वैदेशिक रोजगारीमा अमेरिका र माल्टा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितको जाहेरीका आधारमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै प्रकरणमा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पहिलो व्यक्ति धनकुटा पख्रिबास नगरपालिका–८ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४९ वर्षीय पूर्णबहादुर गिरी छन् । उनले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट २४ लाख रकम उठाएको पीडित व्यक्तिहरूको दाबी छ । उनलाई मङ्गलवार काठमाडौंको टेकुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै माल्टा पठाइदिन्छु भन्दै एक जनालाई ठग्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ घर भई हाल भक्तपुर सूर्य विनायक बस्ने २० वर्षका मिसन गुरुङ रहेको प्रहरीले जनाएको छ । उनले पीडित व्यक्तिबाट तीन लाख पाँच हजार रकम ठगेको प्रहरीसमक्ष दाबी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...