थिमिको जात्राभित्रका जात्राहरू
०२ वैशाख २०८३
•
७ मिनेट पाठ
थिमिको जात्राभित्रका जात्राहरू
बिस्का जात्रा भन्नेवित्तिकै भैलखः तान्ने र योसिंद्यः उभ्याउने जात्रा प्रसिद्ध भए पनि मध्यपुरथिमि क्षेत्रमा मनाइने जिब्रो छेड्ने जात्रा र स्विनिखः(बत्तीस खटको) जात्रा पनि उत्तिकै महत्वपूर्ण र प्रसिद्ध रहेको छ ।




मध्यपुरथिमि क्षेत्रमा विशेषगरी वैशाख १ र २ गते बिस्का जात्रा हुने गरेको छ । यी जात्राहरु स्थानीय नेवारी भाषामा चान्हसिया जात्रा (रातको जात्रा), बाँय्लिसिया (बेलुकीको) जात्रा र सुँथसिया (बिहानको) जात्राको रुपमा परिचित रहेको छ । थिमिको जात्रामा विभिन्न ३२ देवी देवताको खट समावेश हुने भएकाले यसलाई स्विनिखः (बत्तीस) खटको जात्रा  भन्ने गरिन्छ । जात्रालुहरुले एक आपसमा सिन्दुर लगाउने र सिन्दुरको व्यापक प्रयोग हुने भएकाले यस जात्रालाई सिन्दुर जात्राको रुपमा समेत लिइन्छ ।  

स्विनिखःजात्रा

स्थानीय बालकुमारी मन्दिर प्राङ्गणबाट वैशाख २ गते बिहान सुरु हुने जात्रालाई स्विनिखः (बत्तीस खटको) जात्रा भनिन्छ । थिमिको विस्का जात्राको मुख्य आकर्षण पनि यही जात्रा हो । यसलाई सुथसिया अर्थात् बिहानको जात्राका रुपमा लिने गरिन्छ । कुनै समय ३२ खटको सहभागिता हुने भएकाले यसलाई बत्तीस खटको जात्रा भने पनि अहिले विभिन्न कारणले यस जात्रामा २३ खटको सहभागिता रहने गरेको छ । यस जात्रामा मध्यपुरथिमि क्षेत्रका सिद्धिकाली गण, विष्णुवीर गण, दक्षिण बाराही गणलगायतका देवीदेवताको खट सहभागी हुने गर्दछ ।

यो जात्रा प्रारम्भ गर्न सबै देवीदेवताको खट स्थानीय बालकुमारी मन्दिर परिसर आइसक्नु पर्दछ । नगदेशको सिद्धि गणेश आइसकेपछि एकापसमा सगुन साटासाटगरी जात्रा प्रारम्भ हुने परम्परा रहे पनि केही वर्षअघि भएको एक घटनाका कारण नगदेशको सिद्धिगणेश थिमि आउन बन्द भएपछि उनको सहभागिताबिना नै जात्रा सञ्चालन हुँदै आइरहेको छ ।

दक्षिण बाराही जात्रा

यो जात्रा दधिकोट क्वाछेंस्थित दक्षिण बाराहीको नेतृत्वमा वैशाख १ गते राति सञ्चालन हुने गर्दछ । रातको समयमा हुने भएकाले स्थानीय भाषामा यसलाई चान्हसिया जात्रा पनि भनिन्छ ।  

यस जात्रामा दक्षिण बराहीको साथमा दधिकोट हिंचोकस्थित हरिसिद्धी र थिमिको यमलाटोलको अजिमासहित तीन खटको सहभागिता रहन्छ । स्थानीय गुथियारको घरबाट सुरु हुने यो जात्राले दिगुटोल, लाय्कु इनायलाछि, मरुटोल, बालकुमारी चोक, शङ्खधर चोक, क्वाछेंलगायतको स्थानको परिक्रमा गर्दछ ।

सिद्धिकाली जात्रा

स्थानीय इनायक्व टोलबाट सिद्धिकालीको नेतृत्वमा वैशाख १ गते साँझ सुरु हुन्छ । त्यसैले यसलाई स्थानीय भाषामा बाय्लिंसिया अर्थात् बेलुकीको जात्रा पनि भन्ने गरिन्छ ।  

विष्णुवीर जात्रा प्रारम्भ भएलगत्तै स्थानीय राज गणेशको खट सिद्धिकाली आउँछ र यो जात्रा प्रारम्भ हुन्छ । यस जात्रामा सिद्धिकालीको नेतृत्वमा चोदे गणेश, चपाचो गणेश, क्वसी नाः गणेश, दिगु गणेश, गाँचा गणेश र सिवाः गणेशको सहभागिता रहन्छ ।  

विष्णुवीर जात्रा

वैशाख १ गते साँझ स्थानीय विष्णुवीर देवताको नेतृत्वमा सुँगाटोलबाट सुरु हुने यस जात्रामा पर्सिक्व गणेश, दताः गणेश, भादे गणेश, थाक्वमा गणेश र गाँताः गणेश गरी छ वटा खटको सहभागिता रहन्छ । यो जात्रा प्रारम्भ गर्न स्थानीय इनायलाछि टोलको राज गणेशको उपस्थिति अनिवार्य मानिन्छ । राज गणेशको उपस्थिति भएपछि जात्रा प्रारम्भ गरी कयकुतांः, पाँगु, इनायलाछि, निगुपुखु, दिगुटोल, भुलाखेल, वाःननि, पोबू, चोदे, दथुटो, वामुने, तछुटोल, सुंगाः टोल, मरुटोललगायतका स्थानको परिक्रमा गरिन्छ ।

सिद्धिगणेश जात्रा  

नगदेशको सिद्धिगणेश जात्रा अर्को महत्वपूर्ण र आकर्षण जात्रा हो । थिमि टोलका देवीदेवताहरुको खट बनाई जात्रा हुन्छ भने नगदेशमा सिद्धिगणेशको खट जात्रा मात्र गरिन्छ । जात्रामा नगदेशका हजारौँको जनसहभागिता हुने भएकाले यो जात्राको रौनक बेग्लै हुने गर्दछ ।  

सिद्धिगणेशको जात्रा वैशाख १ र २ गते दुई दिन सञ्चालन हुने गर्दछ । वैशाख १ गते राति हुने जात्रालाई स्थानीय भाषामा बाय्लिंसिया जात्रा पनि भन्ने गरिन्छ । स्थानीय लायकुका प्रतिनिधिले सिद्धिगणेशलाई धनिचाः स्वाँ (एक प्रकारको विशेष फुल) चढाएपछि लाछिटोलबाट यो जात्रा प्रारम्भ हुन्छ । यसदिन खटलाई बहाननि, लेंचा, छ्वासो, त्वाःगाः, पाचुननि, कुम्हाःलाछि, न्यागाः, गार्चालगायतको परिक्रमा गराई पुखुसिमा पुगेर सम्पन्न हुन्छ ।

वैशाख २ गते बिहान अघिल्लो दिनमा झैँ नगदेशका विभिन्न भागको परिक्रमा गरी सिद्धि गणेशलाई बहाखामिल सडक हुँदै सानुच्व पुर्‍ याइन्छ । त्यहाँ नीलबाराहीसँग पूजा थाप्ने कार्य सम्पन्न गरी टिगनीको विभिन्न भागको परिक्रमा गरी नगदेशको न्याःगाः टोलस्थित द्यः छें प्राङ्गणमा पुगेर जात्रा सम्पन्न हुने गर्छ ।  

जिब्रो छेड्ने जात्रा

बोडेमा वैशाख २ गते धुमधामका साथ जिब्रो छेड्ने जात्रा गरिन्छ । बोडेमा जिब्रो छेड्ने जात्रा स्थानीय पाँचो गणेशको पूर्वपट्टि रहेको (बोडे उच्च माविको उत्तरपट्टी) मञ्चबाट सुरु गरिन्छ । जिब्रो छेड्ने कमी नाइके र नाइके प्रधानको उपस्थिति भएपछि नाय्खिं बाजा बजाएर सुइरो बनाउने नकर्मीलाई लिन जान्छ । एक महिनासम्म तेलमा डुबाएर राखेको सुइरो ९जिब्रो छेड्ने सियो० सहित नकर्मी मञ्चमा आउँछ र पुनः नाय्खिं बाजासहितको टोली जिब्रो छेड्ने व्यक्तिलाई तीन पटकसम्म बोलाउन जान्छ । अन्तमा जिब्रो छेड्ने व्यक्ति परम्परागत पोशाकसहित मञ्चमा आउँछन् ।

नाइके प्रधानले फूल, अक्षता र पैसासहित दिएको सुइरो (नातु) ले कर्मी नाइकेद्धारा सम्पूर्ण देवतासंग प्राथना गरी जिब्रो छेड्ने कार्य गरिन्छ, त्यसपछि भ्यय् (जिब्रो छेड्ने व्यक्तिले बोक्ने चन्द्राकारको बत्ती, महादीप) बाल्छन् । नाय्खिं बाजाको साथमा जिब्रो छेड्ने व्यक्तिले उक्त भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी स्थानीय महालक्ष्मी मन्दिरमा जान्छन् । जहाँ जात्रा गरी महालक्ष्मी स्थान पुर्याएको पाचो गणेशको रोहवरमा कर्मी नाइकेले सुइरो निकाल्ने गरिन्छ र प्वाल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिन्छ । निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिदिन्छ । अन्तमा जिब्रो छेड्ने व्यक्तिले नाटेश्वरको पूजा गरी जात्रा विसर्जन गरिन्छ ।  

नीलबाराही जात्रा

थिमिको टिगनीमा निलबाराही जात्रा हुने गर्दछ । निलबाराहीको जात्रा वैशाख  १ र २ गते  दुई दिन सञ्चालन गर्छ । वैशाख १ गते राति स्थानीय तःधं टोलमा राखिएको निलबाराहीलाई सरस्वतीखेल पुर्‍याइन्छ । त्यहाँबाट फर्काएर पुनः तःधं टोलमा पुर्‍याएपछि जात्रा समापन हुन्छ ।  

वैशाख २ गते बिहान नीलबाराहीलाई नगदेशको सिद्धिगणेश र बोडेबाट टिगनी ल्याउने देवताहरुको बाटो हेरी स्वागत गर्न स्थानीय सानुच्वमा ल्याइन्छ । त्यहाँ सिद्धिगणेश र महालक्ष्मी गण सहभागितामा तिगनीको तःधं टोलस्थित डबलीमा बिसाइ पूजा थाप्ने कार्य हुन्छ । विभिन्न भागको परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

कालिका गण जात्रा  

जिब्रो छेड्नेसँगै बोडेमा कालिका जात्रा हुन्छ । थिमिका अधिकांश जात्रा मूल देवताको नेतृत्वमा हुने गरे पनि  बोडेको मूल देवता महालक्ष्मीभन्दा अघि पाचो गणेश राखेर जात्रा हुन्छ । बोडेवासीले कालिकालाई नगरको नकिंका रुपमा लिइने भएकाले जात्रामा कालिका सबैभन्दा पछाडि बस्ने गर्दछ । जात्रामा पाचो गणेश, हासिमला गणेश, भोरिखा गणेश, तःधिं बाराही, चिँ धिं बाराही, महालक्ष्मी, कालीकाको खट जात्रामा सहभागी हुन्छ । यो जात्रा पनि दुई दिन सञ्चालन हुने गर्दछ ।  

चरखण्डी जात्रा  

दधिकोटस्थित चरखण्डीमा मनाउने चरखण्डी जात्रालाई थिमिकै बिस्का जात्राको रुपमा लिइन्छ । थिमिबाट बसाइँसराइ गरी चरखण्डी पुगेकाहरुले यो जात्रा मनाइन्छ । वैशाख १ गते साँझ चरखण्डी तीर्थस्थलबाट खटलाई पकाण्डोलस्थित डबलीमा बिसाएपछि त्यस दिनको जात्रा समापन हुन्छ । वैशाख २ गते बिहान खटलाई जात्रा गर्दै चरखण्डी तीर्थस्थल लैजान्छ त्यहाँबाट न्यौपाने गाउँ, घैयाटार हुँदै गाम्चा क्षेत्रको परिक्रमापछि पुनः पकाण्डोलको मण्डपमा पुगेर जात्रा सम्पन्न हुन्छ ।  

लोहकिल्थलीको सिद्धिकाली जात्रा  

लोहकिल्थलीमा वैशाख १ गते साँझ र २ गते बिहान गरी यहाँ पनि दुई दिन सिद्धिकालीको जात्रा गरिन्छ । वैशाख १ गते स्थानीय सिद्धिकाली द्यः छेँ परिसरबाट खटलाई स्थानीय गणेशमन्दिर परिसरमा पुर्‍याइन्छ । यसलाई ‘द्यः ब्वयकेगु’ अर्थात देवता प्रदर्शन गर्ने भनिन्छ । त्यसपछि खटलाई प्रजापति टोेल, पुनः गणेश मन्दिर हुँदै दक्षिणकाली मन्दिर र दिव्यश्वरी मन्दिर परिसरहुँदै ह्याजुटोल, कुटुटोल र स्वास्थ्य चौकीसम्म पुर्‍याई सोही बाटो फर्काउँदै सिद्धिकाली मन्दिर परिसरमा खट बिसाएपछि जात्रा सम्पन्न हुन्छ ।  

वैशाख २ गते बिहान सबै टोलवासीहरुको घरघरबाट पूजा गरिसकेपछि जात्रा सुरु गरी खटलाई प्रजापति टोल, गणेश मन्दिर, दक्षिणकाली मन्दिर, लोहकिल्थली चोक, ह्याजु टोल, कुटू टोल, द्धारे टोल, हेका टोल, कवे टोलको विभिन्न देवी देवताको मन्दिर परिसर हुँदै पुनःसिद्धिकाली द्यःछेँ परिसरमा खट बिसाएपछि जात्रा सम्पन्न हुन्छ । रासस
अर्को समाचार
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
४ घण्टा अघि
•
१ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। 




मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्। 

स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।' 

सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो। 

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस