सूर्यविनायक नैचालमा बुद्धमूर्ति स्थापना तयारी
२० पौष २०८०
•
२ मिनेट पाठ
सूर्यविनायक नैचालमा बुद्धमूर्ति स्थापना तयारी
फाइल तस्बिर
भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गोम्बो डाँडा नैचालमा झन्डै दुई सय घरधुरी रहेका छन्। तामाङ बस्ती रहेको पहाडको यो ठाउँमा कुनै पनि मठमन्दिर छैनन्।




सहरबाट निकै टाढा जंगलबीच रहेको यो बस्तीमा त्यति शिक्षित मानिस पनि छैनन्। यही कारण बालबालिका पनि जाँडरक्सी खान भट्टीमा जाने अनि जथाभावी बोल्ने, हिँडनेलगायत निरन्तरको बानीले गाउँका अगुवा चिन्तित छन्। यही समस्या समाधानका लागि भन्दै अहिले उनीहरूले बुद्धमूर्ति स्थापना गर्ने तयारी गरेका छन्।  

आउने शनिबार पुस २१ गते त्यसका लागि उनीहरूले भव्य तयारी गरेका छन्। भव्य कार्यक्रमबिच भक्तपुरको इनाचो मुनि विहारबाट बुद्धमूर्ति गाडीमा राखेर गाउँ लग्ने र बाजागाजा र र्‍यालीसहित स्थापना गर्ने योजना उनीहरूले तय गरेका छन्। सो ठाउँमा भविष्यमा विहार बनाउने योजना उनीहरूको छ।

बुद्ध विहार इनाचो भक्तपुरको व्यवस्थापन समितिका सचिव शिवप्रसाद बालाले स्थानीयको अनुरोधअनुसार मित्रराष्ट थाइल्यान्डको सहयोगमा एउटा बुद्धमूर्ति तयारी अवस्थामा रहेको बताए।

उनका अनुसार त्यही बुद्धमूर्तिलाई शनिबार बिहान मुनिविहारमा हस्तान्तरण कार्यक्रम हुनेछ। त्यसपछि त्यसलाई गाडीमा राखेर नैचाल लगिनेछ। त्यसका लागि दुई-तीनवटा बसमा भिक्षुहरू पनि नैचाल पुग्नेछन्। गाउँमा पुगेपछि आधा घण्टा जतिको बाटोमा र्‍याली गरी बुद्धमूर्ति स्थापना गरिनेछ। करिब चार फिट अग्लो धातुको बुद्धको मूर्ति तयार गरी विहारमा अहिले सुरक्षित अवस्थामा छ।

स्थानीय वीरबहादुर तामाङले यही कारण गाउँमा एउटा बुद्धमूर्ति स्थापना गरेपछि विहार निर्माण गर्ने योजना रहेको सुनाए। यसका लागि आफूहरूले नजिकैको पर्ती जग्गा मिलाएको उनले सुनाए। ‘भक्तपुरमा पाइलैपिच्छे मठमन्दिर छन्,’ उनले भने, ‘यही कारण पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा त्यहाँका मानिस तुलनात्मक रूपमा अलिकति सभ्य भएको हाम्रो बुझाइ छ।

गाउँमै मठमन्दिर वा कुनै धार्मिक स्थल भएपछि यही कारणले पनि नैतिक बनाउने मान्यताले काम गर्ने गम्बोडाँडा सुधार समितिका पदाधिकारीको विश्वास छ। यही मान्यताबाट अगाडि बढेर आफूहरूको ठाउँ र स्थानीय पनि सभ्य, सुसंस्कृत, नैतिकवान् होस् भन्ने हेतुले बुद्धमूर्ति स्थापना गरी विहार बनाउने योजना रहेको उनीहरूले सुनाए।

नैचाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट झन्डै १२ किलोमिटर दक्षिण पहाडको ठाउँमा छ। जगाती भएर प्रख्यात डोलेश्वर मन्दिर हुँदै जंगलैजंगलको बाटोबाट ठाडो उकालो पुगेपछि यो ठाउँमा पुगिन्छ। गाउँको बाटो, ठाडो उकालोको बाटो भएकाले मोटरसाइकलमै पुग्न पनि झन्डै जगातीबाट एक घण्टा लाग्छ।
अर्को समाचार
सम्बन्धका समस्या
२० पौष २०८०
•
४ मिनेट पाठ
सम्बन्धका समस्या
कतिपय मनमुटाव यति गम्भीर बन्छन् कि जसले परिवारमा मानसिक समस्या, जाँडरक्सी तथा लागुपदार्थको समस्या तथा घरेलुहिंसाका अपराधसमेत देखा पर्छन्। त्यसैले यस लेखमा पारिवारिक सम्बन्धमा समस्याका कारण र समाधानका उपाय प्रकाश पार्ने जमर्को  गरिएको छ।




पतिपत्नीबिच समस्या

सामान्यतः पतिपत्नीबिच देखा पर्ने समस्यालाई दुई वर्गमा वर्गीकरण गर्न सकिन्छ। पहिलो हो, व्यक्तिगत जीवनसँग सम्बन्धित समस्या, जस्तैः सेक्स समस्या। अर्को हो, पारिवारिक तथा सामाजिक समस्या। पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।

तर पतिपत्नीबिच व्यक्तिगत समस्या बढी जटिल हुन्छ। यो समस्या प्रायः सेक्ससँग सम्बन्धित हुनाले निजात्मक हुन्छ, समस्या लामो समयसम्म रहिरह्यो भने यसले पतिपत्नीबिच आक्रोश, कलह तथा कटुता पैदा गर्छ। सेक्स समस्याले पतिपत्नी दुवैलाई प्रभावित पार्छ। जस्तो कि पत्नी काम–शीतलताद्वारा पीडित भएको खण्डमा पतिलाई यौन सुखानुभूति प्राप्त हुँदैन। पत्नी पनि यौनसुखबाट वञ्चित हुन्छिन्। यदि पति शीघ्रपतनबाट ग्रस्त छ भने पत्नीलाई मात्र होइन, स्वयम्लाई पनि प्रभावित पार्छ। यस्ता पतिहरू हीनताबोध र डिप्रेसनको सिकार बन्न सक्छन्।

यसको उपचारका लागि चिकित्सककहाँ पुगेका अधिकांश महिलाहरूले पनि आफ्नो समस्या पूरा खोलेर भन्न लजाउँछन्। जस्तो कि दुश्चिन्ता तथा डिप्रेसनबाट पीडित महिलामा सेक्स इच्छा कम हुन्छ। जसले पतिपत्नीबिच कटुता पैदा गर्न सक्छ। यति हुँदा पनि महिलाहरूले यो समस्यालाई आफैंभित्र गुम्साएर राख्न उचित ठान्छन्। परिणामस्वरूप यस्ता महिला थप मानसिक समस्याको चंगुलमा पर्छन्।

बाबुछोराबिच समस्या

कुनै यस्तो घर छैन, जहाँ आमाबाबु र छोराछोरीहरूबिच ठाकठुक नभएको होस्। तर कतिपय घरमा बाबुछोराबिच समस्याले यति उघ्र रूप लिन्छ कि बाबुछोराबिच मारकाट नै हुन पुग्छ। खासगरी किशोर छोरा र आमाबाबुबिच भनाभन, झैझगडा र हातपातसमेत हुने गर्छ। किशोरकिशोरीमा हुने रासायनिक परिर्वतन, छोराछोरीबाट आमाबाबुको अपेक्षा, पुरानो पिँढी र नयाँ पिँढीको सोचको अन्तर, पारिवारिक संस्कार तथा घरको वातावरणका कारण नै यस्तो समस्या देखा पर्छ।

दाजुभाइबिच समस्या

विवाह हुनुभन्दा पहिला दाजुभाइबिच सम्बन्धमा खासै ठुला समस्या देखा पर्दैनन्। तर, विवाह भएपछि दाजुभाइबिच बढी खटपट सुरु हुने गर्छ। एउटा भाइले बढी कमाउने तथा अर्को भाइले नकमाउने वा कम कमाउने भयो भने पनि परिवारमा समस्या देखा पर्छ। अंशबन्डाको विषयलाई लिएर पनि दाजुभाइको सम्बन्धमा समस्या देखा पर्छ। कहींकहीं त एक फिट जमिनलाई लिएर समेत दाजुभाइबिच पानी बाराबरको स्थिति सिर्जना हुन्छ। कतिपय अवस्थामा त मारकाट नै हुने गर्छ। अंशबन्डा भएर बसेका दाजुभाइमा प्रतिस्पर्धा र ईष्याका कारण सम्बन्धमा समस्या देखा पर्छ।

दिदीबहिनीबिच समस्या

एकाध अपवादलाई छोड्ने हो भने दिदीबहिनीबिच सम्बन्धमा खासै ठुलो समस्या देखिँदैन। कहिलेकाहीं दिदीबहिनीबिच ठाकठुक, हात हालाहाल तथा बोलचाल नै बन्द भए पनि यसले उग्र रूप लिँदैन। केही दिनमै आपसी समस्या साम्य हुन्छ र दिदीबहिनीबिच सम्बन्ध पुनः पहिलाका जस्तै हुन्छ। तर विवाह भइसकेका दिदीबहिनीबिच आर्थिक हैसियतका कारण तथा प्रतिस्पर्धा र ईर्स्या कारण सम्बन्धमा समस्या देखापर्छ।

देउरानी–जेठानीबिच समस्या

नेपाली समाजमा देवरानी–जेठानीबिच समस्या नभएको कुनै घर छैन। कतिपय घर त देउरानी–जेठानीबिचको झैझगडाका कारण नै टुट्ने गर्छ। देउरानी–जेठानीबिच आइपर्ने समस्याको जड भनेको भाइहरूको कमाइको अवस्था, घरधन्दा, एकअर्कामाथि प्रभुत्व जमाउने होडबाजी तथा ईष्र्या हुन्। जस्तो कि जेठानीले आफू जेठानी हुँ भन्ने तथा देवरानीले आफू ठुलाबढाकी छोरी हुँ भन्ने धाकजस्ता कारणले देउरानी–जेठानीबिच सम्बन्धमा समस्या देखा पर्छ।

सासूबुहारीबिच समस्या

संयुक्त परिवारमा सबैभन्दा बढी समस्या सासूबुहारीबिच हुने गर्छ। सासूबुहारीबिच देखा पर्ने समस्याका अनेक कारण छन्। दाइजोका कारणले पनि समस्या देखा पर्छ। बुहारीले घरधन्दा ठिकस“ग नगर्नाले तथा मरिमेटी घरधन्दा गर्दा पनि सासू सन्तुष्ट नहुनाले पनि समस्या देखा पर्छ। आफ्नी आमाले गाली गर्दा तथा पिट्दा पनि सहने छोरीले बुहारीका रूपमा सासूले गरेको सानोतिनो गालीलाई पनि सहन नसक्दा पनि समस्या पैदा हुन्छ। छोरा बेरोजगार, दुव्र्यसनी र आवारा भएको खण्डमा पनि सासूबुहारीबिच समस्या देखा पर्छ। सासूबुहारीबिच हुने मनमुटावको प्रमुख मनोवैज्ञानिक कारण ईष्र्या र अहम् हो।

समाधान

परिवारमा कुनै विवाद, समस्या वा कठिनाइ उत्पन्न नहुनु सम्भव छैन। एउटै घरमा बस्दा, स“गै उठबस गर्दा परिवारमा अनेक आपसी समस्या आउन सक्छन्। यो आम कुरा हो। तर, यस्ता समस्याको समाधान आवश्यक हुन्छ। यदि यस्ता समस्याले उग्र रूप लियो भने घरपरिवार नै भताभुंग हुन सक्छ। त्यसैले परिवारमा देखा पर्ने समस्यालाई समयमै समाधान गर्न आवश्यक हुन्छ।

पतिपत्नी जीवनरूपी रथका दुई पांग्रा हुन्। यी दुई पांग्राको आपसी सहयोगमा नै जीवनरूपी रथ ठिकसँग अगाडि बढ्छ। वास्तवमा पतिपत्नीको सोच, आपसी भावना, व्यवहार तथा शैलीद्वारा उत्पन्न स्थिति तथा परिस्थितिहरूको परिणामस्वरूप नै परिवारको भविष्य बन्छ। दाम्पत्य जीवन सुखमय भएको खण्डमा नै परिवार फुल्छ, फल्छ। त्यसैले पतिपत्नीले आफूबिच र परिवारबिच देखा पर्ने समस्या बेलैमा समाधान गर्न अग्रसर हुनुपर्छ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस