महाशिवरात्रीका अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ। नेपालकै ठुलो शिवलिंग दाबी गरिएको मन्दिरमा १० हजार बढी भक्तजनले पूजापाठ गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
छिमेकी जिल्ला, रुपन्देही, अर्घाखाँची र अन्य जिल्ला भारतबाट भक्तजन आएका थिए। शुक्रबार रातिदेखि नै मन्दिरमा भक्तजनको भीड लागेको थियो।
मन्दिरमा आएका साधु, सन्त, भक्तजनलाई सहज दर्शका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले बताए। मन्दिरमा महिला र पुरुषका लागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो।
पुरुषलाई पूर्वी द्वार र महिलालाई पश्चिमी द्वारबाट मन्दिरमा प्रवेश गराइएको थियो। मन्दिरदेखि मुख्य बाटोसम्म लामो लाइन लागेको थियो। पश्चिम द्वारदेखि बहादुरगञ्ज जाने चोकसम्म महिला भक्तजनको लाइन थियो। सहज ढंगबाट दर्शन तथा सुरक्षित पुजापाठका लागि मन्दिरपरिसरमा प्रहरी परिचालन गरिएको थियो।
भगवान् गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्कंदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ। मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ।
१८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रसमेत बनेको छ। भक्तजनको सुरक्षालाई मध्यनजर गरी मन्दिरपरिसरमा सिसी क्यामेरासमेत जडान गरिएको समितिले जनाएको छ ।
आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्थापन गरिएको समितिले जनएको छ ।
यस्तै शिवराज नगरपालिका– ९ शिवगढी धानखोला र रमुवा दहमा रहेको शिवमन्दिरमा समेत भक्तजनको घुइँचो लागेको छ। जिल्लाकै सबैभन्दा उचाइमा रहेको मन्दिरमा समेत ठुलो संख्यामा भक्तजनले पूजापाठ गरेका थिए।
यस्तै शिवरात्रीका अवसरमा बाणगंगा नगरपालिकाको हथौसामा एकहप्ते मेला सुरु भएको छ। यस्तै रमुवा दह धानखोलामा समेत मेला लागेको छ।
हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदै छ।
आजको दिन हिन्दू धर्मालम्बीहरुले नदी–तलाउमा स्नान गरी पवित्र भई शिवरात्री मनाउने गर्छन्।
पशुपति क्षेत्रस्थित पशुपतिमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन्। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदु:खी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...