हराएको सम्बन्ध
२८ भदौ २०८१
•
३ मिनेट पाठ
हराएको सम्बन्ध
साँहिली हेर्दै थिइन कृष्णाको अनुहारमा हिजोअस्तिभन्दा पनि बढी खुसीले आज चहक थिए। दशैंको चहलपहल आफ्नै आँगनैमा थियो। त्यसमाथि कृष्णा आफ्नो भाइ हरि पनि टीका लाउन आउँछे भन्ने खबरले खुसी भई उडिरहेको थियो। करिब पाँच वर्ष भयो होला भाइ हरि कलहको जरो गाडेर पानी बाराबारको नरमाइलो घाम छर्किदै बाहिरिएको थियो। कृष्णा मिलनसार भए पनि हरि आफ्नी श्रीमतीको लहलहैमा लागेर घरै छाडी अन्यत्रै लागेको थियो।




'साँहिली साँच्चै हरिको सानो अर्को छोरो पनि छ हैन र।'

'दुई वर्षको सानो छोरो छ नि', साँहिली आफ्नो श्रीमानलाई हेर्दै भन्छे।

'विचरा हरि दुईदुई बच्चा कसरी हुर्काउँदै होला' कृष्णा त्यसै बरबराउँदै भन्दै थियो। उनको मनमा भाइप्रति श्रद्धा  जागिरहेको थियो। हुन त सौतेनी आमापट्टिको भाइ थियो। जति कृष्णाको हक लाग्थ्यो उत्ति हरिको पनि हक लाग्थ्यो तर स्वभावैले घमण्डी अनि श्रीमतीको कुरा सुनेर बढी नै कलह गरेर अंश लिएर छुटेका थिए।

उक्त घटनाले कृष्णाको मन टुटेका थिए। लाख कोसिस गर्दा पनि केही सीप नलागेर कृष्णा चुप लागेको थियो। जथानाम गालीगलौजा गर्न पछि नहटेका हरि आफ्नो दाज्यूसँग कहिले नि आमुनेसामुने नहुने भनी गाउँको जायजेथा अरूलाई नै बेचेर बस्तीभन्दा पर गुमनाम हुन्छन्। सद्भाव र भाइचाराको अलि मर्दन पनि नराखी हरि अलगिएको थियो।

'दाजु र भाइको अलिकति त सीमाको ख्याल राख्नु बाबू समाजले के भन्छ।' 

जाने बेला कृष्णाको अनुनय भावुक हुँदै गुञ्जिरहेको थियो । मतिभ्रष्ट भैसकेका हरि किन सुन्थ्यो र। त्यसपछि उनीहरूको अत्तोपत्तो नै लागेन।  यसो बुझ्दा सीमापारि नाघिसकेको भन्ने हल्ला फिँजिएको रै छ।

यसरी एउटा सम्बन्ध जोगाउन खोज्दा खोज्दै पनि एकतर्फी रूपले टाढिएको थियो। मान्छेमा विवेक र सद्भाव हराएपछि केही नलाग्ने रै छ। नियतले नियतिसँग पनि पर्खिनुपर्छ । अन्यथा बदनियतलाई भाग्यले पनि कहिले साथ दिंदैन।

आफूभन्दा ठूलाको केही नै कदर नराखी हिंडेको परिणाम समयको हुरी पनि रुष्ट हुँदा हरि परदेशमा जम्न सकेनन्। भएको सम्पित्त पनि खर्चेर नै सक्यो। उनको श्रीमती स्तन  क्यान्सरले दुई बच्चा छाडी संसार छोडेर गइन्।

यसरी हरि बिरानो ठाउँमा विचलित हुन पुग्छ्न्। दुई थोपा आँसु खसाल्न पनि नसकिने पराया देशमा बिलकुलै उ एक्लिएको महसुस गर्छन्।

बल्ल दाजु कृष्णाको वचन र अनुनयको यादले मन भारी तुल्याउँछ्न्। मनलाई धिक्कारिंदै प्रायश्चित गर्न पुग्छन् । यसपालिको दशैंमा दाज्यूको हातबाट टीका थाप्न हरि आउने खबर उनले आफ्नो साथीमार्फत् पठाएको थियो।

बाहिर ढोकाबाट घण्टीको आवाजले कृष्णाको एक्लो तरङ झस्किन पुग्छ। जुरुक्क उठेर झ्याल बाहिर नियालेर हेर्दा बाहिर हरि उभिरहेको देख्छ्न् साथमा दुइटा ससाना बच्चा पनि उभिरहेको थिए। कृष्णाको खुसीको सीमा नै रहेनन्। कृष्णा दगुरेर तल ढोका खोल्न जान्छ्न्।

'संकोच मान्नु पर्दैन आउ भित्र आउ न।'  अलि अप्ठेरो मानिरहेको हरिलाई हेर्दै भन्छ्न्।

आफ्नो दुई बालकलाई दुई हातले बेरिरहेका हरि गहभरि आँसु झारिरहन्छन्।

'दाइ मलाई माफ गरिदेउ'  भन्दै दाजुलाई धोग गर्छन्।

'धैट्ट लाटा, म तेरो दाइ त हुँ नि कोही पराया हुँ र।' कृष्णाको आवाजमा आत्मिय झल्किरहेको थियो।

आखिर पैसामा तौलिएर छुटाएको सम्बन्धलाई कृष्णाले कदापि मानेनन् बरु उनले हराएको सम्बन्धलाई भित्रैदेखि रगत सिंचित गरी आत्मियमा बाँधिरहेका थिए।

उनमा परिवार र रगतको नाता धेरै गाढिएको रहेछ। आज दशैंको दिन आफ्नो हराएको परिवार आफ्नोसामु उभिरहेको देख्दा लाख लाख दुर्गा भवानीलाई स्मरण र दण्डवत गर्छन्।

हरि र बच्चाहरुलाई कृष्णा दोर्‍याइ माथि लान्छन् हरि दाजुको हातबाट टीका र जमरा थापी आर्शिवाद माग्छन्। आफूले गरेको व्यवहारबाट लज्जाबोध भएको महसुस गर्दै क्षमाप्रार्थी भन्छन्।

'तिमीमा परिवारप्रति सम्मान र आदर देखियो त्यो नै सुखद्  देखियो'  कृष्णाको स्वरमा विभोर देखिन्थ्यो।

हालतले तिमीलाई दुखित बनायो । त्यसमा म पनि दुखी नै छु। हरिलाई हेर्दै कृष्णा भन्दै थियो।

त्यो रात अबेलासम्म दुवैको कुराकानी चल्छन्। रात मध्य गहिरो देखेर कृष्णा आफ्नो कोठामा सुत्न जान्छन्।

चार दिनको बसाइपछि एकाएक झिसमिसेमा फेरि हिंड्न लाग्दा 'नजाउ भाइ अब तिम्रो कोठाको साँचो यही नै हो'  भन्दै साँचोको झुप्पा दिन खोज्छन् तर  हरि अक्क्मकिन्छ।

कृष्णाको उदार भावनाको अगाडि हरिको प्रायश्चित पनि निकै गलिसकेको रहेछ।
अर्को समाचार
हराएको सम्बन्ध
०४ असोज २०८२
•
३ मिनेट पाठ
हराएको सम्बन्ध
साँहिली हेर्दै थिइन्  कृष्णाको अनुहारमा हिजोअस्तिभन्दा पनि बढी खुसीले आज चहक थिए। दशैंको चहलपहल आफ्नै आँगनैमा थियो। त्यसमाथि कृष्णा आफ्नो भाइ हरि पनि टीका लाउन आउँछे भन्ने खबरले कृष्णा खुसीले फुरुङे भइ उडिरहेको थियो।




करिब पाँच वर्ष भयो होला भाइ हरि कलहको जरो गाडेर पानी बाराबारको नरमाइलो घाम छर्किदै बाहिरिएको थियो। कृष्णा मिलनसार भए पनि हरि आफ्नी श्रीमतीको लहलहैमा लागेर घरै छाडी उनीहरू अन्यत्रै लागेका थिए।

‘साँहिली, साँच्चै हरिको सानो अर्को छोरो पनि छ हैन र।’

दुई वर्षेको सानो छोरो छ नि’ साँहिली आफ्नो श्रीमानलाई हेर्दै भन्छे।

‘विचरा हरि कसरी दुईदुई बच्चा हुर्काउँदै होला?’ कृष्णा त्यसै बरबराउँदै भन्दै थियो। उनको मनमा भाइप्रति श्रद्धा जागिरहेको थियो। हुन त सौतेनी आमापट्टिको भाइ थियो जति कृष्णाको हक लाग्थ्यो उत्ति हरिको पनि हक लाग्थ्यो तर स्वभावले घमण्डी र श्रीमतीको कुरा सुनेर धेरै कलह गरेर अंश लिएर छुटेका थियो।

यस घटनाले कृष्णाको मन टुटेको थियो। लाख कोसिस गर्दा पनि केही सीप नलागेर कृष्णा चुप लागेको थियो। तथानाम गालीगलौज गर्न पछि नहटेका हरि आफ्नो दाज्युसँग कहिल्यै आम्मनसामुने नहुने भनी गाउँको जायजेथा बेचेर बस्तीभन्दा पर गुमनाम हुन्छन्। सद्भाव र भाइचाराको अलि मर्दन पनि नराखी हरि अलगिएको थियो।

‘दाजु र भाइको अलिकति त सिमाको ख्याल राख्नु बाबू, समाजले के भन्छ?’ जाने बेला कृष्णाको अनुनय गुञ्जिरहेको थियो तैपनि मतिभ्रष्ट भैसकेका हरि किन सुन्थ्यो र त्यसपछि उनीहरूको अत्तोपत्तो नै लागेन। यसो बुझ्दा सीमापारि नाघिसकेको भन्ने हल्ला फिँजिएको रै छ।

यसरी एउटा सम्बन्ध जोगाउन खोज्दा खोज्दै पनि एकतर्फी रूपले टाढिएको थियो। मान्छेमा विवेक र सद्भाव हराएपछि केही नलाग्ने रैछ। नियतले नियतिसँग पनि पर्खिनुपर्छ अन्यथा बदनियतलाई भाग्यले पनि कहिले साथ दिँदैन।

आफूभन्दा ठुलाको केही नै कदर नराखी हिँडेको परिणाम समयको हुरी पनि रुष्ट हुँदा हरि परदेशमा जम्न सकेनन्। भएको सम्पत्ति पनि खर्च जाेगाउँदा जाेगाउँदै सक्यो।

उनकी श्रीमती स्तन क्यान्सरले दुई बच्चा छाडी संसार छोडेकी थिइन्। यसरी हरि बिरानो ठाउँमा विचलित हुन पुग्छ्न्। दुई थोपा आँसु खसाल्न पनि नसकिने पराई देशमा विलकुलै ऊ एक्लिएको महसुस गर्छन्।

बल्ल दाजु कृष्णाको वचन र अनुनयको यादले मन भारी तुल्याउँछ्न्। मनलाई धिक्कार्दै प्रायश्चित गर्न पुग्छन्। यसपालिको दशैमा दाज्युको हातबाट टीका थाप्न हरि आउने खबर उनले आफ्नो साथी मार्फत पठाएको थियो।

बाहिर ढोकाबाट घण्टीको आवाजले कृष्णाको एक्लो तरङ झस्किन पुग्छ। जुरुक्क उठेर झ्याल बाहिर हेर्दा बाहिर हरि उभिरहेको देख्छ्न् साथमा दुइटा ससाना बच्चा पनि उभिरहेको थिए। कृष्णाको खुसीको सीमा नै रहेनन्। कृष्णा दगुरेर तल ढोका खोल्न जान्छ्न्।

‘संकोच मान्नु पर्दैन, आऊ भित्र आऊ’ अलि अप्ठेरो मानिरहेको हरिलाई हेर्दै भन्छ्न्।

आफ्नो दुई बालकलाई दुई हातले बेरिरहेका हरि गहभरिआँसु झारिरहन्छन्।

‘दाइ, मलाई माफ गरिदेऊ’ भन्दै दाजुलाई ढाेग गर्छन्।

‘धत लाटा! म तेरो दाइ त हुँ नि कोही पराई हुँ र’ कृष्णाको आवाजमा आत्मिय झल्किरहेको थियो।

आखिर पैसामा तौलिएर छुटाएको सम्बन्ध कृष्णाले कदापि मानेनन् बरु उनले हराएको सम्बन्ध भित्रैदेखि रगत सिंचित गरी आत्मिय बाँधिरहेका थिए। उनमा परिवार र रगतको नाता धेरै गाढिएको रहेछ।

आज दशैको दिन आफ्नो हराएको परिवार आफ्नोसामु उभिरहेको देख्दा लाखलाख दुर्गा भवानीलाई स्मरण र दण्ड्वत गर्छन्।

हरि र बच्चाहरूलाई कृष्णा डाेर्‍याउँदै माथि लान्छन्। हरि दाजुको हातबाट टीका र जमरा थापी आशीर्वाद माग्छन्। आफूले गरेको व्यवहारबाट लज्जाबोध महसुस गर्दै क्षमाप्रार्थी भन्छन्, ‘तिमीमा परिवारप्रति सम्मान र आदर देखियो, त्यो नै सुखद देखियो’ कृष्णाको स्वरमा विभोर देखिन्थ्यो।

‘परिस्थितिले तिमीलाई दुखित बनायो। त्यसमा म पनि दुखी नै छु।’ हरिलाई हेर्दै कृष्णा भन्दै थियो।

त्यो रात अबेलासम्म दुवैको कुराकानी चल्छन्। रात मध्य गहिरो देखेर कृष्णा आफ्नो कोठामा सुत्न जान्छन्। चार दिनको बसाइपछि एकाएक झिसमिसेमा फेरि हिंड्न लाग्दा ‘नजाउ भाइ अब, तिम्रो कोठाको साँचो यही नै हो भन्दै साँचोको झुप्पा दिन खोज्छन् त हरि अकमकिन्छ। कृष्णाको उदार भावनाको अगाडि हरिको प्रायश्चित पनि निकै गलिसकेको रहेछ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस