साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान
३० चैत्र २०८०
•
२ मिनेट पाठ
साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान
साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गरेकाे छ।




साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे रहेका थिए।

उक्त कार्यक्रममा साहित्यिक पत्रकारिताको अवस्था, समस्या र चुनौतीबारे समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका अध्यक्ष एवं गोरखापत्र र मधुपर्कका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र शारदा मासिकका सम्पादक विमल भौकाजीले आअफ्नो धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई सोही कार्यक्रममा सम्मान पनि गरिएको थियो।

कार्यक्रममा स्वागत एवं कार्यक्रमको उद्देश्यबारे बोल्दै अध्यक्ष लेकालीले साहित्यिक पत्रकारिताबारे चर्चा गर्दै प्रेस काउन्सिलले साहित्यिक पत्रकारिताका लागि नियमन गर्ने अलग निकाय बनाउनुपर्ने, बजेट पनि अलग हुनुपर्ने र मूल्यांकन सरल हुनुपर्ने भन्दै साहित्यिक पत्रकार महासंघ निर्माण गरिनुपर्ने बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि रोचक घिमिरेले साहित्यिक पत्रकारिताको इतिहासबारे चर्चा गर्दै कार्यक्रम आयोजना गरेकोमा संघलाई धन्यवाद दिएका थिए भने हिमाल आरोही तेम्बा छिरी शेर्पाले सम्मानित बस्नेतको हिमाल यात्राबारे चर्चा गरेका थिए।

यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मानित बस्नेतलाई बधाई ज्ञापन गरेका थिए।

साहित्यकार श्रीबाबु कार्कीले चलाएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई सम्मान पनि गरिएको थियो।

उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व बालकृष्ण बस्नेतको परिचय पत्रकार एवं कवि तथा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेलवासेले गरेका थिए। सापसका पूर्व अध्यक्ष कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठले धन्यवाद दिएको कार्यक्रममा विशिष्ट अतिथिहरू वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष पदम विश्वकर्मासहित साहित्यिक पत्रकार साहित्यकारहरू जयदेव भट्टराई, राजेश खनाल, सिद्धराज राई, अच्युत घिमिरे, सरस्वती गौतम, रुद्र अधिकारी, श्याम प्रधान, रमेश दाहाल, युवराज शर्मा, सुधिर धिमिरे, प्रवीण प्रधान, मोहन बास्तोला, प्रेम राना, प्रकाश ओली, ज्ञानेन्द्र कार्की, अमित ठाकुर, दामोदर न्यौपाने, जगत पोखरेल लगायतको उपस्थिति रहेको थियो।
अर्को समाचार
कथाकार पौडेललाई मैनाली कथा पुरस्कार
०९ चैत्र २०८०
•
२ मिनेट पाठ
कथाकार पौडेललाई मैनाली कथा पुरस्कार
साहित्यिक पत्रकार संघले आगामी त्रिचालिसऔं कथा दिवसको अवसरमा कथाकार नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार-२०८० प्रदान गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।




मैनाली कथा पुरस्कारमा  नगद राशि एकाउन्न हजार रूपैयाँसहित सम्मानपत्र रहेको छ। साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को संयोजकत्वमा पद्यावती सिंह र प्राडा गोविन्दमान सिंह कार्की सदस्य रहेको सिफारिस समिति रहेको थियो।

विसं २०३८ सालदेखि निरन्तर कथा दिवस मनाउँदै आएको साहित्यिक पत्रकार संघले सोही दिन विशेष लघुकथा वाचनको आयोजना समेत गर्ने भएको छ।

यसैगरी मैनाली कथा पुरस्कार-२०८० बाट सम्मानित हुने पौडेलका मेटिएका रेखाहरू (२०५२), फट्टिकको खम्बा (२०५३), पर्खाल बाहिर (२०५८), स्वप्नयात्रा २०६२), रोबोटका आँखा (२०७३) लगायतका कथा कृतिहरूसहित कविता, हास्यव्यङ्गसंग्रह, समीक्षासङ्ग्रह, नियात्रासङ्ग्रहका गरी दुई दर्जन बढी कृति प्रकाशित छन्।

मैनाली कथा पुरस्कारबाट यस अघि कथाकारहरू क्रमशः भाउपन्थी, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र सङग्रौला, पद्मावती सिहं, भागिरथी श्रेष्ठ, सनत रेग्मी, सन्तोष भट्टराई, मुरारी अधिकारी (क), राजव, इन्दिरा प्रसाई, ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, मुरारी अधिकारी (ख), नारायण ढकाल, माधव भँडारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, महेशविक्रम शाह, किशोर पहाडी, इस्माली, अविनाश श्रेष्ठ, डा. राजेन्द्र विमल, विन्द्या सुब्बा लगायत सम्मानित भइसकेका छन्।

यसैगरी मैनाली कथा सम्मानबाट यसअघि कथाकारहरू क्रमशः मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल गोठाले, परशु प्रधान, डा.ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा, डा. दयाराम श्रेष्ठ ‘सम्भव’, डा. बेन्जु शर्मा, हरिहर खनाल, अनिता तुलाधर, धनमान श्रेष्ठ, लोकेन्द्रबहादुर चन्द, विजय सागर र घनश्याम पुडासैनी लगायत सम्मानित भइसकेका छन्।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस