दार्चुलाका जिल्ला सदरमुकाम रहेको महाकाली नगरपालिकामा नेकपा एमालेको जित भएको छ। जिल्लाको महाकाली नगरपालिकाको नगर प्रमुख पदमा एमालेका नरसिंह चैसिर ५ हजार १३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा एमालेकै दुर्गा खत्री (बिष्ट) चार हजार ६ सय २६ मतसहित विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी सुना बोहरा उम्मेदवार ४ हजार १ सय ८२ मत प्राप्त गरेकी छन्।
९ वटा वडा रहेको नगरपालिकामा ६ वडामा एमालेको प्यानल तथा ३ वडामा कांग्रेसको प्यानल विजयी भएको छ। नगर प्रमुखमा पराजित भट्ट निवर्तमान नगर प्रमुख तथा विजयी चैसिर २०७४ सालको स्थानीय तह निर्वाचनका निकटतम् प्रतिस्पर्धी समेत हुन्।