अभिनेता पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन्।
पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन्। नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए।
रिहा भएपछि शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन्। सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद।’
तनहुँ जिल्ला अदालतको आदेशमा पुर्पक्ष थुनामा रहेका पल शाहलाई नवलपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ। नाबालिग गायिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा थुनामा रहेका शाहलाई बयानका लागि मंगलबार तनहुँ कारागारबाट नवलपुर जिल्ला अदालतमा लगिएको हो। उनीविरुद्ध नवलपुर जिल्ला अदालतमा पनि मुद्दा छ।
नवलपुर जिल्ला अदालतले शाहको बयान लिएको छ। न्यायाधीश अर्जुन अधिकारीसमक्षउनले बयान दिएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। ‘बयान सकिएको छ। बुधबारदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने।
न्यायाधीश अधिकारीको एकल इजालसमा थुनछेक बहस सुरु हुनेछ। शाकको तर्फबाट नौजना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन्। जाहेरवालाको तर्फबाट मंगलबारसम्म कसैले पनि वकालतनामा दिएका छैनन्। पीडित नाबालिगका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। ‘बहस सुरु हुनुअगाडिसम्म वकालतनामा दिन सकिनेछ,’ सूचना अधिकारी क्षेत्रीले भने।
यही चैत ३ गते सरकारी वकिलको कार्यालय नवलपुरले जिल्ला अदालतमा शाहविरुद्ध दायर गरेको थियो। मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै शाहविरुद्ध मुद्दा दायर भएको हो।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...