सिद्धिथुम्का चुली उक्लिएको साहित्य
२३ कार्तिक २०८०
•
५ मिनेट पाठ
सिद्धिथुम्का चुली उक्लिएको साहित्य
देउमाई नगरपालिका–७ स्थित पर्यटकीय सिद्धिथुम्का चुलीमा आयोजित साहित्यिक कार्यक्रम। तस्बिर: भीम/नागरिक
‘आधुनिक पहिरनले साडी–चोलो पर सार्‍यो




एउटै पहिरन भएकाले भाइ र बहिनी चिन्नै गाह्रो

छोटा स्कट लगाउनाले आमालाई छोरीमा झार्‍यो

नग्न फेसनको होडबाजीले जस्तो जन्मेको त्यस्तै पार्‍यो’

‘हास्य कवि’ उपनामले चिनिएका गीताराम निरौलाको रोचक र आकर्षक प्रस्तुतिमा दर्शक–श्रोता त्यसै पनि तानिन्छन्। उनका शब्दमा धेरै हाँस्छन् तर त्यत्तिकै गम्भीर पनि बन्छन्, मन्त्रमुग्ध हुन्छन्। त्यही मेसो पक्डिएर निरौला सामाजिक यथार्थ चित्रणसहित कसैको ‘सापटी’ सिर्जना पस्किहाल्छन्–

‘कलम रोए शब्द बन्छ कवि रोए कविता

धनी मरे समवेदना, गरिब मरे रमिता’

हरेक बिहान भाले नडाक्दै झुल्केघाम, संसार ढाकेझैं वनजंगलको सौन्दर्य र लहरै दाँतझैं टल्किने हिमाल हेर्न पर्यटक भेला हुने सिद्धिथुम्का चुलीमा बुधबार भने साहित्यकार र साहित्य प्रेमी उक्लिए।

सिर्जनशील मनबीचको भलाकुसारी साहित्य बन्यो अनि साहित्य नै उनीहरूबीचको संवाद। स्कुले बालबालिकादेखि ८० वर्ष छेउछाउका देउमाई नगरवासी सिद्धिदेवीलाई ‘साक्षी’ राखेर धमाधम सिर्जना पोख्न थाले।

पर्यटकीय सिद्धिथुम्कामा संगिनी नाचियो, साकेला देखाइयो अनि छाडिएनन् अरू–अरू सांस्कृतिक झाँकी पनि। खेतमा लहलह झुलेको ‘मंसिरे चटारो’ एकछिन बिसाएर भएपनि किसान र मजदुरसमेत त्यही चुलीमा साहित्यको रस पिउन जोडिए, रमाए।

किसोरी विनीता बराइलीको ‘प्रतिकार’ ले साहित्यिक माहोलमा अर्काे ‘आगो’ दन्कियो। कानुनले बर्जित गरे पनि समाजमा व्याप्त विभेदको पीडा उनका शब्दअंशले नै छताछुल्ल पारिदिँदा सहभागी कतिका आँखा रसाए, कतिले ‘घाउ’ मा मलम अनुभूत गरे–

‘म जूनसँग खेल्दै थिएँ ताराको बगैंचामा

छुट्टै अस्तित्व, छुट्टै संसार

र, हरियाली प्रकृतिमा 

जिन्दगी निकै रंगीन थियो

सोचें– म आफैं इन्द्रेणी हुँ

महसुस गरें 

यदि मैले हेर्ने आकाश यति स्वतन्त्र छ भने

ओहो ! यो धर्ती पनि पक्कै समतल छ

तर, उत्रिनँ मैदानमा 

जब दैलो पार गरें धाराको पानी अछुत भयो

दियो अँध्यारो भयो

शरीर योग्य तर सिँदुर अयोग्य बन्यो’

जिल्ला सदरमुकामभन्दा निकै टाढा अनि पालिकाको केन्द्रभन्दा पनि टाढा। सिद्धिथुम्का चुलीमा साहित्यिक जमघट आफैंमा ‘केन्द्रीकृत’ मानसिकताविरुद्धको गतिलो आवाज त थियो नै, यहाँ ओकलिएका शब्द अझ तिख्खर र विद्रोही। बेला–बेला कार्यक्रम सञ्चालक सुमन लुहागुन स्पष्ट पार्दैथिए– ‘सत्ताको प्रमुख प्रतिपक्षी साहित्यकार नै हुन्छन् र हुनुपर्छ पनि।’ अनि, उनी पनि किन सक्थे र आफ्नो जोस थाम्न ! सुनाइहाले एक टुक्रा–

‘कहिले थोर गरेर सफर कहिले धेर गरेर

पाइला चल्छ उकाली ओराली हेरफेर गरेर

त्यही रफ्तारमा चुम्नु छ सफलताको शिखर

म जन्मिएको छु मृत्यु पत्रमा हस्ताक्षर गरेर’

आयोजक संस्थाको नाम नै ‘परिवर्तनका लागि आवाज’। देउमाई नगरका साहित्य प्रेमी युवाको समूह हो यो। दबिएका आवाज साहित्यमार्फत् उजागर गर्न डेढ वर्षदेखि गाउँका ‘अर्ग्यानिक क्यानभास’ चहारिरहेका छन् यसमा आबद्ध युवा सुजन बाँस्तोला, चेतन अञ्जान, टीका कटवाल, सुमन लुहागुन र अरू कम्तीमा २० जना। सामाजिक विकृति, विसंगतिदेखि पछिल्लो समय राजनीतिका नाममा मौलाएको कमिसनखोर प्रवृत्ति अनि त्यसमा पिल्सिएका सर्वसाधारणको पीडा ‘दमदार’ रूपमा ओकल्दैछन् उनीहरू।

त्यही रफ्तारमा युवा कवि सुजन बाँस्तोला सरकारमाथि प्रश्न सोझ्याउँछन्–

‘मेरी वृद्धा आमाको कर कति हो सरकार ?

मेरा बेपत्ता बाको कर कति हो सरकार ?

मेरो धान फल्ने खेतमा पहिरो दौडिन्छ, 

बाको लालपुर्जाको कर कति हो सरकार ?

म दिन तयार छु, झुपडीको पनि आयकर,

यहाँ पानी चुहिने छानाको कर कति हो सरकार ?’

मनका पीडा अक्षरमा पोखेर सन्तुष्ट हुनु मात्रै देउमाईका सचेत युवाको उद्देश्य होइन। उनीहरू सिर्जनामा मिसाइएको कलाका माध्यमबाट परिवर्तनको सपना बुन्दैछन्। र, परिवर्तनका लागि शब्दकै हतियार उठाउनुपर्छ भन्ने चेतना नगरभर जागृत गर्दैछन् । अभियन्ता टीका कटवाल साहित्य, सिद्धान्त, सत्ता, समाज र सहअस्तित्वको लामो बयान सकिएपछि ‘परिवर्तनका लागि आवाज’ को निष्कर्षबारे सुनाउँछन्– ‘प्रतिरोधी चेत नै सबाल्टर्नको आवाज हो।’

यही सपना जीवन्त बनाउन युवामात्र होइन, बालबालिकामा समेत साहित्यिक लहर चलाउन प्रयास गरेको आयोजक संस्थाको अध्यक्षसमेत रहेका बाँस्तोला सुनाउँछन्। त्यही प्रयासमा यहाँ आयोजित कार्यक्रममा पनि विद्यालय तहमा अध्ययनरत बालबालिकाबीच चाहिँ कविता प्रतियोगिता नै सञ्चालन गरियो। प्रतियोगितामा शुभेच्छा दाहाल पहिलो, मिराक फियाक लिम्बू दोस्रो र नेहा लिम्बू तेस्रो भए। आठ बाल प्रतियोगीले कविता नै सुनाइदिए।

सिद्धिथुम्का चुलीमा भेला भएकामध्ये गजलले परिचित युवक चेतन अञ्जानदेखि प्रकाश खनाल, तुलाराम पुरी, कोषवल्लभ रेग्मी, राम क्षेत्री, बुद्धिसागर न्यौपाने, भीमसेन लिम्बू, विमल अधिकारी, आरके एलन मुखिया, इलामे नानीलगायतले रचना सुनाए। रचना सुनाउन चाहने तर समय नपुग्ने अनगिन्ती नै थिए।

‘झापाबाट यहाँको साहित्यमा रम्न यहीँ आइपुगेका त्रिविक्रम नेपाल भन्दै थिए, ‘सदरमुकामभन्दा टाढा गाउँका बालबालिकादेखि युवा र वृद्धसम्म साहित्यमा जमेको, विद्रोही सिर्जनामा रमाएको दृश्य साँच्चीकै लोभलाग्दो हुँदो रहेछ।’
देउमाईका युवाको परिवर्तन सपनामा जाँगर भर्दै व्यवसायी अशोक विश्वकर्मा धराने, प्रकाश श्रेष्ठ, पत्रकार माधव चौंलागाईं, पर्वत पराजुलीलगायतले चाहिँ कार्यक्रमलाई यथाशक्य आर्थिक टेवा पुर्‍याइदिएछन्। स्थानीय खान्द्रुङ माविका शिक्षक र विद्यार्थीले कार्यक्रम सफल पार्न सघाए। आयोजक अध्यक्ष बाँस्तोला भन्छन्, ‘हामी साहित्य मात्र होइन, क्रसमः सबैखाले प्रतिभाको खोजीमा छौं, उनीहरूको पहिचान र प्रस्फुटनको प्रयास गर्दैछौं।’

संस्थाले यसअघि पनि देउमाईका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम, बहसलगायत सञ्चालन गरिरहेको छ। ‘सेमिनार हलभित्र प्रोजेक्टर राखेर गरिने कार्यक्रमभन्दा प्राकृतिक मञ्चतिर आयोजना गरिने कार्यक्रम चाहिँ निकै प्रभावकारी र जीवन्त बन्छन्,’ उनले भने, ‘हामी कुनै पनि कार्यक्रमलाई केन्द्रमा सीमित नगरी सबैको पहुँचसम्म पुर्‍याउने र सबैसँग पुग्ने अभ्यास गरिरहेका छौं। यसमा नगर वासी सबैले सहयोग गर्नुभएकाले पनि हामीमा उत्साह थपिएको छ।’
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
४ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस