फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही- ४ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखा परेको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह र नेकपा एमालेका अमनिश कुमार यादवबिच कडा प्रतिस्पर्धा भएको छ ।
नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका सभापति गगन थापाले आफ्नो उमेदवारी सर्लाहीको कया पलट गर्ने दावी गर्दै आएका छन ।
कांग्रेस सभापति गगनकुमार थापा यस पटक मधेस झरेर सर्लाही–४ मा उम्मेदवार बनेपछि आसन्न निर्वाचन जिते आफू प्रधानमन्त्री बन्ने र पिछडिएको सर्लाहीको कया पलट गर्ने दावी गर्दै मतदाता रिझाइरहेका छन ।
आफू बदलिँदो परिस्थितिमा आफ्नो पार्टी देशकै नयाँ रहेको दावी गरिरहेका छन ।
सर्लाही क्षेत्र-४ मा सभापति थापाको सचिवालयका स्वास्थ्य, शिक्षा, कृषि तथा विभिन्न क्षेत्रका विज्ञहरु खटेको कांग्रेस स्रोत बताउँछ ।
स्थानीय तहको निर्वाचनमा बलरा नगरपालिकामा ६ वटा वडा, रामनगर गाउँपालिकामा २ वटा वडा, गोडैतामा २ वटा वडा, बिष्णु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र दुई वटा वडामा कांग्रेसले विजय हासिल गरेका छन् । त्यस्तै बरहथवा नगरपालिकामा एक वटा वडा, बसबरियामा दुई वटा वडा र धनकौल गाउँपालिकामा प्रमुख, उपप्रमुख र ४ वटा वडामा कांग्रेस निर्वाचित छन् ।
यता सर्लाही-४ बाटै डा अमरेश कुमार सिंहले ह्याट्रिक पुरागरि बदलिँदो परिस्थितिमा सबैभन्दा चर्चित पार्टी रास्वपाबाट उमेदवार बनेर चुनाबी मैदानमा चौथो पटक बाजी मार्न होमिएका छन ।
डाक्टर अमरेसले देशको आमूल परिवर्तनको लागि आफ्नो उमेदवारी रहेको दावी गर्छन । उनी बालेनलाई प्रधानमन्त्री बनाउन र आफुलाइ मन्त्री बनाउन यसपटक जसरी भएपनि चुनाब जिताउन मतदातालाई आग्रह गर्दै आएका छन ।
एमाले उमेदवार यादव संविधानसभा सदस्य एवं सर्लाहीका चर्चित नेता शिवपूजन यादवका कान्छो छोरा हुन् ।
यादवका जेठा छोरा राजा बाबू यादव हाल रामनगर गाउँपालिकामा निर्वाचित गाउँपालिका अध्यक्ष हुन । २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका यादवको छोरा राजाबाबु ४ हजार ८१ मतले विजय हासिल गरेका थिए । सोही निर्वाचनमा शिव पुजनका साखै भाइ रामनगर गापा ५ का वडा अध्यक्षमा नदन प्रसाद यादव निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर ४ को दक्षिणी भेगमा पर्ने बलरा र गोडैता नगरपालिका तथा रामनगर र धनकौल गाउपालिकामा शिवपूजन परिवारको स्थानीय राजनीतिमा ठूलो पकड देखिन्छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा शिवपूजन यादवकी छोरी मधुमाला यादव सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारी दिएर१४ हजार ६२२ मत प्राप्त गरेकी थिइन ।
यो निर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले २० हजार १७ मत ल्याएर प्रतिनिधि सभामा विजयी भएका थिए । नेपाली कांग्रेसका उमेदवार नागेन्द्र यादवले १८ हजार २५३ मत पाएर दोस्रो स्थान कायम गरेका थिए ।
सर्लाही ४ को बलरा नगरपालिका, रामनगर र धनकौल गाउँपालिकाका एक–एक वडा तथा गोडैता नगरपालिकामा ३ वटा र यस क्षेत्रमा पर्ने बरहथवा नगरपालिकाको ७ वडामध्ये ४ वडागरी जम्मा १० वटा वडा एमाले विजयी भएको तथ्यांक छ ।
२०७९ कै प्रदेशसभा निर्वाचन (४ ‘ख’) मा नेपाली कांग्रेसका विरेन्द्र प्रसाद सिंह १५ हजार ६९३ मत ल्याएर निर्वाचित हुँदा एमालेका रामबाबु रायले १४ हजार ६१६ मत प्राप्त गरेका थिए ।
यी सबै तथ्यांक र राजनीतिक पृष्ठभूमिले सर्लाही–४ मा जेनजी उम्मेदवार अमनिश यादव बलियो उमेदवारको रूपमा हेरिएको छ ।
२०७९ को निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर १४ हजारभन्दा बढी मत प्राप्त गर्नु र अहिले एमाले पार्टीको तर्फबाट उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिए पछि उनको व्यक्तिगत र पार्टीगत मतले विजय हासिल गर्ने दावी गर्दै शिवपूजन भन्छन, ‘अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट पाएको मतमा अहिले एमालेको संगठित मत थपिएकाले यसपटक जितको आधार अझ बलियो छ।’