‘द किङ’ अर्थात् फुटबलका राजाको कथा
२३ पौष २०७९
•
७ मिनेट पाठ
‘द किङ’ अर्थात् फुटबलका राजाको कथा
विश्व खेलजगतमा पेले त्यस्ता खेलाडी हुन्, जसले खेलकुदलाई परिवर्तनको संवाहकका रूपमा प्रमाणित गरेका छन्। गृहयुद्ध रोकिएको किस्सा होस् या कुनै देशमा उनको आगमनले त्यहाँको खेलकुदमा भएका परिवर्तन। ती सबै तब सम्भव भए, जतिबेला पेले ती ठाउँमा पुगे। पेले फुटबलका लिजेन्ड या १९औं शताब्दीकै फुटबलर मात्र थिएनन्, उनी कयौं खेलाडीका आस्था रहे। तर, उनै महान् खेलाडी पेले अब यो संसारमा छैनन्। विश्व फुटबलका महान् पेलेको ८२ वर्षको उमेरमा गत बिहीबार साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उनको पार्थिव शरीरलाई सान्तोस सहर परिक्रमापश्चात् सान्तोस फुटबल क्लबको मैदान प्रत्यक्ष देखिने स्थानमा रहेको समाधिस्थलमा राखिएको छ। जुन क्लबमा उनले अधिकांश व्यावसायिक फुटबल करियर बिताएका थिए।




पेले लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए। तर, तीनपटकका विश्वविजेता पेलेले बिहीबार भने रोगलाई जित्न सकेनन्। फुटबललाई विश्वकै सुन्दर खेलका रूपमा लिइन्छ। यसलाई सार्थकता पनि उनै पेलेले दिएका थिए। उनी फुटबललाई सुन्दर बनाउन मिहिनत गर्ने माली हुन्। पेलेको निधनपछि भावुक हुँदै ब्राजिलका नेयमारले भनेका छन्, ‘फुटबल एउटा खेल मात्र थियो। जब पेलेको उदय भयो, उनले यसलाई कला र मनोरञ्जनको साधनका रूपमा परिणत गराए।’ नेयमारले भनेजस्तै फुटबल आज जति लोकप्रिय छ, त्यो श्रेय पेलेलाई जान्छ। उनको जादुमयी कलाले फुटबल आज यहाँसम्म लोकप्रिय भएको हो भन्दा फरक पर्दैन। अझ भनौं उनकै योगदानका कारण फुटबल विश्वको लोकप्रिय खेल बन्यो। ब्राजिलले पाँचपटक विश्वकप जितेको छ। यीमध्ये ब्राजिललाई तीनपटक विश्वविजेता पेलेले बनाएका हुन्।  

उनकै प्रेरणामा ब्राजिलले १९५८, १९६२ र १९७० मा विश्वकपको उपाधि जितेको थियो। उनले यो सफलता २१ वर्षमा नै प्राप्त गरेका थिए। जुन सफलतानजिक कोही खेलाडी पुग्न सकेका छैनन् र भविष्यमा पुग्न पनि कठिन छ। पेले संसारका एक मात्र त्यस्ता खेलाडी हुन्, जसले तीन विश्वकप जितेका छन्, त्यो पनि २१ वर्षमा नै। तीनपटक विश्वकप जितेर मात्र उनी महान् एवम् सर्वकालीन खेलाडी भएका होइनन्। उनी जुन संघर्षबाट एउटा सुन्दर फूल बने, त्यो कथा विश्वमाँझ पैmलिएपछि उनी झनै महान् र सर्वमान्य भए। उनको वास्तविक नाम एड्सन आरान्तेस दो नासिमेन्तो हो। मिनास ग्रेस राज्यको ट्रेस कोराकोइसमा जन्मिएका एडसन आन्टेस डो नासेमिन्टो विश्व फुटबलको राजाका रूपमा उदाए र ‘पेले’ उपनामले चर्चित भए। उनको जन्म सन् १९४० अक्टोबर २३ मा ब्राजिलको एक गरिब परिवारमा भएको थियो। उनका पिता डोन्डिन्हो पनि ब्राजिलकै एक व्यावसायिक फुटबल क्लब फ्लुमिनेजका फुटबलर थिए।

उनका पिता पनि एड्सनलाई फुटबलर बनाउन चाहन्थे तर उनलाई फुटबलर बनाउन उनीसँग पैसा थिएन। उनी पैसा जम्मा गर्न चिया पसलमा काम गर्थे। नाङ्गो खुट्टाले झुम्राको बल खेल्थे। उनका पिताले नै उनलाई फुटबल सिकाउँथे। बलको अभावमा उनले सुरुआती दिनमा मोजामा पत्रिका पोको पारेर बल बनाउँथे र त्यही खेल्थे। सडकबाटै उनले फुटबलको कला सिकेका थिए। त्यो सडकमा देखिएको उनको कलाले एकदिन विश्वका शक्तिशाली राष्ट्रलाई निरीह नै बनायो। खेल्दै जाँदा उनले धेरै उपनाम पाए। त्यो मध्ये एक थियो, सन् १९५८ मा पाएको उपाधि। त्यहाँ उनलाई दिइएको उपाधि थियो– ‘ओ रेइ’ अर्थात् ‘द किङ। सन् १९५८ को विश्वकपपछि उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेले भनेर चिनिए।  

ब्राजिलियन–पोर्चुगली भाषामा  

नाङ्गो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ। उनका पिता क्लबस्तरका खेलाडी भएकै कारण उनले सानैदेखि फुटबल प्रशिक्षण पाएका थिए। छोरालाई फुटबलर बनाउने सपना त्यहाँबाट पूरा हुने नदेखेपछि उनको परिवार साओ पाओलोको बाउरु सहरमा बसाइँ स¥यो र १५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्तोसमा अनुबन्ध भए। ११ वर्षको उमेरमा स्थानीय एक प्रतियोगितामा गरेको प्रदर्शनकै आधारमा पेले सान्तोसको युथ टोलीमा स्थान बनाउन सफल भएका थिए। सिनियर टोलीमा डेब्यु गर्न उनले लामो समय पर्खनुपरेन। १६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे। त्यसको एक वर्षपछि नै उनले विश्वकप जिते। त्यो यात्रा यतिमा सीमित रहेन। उनी तीन पटकका विश्व च्याम्पियन सदस्य भए, त्यो पनि अद्भुत कला देखाउँदै।  

सक्रिय खेलजीवनबाट बिदाई लिएपछि पनि उनको प्रभाव कम भएन। उनको सक्रियताले उनलाई सधैं समर्थकमाँझ प्रिय बनाइरह्यो। साथै चलचित्रमा गरेको अभियनपछि उनका समर्थक अझ बढे। एकप्रकारले भन्ने हो भने उनले विश्व फुटबलमा युगान्तकारी परिवर्तन नै ल्याए र ब्राजिल विश्व फुटबलको सदाबहार दाबेदार रहिरह्यो। उनकै कारण ब्राजिलले विश्व फुटबलमा एउटा उचाइ हासिल ग¥यो, जुन आजसम्म कायम छ। साउ पाउलोको गल्लीबाट फुटबल खेल्न सुरु गरेका पेले आफ्नो अद्भुत कला र क्षमताकै कारण विश्वका लागि यही खेलको सद्भावना दूतसमेत बने।  

पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनालाई विश्व फुटबलको सर्वकालीन खेलाडीका रूपमा लिइन्छ। १९औं शताब्दीमा यी दुईमध्ये को महान् खेलाडी हुन् भन्ने बहस लामै समयदेखि चल्दै आइरहेको छ। यो शताब्दीमा अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पेले र म्याराडोनासँग तुलना गरिन्छ।

रोकियो गृह युद्ध

सान्तोसमा ब्राजिलका चर्चित राजनीनिज्ञ बस्छन्। त्यो क्षेत्रमा तीनपटक ब्राजिलको राष्ट्रपति भएका लुइस इनासियो लुला डी सिल्भा पनि बस्छन्। सन् २००३ देखि २०१० सम्म ब्राजिलका राष्ट्रपतिको कार्यभार सम्हालेका उनी अहिले निर्वाचनलगत्तै त्यो जिम्मेवारी समालिरहेका छन्। तर, सान्तोसमा इनासियोको घरमा भन्दा पनि आकर्षण पेले संग्रहालयले दिएको छ। केही पर्यटकलाई त्यो क्षेत्रमा राष्ट्रपति बस्छन् भन्ने थाहा छैन तर पेलेको संग्रहालय छ भन्ने जानकार छन्। सन् २०१४ मा खोलिएको यो संग्रहालय हेर्न हजारौं मानिसको घुइँचो लाग्छ। १९९७ मा पेले अमेरिका पुग्दा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन उनको स्वागतमा पुगेका थिए।

‘मेरो नाम रोनाल्ड रेगन हो। म अमेरिकाको राष्ट्रपति हुँ,’ उनले भनेका थिए, ‘तर तिमीले आफ्नो परिचय दिइरहनुपर्दैन। सबैलाई थाहा छ तिमी पेले हौ।’ पेले अश्वेत भए पनि उनले कहिल्यै पनि रंगभेदी दुव्र्यवहारका बारेमा बोलेनन्। विपक्षी खेलाडीले पेलेलाई बाँदर भनेर गिज्याउँथे तर उनले कहिल्यै पनि त्यसतर्फ ध्यान दिएनन्। पेले भन्थे, ‘समर्थकको आलोचनामा प्रतिक्रिया दिने हो भने मैले खेल्न छोड्नुपर्छ।’ ब्राजिलका अश्वेत नागरिकका लागि उनी प्रेरणाका स्रोत हुन्। सन् १९६७ ताका नाइजेरियामा गृहयुद्ध चलिरहेको थियो। पेलेकै खेल हेर्नका लागि नाइजेरियामा जारी गृहयुद्ध केही दिनका लागि रोकिएको किस्सा सदैव जीवन्त रहने छ।

खेलपछि सक्रिय पेले  

खेलपछि पनि पेले निरन्तर फरक फरक भूमिकामा देखिए। राजनीतिमा प्रवेश गरेका उनी खेलमन्त्री, व्यापारी र युनेस्को एवम् युएनको सद्भावदूतसमेत भए। उनले विभिन्न चलचित्रका साथै केही गीतसमेत रेकर्डिङ गराएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि मात्र उनको सक्रियता घटेको थियो भने उनले अन्य राष्ट्रको भ्रमण गर्न छाडेका थिए। आफ्नो जीवनको उत्तरार्धमा उनलाई ह्विलचेयरमा देखिन्थ्यो। सन् १९७० को विश्व विजेता खेलाडीको मूर्ति सार्वजनिक गर्ने कार्यक्रममा पनि उनी अनुपस्थित थिए। आफ्नो ८०औं जन्मदिन उनले आफ्नो परिवारका केही सदस्यबीच सामान्य हिसाबले मनाएका थिए।  

वैकल्पिक खेलाडीको च्याम्पियन शैली

१९५८ को विश्वकपमा पेलेलाई वैकल्पिक खेलाडीका रूपमा टोलीमा समावेश गरिएको थियो तर टोलीलाई विश्व विजेता बनाउन पेले नै प्रमुख खेलाडी बने। १९६६ को इङ्ल्यान्ड विश्वकप भने पेलेका लागि बिर्सनलायक रह्यो। त्यति बेलासम्म उनी विश्व फुटबलका चर्चित खेलाडी भइसकेका थिए। ब्राजिलको यात्रा समूह चरणमा मात्र सीमित भएको थियो। जुन उनका लागि अन्तिम विश्वकप हुने अनुमान गरिएको थियो तर उनले सन् १९७० को विश्वकप पनि खेले, जहाँ उनको एकल प्रदर्शनमा ब्राजिल विश्व विजेता बन्यो। अनि पेले तीनपटक विश्वकप जित्ने एक मात्र खेलाडी बने, जुन कीर्तिमान अहिले पनि कायम छ।  

सान्तोसबाट व्यावसायिक खेल जीवन सुरु गरेका पेलेका लागि युरोपका शीर्ष क्लबबाट प्रस्ताव नआएको होइन। तर ब्राजिल सरकारले राष्ट्रको गहना भन्दै पेलेलाई अन्यत्र पठाउन रोक लगाएको थियो। उनले करिब साढे दुई वर्ष अमेरिकामा व्यावसायिक फुटबल खेलेका थिए। जसको बलमा अमेरिकाले १९९४ को विश्वकप आयोजनाका लागि दाबी गर्ने साहस बटुलेको थियो। उनको अमेरिका यात्राले मात्र त्यो विश्वकप अमेरिकाले आयोजना गर्न पाएको चर्चासमेत चलेको थियो। त्यसको दुई वर्षपछि त्यहाँ मेजर लिग सकरको सुरुआत भएको थियो। जुन अहिले पनि केही शीर्ष खेलाडीको रोजाइ बन्ने गरेको छ।  

पेले जानुभन्दा अगाडि अमेरिकामा धेरै मानिसलाई विश्वकप फुटबलका बारेमा समेत थाहा थिएन। उनीहरूलाई विश्वकपका बारेमा सोध्दा उनीहरूको जबाफ हुन्थ्यो– के हो विश्वकप भनेको ? पेलेको आगमनपछि मात्र अमेरिकीले फुटबल र विश्वकपबारे बुझेका थिए। त्यसैले ब्राजिलबाहिर उनको छोटो व्यावसायिक करियर पनि यादगार बनेको छ। सन् १९७७ अक्टोबर १ मा कसमस र सान्तोसबीचको प्रर्दशनी खेलसँगै उनले सन्यासको घोषणा गरेका थिए। उनले कसमस र सान्तोसबाट समान एक हाफ खेलेका थिए। ब्राजिल, अमेरिका र विश्व फुटबललाई गुन लगाएका पेले अब हामीमाँझ छैनन् तर उनको सफलता र योगदान भने सदैव अमर रहने छ। 
अर्को समाचार
सान्तोस,पेले र समाधि
१९ पौष २०७९
•
२ मिनेट पाठ
सान्तोस,पेले र समाधि
पेले, सान्तोस, ब्राजिल। दशकौंसम्म विश्वभरका समर्थकले पेलेको पूरा नाम र ठेगानसमेत थाहा नपाई सयौं पत्र, पोस्टकार्ड र विभिन्न उपहार पठाइरहे।




ती सबै पत्र, पोस्ट कार्ड र उपहार एडिसन अरान्टेस डो नासिमेन्टोसम्म पुग्थे। सान्तोस यसरी नै पेलेका कारण चर्चित बनेको स्थान हो।  

पोर्चुगलका शासकले १५४६ मा स्थापना गरेको सहर हो, सान्तोस। यहाँ दक्षिण अमेरिकाको सबैभन्दा ठूलो बन्दरगाह छ। यहीँबाट ब्राजिलको कृषिजन्य सामग्री निर्यात हुन्छ।  

१५ वर्षको उमेरमा फुटबलको माध्यमबाट सननसी मच्चाएका पेलेको उदयपछि मात्र सान्तोसको चर्चा सुरु भएको थियो। आज यहाँ ४ लाख ३० हजार मानिसको बसोबास रहेको छ। यहींको एक क्लब सान्तोस एफसीबाट १९५६ देखि १९७४ सम्म व्यावासयिक फुटबल खेलेका पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भएको थियो।

‘पेलेको आगमनअघि पनि सान्तोस थियो र उनीपछि पनि सान्तोस छ,’ १९८२ मा ब्राजिलको विश्वकप खेल्दाका स्ट्राइकर सर्जिन्हो चुलापाले भने, ‘पेलेले सान्तोस सहर र क्लबलाई नै विश्वको नक्सामा परिचित गराएका थिए। पेलेको आगमनअघि यो बन्दरगाहमा मानिसहरू दैनिक कामका लागि आउने गर्दथे।’  

चुलापाले सान्तोसबाट चार सिजन खेलेका थिए। संन्यासपछि उनले क्लबमा विभिन्न भूमिकामा काम गरे। केही काम उनले पेलेसँगको सहकार्यमा गरे। यिनै पेलेको अन्तिम संस्कारको कार्य सोमबार सान्तोसमै सुरु भयो।  

तीन पटकका विश्वविजेता पेलेको सम्झनामा सान्तोसमा रहेको स्टेडियममा लाखौंको संख्यामा जम्मा हुने ब्राजिल तथा अन्य देशका समर्थकले २४ घण्टाको जाग्राम बस्नेछन्।  

विश्व फुटबलका राजाको उपनाम पाएका पेलेको शवलाई सो मैदानको मध्यभागमा राखी सर्वसाधारणका लागि श्रद्धाञ्जलीका लागि ढोका खुला गरिनेछ। तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेलेको सम्मानमा मैदानमा तीनवटा ठूला झन्डा राखिएको छ। एउटा झन्डामा पेलेको जर्सी नम्बर १० अंकित छ भने अन्य दुई झन्डामा ‘लङ लिभ दि किङ’ र ‘पेले ८२ वर्ष’ लेखिएको छ।  

पेलेको घरबाट उनको शवयात्रा सुरु भयो। सान्तोसका हरेक नगरको परिक्रमापछि मात्र उनको शवलाई सान्तोस स्टेडियममा पुर्‍याइनेछ।  

पेलेकी एक सय वर्षीया आमा सेलिस्टे अरान्टेसलाई भने उनको निधनको बारेमा केही बताइएको छैन। ‘आमालाई केही थाहा छैन,’ पेलेकी बहिनी मारिया लुसिया डो नासेमेन्टोले भनिन्, ‘आमा होसमा हुनुहुन्न।’

सान्तोस एफसीको स्टेडियम नजिकै रहेको एक भवनमा पेलेको समाधिस्थल बनाइएको छ। उनको शव त्यहाँ राखेसँगै उनको अन्त्येष्टिको कार्य समापन हुनेछ। ‘सान्तोस साओ पाउलोजस्तो ठूलो पालिका होइन। हामीले थोरै ज्यालामा धेरै काम गर्नपर्छ,’ चुलापाले भने, ‘पेले थिए र त सान्तोस पनि चर्चित सहर बन्यो।’  

सान्तोसलाई पेलेले २६ वटा उपाधि जिताए। त्यसो त ब्राजिलका वर्तमान राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा पनि सान्तोसकै हुन्। तर पेलेजस्तो चर्चा त्यहाँ कसैले पनि पाएका छैनन्। पेलेको नाममा खोलिएको संग्रहालय पनि त्यति नै चर्चित छ। सो संग्रहालय ब्राजिल भ्रमणमा आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको छ।

त्यहाँ पेलेको बुट, ट्रफी, मेडल र जर्सी राखिएको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस