कूतुहलमय बालकहानी
०८ भदौ २०८१
•
३ मिनेट पाठ
कूतुहलमय बालकहानी
लक्ष्य एक- मूल गन्तव्य ! त्यसमा गाँसिएर अरू आउँछन्। बेलबहादुरसँग बिहे नि उस्तैउस्तै बन्यो। बयोवृद्ध मन, तन्नेरी यस चिन्तन मेला भर्दो तनोहरि ग्वंगेश्वर बाबु तेंगःको। मन लागेर जुर्मुरिन्छु– एकाएक एकान्तमा। एकान्तमा कुरा गर्ने वार्ताकार। नबर्बराईकन–नचुलबुलाईकन अन्तरडुलन प्रक्रिया लेखन अन्तरघुलन।




तर्क बितर्किनु कोसित त्यो बेला? मनसित मनज्ञ। ज्योतिसित ज्योतित भएर। उच्छृङ्खलित बनेर होइन। हो, बरु सम्हालेर मनलाई मस्तसित। नभई मस्त सम्हालिन्छ कहाँ ? सम्हालेरै आफूसित आफैंलाई। हाइसन्चो–सुखानन्द ! एक डमरु– एक त्रिशूल। डिम डिम डमरु स्वर मच्चाउँछ अभय, आनन्द, सुखमय–निश्चिन्त्य–तनोहरि त्रिशूल !

जितेन्द्र रसिकको बेलबहादुरसँग बिहे आख्यान पढेँ। कौतूहलमय बाल कहानी ! पढ्दा पढ्दै लाग्न थाल्छ। बालकथामा सीमित रहन्छ कहाँ यो ? लाग्छ बरु लघु बालउपन्यासै ! अन्तरघुलनले निर्मल–स्वच्छ र सङलिँदो विश्रान्तिविहीन प्रवाह।

भनूँभनूँ लाग्छ बालमनोविज्ञानका सार्थक कौतूहल कुतकुत्याउँदो कथा बुनाइका विषय नेपाली मौलिक समुदाय नेवाः सम्प्रदायकै पाराले बेलबहादुरसँग बिहेका कथाकारले कथा बुन्ने आधार हाम्रै नेपाल मण्डल सांस्कृतिक जीवनपरक संस्कारित पर्व मेलालाई सँगाली अँगालेका छन्। लेखकीय सिपका कुशलताले सुमसुम्याएको वस्तु। लेखक बन्नु सिर्जनशील क्षमता संवरण गर्नु।

सिर्जनशीलता प्रदर्शित हुन्छ, जहाँ लेखनसिप प्रदर्शित हुन्छ। कल्पनाशील भावनाका लेखकीय शैलीशिल्पमा उनिएर कथिन्छ कथा। यो बालकथालाई कल्पनाशीलताको भाव प्रवाहले सुगठित रोचक पारेको छ। कल्पनाशील भावप्रवाह तरलतम सरसतामा धारावाही प्रवाह भएको छ। पाठक रमाउने मेलोमेसो यहीं हुन्छ उद्भव। बेलबहादुरसँग बिहे पढेर यो मनको ढुकढुकीको तरलतम तानाबाना यो !

‘बेल पाकेर कागलाई हर्ष न विष्मात’ उखान हाम्रै पुख्र्यौली खान–उखानभित्र ‘बेलबहादुरसँग बिहे’ कथाले कुतकुत्याउँछ मन। बेलभित्र शीतल अमृतरस छ। वैशाख–जेठको उखरमाउलो घाममा बेलको रस बन्छ अमृतबराबर। त्यसैले बेल विवाहको प्रतीकात्मक महत्ता बेलजस्तै पतिवरण गर्नु।

नेवार सम्प्रदायको संस्कारसित यस्ता गुरु रहस्य अन्तरनिहित अरू पनि छन्। बेलबहादुरसँग बिहे बालकथाले बेलको माध्यम, प्रगाढ सांस्कृतिक रहस्य, सरल र सरस शैलीमा उद्घाटन गरेको छ पक्कै पनि।

बेल विवाहका लागि पाँचजना कन्या न्यूनतम संख्यामा हुनु र रहनुपर्ने रहस्य दर्शाएको छ। (पाना १८ चित्र) हिन्दु दर्शनमा ५ संख्यालाई नितान्तै महत्त्व दिइएको छ। शुभ लक्षण/शुभ संकेतको उदाहरण : पञ्चामृत (घ्यू, सखर, मह, दुध र दही) दोस्रो श्रीपञ्चमी, वसन्त पञ्चमी, जनैपूर्णिमा, पञ्चकन्या, पाँचपोखरी। पञ्चपाण्डव, पञ्चबुद्ध, पञ्चशील, बडामहाराजधिराज पृथ्वीनारायण शाह वंशीय संस्कार अनुरूप श्री ५ महाराजाधिराज पदवी भएको पृष्ठभूमि छ। इतिहास पनि राजनीतिक संस्कारमूलक प्रसङ्गको ज्वलन्त उदाहरण !

बालकथाको प्रसङ्गमा प्रौढ–पाकाहरूजन्य प्रसङ्गहरू पनि जोडिएका छन्। यो बालकथा गुरुवर गुरुआमाहरूका लागि पनि पृष्ठपोषक सन्देश बन्न सक्दो अपेक्षा राख्छु। शुभम् भवतु कल्याणम्, आयुरारोग्य श्री वर्धनम् !

बेल विवाहको नाम दिइए तापनि पतिको गुण स्वरूपलाई बेलसित दाँजिएको मात्र यथार्थमा बेलविवाह (इहीं नेपाल भाषामा) पर्वमा सुनको विष्णुप्रतिमा बनाई अबोध बालिकाको विवाह गराइने गुढ रहस्य रहे बनेको छ। यस रहस्यको उद्घाटन प्रसङ्गवश यहाँ उद्घाटन गर्न चाहेँ। ज्ञानगुणका कुरा सर्वलोक हितनिमित्त यहाँ उल्लेख गर्ने हिम्मत, जमर्को प्रसङ्गै प्रसङ्गमा।

अब सोचौं ! बर्काई फर्काई बेलबहादुर संस्कारलाई ! यसप्रकारले बेलबहादुर परम्पराभित्र अरू छद्म भेषको आवरण छ। रहस्य ! पाँच वर्षे/अबोध बालिकालाई बेललाई साक्षी बनाई विष्णुको प्रतीक सुवर्णकुमारसित वैवाहिक सम्बन्ध कायम गर्नु– गराउनुको रहस्य हुँदो हो ? चिन्तन मनन गरौं !

अन्तरवस्तु/अन्तरतत्त्व बसभित्रका रहस्य प्रगाढ हुन्छ। यसका आयाम एकल छैनन्। दुई तत्त्वमसी दिव्यदर्शन हुनु बेलविवाह भइसकेका सुकन्याले वैधन्य बेहोर्नुपर्दैन। ती अबोध बालिकाले वैवाहिक स्वतन्त्रता उपभोग गर्न सक्छन् मनज्ञ। मनज्ञ आफूले चाहे मनले रोजेको केटासित आजीवन।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१२ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस