तिहारमा किन पुजिन्छ काग?
०२ कार्तिक २०८२
•
४ मिनेट पाठ
तिहारमा किन पुजिन्छ काग?
म सानो छँदा आमाले हामीलाई खाना खान बोलाउनुहुन्थ्यो तर हामीलाई खाना पस्कनुभन्दा पहिले एउटा कचौरामा थोरै भात, थोरै दाल अनि थोरै तरकारी राखेर बाहिर राखिदिनुहुन्थ्यो। कहिलेकाहीँ मेरो मनमा प्रश्न उठ्थ्यो। आमाले यसो किन गर्नुभएको होला? केही समयपछि मैले आमालाई सोधेँ, ‘आमा बाहिर किन भात राख्नुभएको? त्यो पनि हामीलाई भात पस्कनुभन्दा अगाडि?’




उहाँले मेरो जिज्ञासालाई शान्त पार्दै भन्नुभयो, ‘कागलाई भात चढाएको।’

‘किन?’मैले फेरि प्रश्न गरेँ। आमाले सम्झाउँदै भन्नुभयो, ‘कागलाई नचढाई खानु हुन्न। काग त खबर दिने दूत हो। हामीलाई हाम्रा आफन्तहरूको खबर ल्याइदिने काम कागले गर्छ। फेरि हामीले आफ्नो मात्र पेट भर्ने होइन नि। पशुपंक्षीलाई पनि खुवाउनुपर्छ। यसो गर्दा धर्म लाग्छ।’

आमाको पल्छिलो कुरा मलाई राम्रो लाग्यो। त्यसबेलादेखि कागलाई भात दिने कर्म सामान्य लाग्न थाल्यो।

काग एक पक्षी हो। यो संसारमा सर्वत्र पाइन्छ। हाम्रो समाजमा कागलाई चलाख पंक्षीको रूपमा मान्ने चलन छ। त्यसैले होला कसैलाई चलाख भनेर भन्नुपर्दा कस्तो काग जस्तो मान्छे रहेछ भनेर भन्ने चलन छ। संस्कृत भाषामा कागलाई  काक भनिन्छ। काग विभिन्न प्रजातिका हुन्छन्। कागले सामान्य भाषाका अतिरिक्त अन्य थुप्रै विशेष प्रकारका भाषा बोल्छन्। केही भाषा आफ्ना साथीहरूलाई खतराको सङ्केत गर्न प्रयोग गर्ने गर्दछन्। कसैलाई कुनै सङ्कट आएमा आफ्ना साथीहरूलाई बोलाउने गर्दछन्। सबै मिलेर शत्रुसँग लड्ने स्वभाव कागमा पाइन्छ। यही स्वभावले कागलाई एकताको शुत्रमा बाँधेर राखेको  हुन्छ। कागलाई  बुद्धिमान पंक्षीको रूपमा चित्रण गरिएको पाइन्छ।

कागको बुद्धिमताबारे थुप्रै कथा प्रचलित छन्। कथा मात्र होइन कागको बुद्धिमतालाई सिद्ध गर्ने थुप्रै यथार्थता पनि हाम्रोसामु छन्। कागसँग मानिसलाई चिन्न सक्ने क्षमता हुन्छ। यदि कागलाई हानि पुग्ने काम मानिसबाट भएमा वा हानि पुग्ने देखे मानिसलाई आक्रमण गर्ने प्रवृत्ति पनि कागमा हुन्छ। यो पक्षीको नाममा पनि पर्व रहेको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई पूजा गर्ने चलन छ। यो नेपालीहरूको महान पर्व तिहारको पहिलो दिन हो। तिहारको प्रारम्भकै दिनमा कागलाई पूजा गरी मीठो खाने कुरा खुवाउने चलने छ।

तिहारको यो पहिलो दिन हो। पहिलो दिनमै हामी कागको पूजा गरेर तिहारको सुरुवात गर्दछौं। यस दिन विहान सबेरै घर शुद्ध बनाई आफ्नो गच्छे अनुसार विविध परिकार बनाई टपरा, दुना वा सालको पातमा खानेकुरा राखेर कागलाई खुवाउने चलन छ। आफ्नो घरको कौसी, बार्दली वा घरको छानामा कागलाई सम्झेर पूजा गर्ने अनि खानेकुरा अर्पण गर्ने परम्परा छ।

कागलाई यमराजको सन्देश वाहकको रूपमा चित्रण गर्ने चलन छ। भनिन्छ, काग यमराजको निकै प्रिय भक्त हो। काग द्रुत गतिमा उड्ने सक्ने प्राणी हो। त्यसैले यमराजले कागलाई यहाँका मानिसहरूको जन्म र मृत्युको विवरण राख्ने जिम्मा दिइएको धार्मिक मान्यता छ।

स्रष्टा सूर्यप्रसाद लाकाेजू
कागलाई पूर्व सूचना प्रदान गर्ने चराको रूपमा लिने प्रचलन पनि पुरानै हो। घरको कौसी, बार्दली वा छतमा आएर का... का.. गरी कराउँदा शुभ बोल भन्दै मानिसहरू जवाफ फर्काउने गर्दछन्।

पहिले अहिले जस्तो सूचना र प्रविधिको विकास भएको  थिएन। त्यसबेला मानिसहरू कागलाई एक स्थानबाट अर्को स्थानमा समाचार पुर्‍याउने पक्षीको रूपमा आदर गर्ने गर्दथे। मानिसलाई यसरी सूचनाप्रवाह गर्ने जीव भएका कारण तिहारको पहिलो दिन कागको पूजा गर्ने चलन चलेको मान्नेहरू थुप्रै छन्। यति मात्र होइन मानिसका लागि अनावश्यक फोहोर, सडेगलेका खाद्यवस्तु कागले ग्रहण गरेर वातावरण स्वच्छ, सफा र हराभरा राख्न सहयोग गरिरहेको हुन्छ।

अन्य पर्व जस्तै तिहार पनि प्रकृतिपरक चाड हो। मानिसले यो धर्तीमा भएका र मानिसका लागि उपयोगी जीवहरूको सम्मान गर्नका यस्ता पर्वहरू चलाएको आभास मिल्दछ। वास्तवमा कागबाट हामीले आफू बस्ने वातावरण सफा, स्वच्छ राख्नुपर्छ भन्ने पाठ सिक्न सक्दछौं। काग समूहमा मिलेर बस्ने प्राणी हो। कागको यही स्वभावले हामीलाई म होइन हामी भन्न प्रेरित गर्दछ। कागले मानिसका लागि सूचना आदानप्रदान पनि गर्दछ। यो कार्यबाट कागले आफ्नो लागि मात्र होइन संसारमा अरूका लागि पनि बाँच्न जान्नुपर्दछ भन्ने सन्देश दिइरहेको हुन्छ। त्यसैले यस्तो जीवको पूजा गर्ने प्रचलन चलेको छ।

मानव समाजमा सभ्यताको  विकास भएपछि मानवीय केही क्रियाकलाप गोप्य हुन थाले। समाजलाई नैतिक मूल्य र मान्यताको मार्गमा हिंडाउन पनि त्यो आवश्यक  थियो। ढुङ्गेयुग कृषियुग हुँदै जब मानिसमा शिष्टता, भद्रता जस्ता गुणको विकास र विस्तार हुँदै गयो तब मानिसले मित्रजीवबाट विभिन्न ज्ञान सिक्दै गएको कथन छ।

यसरी सिक्दै जाँदा कागबाट पनि मानिसले थुप्रै कुरा सिकेका हुन्छ। साथै कागबाट मानिसले रतिक्रियालाई गोप्य राख्नुपर्ने ज्ञान प्राप्त गरेको कथन संस्कृतिविद् हरिराम जोशीको छ।

कति शिष्ट छ काग! कागले कहिल्यै खुला समागम गर्दैन। भाले र पोथीको संसर्ग भएको कसैले देख्दैनन्। हाम्रा वरपर रहेका अन्य पशुपक्षीबीच समागम भएका थुप्रै क्रिया देख्न सकिन्छ तर भालेपोथी कागको सम्भोग दृष्य देख्न सकिंदैन। तिनीहरू यो क्रिया गोप्य रूपमा गर्दछन्। पछि कागबाट यो शिक्षा पाएर सृष्टिलाई निरन्तरता दिने कर्म मानिसले पनि गोप्य रूपमा गर्न थालेको कथन उनको छ। त्यसैले मानिसले हरेक दिन भात पाकेपछि खाने बेलामा सर्वप्रथम कागलाई भात खुवाउने प्रचलन चलेको हो।

यही कारणले कागलाई हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन पूजा गर्ने चलन चलेको हुनुपर्दछ।
अर्को समाचार
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
२ घण्टा अघि
•
१ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। 




मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्। 

स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।' 

सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो। 

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस