फोन नं. १०० !
१८ साउन २०८१
•
२ मिनेट पाठ
फोन नं. १०० !
अस्पतालमा भर्ना चौध वर्षीया किशोरी। साथमा बसेकी महिलाका आँखामा आँसु थिए। आगन्तुकले सोध्यो, “तपाईंकी छोरी?”




“हँ, हो..इन।”

“अनि, रोइरहनुभएको छ त?”

महिला झसङ्ग भई, “हाम्रै घरमा बस्ने, छोरीजस्तै हो।”

“के भएको नि?”

“ज्वरो आएको।”

“कति छ नि?”  

“अलि बढी नै।”

“विचरी। धन्य हो तपाईंहरूको महानता। आजकल आफ्नै छोराछोरीलाई त मान्छेले यति गर्न छोडिसके, अझ घरका नोकरलाई। हुन त टोलकै चर्चित समाजसेवी र नेता पनि पर्नुभयो हजुरका श्रीमान्!”

केटीका आँखाबाट तरतरी आँसु झरेको देखेर आगन्तुक पछुतायो, “माफ गर नानी, मैले गलत शब्द प्रयोग गरेंछु, सरी!”

ऊ एक डाक्टर थियो। औषधि हेर्न मन लागिहाल्यो। यसो औषधिको टोकरी उठाएर हेर्न थाल्यो। महिला रातीपिरी भइन्। टोकरीमा ज्वरो कम गर्ने सिटामल, निमेसुलाइड या एम्पिसिलिन, एमोक्सिसिलिन र सिप्रोफ्लोक्सासिन जस्ता एन्टिबायोटिक पनि थिएनन्। बरु थिए त मिफेप्रिस्टोन र मिसोप्रोस्टोलका एकएकओटा पाता।

आगन्तुकले दोहोराईदोहोराई पालैपालो औषधि, महिला र बेडमा सुतेकी किशोरीलाई हेर्‍यो। किशोरी पीडामा थिई, उसको तन्नासम्म रगतले रातै बनेको थियो। टोकरीमा राखिएका औषधिहरू गर्भपतन गराउन प्रयोग हुने कुरा उसलाई थाहा नहुने कुरै भएन!

अचानक कोठामा एकजना भलाद्मीको प्रवेश भयो। बालअधिकार तथा महिला अधिकारका हिमायती सङ्गठनका ठुलै नेता। आगन्तुकले चिन्थ्यो, नेताले चिन्ने कुरै भएन। केटीकाे छेउमा बसेर रुने महिला उसकै श्रीमती थिइन्। दुई वर्षपहिले श्रीमानकाे कुटाइबाट भाँचिएको यिनका हातको प्लास्टर यिनै डाक्टरले गरेका थिए।

आगन्तुक निस्केर ढोकामा पुग्नै लाग्दा भलाद्मीले श्रीमतीलाई भन्यो, “यहाँ जोपाइलाई आउन किन दिएको? अझ औषधिको टोकरीतिर के गर्दै थियो? यो औषधि पनि लुकाएर राख्न पर्दैन? अनि सुन, मलाई आज महिला हिंसाविरुद्धको कार्यक्रममा प्रमुख अतिथि बोलाएका छन्। ख्याल गर्नु कतै यो केटी भागेर बर्बादै होला फेरि!”

ढोकामा उभिएर सुनेका आगन्तुकले किशोरीको अवस्था र किशोरीले एकछिनअघि महिलाका आँखा छलेर हात जोडेको सम्झ्यो। उसले फोन थिच्यो, “१००!”  
अर्को समाचार
टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि 'बब्बाल' च्वाइस फोन
२१ असोज २०८१
•
१ मिनेट पाठ
टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि 'बब्बाल' च्वाइस फोन
नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ। स्पार्क ३० सी को सुरुवाती मूल्य रु १६,४९० (६ं+१२८ जीबी भेरियन्ट) र ८ं+२५६ जीबी भेरियन्टको मूल्य रु १९,९९० राखिएको छ।




सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको छ। ५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच ब्याट्री, र १२० हर्ट्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ। साथै थप आकर्षण यसको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिन सम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत रहेको छ।

टेक्नो नेपालका नेशनल पार्टनर सन्तोष भण्डारीले भने, 'स्पार्क ३० सीले हाम्रो नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्‍याएको छ। यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेको छ, जसले उनीहरूलाई भीडमा फरक पहिचान दिलाउँछ।' टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले भने, 'टेक्नोले सधैं आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।'

स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ।

टेक्नो ७० भन्दा बढी देशमा संचालन हुने नवीन प्रविधिको ब्रान्ड हो, जसले स्मार्टफोनदेखि स्मार्ट होम उत्पादनहरूको विस्तृत दायरा प्रस्तुत गर्दै आएको छ। 'स्टप एट नथिङ' नाराका साथ, टेक्नोले उपभोक्तालाई उत्कृष्ट डिजिटल अनुभव दिन प्रेरित गर्दै प्रविधिमा निरन्तर अगाडि बढ्ने वाचा गरेको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ११ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस