बलिवुड अभिनेत्री एवं भारतीय जनता पार्टीकी सांसद कङ्गना रनौतलाई एक पछि अर्को समस्या थपिएको छ।
गत जुनमा सम्पन्न निर्वाचनबाट भारतीय जनता पार्टीबाट निर्वाचित सांसद बलिवुड अभिनेत्री रनौतलाई एक समूहले ज्यान मार्ने धम्की दिएको छ।
भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमाथि निर्माण भएको चलचित्र इमर्जेन्सीलाई लिएर उनलाई कट्टरपन्थी सिख समूहले ज्यान मार्ने धम्की दिएको हो।
विक्की थोमस सिंह नामक व्यक्तिले एक भिडियो जारी गर्दै रनौतलाई ज्यान मार्ने धम्की दिएका हुन्। उनले चलचित्र इमर्जेन्सीमा खालिस्तानी जरनैलसिंह भिन्डरावालाई आतकंवादीको रुपमा दर्शाइएको छ भने इन्दिरा गान्धीसँग घटेको घटना तपाईंसँग पनि घट्न सक्ने चेतावनी दिएका हुन्।
हुन त कङ्गना र सिख समुहबीचको यो विवाद नयाँ होइन। यसअघि पनि सन् २०२१ म किसान आन्दोलनको क्रममा भएको आपराधिक घटनालाई उजागर गर्नेबारे रनौतले बयान दिएकी थिइन्।
ज्यान मार्ने धम्की पछि कङ्गनाको तर्फबाट भने हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।
त्यतिमात्रै होइन पार्टीले पनि उनलाई जथाभावी बयान नदिन चेतावनी दिएको छ।
हिमाचल प्रदेशको मन्डी सीटबाट बीजेपी सांसद बनेकी अभिनेत्री रनौतले भारतको एक पत्रिकालाई अन्तर्वार्ता दिँदै किसान आन्दोलनलाई बङ्गलादेशको घटनासँग जोडेकी थिइन्।
कङ्गनाले भारतमा चीन र अमेरिका जस्ता विदेशी शक्तिले काम गरिरहेको पनि बताएकी थिइन्।
उनको विवादित बयान पछि बीजेपीले उनलाई चेतावनी दिँदै यस प्रकारका बयान आगामी दिनमा नदिन चेतावनी दिएको छ। बीजेपीको केन्द्रीय मीडिया विभागले प्रेस विज्ञप्ति जारी गर्दै कङ्गनाको किसान आन्दोलनलाई लक्षित गरी दिइएको बयानमा पार्टीको मत नरहेको प्रष्ट पारेको छ।
यसअघि पनि सांसदमा निर्वाचित भएलगतै कङ्गनालाई चन्डिगढको एयरपोर्टमा एकजना सेनाले थप्पड हानेकी थिइन्। किसान आन्दोलनको क्रममा कङ्गनाले दिएको बयानप्रति आक्रोशित एकजना महिना सेनाले कङ्गनालाई थप्पड हानेकी थिइन्।