सम्धी, देश आइतबार बनाउनुपर्छ
०५ भदौ २०८१
•
१ मिनेट पाठ
सम्धी, देश आइतबार बनाउनुपर्छ
सोमबार 




सत्ता टिकाउन षड्यन्त्र रच्नुपर्छ 

मङ्गलबार 

मैयाँजनलाई डुलाउनुपर्छ 

बुधबार 

विदेशीका पाउहरू ढोग्नुपर्छ 

बिहीबार 

बिचौलिया व्यवस्थापन गर्नुपर्छ 

शुक्रबार 

शत्रुहरूलाई नि यसो खेलाउनुपर्छ 

शनिबार 

साथीभाइ सोमपान गर्दै रमाउनुपर्छ

बिहान ह्याङओभर उत्रियो भने

सम्धी,

आइतबार देश बनाउनुपर्छ !

ओहो सम्धी !

यो आइतबार त आफन्त पोस्नुपर्छ 

त्यसो भए छाड्दिम् सम्धी, 

देश अर्को आइतबार बनाउनुपर्छ।
अर्को समाचार
मुक्तककार नानीबाबा अधिकारीको ‘मायामा माया’ लोकार्पण
१४ चैत्र २०८१
•
२ मिनेट पाठ
मुक्तककार नानीबाबा अधिकारीको ‘मायामा माया’ लोकार्पण
मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ लोकार्पण भएको छ।




स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान,जाउलाखेलमा आयोजित एक कार्यक्रममा उक्त मुक्तकसंग्रहको लोकार्पण भएको हो।

गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादव खरेल,श्रीओम श्रेष्ठ ‘रोदन’,रामकाजी कोने लगायत मञ्चासीन व्यक्तित्वहरूले उक्त मुक्तक कृति लोकार्पण गरे।

नेपाल स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खरेलले अक्षरको कर्म गर्ने एक मुक्तककारको कृति सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए। उनले छ आयाममा बाँडिएका मुक्तकहरूले पाठकको मन खिच्ने बताए। पछिल्लो समयमा मुक्तकमा प्रगति भएको चर्चा गर्दै उनले अभियन्ताहरू धन्यवादको पात्र भएको बताए।

नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक, पूर्व अध्यक्ष एवं वरिष्ठ कवि विधान आचार्य, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, मुक्तककारका पिता मुक्तिनाथ खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

मुक्तककार अधिकारीले स्कूल पढ्दा गुरुले वाचन गरेको कविता सुनेर साहित्यमा प्रवेश गरेको भन्दै सुनेका, देखेका र भोगेका कुराहरुले लेख्न प्रेरित गरेको जानकारी दिइन्। कवि साहित्यकार विधान आचार्यले घच्घचाएर कृति निकाल्न सफल भएको उनको भनाइ थियो।

समालोचक डा. शान्तिमाया गिरीले मुक्तकहरू उमेर, समय र अनुभवको त्रिवेणी रहेको बताइन्। कुल चार सय पचास थान मुक्तक समावेश भएको उक्त कृतिमा प्राय मुक्तकहरू श्रृंगारिक रहेको भन्दै मायाको विषयमा सबै मुक्तक केन्द्रित भएको जानकारी दिइन्। उनले गहिरो प्रेम, विश्वास, सुख सम्वृद्धिलाई प्राथमिकता दिएको बताइन्। नारीको बारेमा पुरुषको प्रेमिल तारिफ मुक्तकमा भएको भन्दै पठनीय मुक्तकसंग्रह भएको टिप्पणी गरिन्।

कार्यक्रमका सभापति एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले एउटै विषयमा चार सय पचास थान मुक्तक लेखेर प्रकाशन गर्ने आँटको निम्ति मुक्तककारलाई धन्यवाद दिए। उनले नेपाल मुक्तक प्रतिष्ठानले पोखरामा मुक्तकको कार्यशाला गोष्ठी गरेको स्मरण गर्दै त्यसको साक्षी आफू पनि रहेको बताए। उनले मुक्तक अभियानमा नेपाल मुक्तक प्रतिष्ठानको भूमिकाको चर्चा समेत गरे।

समाजका सचिव प्रकाश घायलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समाजका कार्यसमिति सदस्य माधव बिडारी चेतनपथले गरेका थिए।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस