शिवरात्रिमा पशुपति दर्शन सहज भएको भक्तजनको अनुभूति
०३ फागुन २०८२
•
३ मिनेट पाठ
शिवरात्रिमा पशुपति दर्शन सहज भएको भक्तजनको अनुभूति
तस्बिरहरू : रूबी रौनियार
महाशिवरात्रिका अवसरमा आइतबार लाममा बसेको छोटो समयमै पशुपतिनाथको दर्शन गर्न पाउँदा काठमाडौं चक्रपथकी शान्ति अधिकारी निकै खुसी देखिइन्। लाममा बसेको एक घण्टामै पशुपतिनाथ मन्दिरमा पुगरे दर्शन गर्न पाएको उनले बताइन्। उनको साथमा ७० वर्षकी आमा पनि थिइन्। उनले बर्सेनि महाशिवरात्रिका दिन आमालाई लिएर पशुपतिनाथको दर्शन गर्न आउने गरेको बताइन्।




अघिल्लो वर्ष पशुपतिनाथको दर्शन गर्दा भोग्नुपरेको सास्तीले यस पटक पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता उनलाई थियो। ‘यस पटक लाममा बसेको एक घण्टाभित्रै सहज दर्शन भयो,’ अधिकारीले नागरिकसँगको भेटमा भनिन्, ‘हामी भक्तजनहरू व्रत बसेका हुन्छौं। सक्दो छिटो दर्शनको आशा त हुन्छ नि। लाम पनि निकै व्यवस्थित रहेकाले छिटो भयो। यस पटक निकै सहज लाग्यो पशुपति दर्शन।’ ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मीले सहज रुपमा दर्शन गराइरहेका थिए।

मन्दिर प्रांगणमा भिडभाड देखिए पनि स्वयंसेवक र सुरक्षाकर्मीले निकै संयमतापूर्वक व्यवस्थापन गरिरहेका थिए। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशी, कोषाध्यक्ष श्रीधर सापकोटा, परिषद् सदस्य बाबुशरण सुवेदीलगायत मन्दिर परिसरमा पुगेर लाम व्यवस्थापन, स्वयंसेवक र प्रहरीले भक्तजनसँग गर्ने व्यवहार, साधुसन्तको व्यवस्थापनबारे अनुगमन र जानकारी लिइरहेका थिए।

चावहिलकी सिन्दु गिरी पनि लाममा बसेको एक घण्टाभित्रै मन्दिर परिसरमा छिरिन्। ‘मन्दिरभित्र पनि निकै सहज रुपमा भगवान् पशुपतिनाथको दर्शन गर्न पाएँ,’ दर्शनपछि पछि उनले भनिन्, ‘मन्दिरभित्रको व्यवस्थापन पनि राम्रो लाग्यो। विगतमा भिडभाड हुँदा सास्ती खेप्नुपरेको थियो। यो पटक मज्जाले दर्शन गरे।’

टोखाकी सुरेखा खड्कालाई पनि विगतमा भन्दा सहज दर्शनले खुसी लागेको छ। साथै नागाबाबाहरूको गतिविधि पनि उनलाई सभ्य लाग्यो। ‘ओहो ! विगतमा त मन्दिरभित्र पनि नागाबाबाहरूले पैसा मागेर, कुचोले हानेर निकै हैरान पो बनाउँथे’, उनले नागरिकसँग भनिन्। ‘पछिलो समय देश नै परिवर्तन भएजस्तो पो लाग्दै छ। सबै व्यवस्थित हुँदै गएको महसुस भएको छ। आज शिवरात्रिमा पनि लाम बसेको एक घन्टामै मन्दिरभित्र प्रवेश पाएँ। दर्शन पनि सहज भयो। नागाबाबाहरू पनि यस पटक निकै सरल र सभ्य देखिए।’

कोषका कार्यकारि निर्देशक जोशीले कोषको अथक प्रयासले यस पटक पशुपतिनाथको दर्शन सहज बनेको दाबी गरे। यस पटक सबै मन्त्रीहरूले पशुपतिनाथ पुगेर दर्शन गरेका छन्। ‘राष्ट्रप्रमुखदेखि सबैमन्त्रीले यस पटक आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्नु भयो। मेला भर्न आएका भक्तजनले पनि शान्त र सहज रुपमा दर्शन गर्नु भएको छ’, मन्दिर प्रांणमा रहेका जोशीले भने, ‘यस पटक कोषले बिहान २ बजेदेखि नै दर्शनको व्यवस्था मिलाएको थियो। यसले पनि दिउँसोसम्म भिड कम भएको र दर्शन सहज बनेको हो। अनुमानित आठ लाख भक्तजनको उपस्थितिमा हर्षोल्लाससाथ शिवरात्रि सम्पन्न भएको छ। विगतका कमीकमजोरीबाट पाठ सिक्दै सुधार गर्दै जाने हो।’

साधुसन्तले पनि खाने, बस्ने, शौचालय र धुनीको राम्रो व्यवस्थापन भएकाले भन्दै कोष र गुठी संस्थानको प्रशंसा गरेका छन्। गुठी संस्थान कार्यालय प्रमुख सुशीला शर्माले बिहान २ बजेदेखि पशुपतिनाथको दर्शनका लागि ढोका खोलिएको बताइन्। उन भक्तजन र साधुसन्तको व्यवस्थापनमा पनि कुनै कमजोरी हुन नदिएको दाबी गरिन्।

कोषले पशुपति मन्दिरवरिपरि बनाइदिएको सेल्फी प्लाइन्टमा भक्तजनले निकै रमाइलो मानेर तस्बिरहरू खिचिरहेका थिए। साधुसन्तहरूले भजनकीर्तन गरिरहेका थिए। केही साधु मोबाइल चलाइरहेको र केही धूमपान गरिरहेको अवस्थामा देखिए। सुरक्षा व्यवस्थापन पनि चुस्त देखियो। फुल तथा बिजुली बत्तीले सिंगारिएको पाशुपत क्षेत्र आकर्षक देखिन्थ्यो। यसैबिच नेपाली सेनाले पनि सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी महाशिवरात्रि एवं सेना दिवस मनाएको छ।

अर्को समाचार
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
१ घण्टा अघि
•
१ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। 




मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्। 

स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।' 

सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो। 

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस