस्तै धुम्मिएर बस्दा बस्दै आज पूर्णिमाको दिन आइपुग्यो। बिहान सबैजना नुहाइधुवाइ गरेर टीका विसर्जनको तयारीमा लागे। टीका विसर्जनको शङ्खध्वनिसँगै आकाशमा मेघ गर्जियो। यो वर्ष अचम्म भो! यस्तो हिले दसैं कहिल्यै चाल नपाएको अनुभव बुढाहरूले तमाखुको सर्कोसँगै बाँडे।

धनपति बाले भने- दसैंमा यसरी वर्षा हुनुलाई राम्रो मानिन्न। यो अनिष्टको सङ्केत पनि हो। यसलाई देवी रोएको भन्थें हाम्रा बाजेहरू। उनले आफूले सुनेका कुरा सुनाए।

चट्याङको झिल्को देखेर सानो नाति डरायो। आमा आगो आयो भन्दै हजुरआमाको काखमा गएर लेपासियो। क्षणभरमा ढोडको थाङ्ग्रोसहित बडहरको रूख जलेको दृश्य आँगनको डिलबाट देखियो। चराहरूले चित्कार भरे। भुकिरहेका कुकुरहरू शान्त भए। कुनै हलचल भएन। सबै स्थिर भयो। यहीबेला खत्रिनी आमाको चित्कार निस्कियो-मरेँ मेरो बाबा!

उनले च्यापिरहेको नातिलाई भूँइमा फालेर आफूले लिएका सबै पीर–चिन्ता बिसाइन्। बूढापाकाहरूले भने-मान्छे धुम्मियो भने यसको वय पुगेको हुन्छ।
अर्को समाचार
८२ प्रतिशत बालविवाह गर्नेहरू उमेर पुगेपछि पछुताउँछन्
२६ असार २०८०
•
४ मिनेट पाठ
८२ प्रतिशत बालविवाह गर्नेहरू उमेर पुगेपछि पछुताउँछन्
अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरू। तस्विरः महेश्वर
कुरकुरे बैँसमा बालविवाह गर्नेहरू उमेर पुगेपछि पछुताउने गरेको पाइएको छ।उमेर नपुगी एक अर्काको आकर्षणमा परे पनि उचित अभिभावकत्वको कमीका कारण वैवाहिक बन्धनमा बाँधिने किशोर किशोरीहरू उमेर पुगेपछि श्रीमान् श्रीमतीबिच बुझाइको कमीले पछुताउनु पर्ने गरेको भेटिएको छ। 




बाल विवाह गर्ने अधिकांश युवायुवतीको जीवनशैली उमेर पुग्दै गएपछि कष्टपूर्ण हुने गरेको एक तथ्याङ्कले देखाएको छ।महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले उदयपुरका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहमा गरेको बालविवाह गर्नेहरूको भोगाइमा आधारित खोज अनुसन्धानले यस्तो तथ्य फेला पारेको हो।अनुसन्धानको क्रममा देखिएको अवस्था र चुनौतीलाई समाधान गर्ने उपाय संकलन गर्न  मंगलबार सरोकारवाला निकाय र व्यक्तिहरूसँगको गरिएको अन्तरक्रियात्मक कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक बन्दना दनुवारले प्रस्तुत गरेको तथ्याङ्कमा यो कुरा उल्लेख छ। 

दनुवारले प्रस्तुत गरेको तथ्याङ्क अनुसार ६५ प्रतिशतले १४ देखि १८ वर्षमा र ३५ प्रतिशत १८ देखि २० वर्षमा विवाह गरेको पाइएको छ। उमेर नपुगी विवाह गर्नेमध्ये ८२ प्रतिशतले उमेर पुगेपछि पछुताउनु परेको बताएका छन्। बेलैमा विवाह गर्दा पढाई छुटेको, गृहिणी जीवन बिताउन गाह्रो परेको, छोराछोरीको स्याहार सुसार, खेतीपातीको पेसा अपनाउनु परेको र आफुसँगैका साथी सँगी बिभिन्न तह तप्कामा पुगेर जागिर, व्यापार र पेसा व्यवसायमा रमाएको पाउँदा पछुतो लाग्ने गरेको गुनासो गरेको सर्वेक्षणले देखाएको छ।

अनुसन्धानका शोधकर्ताहरूले बिहे गर्ने कारण, भेटघाट र मायामोहबारेमा गरेको प्रश्नमा ५० प्रतिशतले एउटै विद्यालयमा पढ्दा चिनजान भएर, २९ प्रतिशतले गाउँघर र छिमेकी भएकाले र २१ प्रतिशतले सामाजिक सञ्जालमार्फत चिनजान र सामिप्यता बढेर बिहे भएको बताएका छन्। स्थलगत अनुगमन गरेर स्वयम् पीडित महिलाहरूसँग गरिएको कुराकानी र अन्तरवार्तामा उनीहरुले प्रेम गरेको परिवार र समाजले थाहा पाएपछि डरत्रासले उमेर नपुगी भागेर बिहे गर्नुपरेको बताएको तथ्याङ्कमा देखिएको छ।

भागी विवाह गर्ने अधिकांशको परिवारको अवस्था सामान्य रहेको र विवाहपछि घर गृहस्थी जीवन व्यतित गर्नुपरेको पाइएको छ। शैक्षिक अवस्थाको बारेमा ४४ प्रतिशतले ८ कक्षा र ३० प्रतिशतले माध्यमिक तहसम्म अध्ययन गरेको सोधकर्ताहरुको अनुसन्धानले देखाएको छ। तथ्याङ्कमा विवाह गरेको केही समयमै गर्भवती भएको र शिक्षक, साथीहरूबाट हेलाहोचो गर्ने, जिस्क्याउने, आर्थिक अवस्था कमजोरीका कारण परिवारले पढाई लेखाई  गराउन नसक्ने बताएपछि विद्यालय छोड्नु परेको बताएका छन्।

प्रत्यक्ष संम्बादमा उनीहरुले साथीसँगको लहैलहै र हौसला, केटाले आत्महत्या गर्ने धम्की, परिवारले स्वीकार नगर्ने, विवाहपूर्व शारीरिक सम्पर्क, प्रेम सम्बन्धबारे परिवार र छर छिमेकले थाहा पाउँदा विवाह गर्न बाध्य हुनुपर्ने कारणहरू बताएको पाइएको छ। संस्थाले राष्ट्रिय जनगणना २०७८ को स्रोतलाई समेटेर तथ्याङ्क तयार गरिएको कार्यकारी निर्देशक दनुवारले बताएकी छिन्। जनगणनाको तथ्याङ्कले ५ वर्षयता ३ हजार ६ सय ८२ जनाले २० वर्ष अगावै विवाह गरेको देखाएको छ। युवा नेतृत्व र बाल विवाह अन्त्य सम्बन्धी रेडियो उदयपुर, युवा महिला सञ्जाल र सामाजिक गतिविधिको माध्यमबाट कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले बाल विवाहबारे यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले यो अनुसन्धान गरिएको अन्तरक्रियामा संस्थाकी अध्यक्ष ज्योति दनुवारले बताईन्। 

कार्यक्रमकी प्रमुख अतिथि १ नं. प्रदेशकी उपसभामुख सृजना दनुवारले समृद्धिको आधार भनेकै बालबालिका भएकाले उनीहरूको संरक्षण र सम्र्बद्धनमा ध्यान दिनु आवश्यक रहेको बताईन्। कलिलो उमेरमा जे शिक्षा र ज्ञान दिन सक्यो त्यहीँ उमेर पुगेपछि परिवक्क अवस्थाको नागरिकको हैसियतले गर्ने भएकाले बालबालिकालाई कलिलै उमेरमा आधारभूत सामाजिक ज्ञान दिनुपर्ने उपसभामुख दनुवारले बताईन्। त्यसका लागि बालबालिकाहरूलाई असल, व्यवहारिक र संस्कारयुक्त शिक्षा आवश्यक पर्नेमा उनको जोड थियो।

उपसभामुख दनुवारले समाजमा विकृति, विसंगति धेरै बढ्दै गएको भन्दै त्यसको न्यूनीकरण र अन्त्यका लागि राज्य र सरोकारवाला गैरसरकारी सङ्घसंस्थाको समन्वयमा शिक्षा, स्वास्थ्य र मानव विकासमा लगानी गर्न सुझाइन्। भविष्यमा प्रतिफल देखिने गरी काम गर्न सके मात्र बालविवाहलाई निस्तेज गर्न सकिने उनको भनाई थियो।

कार्यक्रममा त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले बालविवाह न्यूनीकरण गर्न सर्वपक्षीय सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि सहकार्य गर्न नगरपालिका तयार रहेको बताईन्। प्रतिफल चाँडै निस्कने गरी कार्यक्रम लिएर आउन अनुरोध गर्दै उपमेयर राईले नगरपालिकाको तर्फबाट हातेमालो गर्न सधैँ तयार रहेको प्रतिबद्धता जनाइन्। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, एसपी ज्ञानेन्द्र फुयाल, वडाध्यक्षहरू र बिभिन्न सरोकारवाला निकायका व्यक्तिहरूले बालविवाह न्यूनीकरणका लागि एकीकृत योजना बनाएर सामूहिक अभियान सञ्चालन गर्न सुझाएका थिए। अलग–अलग अभियान सञ्चालन गर्दा प्रतिफल देख्न नसकिएको अनुभवबाट सिक्दै अव सामुहिकरुपमा काम गर्न उनीहरुको आग्रह थियो। 

क्याप्सन: 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस