सम्झना
१३ पौष २०८०
•
५ मिनेट पाठ
सम्झना
क्याप्शन
खेतको आलीबाट एउटी गोरी पुतलीजस्तै सानी फुच्ची उफ्रिंदै हिंडिरहेकी छ। उमेरले साठी कटेकी तारा धेरै रोगले कमजोर बनिसकेकी छिन्। आज कताकता त्यो सानी फुच्ची आफूले धेरै नजिकबाट चिनेको आफ्नो कोही हो कि जस्तो लाग्यो उनलाई। आँगनको डिलमा बसेर उनी आफ्नो अतीतमा हराउन पुग्छिन्।




- माइजू मलाई गर्मी भयो,मलाई तिर्खा लाग्यो। ताराकी सानी भान्जी रुन्छे स्वरमा कराउन थाली।

-पर्खिनुस् है एकैछिन मेरो भारी पुग्नै लाग्यो। ऊ पर पँधेरो छ। त्यहीं गएर पानी पिउनुपर्छ।

-माइजू मलाई पिसाब लाग्यो। त्यही आलीमै फेर्नुस् न त। माइजूले आग्रह गरिन्।

- नाइँ गर्दिन म यहाँ त, लाज लाग्छ पराईले देख्छ। रुन थाली भान्जी।

- ल म मजेत्राले छेकिदिन्छु ल गर्नुस्। अघि मैले घरमै बसिराख्नुस् भान्जी म छिटाे एकडोको घाँस काटेर लेराउछु भन्दा पछि लागेर आउनुभयो। अब तपाईलाई गारो भयो नि! माइजूले माया गर्दै भनिन्।

- उम्म्म् हजुर नहुदाँ घरमा बस्नै मन लाग्दैन मलाई के। भान्जी लाडिंदै माइजूलाई गालामा चुप्पा गरिदिई।

-ल ठिक छ अब यही आलीमा बसिरहनुस् एकछिन चुप लागेर म छिटोछिटो भारी पुर्‍याउँछु भन्दै पोल्टाबाट एक टुक्रा मिस्री झिकेर मुखमा राखिदिइन्।

भान्जी मिस्रीको स्वाद लिंदै आलीमा बसेर त्यहाँको खेतका गराहरू, भर्खर उम्रिएका आलुका ड्याङ्हरू, त्यहाँ वरिपरि रुखबिरुवाहरू हेर्न थाली। रोसी खोला पहरा थर्काउँदै बगेको आवाज स्पष्ट सुनिइरहेको थियो। नजिकैको खोल्छापारि बनमा चराहरू अनेक आवाज निकालेर कराइरहेका थिए।
काठमाडौको कोलाहलमा बसेकी भान्जी यी प्राकृतिक कुराहरूप्रति खुब रमाइलो र अचम्म मानेर एकनास हेरिरहेकी थिई। एक्कासि उसको खुट्टामा केही चिज सकसकाए जस्तो लाग्यो। निहुरिएर हेर्दा कालो टाँसिने किरा जुका टाँसिएको रहेछ। आबुई माइजू भन्दै काल्लाबाट तल खसिन भान्जी।

तारा आत्तिंदै आएर भान्जीलाई अँगालो हालेर खुट्टाको जुका झिकेर फालिदिइन् अनि घाँसको भारी बोकेर भान्जीलाई डोर्‍याउँदै घर पुग्छिन्। घरमा वृद्ध सासूससुरा र ससाना दुई छोरा। गोठमा दुई गाई, चार बाख्रा, एकपछि अर्को कामले हात खाली नै हुँदैनथ्यो। सासू साना दुई  नातिको स्याहारसुसार गर्ने अनि भान्छामा बुहारीलाई सघाउने गर्थिन्। ससुरा गाउँका समाजसेवी बहुदल आउनुअघि प्रधानपञ्च थिए।

विवाह गरेको चार वर्षमा ताराको गर्भबाट दुई छोराको जन्म भयो। सानो छोरा जन्मेको दुई महिना हुँदा खोलामा पौडी खेल्न गएको छोराको असामयिक मृत्युले सासू मुटुको रोगी भएकी छन्।

तारा आफ्नो रहरलाग्दो जवानीमा आफ्नो खसमसँग बिछोडिएको पीडाले विचलित हुँदै बनमा घाँस काट्न र पत्कर सोहोर्न जाँदा विरहका गीतहरू गाउने गर्थिन्। मनभरिका माया खसमसँग साट्न नपाएकाले पनि होला, आफ्नो अथाह माया आफ्ना छोराहरू र भान्जीलाई पोख्ने गर्थिन्। मुटुको टुक्राझैं प्यारो मान्थिन्।
भर्खर  कक्षा तीनमा पढ्दै गरेकी भान्जीको घर शहरमा थियो। स्कुलको छुट्टी हुनासाथ मामाघर आउने माइजूसँग भेट्न आतुर भैहाल्थी भान्जी पनि। मानौं, माइजू र भान्जी एकापसममा गाँसिएका मुटुजस्तै थिए।

पनौतीको ठाउँ खेतीपाती प्रशस्त थियो। खेत खन्ने धान रोप्ने गोड्ने काट्ने आलु रोप्ने, गहुँ रोप्ने बाह्रै महिना खेतबारीको काम खेताला सधैं खेतबारी धाइरहनुपर्थ्याे तारालाई। भान्जी दुई महिने स्कुल छुट्टीमा आउँदा आफूसँगै सुताउँथिन् अनि रातभरि धेरै कथा सुनाउँथिन्।

कथा सुन्दा माइजूको कथामा, कथाको मूल पात्र माइजू नै हो जस्तै लाग्थ्यो उसलाई पनि। यो सिलसिलामा लालहिराको कथा, सुनकेस्रा रानीको कथा र लाटो बुंगाको कथा जस्ता धेरै कथा सुनाइसकेकी छिन् ताराले आफ्नो भान्जीलाई।

सानी नै भए पनि माइजूको आखाँको आँसु देख्न सक्ने र मनको पीडा बुझ्ने खालको बानीले माइजू आफ्नो मनका कुराहरू सुनाउँथिन्। मामासँग चार वर्षमा महसुस गरेका कुराहरू सुनाउँथिन्। कहिले तपाईको मामा मलाई लिन आउँछु भन्नु भाको छ, म जान्छु है भनेर खाटमुनि लुक्न जान्थिन्। भान्जी रुँदै नाइँ नजानुस् मलाई एक्लै छाेडेर, तपाई गएपछि फर्केर आउनु हुन्न मामाजस्तै।

 तारा भान्जीलाई अँगालोमा बेरेर पेटभरि आँसु बगाउँथिन्। सानी भान्जीलाई के थाहा त्यत्तिका आँसुहरू किन बग्दैछन? तैपनि भान्जी भन्ने गर्थिन् - माइजू,म छु नि हजुरको। म ठुलो हुन्छु। धेरै पढ्छु। धेरै पैसा कमाउँछु अनि शहरमा लगेर मसँगै राख्छु अनि यत्तिका धेरै काम गर्न दिन्न। सुखसँग बसौला नि है?
ताराको अनुहार केही उज्यालो हुन्थ्यो। भान्जी हजुर ठूलो भएपछि, धेरै पढेर राम्रो मान्छेसँग विवाह गरेर जानुहुन्छ अनि उसैको मायामा मलाई भुलिहाल्नुहुन्छ नि! 

- नाइँ माइजू म विवाह गरेर जान्न के। फेरि म जहाँ गए पनि हजुरलाई सँगै लान्छु। म हजुरको छोरी हो के भन्दै माइजूको आखाँको आँसु पुछिदिन्थिन्। सानी भान्जीका यत्ति मायालु कुराले तारालाई आफ्नो दिवंगत श्रीमान् अगाडि आएर केही भने जस्तै लाग्थ्यो।

दुई महिने स्कुल छुट्टी पूरा भयो। भान्जी लिन आमाजू आइन्। आमाजूका लागि गाउँको कोसेली भुटेर खाने मकैभटमास, गुन्द्रुक, सुकेको खुर्सानी, गाईको घिउ, केही सुन्तला गरी बोराभरि बनाएर पनौती  बसपार्कसम्म बोकेर पुर्‍याउन गइन्। बसमा चढाएर आमाजूलाई ढोग र भान्जीलाई अँगालोमा बेरेर निधारमा चुप्पा गरिदिइन्।

बस अगाडि बढ्यो, झ्यालबाट टाउको निकालेर हेर्दै गरेकी भान्जीलाई हात हल्लाउँदै थुचुक्क भुईमा बसिन् तारा। बस देखिन छाड्यो। ताराको संसारै अध्याँरो भयो। हातखुट्टाहरू फतक्क गले। खै किन हो त्यो बालिका जाँदा आफूलाई नितान्त एक्लो महसुस गरिन् ताराले।

हुन त घरमा सासाना छोराहरू पनि थिए उनका साथ तैपनि जता गए पनि पछि लोग्नेसँगै सुत्ने, आँखाको भाव बुझ्ने ती भान्जी जाँदा आफ्नो खसम  बिछोडिंदाको पल जस्तै विह्वल भैइन् तारा। त्यहाँबाट गरौ पाइला बोकेर सकी नसकी घर पुगिन्। सबै जाँगर हरायो। न खान मन लाग्छ, म काममा मन लाग्छ। न साना छोराहरूमा मन भुल्छ। जताततै भान्जीको अनुहार देखे जस्तो हुन्छ। सुत्ने बेला भान्जी सम्झेर तकिया भिजाउँछिन्। खेतबारी जताततै भान्जी मात्रै देख्छिन्।

- हे दैव किन यस्तो माया लगाइदियौ त्यो सानी फुच्चीसँग? आखिर अर्काको बाछो चाट्यो मुखभरि रौ भनेझैं लगि त हाले  मेरो पीडा कस्ले बुझ्ने?
उसको यादले महिनौसम्म सतायो तारालाई। आज धेरै वर्ष बितिसक्यो। भान्जीका दुई सन्तान जन्मिसकेका छन्। सासूससुरा बितिसकेका छन्। दुवै छोराको विवाह भएर नातिनातिना जन्मिसकेका छन्। सबै आआफ्नो गरी खाने भैसकेका छन्। रक्तचाप र सुगरले गर्दा गलित भैसकिन् तारा त्यहीं घर, त्यहीं ठाउँ, त्यहीं  घरको आँगनको डिलमा बसेर उमेरभन्दा अगाडि जीर्ण भएको शरीर बोकेर आज पनि कसैको  प्रतीक्षामा।
अर्को समाचार
आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस
०५ भदौ २०८३
•
२ मिनेट पाठ
आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस
आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ।




सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आतङ्कवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको हो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्तावअनुसार सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा आतङ्कवादका पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धिमा जोड दिइएको छ।

संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतङ्कवादविरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रवद्र्धन तथा पीडितका मानव अधिकारको संरक्षणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई जोड दिँदै आएका छन्।

सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा आतङ्कवादका पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा आतङ्कवादका पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यस दिशाका महत्वपूर्ण प्रयास हुन्।

सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादीबाट हुने यौन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिएको छ। प्रस्तावले सदस्य राष्ट्रलाई आतङ्कवादका पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गरेको छ।

सन् २०२२ सेप्टेम्बरमा  राष्ट्रसङ्घको मुख्यालयमा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलन आयोजना गरिएको थियो। राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम र ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’ मार्फत आतङ्कवादका पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ।

राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसङ्घीय निकायलाई आतङ्कवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयन गर्न रणनीतिक नेतृत्व, समन्वय र क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ। साथै, पीडितलाई सहयोग गर्न नागरिक समाज र निजी क्षेत्रका संस्थासँगको सहकार्यलाई पनि यो संस्थाले प्रोत्साहन गरेको छ। रासस
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस