अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यको पहिलो प्रस्तुती
२१ माघ २०७९
•
४ मिनेट पाठ
अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यको पहिलो प्रस्तुती
अष्ट्रेलियाका सबैजसो ब्यस्त सहरहरुमा धेरैपटक प्रस्तुत भइसकेको नेपथ्य तुलनात्मक रुपले शान्त केन्द्रिय राजधानी क्यानबेराको मञ्चमा भने यसपाला पहिलोपटक उभिएको थियो। थोरै मात्र नेपालीको बसोबास रहेको यस सहरमा पनि नेपाली लोक रक धुन बोकेर पुगेको ब्याण्डले शुक्रबार भब्य स्वागत पाउन सफलभएको छ।




यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा तोकिएको दर्शक संख्याअनुसार जारी सम्पूर्ण टिकट शोभन्दा अघिल्लो दिन अर्थात् बिहीबारै विक्री भएर सिद्धिएको थियो।शुक्रबार कन्सर्ट सुरुहुनुभन्दा निकै अघि नै ‘अष्ट्रेलियन युनिभर्सिटी’ परिसर भित्र रहेको हलमा नेपाली र केहि मात्रामा अष्ट्रेलियन दर्शकहरुको घुइँचो लागिसकेको थियो।

स्थानीय समयअनुसार बेलुकीको ठीक ८ः३० बजे कन्सर्ट सुरुहुँदा ब्याण्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरुगरेको थियो। त्यसपछि लगत्तै दोश्रो अल्बमको सर्बकालीक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो।

कार्यक्रममा दर्शकहरुको भिँड भित्रै लिण्डा ट्रिग पनि थिइन्। नेपालमा कुनै समय अष्ट्रेलियन कुटनीतिज्ञको भूमिका निर्वाह गरेकी र हाल अवकाशप्राप्त उनी साथमा छोरालाई लिएर कन्सर्ट हेर्न आइपुगेकी थिइन्।

‘गजब लाग्यो,’ कार्यक्रम हेरिसकेपछि प्रतिक्रिया दिँदै उनी भनिरहेकी थिइन्, ‘ब्यावसायिकताले निखारिएको त छँदैछ, नेपथ्यको प्रस्तुती असाध्यै उर्जाशील पनि लाग्यो।’

ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ त्यो उर्जाकै मुख्य श्रोत भएता पनि सिँगो ब्याण्ड आफैमा विश्वस्तरीय रहेको लिण्डाको मूल्यांकन थियो। ‘सिंगो दर्शक रमाए,’ लिण्डाले थपिन्, ‘हामी आमाछोरा पनि खुब रमायौं।’

कार्यक्रमलाई त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतहरुले निरन्तरता दिएको थियो। ‘शिरफूल शिरैमा’ गाइरहँदा अमृतले नेपालका डाँडाकाँडामा अद्भूत मिठास रहेको उल्लेख गर्दै स्वदेश गएका बेला पदयात्रा गर्न दर्शकहरुलाई हौस्याएका थिए।

हलभित्रै रमाइरहेका दर्शकमा मानस्वी र नेहा पनि थिए।

‘कार्यक्रम असाध्यै बाँध्ने किसिमको थियो र सिंगो अवधिभर हामी त्यसको बन्धनमा कस्सिएर रमाएका थियौं,’ उनीहरु भनिरहेका थिए, ‘अर्कोतिर कस्तो नेपालै पुगेको जस्तो पनि महशुस भइरह्यो।’आफूहरु अष्ट्रेलियामा नियमित रुपले कन्सर्टहरुमा गइरहने भएता पनि नेपथ्यसँग शुक्रबारको क्षणजस्तो आत्मीयता अन्यत्र कतै महशुस नगरेको पनि उनीहरुले बताए।

सिन्धुलीमाडीबाट अष्ट्रेलिया आइपुगेकी नेहाले ११ वर्षअघि नेपथ्यले उनकै सहरमा आयोजना गरेको कन्सर्ट पनि हेरेकी रहिछन्। त्योबेला पाँच कक्षामा पढ्ने उनी काकाहरुको साथमा गएकी थिइन्।

‘त्योबेलादेखि मैले सकेसम्म नेपथ्यको कन्सर्ट छुटाउँदिन भनेर मनमनै सोचेको थिएँ,’ उनी भनिरहेकी थिइन्, ‘आज फेरि नेपथ्य अनुभव गरिरहँदा वाल्यकालका दिनहरु पनि खुबै याद आए।’

मानस्वी भने सिड्नीदेखि यो कन्सर्ट हेर्नकै लागि क्यानबेरा आइपुगेकी रहिछन्। सानै हुँदा नेपथ्यले ‘भेँडाको ऊनजस्तो’ गीत रिलिज गरेको र लगत्तै आफ्नो सहर धुलाबारीमा कन्सर्ट गरेको सम्झना मानस्वीसँग थियो।

‘उहिलेदेखि मनपरेको त्यो गीत यहाँ आएर यति रमाइलोसँग सुन्न पाइयो,’ उनी भनिरहेकी थिइन्, ‘म केहि दिनपछि हुने सिड्नीको कन्सर्ट पनि हेर्न आइपुग्छु।’

‘नैनाताल’ सुनाएपछि नेपथ्यले जसै ‘यो जिन्दगानी’ गाउन थाल्यो पर्दामा मानवसेवा आश्रमले उद्धार गरेका सडक आश्रितहरुको हृदयविदारक दृश्य बग्न सुरुभएको थियो। यसरी विरक्तलाग्दो हिसाबले कसैले बाँच्नु नपरोस् भनेरै यो सिंगो वर्ष ब्याण्डले ‘मानवताका लागि संगीत’ अभियान अघि बढाएको उल्लेख गर्दै गायक अमृतले त्यसै अभियानलाई लिएर गएको महिना नेपालभरको भब्य यात्रा सम्पन्न भएको पनि उल्लेख गरे।

त्यसपछि दर्शकहरुमा तीब्र तरंग पैदागर्ने हिसाबले ‘मै नाचे छमछमी’, ‘रेशम’ हुँदै ‘तालको पानी’ सुनाइएको थियो। अन्तिममा भने ‘रातो र चन्द्रसूर्जे’ सुनाएर कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम अवधिमा अमृतले उपस्थित नेपाली दर्शकहरुको साथ पाइरहँदा एकमनले खुशी र अर्को मनले दुःखी पनि महशुस भइरहेको उल्लेख गरे।‘तपाइहरु यहाँ आएर उज्वल भविष्यका लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुशी छु,’ उनी भनिरहेका थिए, ‘तर, यत्तिका उर्जावान् तन्नेरीहरुलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता कता नरमाइलो पनि भइरहेको छ।’

नेपालका युवा पुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्न उनले मञ्चबाटै नेताहरुलाई आव्हान पनि गरे। त्यसो नगरिएमा आउने समयले उनीहरुलाई माफ नगर्ने चेतावनी पनि दिए।

मञ्चमा अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए। कलाकारको यो टिमबाहेक ब्यवस्थापक र प्राविधिकहरुको १३ सदस्यीय टोली यात्रामा सरिक छ।

‘यो कार्यक्रम भब्य रुपले सम्पन्न त भयो नै,’ स्थानीय आयोजक गौरव दहाल भनिरहेका थिए, ‘उपस्थित प्रत्येक दर्शकले सकारात्मक उर्जा बोकेर हलबाट बाहिरिएको देख्दा झनै खुशी लाग्यो।’

यसपटकको श्रृंखलावद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुती सम्पन्न भएपछि ब्याण्ड अब ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुगेको छ । फेब्रुअरी ५ तारिख आइतबारका दिन त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा अबको पाँचौ प्रस्तुती रहनेछ।

त्यसपछि फेब्रुअरी १० तारिख सिड्नीको ‘होडर्न पभिलियन’, फेब्रुअरी १३ तारिख मेलबर्नको ‘फोरम’ र अन्त्यमा अष्ट्रेलियाकै पुछारमा रहेको बेग्लै टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन प्रस्तुत भएपछि नेपथ्य स्वदेश फर्किनेछन्।  
अर्को समाचार
भारी वर्षाका कारण सयभन्दा बढी हवाई उडान रद्द
२३ चैत्र २०८०
•
१ मिनेट पाठ
भारी वर्षाका कारण सयभन्दा बढी हवाई उडान रद्द
अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण एक सयभन्दा बढी उडान रद्द गरिएका छन्। वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द गरिएको बताइएको छ।




सिड्नी विमानस्थलका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बाढी आएपनि रनवेहरू खुला रहेको पुष्टि गरेका छन्।

प्रवक्ताले आँधीबेहरीका कारण केही उडान रद्द र केहीमा ढिलाइ भएको बताउदै यात्रुहरूलाई  उडानको स्थितिबारे सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन उनले आग्रह गरेका छन्।

न्यु साउथ वेल्स क्षेत्रमा रातारात तीव्र र व्यापक वर्षा भएपछि सिड्नीमा सबैभन्दा बढी क्षति भएको छ।

स्थानीय मौसम सेवा प्रदायक ‘वेदरजोन’को तथ्याङ्कले सिड्नीमा शुक्रवार बिहानसम्म २४ घण्टामा १११ मिलिमिटरको वर्षाको साथ पूर्ण डुबानको सामना गरेको थियो।

गम्भीर मौसमी प्रभावले ११ वटा रेल लाइनहरू जोड्ने यातायात केन्द्र ‘रेडफर्न स्टेसन’मा उपकरणमा क्षति पुग्दा रेल सेवासमेत प्रवावित भएको छ।

रेडफर्नमा मौसमले उपकरणलाई क्षति पुगी विमानको उडानमा ढिलो भएका कारण रेलहरू समेत निर्धारित समयमा सेवा दिन सकेका छैनन्। मौसम प्र्रतिकुल नहुँदासम्म हवाई तथा रेल सेवामा ढिलाइ र अवरोध जारी रहने सूचना गरिएको न्यु साउथ वेल्सको सरकारी सडक तथा यातायात कार्यालयले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस