‘अर्हत’माथि सम्यक दृष्टि
०१ कार्तिक २०८१
•
९ मिनेट पाठ
‘अर्हत’माथि सम्यक दृष्टि
मूलरले चिनाएजस्तै उपन्यास मानव अनुभवको निरुपण हो जहाँ जीवनको आलोचना रहन्छ अथवा क्लारा रिब्सले व्यक्त्याए जस्तै उपन्यास वास्तविक जीवन,चालचलन, र आफ्नोल समयको तस्वीर पनि हो।




समय गतिशील छ र यही गतिशीलताले मान्छेको सभ्यतालाई आजको बिहानीसम्म ल्याइपुर्‍याएको छ। यस अर्थमा उपन्यास समयको अभिलेखन पनि त  हो। त्यसैले उपन्यासको चियोचर्चो गर्दै गर्दा अर्नेष्ट ए बेकरलाई सम्झन्छु उनले भनेका थिए कि उपन्यास कल्पित आख्यानका माध्यमबाट गरिएको जीवनको व्याख्या नै हो।

संसार थरीथरी मान्छेहरूको बगैँचाजस्तै छ र रुचि क्षमता र भावका अनेकौं आयामहरू पनि छन्। त्यसैले त संसारको यो विराटता सिर्जना भयो। दर्शन, विचार र सिध्दन्तका पहाडहरू खडा भए, एक अर्काको पहाडका उचाइ सम्वर्धन र प्रवर्धनका निम्ति अर्काको अग्लाइ ताछ्ने, भत्काउने र खुइल्याउने परिघटनाहरू पनि बग्रेल्ती जन्मन थाले जहाँबाट युध्द, हिंसा र संहारका डरलाग्दा उपक्रमहरू पनि प्रारम्भ भए। हिंसाबाट वैश्विक शान्तिको परिकल्पनासाथ जन्म भयो बुध्द दर्शन। आज धेरैले मन पराउने, स्वीकार गर्ने तर अपनाउन नसक्ने व्यावहारिक र आवश्यक दर्शनको रूपमा व्याख्येय छ बुध्दवाद।

त्यसैलाई लिएर आख्यानकार शैलेन्द्र अधिकारीले अर्हत उपन्यास रचना गरेका छन् जुन बुध्दको धरावतरणदेखि मृत्युसम्मका केही महत्त्वपूर्ण परिघटनाहरू बटुलेर तयार गरिएको छ। मूल कथालाई नबङ्ग्याईकन काल्पनिक कथासूत्रको आवरण दिएर यसको संरचना गरिएको छ। यो एकप्रकारले बुध्दको जीवनीको बुनोटमा तयार भएको संरचना हो।

बुध्दको जन्मसमयदेखि आजसम्म सिध्दार्थ गौतम कतै इतिहास, कतै मिथक र कतै धर्मगुरु भएर बाँचेका छन्। कसैले बुध्दलाई सामान्य साधुसन्तका रूपमा प्रस्तुत गरेका छन्  त कसैले सिध्द महामानव वा असाधारण देवताका रूपमा।  

यस उपन्यासमा शैलेन्द्रले सिध्दार्थ गौतमलाई ज्ञानको उचाइ उक्लिएका सामान्य धर्मगुरुका रूपमा कथानायक बनाएका छन्।

उपन्यासको कथानक

उपन्यासको कथानक बुध्दजीवनी नै हो। उपन्यासको प्रारम्भ गौतम बुध्दको महापरिनिर्वाणपछि भिक्षु सङ्घमा आएका र आउन सक्ने मतान्तरहरूलाई मध्यनजर गरेर प्रस्तावित  भएको कल्पित प्रथम भिक्षु सम्मेलन (सङ्गयाना)बाट गरिएको छ।

यस उपन्यासको मूल कथा कुशिनगरको शालोद्यानमा नै उब्जाएर त्यहाँ नै समाप्त गरिएको छ जहाँ बुध्दको महापरिनिर्वाण प्राप्त भएको थियो। यो कथानकको सूत्र भने उपन्यासकारको कल्पनाशीलताबाट औपन्यासिकता सिध्द गर्न तयार गरिएको हो। बुध्दको इहलीला समाप्त भएको स्थानमा विशाल चैत्य निर्माण गरिएको थियो।त्यसैको उद्घाटनमा भिक्षु आनन्दले दिएको पाँच घण्टा लामो प्रवचन नै उपन्यस्त विषय हो।

पाँच घण्टा लामो प्रवचनलाई लेखकले पैतालिस उपशीर्षक दिएर कथाहरूको विस्तीर्णता तयार गरेका छन्। गौतम बुध्दको मृत्यु तथा मृत्यु संस्कार वर्णित प्रारम्भ खण्ड र प्रवचन तयारीको दोस्रो खण्ड समेतको योगलाई हेर्दा यस उपन्यासको लम्बाई सत्चालिस खण्डसम्म पुगेको देखिन्छ।

प्रथम खण्डलाई आदाहनोत्सव भनिएको छ जहाँ बुध्दको मृत्युको चर्चा रहेको छ। त्यसपछि दोस्रो खण्डमा चैत्य निर्माण र उद्घाटनका प्रसङ्गहरू छन्। तेस्रो खण्डमा बुध्दले आफ्नो आयु क्षीण हुँदै गएको र महापरिनर्वाण समय भइसकेको चर्चा आनन्दसँग गरेको सन्दर्भ छ।

सम्यक् दृष्टि प्राप्त भइसकेका बुध्दात्माहरूले तीन महिना अगाडिदेखि नै आफ्नो मृत्युको पूर्वसङ्केत गर्छन्  तदनुरूप बुध्दले आनन्दसँग आफ्नै मृत्युको पूर्वघोषणा गरेका र त्यसलाई शोकसुर्ताको समयको रूपमा होइन बरु नियमित प्राकृतिक प्रक्रियाको रूपमा लिन सुझाएका प्रसङ्गहरू छन्।

धेरै खण्डहरूमा अनोमा १ भनेर आफ्नो सन्यस्त जीवनको प्रस्थानविन्दु रहेको आनोमा नदीलाई सम्वोधन गरेर कथा प्रारम्भ भएका छन्।

यसभित्र अन्य, उद्विग्नता, अग्निज्वाला, प्रज्ञान, मरुद्यान, दुःखबोध, सर्वत्याग, वुभुक्षा, उग्रपथ, विवर्तन, पदानुग, भोगवृत्ति, निस्श्रेयसोन्मुख, सोत्सव, दौहृदय, सत्पथ, कर्मविपाक, नृपाभिमान, दीपस्था, विषयभोग, अंश, दादृता, अपमार्ग, उपस्थाता, कामाग्नि, विमुक्ति, मृत्युपर्यन्त, वीजवपन, प्रणाश, नृमांश, प्रमुदिता, प्रेमार्त, दूषण, मनस्पूत, जातदर्प, दुर्नियत, प्रतिहनन्, विहित, अपकर्ष, विच्छेदन, विलयन, स्वप्नदर्शन, विदेह,परिपूर्ण आदि उपशीर्षकहरूमा भिन्नभिन्न घटनाका कथाचूर्णकहरूको प्रयोगमार्फत देखाइएको छ।

सनातन धर्मग्रन्थहरूमा श्रीकृष्ण अर्जुन सम्वादबाट निर्मित गीता,परिक्षित शुकदेव सम्वादबाट निर्मित भागवत् भएजस्तै यसमा पनि आनन्दले आफूसँग बुध्दले कुन प्रसङ्गमा के विषयको सम्वाद गरेका थिए भन्ने स्मरण भिक्षुहरूसँग गरेका छन्। यो एकप्रकारले धर्मदेशनाको पुनस्सिर्जनबाट बनेको छ। बुध्दवादमा सबै जात, धर्म, संस्कृति, परम्परा र पेशा, व्यवसाय भएकाहरू एकैस्थानमा अटाउन सक्छन् भन्ने देखाउन अङ्गुलिमाल जस्ता हिंस्रकहरू, भद्दा जस्ता प्रेमार्तहरू, वेश्याहरू, राजपुत्रहरू ऋषि मनिषिहरू एकै भान्सा, छाना र संस्कारमा दीक्षित गरेर देखाइएको प्रसङ्ग कथामा समेटिएको छ।

पात्रहरू

उपन्यासकारले प्रस्तुत उपन्यासमा पनि बुध्दकालीन परिवेश र भोगाइहरूबाट तत्जन्य पात्रहरू नै टपक्क टिपेका छन्। बुध्दका जीवनका महत्त्वपूर्ण क्षणमा निकट रहेका आनन्द, अनाथपिण्डक, सारिपुत्त, महाकश्यप, मौद्गल्यायन, प्रजावती गौतमी, यशोधरा, शुध्दोधन,अजात शत्रु, देवदत्त, प्रजितसेन, महानाभ, विशखा, विड्डुभहरूलाई भूमिकामा देखाएका छन्। प्रधान भूमिका गौतम बुध्द र आनन्दको नै रहेको छ।

परिवेश

उपन्यासको मूलभूत परिवेश उपन्यासकारले सिर्जना गरेका काल्पनिक परिदृष्य र घटनाहरू निर्मित छ। बुध्दको महापरिनिर्वाणको पहिलो वर्ष शालक्योद्यानमा निर्मित चैत्य उद्घाटन क्रममा भिक्षु आनन्दले दिएको पाँच घण्टा लामो प्रचनलाई केन्द्रीय परिवेश बनाइएको छ।

भिक्षु आनन्दलाई प्रमुख वक्ता बनाएर प्रारम्भ गरिएको प्रवचन पाँच घण्टा चलेको देखाइएको छ र प्रवचनको समाप्तिसँगै उपन्यस्त परिवेश अन्त्य भएको छ। यसरी हेर्दा प्रत्यक्षत: कुशिनगरको शालक्योद्यान नै मूल भौगोलिक परिवेश देखिन्छ भने अप्रत्यक्षत: वर्तमानमा बुध्दसर्किटको कल्पना गरिएको लुम्विनीदेखि श्रावस्ति, कुशिनगर, वैशाली, नालन्दा, बोधगया हुँदै सारनाथसम्मको लामो भूखण्डलाई यसले अप्रत्यक्ष भूपरिवेश बनाएको छ। जहाँजहाँ बुध्दले पुगेर तप साधना गरे, धर्मदेशना गरे तिनलाई अप्रत्यक्ष रूपमा अभिलेखन गरिएको छ।

प्राकृतिक परिवेश प्रत्यक्षत: वसन्त ऋतुको बैशाख पूर्णिमाको दिन आनन्दले प्रवचन दिएको समय नै हो भने अप्रक्षतस्बुध्दले ज्ञानप्राप्तिका लागि गरेका प्रेरणादायी तपस्चर्या, गर्मीमा पञ्चाग्नी तपन, जाडोमा बरफमा गरिएका ध्यान साधना र ज्ञानप्रप्तिमा अभ्यासहरुका चर्चा गरिएका छन्।

उतिबेलाको राजधर्म,राजनैतिक खिचातानी, शक्तिको होडबाजी,सत्ताप्राप्तिका तिकडम, हत्याका श्रङ्खलाहरूलाई मानवीय परिवेशका रूपमा  यसभित्र समेटिएका छन्।

उपन्यासको दार्शनिक भवभूमि वा प्राप्ति

प्रथमत: उपन्यासले सबै वैचारिक धारहरूको सङ्क्षेप मध्यमार्ग नै बुध्द दर्शन हो भन्ने तथ्यलाई सकारेको छ। बुध्दवाद नवमार्ग र मानव धर्मको मार्ग हो भन्ने दृष्टान्त दिएको छ। धेरै लेखकहरूले दर्शनका पीठिकाबाट आफ्ना शब्दका जलप लगाएर मौलिकताको पाण्डित्य देखाउन खोज्छन् र त्यहाँबाट चिप्लिएर फुस्सा पाउने गरेका छन् तर लेखक त्यस हर्कतबाट जोगिएर बुध्द दर्शनको कथ्य भाँच्ने कोसिस गरेका छैनन् त्यो लेखकीय इमानदारी उनले प्रकट गरेका छन्। चार आर्यसत्य, अष्टाङ्ग, उनका मानवीय उपदेशहरू र शान्तिका लागि दिएका प्रवचनहरू जस्ताको  तस्तै प्रस्तुत गरेका छन् तर बुध्दले अन्त्यमा ज्ञान हासिल गर्न प्रयोग गरेका विपश्यनाको जति चर्चा  हुनुपर्थ्यो त्यो अटाएको छैन।

मुर्तिपूजाभन्दा महान कार्य मानवता पूजा हो। शान्ति बाहिर होइन आफूभित्रबाट नै खोज्न सकिन्छ र सांसारिक दुस्ख निवारणका लागि त्यसको कारणसम्म पुगेर उधिन्नुपर्छ। कारण मिटाउन सकियो भने दुस्खको समूल अन्त्य हुन्छ। जब दुस्ख रहँदैन तब शान्ति र सुखको लदावदी रहन्छ। संसार अति सङ्ग्रह, लोभ, डाह र ईर्ष्याको अग्निमा जलिरहेको छ त्यसबाट त्राण पाउन त्रिशरण नै एक मात्र उपाय भएको बुध्द विचारको भावलाई उपन्यासमा दुरुस्त उतारिएको छ।

जतिबेला दीपङ्करहरू, शङ्कराचार्यहरू, अन्य ऋषिकुलका तपस्वीहरूको सनातनी ध्यान, ज्ञान र औपदेशिक गुरुकुलहरू प्रचलनमा थिए गौतम बुध्दले त्यतिबेला यो नयाँ धारणा जन्माएका थिए र त्यसलाई संस्कारित गर्दै सङ्गठनात्मक स्वरूप पनि दिएका थिए। उनको धारणा क्रान्तिकारी ,समसामयिक र नवपन्थको प्रवर्तन पनि थियो त्यो सम्यक एवम् मध्यमार्गी थियो भन्ने सत्यलाई लेखकले अङ्गीकार गरेको पनि देखिन्छ।

समग्रमा उपन्यासको मूल भावभूमि बुध्द दर्शनको आलोक हो र त्यसैको प्रकाशलाई वर्तमान पुस्ताको रुचिअनुकूल बनाएर पठनीय सामङ्ग्रीको उज्यालो पस्किनु नै लेखकको ध्येय रहेको देखिन्छ।

संरचनात्मक कला र भाषिक प्रस्तुति

"अर्हत" उपन्यासकाे मूल शीर्षक बनाइएकाे छ। संस्कृतमा यसलाई "अर्हःप्रशंसायां कर्म्मणि शृत: अथवा स्थितार्थवादी च देवाेहर्न परमेश्वर: वा तन्मतं सर्व्बदर्शनसङ्ग्रहात् सङ्गृह्यते। ननु न कश्चित पुरुषविशेष: सव्वज्ञपदवेदनीय: प्रमाणपध्दतिमध्यास्ते सद्भावग्राहकस्य प्रमाणपञ्चकस्य तत्रानुप ..! 

यसको भाव पूजनीय स्तुतियोग्य व्यक्तिलाई दिइने पदवी वा विशेषणलाई नै अर्हत् भनिएको हो। सारमा अर्हतको अर्थ उपासना वा स्तुति गर्न योग्य महापुरुष हो। यस उपन्यासमा सिध्दार्थ गौतमलाई मूल नायक बनाएर उनको जीवनको समग्रतालाई चित्रण गरिएको छ।

सिध्दार्थ गौतमले राजसी भोगमय  जीवन छोडेर त्याग र शान्तिको मार्ग चयन गरे। संसारलाई शान्ति ,आनन्द र सत्यको आलोक दिएर सम्पूज्य बने। त्यसैले उनको नामलाई अनुकूल हुने एकशब्दीय शीर्षक विषयानुकूल छ। उपयुक्त चयन भन्न सकिन्छ।

उपन्यासमा विन्यस्त कथातत्वलाई संस्मरणात्मक शैलीमा श्रृङ्खलित रुपले प्रस्तुत गरिएको भएपनि पहिले उपशीर्षक र दोस्रो उपशीर्षकमा जोडिने तन्तु अलिक कमजोर भएको महशुस हुन्छ किनकि बुध्दको महापरिनिर्वाण पश्चात् भएको सङ्गायनामा र चैत्य उद्घाटनमा भिक्षु आनन्दले दिएको पाँच घण्टे प्रवचन एकै हो वा भिन्न रु पाठक अलमलमा पर्छन्।

आजका पाठक गहिराइमा पुगेर तथ्यलाई केलाउने जाँगर कम राख्छन् र सतहबाट नै तथ्यबोधको अपेक्षा राख्दछन् त्यसैले उपन्यसको कथाश्रृङ्खलामा बाँकि सबै उपशीर्षकहरुमा मिहीन ढङ्गको योजकत्व छ । यी दुई उपशीर्षकमा पनि उस्तै रसायन भइदिएको भए अझै यसको प्रभावकारिता बेजोड हुनसक्थ्यो । यहाँनेर योजक विच्छिन्न छ वा प्रसङ्गहीनता पाठकले महशुस गर्नु नपरेको भए हुन्थ्यो भन्ने ठान्छन्।

लेखकले उपन्यासको भाषा चयनमा निकै कसरत गरेका छन् र कथानुकुलता सिध्द शब्दचयन र वाक्यगठन भएको छ। बुध्दवादसँग जोडिएका दार्शनिक शब्दावलीलाई अर्थयुक्त बनाउन शब्दार्थ खण्ड थपिएकाले बोधमा उतिसारो कसरत पर्दैन पनि। अधिकांश वाक्यहरू सरल छन्। बोधगम्य छन् र ठाउँठाउँमा शान्त रस प्लावित भएर रसार्द्र बन्दै  छुर्लुप्प बनाउने अवस्था सिर्जना गरेका छन्। यसो हुँदा हुँदै पनि केही ठाउँमा सङ्गतिगत बेमेल र निकै कम भाषिक टुटफुट रहनु उपन्यासको गरिमापूर्ण बनोट मान्न सकिन्छ।

अन्त्यमा नेपाली औपन्यासिक साहित्यको वर्तमानमा अर्हत् उपन्यासले भिन्न र अलग अस्तित्व कायम गर्ने निश्चित छ। महाभारतीय उपन्यासको उपजीव्यतामा संरचित योजनगन्धा र कृष्णा उपन्यासहरु उही विषयवस्तु र भिन्न संरचनाले तयार भएका यस अघिका प्राप्तिहरू हुन्।

उस्तै बुध्दको जीवनीको मूल कथातन्तु र अलग धार  लिएर  बनेको यस उपन्यासको  शालीन प्रस्तुतिले नवीन स्थापना दिएको छ। बौध्द साहित्यको इतिहास र मिथकहरुका पुन: सिर्जनबाट औपन्यासक उपलब्धि शून्यप्रायस् भएको नेपाली साहित्यमा अर्हतको प्राप्ति बेजोड ,गणनीय र एतिहासिक रहने छ।  
अर्को समाचार
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
१० साउन २०८२
•
९ मिनेट पाठ
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
लघुकथाको क्षेत्रमा खेमराज पोखरेल कुनै अपरिचित नाम होइन। सामाजिक माध्यम खासगरी फेसबुक पेजहरू जसले उनलाई लघुकथाको क्षेत्रमा स्थापित गर्न मेरुदण्डको काम गरेको छ भन्दा अतिशयोक्ति नहोला। लघुकथाबाट नेपाली साहित्याकासमा उदाएका पोखरेललाई लघुकथाकार, आख्यानकार, समीक्षक मात्र होइन परदेशी भूमिमा रहेर पनि नेपाली साहित्यको सेवामा लागिपर्ने साहित्यकारका रूपमा नेपाली साहित्यिक जगतले स्विकारिसकेको छ। यसका बलियो प्रमाण हुन् -उनले सम्पादन गरेका करिब तीन दर्जन पुस्तक। यसका साथै उनले नेपाली साहित्यको श्रीवृद्धि गरेबापत थुप्रै सम्मान तथा पुरस्कार पनि पाइसकेका छन्। उनको साहित्यिक यात्राको निरन्तरताको शुभकामना दिंदै यहाँ भने उनको पछिल्लो कृति एकालापको मात्र चिरफार गरिएको छ।




विषय प्रवेश

एकालाप पोखरेलकाे लघुकथाको सातौं कृति हो। लघुकथा लेखनबाहेकको उनले निबन्ध, कथा, पाठ्यपुस्तक, साहित्यिक पुस्तक सम्पादन गर्दै आइरहेको देखिन्छ। उनको लगाव लघुकथामा बढी देखिन्छ। एकहत्तर लघुकथा सङ्ग्रहित “एकालाप” का सबै लघुकथाका शीर्षकहरू “एक” शब्दबाट सुरु भएका छन्।

यस सङ्ग्रहमा एक शब्दको पछाडि अर्को शब्द थपेर दुई पदीय शीर्षक राखेर उनले आफ्नाे पृथक् शैली प्रस्तुत गरेका छन्। उनले कृतिको शीर्षक एकालाप राख्ने कारणबारे यस्तो लेखेका छन्, “जिन्दगीभित्रका अनगिन्ती धारावाहिक पाटाहरू रहेका हुन्छन्। यो भने मैले जीवनसँग गरेको एक आलाप मात्र हाे तर न त जीवनले मेरो आलाप सुन्यो न मैले आलाप गर्न छोडे। परिणति एकालाप हो।” 

उक्त कथनबाट यो कृतिको शीर्षकले स्वत: सार्थकता पाएको बुझिन्छ। आवरण कलामा एक व्यक्ति मेचमा बसेर एकालाप गरिरहेको बुझ्न पाठकलाई हम्मे पर्ने छैन। मोलुङ फाउन्डेसन कोटेश्वर काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको आवरण कला राजेन्द्र तारकिणीको रहेको छ भने लेआउट केदार आचार्यले गरेका छन्। हिमालयन एकेडेमी प्रेस कुपन्डोल, काठमाडौंले मुद्रण गरेको यो लघुकथासङ्ग्रहको शुद्धाशुद्धि पाठ बिमल अधिकारी, कोलोराडो अमेरिकाको रहेको छ। २०८१ भदाैमा प्रकाशित पुस्तक किनेर पढ्ने, सङ्कलन गर्न वा अनुसन्धानका लागि प्रयोग गर्ने जो काेहीको पनि मूल्य भने असुल हुने देखिन्छ।

पाेखरेलले लघुकथाविज्ञ डा. हरिप्रसाद भण्डारीलाई भूमिका लेख्न दिएर पुस्तकलाई थप आधिकारिकता प्रदान गरेका छन्। “उम्दा लघुकथाहरू” अन्तर्गत आफ्नाे धारणा राख्दै डा. भण्डारीले लेख्छन्, “पछिल्लो समय नेपाली लघुकथाको अभियानमा खेमराज पोखरेलको नाम अग्रपङ्क्तिमा आइरहेको छ। लघुकथाका सैद्धान्तिक आधारमा हेर्दा उनी कतै चुकेका छैनन्।” डा. भण्डारीको यो कथनले पाठकलाई लघुकथा पढ्न उत्प्रेरित गरेको छ।

लेखकको भनाइ पुस्तकको सुरुमा राख्ने शास्त्रीय शैली तोड्दै उनले लघुकथासङ्ग्रहको अन्त्यमा आफ्नाे परिचय, भनाइ र प्रकाशित/सम्पादित पुस्तकहरूको विवरण राखेका छन्। यो प्रयोगले उनलाई समयसापेक्ष चल्न सक्ने लेखकको रूपमा परिचय गराउन मदत मिलेको छ।

एक सूर्यदेखि एक सम्भोगसम्म

एक सूर्य शीर्षकको लघुकथाबाट सुरु गरिएको यो लघुकथासङ्ग्रह एक सम्भोग शीर्षकको लघुकथामा पुगेर अन्त्य गरिएको छ। लघुकथाकार पोखरेलले यस सङ्ग्रहको पहिलो लघुकथामा आप्रवासनको विषय समेटेका छन्। पोखरेलले आप्रवासी पुस्ता र अमेरिकामा नै जन्मिएका पहिला सन्तान पुस्ताको द्वन्द्व कौशलपूर्ण कथानकमा उतारेका छन्। लघुकथा पढ्दा यस्तो लाग्छ, यो कुनै कथा होइन यथार्थ हो।

उक्त लघुकथामा पाकिस्तानी पात्र खडा गरिएको छ। अन्य देशको आप्रवासीको ठाउँमा नेपाली आप्रवासीलाई नै पात्रको रूपमा ल्याउन सकेको भए यो लघुकथाले अझ नेपालीत्व पाउँथ्यो।

सम्भोग यो लघुकथासङ्ग्रहको अन्तिम लघुकथा हो। म नेपाली पात्र र जेसिका अमेरिकी पात्रका वीजको कथा बुनेर यस लघुकथामा नेपाली र अमेरिकीको प्रेम र सम्भोगप्रतिको दृष्टिकोण देखाउन खोजीको छ।

समीक्षक रुद्र अधिकारी ‘निर्दोषी’
यौन विषय नेपालमा सङ्कुचित भए पनि अमेरिकीहरू भने खुला छन् भन्ने देखाइएको छ। लघुकथाको अन्तिम वाक्यमा भनिएको छ, “म तिमीलाई साथीको रूपमा प्रेम गर्छु। सेक्स पार्टनरका रूपमा होइन। मेरो प्रेमी अर्कै छ, जससँग म दैविक आनन्दमा सम्भोग गर्छु।”

उक्त वाक्य आफैंमा लामो त छँदै छ, यसले पाठकलाई झट्का दिन पनि सफल भएको देखिंदैन। यद्यपि लघुकथाले प्रेम र सम्भोग फरक विषय हुन भन्ने पाठ सरल भाषामा पाठकहरूलाई सिकाएको छ। यो लघुकथाबाहेक उनले एक अस्तित्व, एक वरदान, एक भर्जिन, एक पीडा, एक आन्नद, एक माया, एक रखौटी, एक स्टायल, एक यन्त्र, एक जेनेरेसन र एक अलगाव जस्ता थुप्रै पारपाचुके, श्रीमान् श्रीमती विवाद र यौन सम्बन्धी लघुकथा लेखेका छन्।

उत्कृष्टताका नमुनाहरू

लघुकथा लेखन र समीक्षामा पारङ्गत पोखरेलका केही लघुकथा उत्कृष्टताका नमुनाहरू हुन भन्दा फरक नपर्ला। उदाहरणको रूपमा एक समय, एक लास, एक आरक्षण, एक अप्राप्ति, एक युद्ध, एक दान, एक नियम, एक चस्मा, एक आकाङ्क्षा, एक याचना, एक गोरु, एक परिवर्तन, एक डस्टविन, एक रगत, एक भेट्रान, एक आसन, एक दुदानी, एक अपाङ्ग, एक मूर्च्छना, एक मुक्ति र एक फर्मुला लगायतलाई लिन सकिन्छ।

यी लघुकथाले सामाजिक यथार्थता र मनोविज्ञानको मात्र चित्रण गरेका छन् आदर्शको स्वाद पनि पाठकलाई चखाउन सफल भएका छन्। त्यसैले पोखरेलका लघुकथाहरू आदर्श र यथार्थताको संयोजनले भरिपूर्ण उत्कृष्टताका नमुनाहरू हुन भन्ने दुई मत देखिंदैन !

खेम पात्रको पृथकता

पोखरेल आफ्नै नाम खेमलाई पात्रको रूपमा प्रयोग गरेर पृथक् शैली अपनाएका छन्। एक भेद, एक समय, एक राष्ट्रियता, एक वरदान, एक युद्ध, एक भ्यागुतो, एक साथी र एक मूर्च्छना लगायतका लघुकथामा “खेम” लाई पात्र बनाइएको छ। कतिपय लघुकथा “म” पात्रको पनि प्रयोग गरिएको पाइन्छ जुन अरू लेखकले पनि प्रयोग गर्दै आइरहेका छन्। मानव र मानवेतर दुवै पात्रको प्रयोगले लघुकथामा रोचकता थपेका छ।

कृतिको शीर्षक नै एकालाप भएर होला कतिपय लघुकथामा उनले आफ्नाे मनमा आएका विषय र प्रसंगको आलाप गरेका छन्। उदाहरणको रूपमा एक युद्धलाई लिन सकिन्छ। यस लघुकथामा उनी मसानसँग संवाद गरिरहेका हुन्छन्। मसानले भन्छ, पढेको हुँ भन्छस्। यत्ति कुरा पनि बुझ्दैनस्? आखिरी मान्छेले जिन्दगीलाई युद्ध ठानेपछि युद्धले दिने त विनाश त हो, तनाव त हो नि, खेम।

यसैगरी एक भ्यागुतो शीर्षकको लघुकथामा उनले नागरिकता र आप्रवासनबारे आलाप गरेका छन् भने एक साथी लघुकथामा असल साथीलाई आलापबाटै चिनाएका छन्। पात्रमा मात्र होइन कतिपय लघुकथामा पनि पृथक्ता भेट्न सकिन्छ। सबै लघुकथाको नाम एकबाट सुरु हुनु , एक कथा शीर्षकको लघुकथामा जन्मदिनबारे कलात्मक कथा बुन्नु, प्रश्नाेत्तर शैली अपनाउनु, मनोवाद वा नाटक शैलीमा लघुकथा लेख्नु यी र यस्ता धेरै सन्दर्भ र प्रसंगहरूले पोखरेललाई पृथक्ता प्रदान गरेका छन्।

अन्योल, बिस्तार र निराशा

पोखरेलका लघुकथाहरू सन्देश, विषय छनौट, पात्र चयन र कथानक पक्षमा अब्बल हुँदा हुँदै पनि कतिपय अवस्थामा उनी चुकेको देखिन्छ। उदाहरणको रूपमा एक पुल, एक सिर्जना, एक पीडा, एक वरदान, एक भर्जिन, एक बुझाइ, एक रखौट, एक रुवाइ र एक स्वतन्त्रतालाई लिन सकिन्छ। एक वरदान लघुकथाको अन्तिम वाक्य झड्का दिने हुनुपर्ने र त्यसपछि बिस्तार गर्नु नपर्ने मान्यतामा लेखक चुकेका हुन् कि? लेखक बोल्नु लघुकथामा राम्रो मानिंदैन।

उक्त लघुकथामा बिस्तार भएको देखिन्छ। एक सिर्जना आफैंमा सकारात्मक शीर्षक भए पनि लघुकथा पढ्दा धेरै निराशा भेट्न सकिन्छ। एक रङ्को प्रश्न उत्तर शैलीमा लेखिएको लघुकथा पहिलो र मध्य भागमा राम्रो हुँदा हुँदै पनि अन्यमा नेता र जनतालाई रङ्गसँग तुलना गरिएको प्रसंग अकस्मात आएको छ जसको माथि कुनै सम्बन्ध छैन। उनका नगण्य लघुकथामा एकभन्दा बढी आयामको प्रयोग गरेको पाइन्छ। उदाहरणको रूपमा एक मुक्ति र एक पूजालाई लिन सकिन्छ।

सैद्धान्तिक पक्ष

पोखरेल लघुकथाकार मात्र नभई एक कुशल समीक्षक पनि भएकाले उनकाे अधिकांश लघुकथामा सैद्धान्तिक पक्ष मजबुत देखिन्छ।

प्रायजसो सङ्गृहीत लघुकथाहरूको कौतूहलपूर्ण र आकस्मिक उठान गरिएको छ भने कथाको बुनोटमा द्वन्द्व पनि सिर्जना गरिएको छ। उनका लघुकथा पढिरहँदा एक वाक्यमा उठान र अन्त्य गर्ने मान्यता अलि खुकुलो भएको आभास हुन्छ। विषयवस्तुको प्रष्टता, संवादको प्रयोग र पात्रहरूबीच वार्तालाप प्राय: सबै लघुकथामा भेटिन्छन्। अधिकांश लघुकथा एक समय, एक स्थान, एक घटनामा सीमित रहे पनि केही भने कालखण्डरहित हुन सकेका छैनन्। शब्द सीमामा उनी कटिबद्ध मात्र देखिंदैनन् उनका सबै लघुकथा एउटा कुमालेले साँचोमा राखेर बनाएका एउटै आकारका भाँडाकुँडा जस्ता देखिन्छन्।

लघुकथा समापनमा विद्युतीय झड्का दिनुपर्ने मान्यतामा उनी समर्पित देखिएको भए पनि कतिपय लघुकथा बिस्तार भएको देखिन्छ। कम पात्रको प्रयोग उनको विशेषता नै रहेछ भन्दा फरक नपर्ला।

समग्रमा उनका लघुकथाहरूको सैद्धान्तिक पक्ष सबल भएकाले एकालाप पाठक, अनुसन्धानकर्ता, समीक्षक र लघुकथाबारे रुचि राख्ने जो कोहीका लागि पनि सङ्ग्रहणीय सामाग्री हुन सक्छ।

निष्कर्ष

निष्कर्षमा भन्नु पर्दा पोखरेलको एकालाप लघुकथासङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा आएको छ। अधिकांश लघुकथाको विषयवस्तु नेपाली र अमेरिकी समाज छ। स्वदेशी तथा विदेशी परिवेश पस्कनु उनको विशेषता नै देखिन्छ। कला, संस्कृति, चालचलन, रीतिरिवाज, विकृति, विसंगति, मानवीय भावना, श्रीमानश्रीमतीको सम्बन्ध, पारपाचुके, यौन, सामाजिक, आर्थिक र राजनैतिक विषयवस्तुलाई उनले विदेशी र स्वदेशी कोणबाट प्रस्तुत गरेका छन्।

यो लघुकथासङ्ग्रह कुनै दस्तावेजभन्दा कम छैन। कतिपय कथनमा पात्रले स्थानीय भाषाको प्रयोग गर्नुपर्ने सन्दर्भमा पनि नेपाली भाषाको प्रयोग गरिएको छ भने कतिपय नेपाली शब्द हुँदा हुँदै अन्य भाषाको प्रयोग गरिएको छ।

सरल भाषाशैली, स्वत: स्फूर्त कथन र स्थानीय लवजको समिश्रणले कथालाई काल्पनिक नभएर यथार्थको नजिक रहेको पुष्टि गरेको छ। प्रस्तुतिगत विशिष्टताले भरिपूर्ण लघुकथाहरूको बुनोट, विषय, स्वरूप, तत्त्व र सैद्धान्तिक पक्ष बलियो देखिन्छ। यद्यपि लघुकथा क्षेत्रको सैद्धान्तिक दृष्टिकोणले बामे सरिरहेको वर्तमान निरपेक्षमा लघुकथाका पाठकले पोखरेलका लघुकथाहरूलाई नमुना र आदर्श ठान्नु अस्वाभाविक होइन। तसर्थ उनका लघुकथाहरू पढ्नेले उनीबाट ठूलो अपेक्षा मात्र राखेका हुँदैन “म उहाँको जस्तो लघुकथा लेख्छु” भनेर आदर्श व्यक्तिको रूपमा पनि मान्यता दिइरहेका हुन्छन्।

पाठकको उक्त अपेक्षा ख्याल गर्दै आगामी दिनमा आकर्षक छोटो वाक्यबाट लघुकथाको सुरुवात गर्ने, श्रीमान् श्रीमती, पारपाचुके, यौन र अन्य सामान्य विषयभन्दा पनि अलि फराकिलो र गम्भीर विषय छनौट गर्ने, स्थानीय भाषालाई सोही भाषा र लवजमा उद्धरण दिएर उल्लेख गर्ने, कथालाई अलमल नगरी टुङ्ग्याउनु, छोटो र बिस्ताररहित झड्केदार समापन गर्न र नेपालीबाहेक अन्य भाषाको कम प्रयोग गर्न सके उनका लघुकथाहरूले सगरमाथा चुम्ने थिए।

आदर्श र दर्शनका विषय र प्रसंगहरू उनका लघुकथाहरू विशिष्ट छन् भन्ने बलियो प्रमाण हुन्। धेरै राम्रा र सामान्य सबै खाले लघुकथा यस सङ्ग्रहमा अटाएकाले अग्रज, समकालीन र नवआगन्तुक सबै खाले लघुकथाप्रेमीका लागि उनको एकालाप सङ्ग्रहणीय पुस्तक हुन सक्छ। लघुकथाको उन्नयनमा लामो समयदेखि योगदान पुर्‍याउदै आएका पोखरेललाई उनले नेपाली साहित्य र लघुकथाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै अनवरत साहित्यिक यात्राको शुभकामना!
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
सलल बगिरहने खोला हुँँ
सलल बगिरहने खोला हुँँ
नागरिक नागरिक • · १४ असार २०८२ · २ मिनेट पाठ
यो तस्बिरमा वस्त्र
गाेपाल पराजुली गाेपाल पराजुली • · १४ असार २०८२ · १ मिनेट पाठ
यो शब्दमा श्रीपेच
गाेपाल पराजुली गाेपाल पराजुली • · १७ जेष्ठ २०८२ · १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस