सामसङ नेपालले आफ्ना ग्राहकहका लागि अप्लाइन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ । अब यो सेवा लिनको लागि नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको हो ।
पहिले टिभीको लागि कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरुका लागि थप कागजात आवयक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अलाउन्सहरुमा पनि लागू गरिएको छ ।
अब ग्राहकहरुले नयाँ टिभी वा होम अप्लाइन्समा आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २–२ वटा पासपोर्ट साइजको फोटो लिएर, फारम बुझाएर एक घण्टाभित्रै सामान घर लैजान सक्ने कम्पनीले जनाएको छ । यो सेवा २०८२ जेठ १९ गतेबाट लागू भएको हो ।
३० प्रतिशत डाउनपेमेन्ट गरेपछि , १२ महिनाको किस्तामा ०५ ब्याजदरमा उपलब्ध हुने पनि जनाइएको छ । सेवा ३० हजार वा सो भन्दा बढी मूल्य भएका सामसङ टि भी र होम अलायन्सहरुमा लागु हुने पनि बताइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...