बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै!
०२ माघ २०८०
•
१ मिनेट पाठ
बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै!
(१) मुक्तक




देश छोडेर विदेशतिर, पाइलाहरू चाल्दैछु म,

पसिना बेचेर परदेशमा, घरको चुल्हो बाल्दैछु म।

चर्को घाम जोखिम काम, साहुको गाली खाँदै,

वर्षौं देखि यसैगरी, जहान बच्चा पाल्दैछु म।

(२) मुक्तक

सालैपिच्छे यतिउति, भन्दै उमेर गन्दा गन्दै,

आफ्नै आयु घटिराछ, आज भोलि भन्दा भन्दै।

पत्तो छैन कहाँ अनि, कतिबेला प्राण जाने,

बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै।

(३) मुक्तक

जिउदो हुँदा नहेर्ने सन्तान, मरेको दिन हेर्न आउने छन्,

सबै जना भेला भई वरिपरि, मलाई घेर्न आउने छन्।

बाँचुञ्जेल एकैसरो टालोसम्म नदिने सन्तानहरू,

जनैको साँचो खोज्ने निहुँमा, कात्रोले बेर्न आउनेछन्।

(४) मुक्तक

भोक लाग्दा खाना छैन, छैन बस्ने घर,

घाम अस्ताउँछ राति हुन्छ, लाग्न थाल्छ डर।

बाबुआमा छैनन् मेरा, माया गरी पाल्ने,

मेरा लागि सडकबाहेक, छैन केही भर।

(५) मुक्तक

निष्पट्ट यो जिन्दगीमा, तिम्ले प्रेमदीप बालेपछि,

मेरो साथमा सँगै जिउन, तिम्ले पाइला चालेपछि।

क्ति खुशी भयो जीवन, भनी साध्य कहाँ छ र,

मेरो घरमा तिम्रा  हातका, चुरा बज्न थालेपछि।

 -निर्मलरमण पराजुली
अर्को समाचार
परिवर्तन
१६ मंसिर २०७९
•
४ मिनेट पाठ
परिवर्तन
लता केसी




म सरकारी कर्मचारी सधैं ९ बजे घरबाट कार्यालय निस्किंदा दुई सन्तानलाई विद्यालय छोडेर जाने गर्थें। आज नोभेम्बर ५ तारिख अन्तर्राष्ट्रिय वातावरण दिवसको दिन। सधैंझैं समयमा नै हामी निस्कियौ। बाटामा छोरी अलि हतार लाउँदै थिइन्, ‘बुवा, अलि छिटोछिटो पुगौं न! ऊ हेर्नु त, बाटाभरि अरू विद्यालयका साथीहरू ‘वातावरण जोगाऔं, पृथ्वी बचाऔं’ भनेर नारा लगाउँदै निस्किन थालिसके। मलाई छिट्टै पुग्नुपर्‍यो। मेरो नेतृत्वमा कार्यक्रम चलाउनु पनि थियो। म नै ढिलो पुगे भने त जो अगुवा उहीं बाटो हगुवा भने जस्तो हुन्न र?’

छोरीलाई ढाडस दिंदै मैले भनें, ‘नआत्तिऊ न छोरी, म समयमै पुर्‍याउँछु।’

मैले बाइकको गति बढाएँ। दिमागमा कुरा खेल्दै थियो, ‘दुई सन्तान मेरा, कक्षा ८ मा ठूली छोरी पढ्दै छे। मिहिनेती, लगनशील र समझदार छे तर ५ मा पढ्ने कान्छा छोरा त्यस्तो छैन। एउटै आमाका सन्तान, स्वभावमा कत्ति भिन्नता?’

उनीहरूको विद्यालय आइपुग्यो। भाइको पनि विचार गर्नू है, छोरी भनेर गेटमै बाई गरें र म कार्यालयतर्फ हानिएँ। दिनभरिको कामको चाप, लखतरान भएर साँझ ६ बजे घर पुगें। सपरिवार खाजा खायौं। छोरीले घरमा पनि आज वृक्षारोपण गर्नुपर्छ भनेर स्याउ, अम्बा आदि फलफूलका  ५/७ वटा बिरुवा लिएर आएकी थिइन्। बुवा र छोरी मिलेर त्यसलाई रोप्यौं।

छोरीले भनिन्, ‘बुवा, यी बिरूवाहरूलाई आफ्नै सन्तान जस्तै माया गरेर हुर्काउने है! सधैं पानी हालौ। मलजल गरेपछि यी राम्रा हुन्छन् , सप्रिन्छन् अनि भविष्यमा मीठा र गुनिला फलहरू दिन्छन् नि।’

‘मैले स्याबास छोरी भन्दै हस् भनें। छोरीका कुरा सुनेर म गर्व गर्थें तर छोरा ....! मन खिन्न भयो। छोरी जस्तै छोरा पनि बनोस् भन्ने मेरा चाहनामा तुषारापात हुँदै थियो।

ऊ कसैले भनेको मान्दैनथ्यो। मनको मालिक बन्न खोज्थ्यो। दिदी,हामी बुवाआमा र शिक्षकशिक्षिका सबै मिलेर सम्झाउँथ्यौं तर ऊ नसुनेझैं गर्थ्यो। एउटा कानले सुनेर अर्को कानले उडाउँथ्यो। कक्षामा पनि खासै बस्दैनथ्यो। बाहिर खेलेरै समय बिताउँथ्यो। पाँच कक्षाकै प्रथम त्रैमासिक परीक्षामा सातै विषय लागेपछि विद्यालयले सजाय पनि दियो। तर, रिस देखाएर हो वा डरले हो २ दिनसम्म घर नै आएन। साथीको घरमा लुकेर बसेको रहेछ। थाहा पाएपछि उसलाई  लिएर घर आएका थियौं। सन्तान हो, केही तलबितल गर्ला कि भनेर स्कूलमा पनि कसैले केही नगर्नू भन्यौं।

‘बुवा, बुवा के सोच्नुभएको?’ छोरीको सम्बोधनले म झसङ्ग भएँ।

सम्भालिदैं भनें, ‘केही होइन छोरी, भाइलाई कसरी सही बाटो देखाउने भनेर सोचिराको नि!’

छोरीले मलाई कुरा बुझाएर भनिन्, ‘भाइको रुचि खेलकुदतिर छ बुवा। उसलाई  उसको इच्छा अनुसार त्यतै लगाउनुपर्छ। उन्नति गर्न सक्छ नि। पढेन भनेर चिन्ता नलिनुस् न बुवा।’

कुरा गर्दै हामी घरभित्र पस्यौं। छोरीको कुराले केही राहत मिलेको थियो। म र उनी साथीजस्तै बनेका थियौं। घरको समस्या एक आपसमा मिलेर समाधान खोज्ने गरेका थियौं।

समय आफ्नै तालमा भाग्दै थियो। वर्ष दिन पुग्न के बेर। छोरी जिल्ला स्तरीय परीक्षाका लागि कडा मिहिनेतमा जुटिन्। म उनलाई सहयोग पुर्‍याउन थालें। हेर्दाहेर्दै परीक्षा नजिकियो। परीक्षाफल पनि आयो। छोरा ५ उत्तीर्ण भएन। उता छोरी भने जिल्लाकै प्रथम भइन्।

विद्यालयले सम्मान कार्यक्रममा हामीलाई पनि निमन्त्रण गरेको थियो। छोरालाई पनि लिएर गयौं। कार्यक्रममा शिक्षा क्षेत्रका महान् व्यक्तिहरू पनि उपस्थित थिए। सबैले छोरीलाई बधाई तथा भविष्यका लागि शुभकामना दिए।

सफलताका साथ  कार्यक्रम सकिंदै गर्दा एउटा सूचना जारी भयो। एक महिनासम्म विद्यालय बिदा हुने र त्यसै बीचमा नयाँ कक्षाका लागि विद्यार्थीहरूको भर्ना गराउन पनि अनुरोध गरिएको थियो। छोरीले पाएको सम्मान, इज्जत  र पुरस्कारले हामीमा गर्वानुभूति भएको थियो।

उतै नै रात्रिभोजको आयोजना थियो। केही तीतो केही मीठो पल समेटेर हामीले खाना खायौं। खाइपिई हामी राति मात्रै घर पुग्यौं। मैले घरमा आएर छोरीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार दिएँ। छोरा नमीठोसँग हेर्दै थियो। एकप्रकारले ऊ त्यो नगद खोस्ने मुद्रामा देखिएको थियो। भाइको अनुहार पढ्दै दिदीले भाइलाई भनिन्, ‘पैसा चाहियो? किन?’

उसले कपाल कन्याउँदै भन्यो, ‘हजुर, जुत्ता र फुटबल  किन्न,पर्सि क्लबको म्याच छ।’

‘हस्, भोलि तँ र म किन्न जाने है त!’

ऊ दङ्ग पर्‍यो। लाग्यो, उसले ठूलै युद्ध जितेको थियो।

एक महिनापछि विद्यालय खुल्यो। उनी भने कक्षा ९ मा पढ्न थालिन् तर ऊ कक्षा ५ मा बस्न मानेन। विद्यालय सारिदिन जिद्धी गर्न थाल्यो तर यो कदमले हामीलाई समस्या हुन्थ्यो। म उसलाई लिएर विद्यालय गएँ। कुराकानी गरें। अनुरोध गरें। फुटबल खेलमा दक्ष भएकाले उसलाई छ कक्षामा भर्ना मिल्यो। एक वर्षलाई समस्या टरेकामा म पनि खुसी भएँ। केही दिनपछि एकदिन साँझपख अचानक ऊ दिदीको छेउमा गयो र भन्यो, ‘दिदी, गृहकार्य गर्न सिकाइदिनु न!’

उनले भाइको मन बुझिन् र भनिन्, ‘नियमित रूपमा पढ्छस्, मिहिनेत गर्छस् भने मात्रै सिकाउँछु।’

मैले तिम्रो जस्तो पढेर प्रथम भएँ भने सबैले मलाई माया गर्छन्, पुरस्कार र सम्मान दिन्छन्, हो?

उनले सम्झाएर भनिन्,‘हो भाइ, जीवनको मूल्य बुझेर हामीले पाइला बढायौं भने सबैतिर हामीलाई सफलता मिल्छ नि!’

दिदीबाट उसले के सिक्यो कुन्नि? त्यसपछि उभित्र धेरै परिवर्तनहरू देखिन थाले। त्यसपछि उसको क्रियाकलापले कसैलाई पिरोलिनु परेन। उसमा आएको यो परिवर्तनले हामी सबैको खुसी बोकेको थियो।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
असल साथीको संगत
असल साथीको संगत
नागरिक नागरिक • · २२ माघ २०७७ · ३ मिनेट पाठ
युनिकन हाम्रो साथी
नागरिक नागरिक • · १८ कार्तिक २०७७ · २ मिनेट पाठ
रातो कलम
नागरिक नागरिक • · ०२ कार्तिक २०७७ · ५ मिनेट पाठ
अभियान
अभियान
नागरिक नागरिक • · ०४ पौष २०७७ · ८ मिनेट पाठ
नेपाल
नागरिक नागरिक • · ०४ कार्तिक २०७७ · १ मिनेट पाठ
बालबालिकाको शिक्षा
नागरिक नागरिक • · २९ असोज २०७७ · ६ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस