प्रज्ञाप्रतिष्ठानको ४१ औं प्रज्ञासभाबाट २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम पारित
२५ असार २०८१
•
४ मिनेट पाठ
प्रज्ञाप्रतिष्ठानको ४१ औं प्रज्ञासभाबाट २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम पारित
नेपाल प्रज्ञाप्रतिष्ठानको ४१ औं प्राज्ञसभाको समुद्घाटन पानसमा बत्ती बालेर प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए। उनले प्राज्ञिक सत्ताले राजनीतिलाई समेत निर्देशित गर्छ।प्राज्ञिक क्षेत्रले सम्पूर्ण संस्कृति निर्माण गर्ने सामर्थ्य राख्छ। प्रज्ञाप्रतिष्ठानले सामान्यभन्दा खोजअनुसन्धानमूलक अब्बल कृतिहरू मात्र प्रकाशन गर्ने हो। कुनै पनि चाकडीबाज लेखकले सत्ताको स्तुति गर्छ। खास लेखक साहित्यकारले विद्रोही चेतनासहित आलोचनात्मक दृष्टिकोण राख्न सक्नुपर्छ। साहित्य जहिल्यै राजनीतिबाट निरपेक्ष होइन, सापेक्ष नै रहने बताएका थिए।




प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ विमल निभाले ४१ औं प्राज्ञसभाको उद्घाटन सत्रमा स्वागत मन्तव्य राखेका थिए। उनले हाम्रा अग्रज विद्वानहरूको पदचिन्हबाट नै साहित्यकार बनेका हौं। आज घनिभूत छलफल हुँदै गरेको प्राज्ञसभा पनि त्यसकै उपज हो भनेका थिए।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रज्ञाप्रतिष्ठान सैद्धान्तिक र व्यवहारिक पक्षका साथ अघि बढ्नुपर्ने बताउँदै एकल भाषिक स्वरूपबाट मुक्त हुँदै बहुभाषिक र विविधतामा पुग्दै छौं, यो हाम्रो  मुटु हो। हामीले लहडबाजीमा नभई कसका लागि साहित्य सिर्जना गर्दै छौं, विद्वान्हरू स्पष्ट हुनु जरुरी भएकाे बताए। उनले प्राज्ञिक निकायलाई सरकारले पर्याप्त बजेट दिनुपर्नेमा जोड दिएका थिए।

उक्त समुद्घाटन समारोहमा सङ्गीत तथा नाटय प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव ध्रुवचन्द्र गौतम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सरस श्रेष्ठले ४१औं प्राज्ञसभाको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको उद्घोषण नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गरेका थिए।

प्रज्ञाप्रतिष्ठानका कुलपति राईको अध्यक्षतामा सुरु भएको ४१ औं प्राज्ञसभाको  बैठकसामु सदस्य सचिव डा. सुवेदीले कार्यसूची प्रस्तुत गरेका थिए।

उक्त कार्यसूचीमाथि सम्पूर्ण प्राज्ञसभा सदस्यले आआफ्नो धारणा राखेका थिए। यसपटक वास्तवमै विशद् छलफल भएको थियो। नेपाल प्रज्ञाप्रतिष्ठानको चालु आव २०८०/०८१ को आयव्यय तथा कार्यक्रमहरूमा छलफल प्रज्ञासभामा गरिएको थियो। बैठकले आगामी आव २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रमहरू पारित गरिएको थियो। नेपाल सरकारबाट प्राप्त वार्षिक अनुदान र आन्तरिक स्रोत गरी २३ करोड ६४ लाख १० हजारको बजेट सभाले पारित गरेको थियो।

प्राज्ञ चेतनाथ धमलाका अनुसार प्राज्ञसभाले नेपाल प्रज्ञाप्रतिष्ठानका आगामी नीति तथा कार्यक्रमहरू पारित गरिएको थियो। जसअनुसार प्रज्ञा नेपाली बृहत् शब्दकोश परिमार्जन र विस्तार तथा प्रज्ञा नेपाली व्याकरणको लेखन, सङ्घीय गणतन्त्र नेपाललाई समग्रमा चिनाउने गरी नेपाल दिग्दर्शन ग्रन्थ प्रकाशन गर्ने, नेपालको मौखिक इतिहासको सङ्कलन तथा अभिलेखनको कामको थालनी र निरन्तरता गर्ने, नेपालमा बोलिने विभिन्न मातृ‌भाषाको कोश तथा व्याकरण लेखनको कामलाई निरन्तरता दिने, प्रदेश तथा पालिकास्तरका प्रतिष्ठान तथा साहित्यिक संस्थाहरूसँगको सहकार्यमा भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको अध्ययन, अनुसन्धानका साथै गोष्ठी र  अन्तरक्रिया सञ्चालन गर्ने रहेकाे थियाे।

त्यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानको वार्षिक उत्सव, अन्तर्राष्ट्रिय दर्शन दिवस, अन्तर्राष्ट्रिय मातृ‌भाषा दिवस, अन्तर्राष्ट्रिय अनुवाद दिवस, विश्व कविता दिवस, विभिन्न स्रष्टाको स्मृति दिवस आदिमा साहित्यिक गोष्ठी र अन्तरक्रिया आदि कार्यक्रम गर्ने, नेपाली भाषाबाट विभिन्न मातृ‌भाषा तथा विदेशी भाषामा, मातृ‌भाषाबाट नेपाली तथा विदेशी भाषामा र विदेशी भाषाबाट नेपाली तथा मातृभाषाहरूमा विभिन्न कृतिको अनुवाद तथा प्रकाशन गर्ने, नेपाली जनताको सङ्घर्ष, बलिदान र वीरताको गाथा एवम् सौन्दर्यात्मक मूल्यको खोजी र स्थापनाका लागि कार्य गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठानले यसअघि प्रकाशित गर्दै आएका विभिन्न जर्नल-पत्रिकाहरू प्रकाशन गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठानबाट स्थापित पुरस्कारहरूमा विस्तार गर्ने, सिर्जनवृत्ति तथा अनुसन्धान वृत्तिलाई थप  विस्तार गरी प्रभावकारी बनाउने, नेपाल प्रज्ञाप्रतिष्ठानका प्रकाशनहरू देशका विभिन्न स्थानमा पुरयाउन पहल गर्ने, नेपाल प्रज्ञाप्रतिष्ठान पुस्तकालयलाई विद्युतीय पुस्तकालयका रूपमा विकास गर्ने,नेपाल प्रज्ञाप्रतिष्ठानबाट यसअघि हुँदै आएका र गरिंदै आएका योजना तथा कार्यक्रमलाई थप प्रभावकारितासहित व्यवस्थित बनाउने, साहित्यका कविता, आख्यान, निबन्ध, गजल र नाटक आदि विधामा राष्ट्रिय एवम् क्षेत्रीय महोत्सवहरू, भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रका विषयमा कार्यशाला र गोष्ठीहरू सञ्चालन गर्ने लक्ष्यसहित आव२०८१/०८२को लागि उक्त नीति तथा कार्यक्रम प्रज्ञासभाबाट पारित भएको थियो।
अर्को समाचार
प्रतिष्ठानको डबलीमा संस्कृति मन्त्री पाण्डे र प्राज्ञबीचको विमर्श
०२ मंसिर २०८१
•
१ मिनेट पाठ
प्रतिष्ठानको डबलीमा संस्कृति मन्त्री पाण्डे र प्राज्ञबीचको विमर्श
नेपाल प्रज्ञा प्रतिष्ठानको डबली प्राय पुस्तक सार्वजनिक गर्ने र पुस्तकबारे विमर्श हुने ठाउँ हो।




लेखक र पुस्तकप्रति अभिरुचि राख्ने निम्तालु उपस्थित हुन्थे पुस्तकको समीक्षा हुन्थ्यो तर आइतबार दिउँसो त्यहाँ अलिक फरक विमर्श चल्यो, विमर्श पुस्तकसँग सम्बन्धित थिएन नेपाल प्राज्ञ प्रतिष्ठानलाई कसरी व्यबस्थित र स्तरीय बनाउने भन्नेमा।

विमर्शमा सहभागी थिए प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बद्री पाण्डे, कुलपति भूपाल राई र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कर्मचारी। छलफलको चुरो कुरा थियो भाषा, संस्कृति, समाज शास्त्र र दर्शन शास्त्रको अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने गराउने। यस्तो  महत्त्वपूर्ण दायित्व बोकेको प्रतिष्ठानलाई कसरी साँच्चिकै प्राज्ञिक केन्द्र बनाउने भन्ने नै सबैको चिन्ता थियो।

आकाश धुम्बिएकाले घाम पारिलो थिएन तर पनि खुला डबलीमा मन्त्री र प्राज्ञहरूले खुलेरै छलफल गरे औपचारिकता बिना नै । छलफलमा मन्त्री पाण्डेले आधुनिक छापाखानाको व्यवस्थित संचालन भएको देख्दा खुसी व्यक्त गरे। सो प्रेसलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, सभा हलको थप व्यबस्थापन तथा प्रज्ञा प्रतिष्ठान परिसर र डबलीको मौलिक सौन्दर्यीकरणका विषयमा विचार पोखिए।

सामान्यतया मन्त्री पुगेपछि भाषण फूल मालाले स्वागत र औपचारिकता मै धेरै समय जाने गर्थ्यो तर यस्ता औपचारिकता बिनाकै एक घण्टाको भेट र अवलोकनको निष्कर्ष थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस